< Genesis 18 >

1 And Jehovah appeared to him by the oaks of Mamre, as he sat in the tent door in the heat of the day.
दिउँसोको गर्मीमा मम्रेका फलाँटका रुखहरूछेउमा भएको आफ्‍नो पालको ढोकामा अब्राहाम बसेको बेला परमप्रभु तिनीकहाँ देखा पर्नुभयो ।
2 And he lifted up his eyes and looked, and, lo, three men stood by him. And when he saw them, he ran to meet them from the tent door, and bowed himself to the earth,
तिनले आफ्‍ना आँखा उठाएर हेरे, र तिनले आफ्‍नो सामु तिन जना मानिस उभिरहेका देखे । उनीहरूलाई देखेपछि तिनी पालको ढोकाबाट भेट गर्नलाई दौडेर गए, र भुइँसम्‍म निहुरेर दण्‍डवत्‌ गरे ।
3 and said, My lord, if now I have found favor in thy sight, pass not away, I pray thee, from thy servant.
तिनले भने, “प्रभु, यदि तपाईंको नजरमा मैले निगाह पाएको छु भने, आफ्‍नो दासलाई छोडेर नजानुहोस्‌ ।
4 Let now a little water be fetched, and wash your feet, and rest yourselves under the tree.
केही पानी ल्‍याउन दिनुहोस्, र तपाईंहरू आफ्‍ना गोडा धुनुहोस्, र यही रुखमुनि आराम गर्नुहोस्‌ ।
5 And I will fetch a morsel of bread, and strengthen ye your heart. After that ye shall pass on, inasmuch as ye came to your servant. And they said, Do so as thou have said.
मलाई केही रोटी ल्‍याउन दिनुहोस्, ताकि तपाईंहरूको थकाइ मरोस् । त्यसपछि तपाईंहरू आफ्नो बाटो जान सक्‍नुहुन्छ, किनभने तपाईंहरू आफ्‍नो दासकहाँ आउनुभएको छ ।” उनीहरूले भने, “तिमीले भनेअनुसार गर ।”
6 And Abraham hastened into the tent to Sarah, and said, Make ready quickly three measures of fine meal, knead it, and make cakes.
तब अब्राहाम तुरुन्तै पालमा साराकहाँ गएर भने, “चाँडो पाँच पाथी मसिनो पिठो ल्याई मुछेर रोटी बनाऊ ।”
7 And Abraham ran to the herd, and fetched a calf tender and good, and gave it to the servant. And he hastened to dress it.
अब्राहाम बथानतिर दौडेर गए, र एउटा कलिलो र असल बाछो लिएर नोकरलाई दिए, र त्‍यसलाई हतारमा तयार गर्न लागे ।
8 And he took butter, and milk, and the calf which he had dressed, and set it before them. And he stood by them under the tree, and they ate.
तिनले दही, दूध र त्‍यो तयार गरिएको बाछाको मासु लगेर उनीहरूका सामु टक्र्याए । उनीहरूले खाँदा तिनी उनीहरूकै नजिक रूखमुनि उभिए ।
9 And they said to him, Where is Sarah thy wife? And he said, Behold, in the tent.
उनीहरूले तिनलाई सोधे, “तेरी पत्‍नी सारा कहाँ छे?” तिनले जवाफ दिए, “त्यहीँ पालमा छिन्‌ ।”
10 And he said, I will certainly return to thee when the season comes round, and, lo, Sarah thy wife shall have a son. And Sarah heard in the tent door, which was behind him.
परमप्रभुले भन्‍नुभयो, “आउँदो साल यही समयमा म निश्‍चय नै तँकहाँ फर्किआउनेछु, र हेर्, तेरी पत्‍नी साराले एक जना छोरो जन्‍माउनेछे ।” साराले चाहिँ उहाँको पछिल्तिर भएको ढोकाबाट यो कुरो सुनिरहेकी थिइन्‌ ।
11 Now Abraham and Sarah were old, and well stricken in age. It had ceased to be with Sarah after the manner of women.
अब्राहाम र सारा वृद्ध थिए र तिनीहरूको उमेर ढल्किसकेको थियो । साराको बच्‍चा जन्माउने उमेर बितिसकेको थियो ।
12 And Sarah laughed within herself, saying, After I have become old shall I have pleasure, my lord also being old?
यसकारण सारा मनमनै यसो भन्‍दै हाँसिन्, “म वृद्ध भइसकेकी छु, र मेरा स्वामी पनि वृद्ध भइसक्‍नुभएको छ, के मैले सुख पाउँछु र?”
13 And Jehovah said to Abraham, Why did Sarah laugh, saying, Shall I who am old certainly bear a child?
तब परमप्रभुले अब्राहामलाई भन्‍नुभयो, “‘बुढेसकालमा मैले छोराछोरी पाउँछु र भनेर सारा किन हाँसी’?
14 Is anything too hard for Jehovah? At the set time I will return to thee, when the season comes round, and Sarah shall have a son.
परमप्रभुको निम्‍ति कुनै कुरो कठिन छ र? अर्को साल मैले तोकेको समयमा म तँकहाँ फर्किआउनेछु । अर्को वर्ष यही समयमा साराको एक जना छोरा हुनेछ ।”
15 Then Sarah denied, saying, I did not laugh, for she was afraid. And he said, No, but thou did laugh.
त्यसपछि साराले इन्कार गर्दै यसो भनिन्, “म हाँसिनँ ।” किनभने तिनी डराइन्‌ । तर उहाँले जवाफ दिनुभयो, “होइन, तँ हाँसेकै होस् ।”
16 And the men rose up from there, and looked toward Sodom. And Abraham went with them to bring them on the way.
तब ती पुरुषहरू उठे र सदोमतिर तल हेरे । अब्राहाम अलि परसम्‍म उनीहरूलाई बिदा गर्न गए ।
17 And Jehovah said, Shall I hide from Abraham that which I do,
तर परमप्रभुले भन्‍नुभयो, “मैले गर्न लागेको काम के अब्राहामबाट लुकाएर राखूँ?
18 since Abraham shall surely become a great and mighty nation, and all the nations of the earth shall be blessed in him?
अब्राहामबाट एउटा ठुलो र शक्तिशाली जाति बन्‍नेछ, र त्‍यसद्वारा नै पृथ्‍वीका सबै जातिहरूले आशिष्‌ पाउनेछन्‌ ।
19 For I have known him, to the end that he may command his children and his household after him, that they may keep the way of Jehovah, to do righteousness and justice, to the end that Jehovah may bring upon Abraham that which he has spoken of him.
किनभने मैले त्‍यसलाई आफ्‍ना छोराछोरीहरू र घरानालाई धर्म र न्‍याय गरेर परमप्रभुको मार्ग पालन गर्नलाई आज्ञा देओस्‌ भनेर छानेको छु, ताकि परमप्रभुले अब्राहामलाई भन्‍नुभएको कुरा पुरा गर्नुभएको होस् ।”
20 And Jehovah said, Because the cry of Sodom and Gomorrah is great, and because their sin is very grievous,
तब परमप्रभुले भन्‍नुभयो, “सदोम र गमोराको विरुद्धमा उठेको आवाज धेरै ठुलो, र तिनीहरूका पाप साह्रै गम्भीर भएको कारण
21 I will go down now, and see whether they have done altogether according to the cry of it, which comes to me. And if not, I will know.
मकहाँ आएको त्यसको विरुद्धको आवाजअनुसार तिनीहरूले गरेका छन् कि छैनन् भन्‍ने कुरा हेर्नलाई म तल जानेछु । होइन रहेछ भने मलाई थाहा हुनेछ।”
22 And the men turned from there, and went toward Sodom, but Abraham yet stood before Jehovah.
यसकारण ती पुरुषहरू त्‍यहाँबाट सदोमतिर गए, तर अब्राहामचाहिँ परमप्रभुको सामु उभिरहे ।
23 And Abraham drew near, and said, Will thou consume righteous men with wicked men?
तब अब्राहामले नजिक गएर भने, ‘के तपाईंले धर्मीहरूलाई पनि दुष्‍टहरूसँगै नष्‍ट गर्नुहुनेछ?
24 Perhaps there are fifty righteous men within the city. Will thou consume and not spare the place for the fifty righteous men that are in it?
सायद त्‍यस सहरमा पचास धर्मी जन छन् होला । के त्‍यसमा भएका पचास धर्मी जनका निम्‍ति त्‍यस सहरलाई नजोगाएर नष्‍ट पार्नुहुनेछ र?
25 That be far from thee to do after this manner, to slay a righteous man with a wicked man, that so the righteous man should be as the wicked man. Far be it from thee. Shall not the Judge of all the earth do right?
धर्मीलाई पनि दुष्‍टलाई जस्तै व्यवहार गरेर दुष्‍टका साथमा धर्मी जनलाई मार्ने काम तपाईंबाट टाढा रहोस् । यस्तो कुरा तपाईंबाट टाढा रहोस्! सारा पृथ्‍वीका न्‍यायकर्ताले न्यायोचित काम गर्नुहुन्‍न र?
26 And Jehovah said, If I find in Sodom fifty righteous men within the city, then I will spare all the place for their sake.
परमप्रभुले भन्‍नुभयो, “सदोम सहरभित्र पचास धर्मी जन पाएँ भने म तिनीहरूका खातिर सारा सहरलाई छोड़िदिनेछु ।”
27 And Abraham answered and said, Behold now, I have taken upon me to speak to the Lord, who am but dust and ashes.
अब्राहामले जवाफ दिएर भने, “हेर्नुहोस्, म केवल माटो र खरानी मात्र भएर पनि परमप्रभुसँग कुरा गर्न आँट गरेको छु ।
28 Perhaps there shall lack five of the fifty righteous men. Will thou destroy all the city for lack of five? And he said, I will not destroy it, if I find there forty-five.
यदि त्यहाँ पाँच कम पचास जना धर्मी जन रहेछन्‌ भने? केवल पाँच मात्र घटी भएको कारण तपाईं सारा सहरलाई नै नाश गर्नुहुनेछ?” त्यसपछि उहाँले भन्‍नुभयो, “यदि मैले त्‍यहाँ पैँतालीस पाएँ भने म त्‍यो नाश गर्नेछैनँ ।”
29 And he spoke to him yet again, and said, Perhaps there shall be forty found there. And he said, I will not do it for the forty's sake.
तिनले फेरि उहाँसँग बोल्दै भने, “यदि त्‍यहाँ चालीस रहेछन्‌ भने?” उहाँले भन्‍नुभयो, “चालीस जनाका खातिर पनि म त्‍यसो गर्नेछैनँ।”
30 And he said, Oh let not the Lord be angry, and I will speak. Perhaps there shall be thirty found there. And he said, I will not do it, if I find thirty there.
तिनले भने, “परमप्रभु रिसानी नहोस् ताकि म अझै बोल्न सकूँ । यदि त्‍यहाँ तिस जना पाइए भने?” उहाँले भन्‍नुभयो, “त्‍यहाँ तिस जना नै पाएँ भने पनि म त्‍यसो गर्नेछैनँ ।”
31 And he said, Behold now, I have taken upon me to speak to the Lord. Perhaps there shall be twenty found there. And he said, I will not destroy it for the twenty's sake.
तिनले भने, “हेर्नुहोस्, मैले परमप्रभुसँग कुरा गर्ने आँट गरेको छु । बिस जना पाइए भने?” उहाँले भन्‍नुभयो, “बिस जनाका खातिर पनि म त्यसलाई नाश गर्नेछैनँ ।”
32 And he said, Oh let not the Lord be angry, and I will speak yet but this once. Perhaps ten shall be found there. And he said, I will not destroy it for the ten's sake.
तिनले भने, “परमप्रभु रिसानी नहोस्‌। अब अन्तिम एक पल्ट बोल्‍नेछु । सायद त्‍यहाँ दस जना पाइन्छन् होला?” उहाँले भन्‍नुभयो, “दश जनाका खातिर पनि म त्‍यो नाश गर्नेछैनँ ।”
33 And Jehovah went his way as soon as he had left off conversing with Abraham, and Abraham returned to his place.
अब्राहामसित कुरा गरिसक्‍ने बित्तिकै परमप्रभु गइहाल्‍नुभयो, र अब्राहामचाहिँ आफ्‍नो घर फर्के ।

< Genesis 18 >