< Exodus 34 >
1 And Jehovah said to Moses, Hew thee two tablets of stone like the first, and I will write upon the tablets the words that were on the first tablets, which thou broke.
परमप्रभुले मोशालाई भन्नुभयो, “पहिलेका जस्तै ढुङ्गाका दुईवटा पाटी काटेर ले । तैँले फुटाएका पहिलेका पाटीहरूमा मैले लेखेका वचनहरू म यी शिला-पाटीहरूमा लेख्नेछु ।
2 And be ready by the morning, and come up in the morning to mount Sinai, and present thyself there to me on the top of the mount.
बिहानसम्म तयार हो, र सीनै पर्वतमा उक्लेर आइज र पर्वतको टाकुरमा मेरो सामु देखा पर् ।
3 And no man shall come up with thee, neither let any man be seen throughout all the mount, neither let the flocks nor herds feed before that mount.
तँसँग अरू कोही नआओस् । पर्वतको कुनै पनि भागमा कोही पनि नदेखियोस् । पर्वतको सामु कुनै भेडा-बाख्रा वा गाईवस्तु नचरोस् ।”
4 And he hewed two tablets of stone like the first. And Moses rose up early in the morning, and went up to mount Sinai, as Jehovah had commanded him, and took in his hand two tablets of stone.
त्यसैले मोशाले पहिलेजस्तै ढुङ्गाका दुईवटा पाटी काटे, र तिनी बिहानै उठेर सीनै पर्वतमा उक्ले जस्तो परमप्रभुले तिनलाई आज्ञा
5 And Jehovah descended in the cloud, and stood with him there, and proclaimed the name of Jehovah.
गर्नुभएको थियो । मोशाले शिला-पाटीहरू आफ्ना हातमा लिएर गए । परमप्रभु बादलमा ओर्लनुभयो, र त्यहाँ मोशासित खडा हुनुभयो अनि उहाँले “परमप्रभु” नाउँको घोषणा गर्नुभयो ।
6 And Jehovah passed by before him, and proclaimed, Jehovah, Jehovah, a God merciful and gracious, slow to anger, and abundant in loving kindness and truth,
परमप्रभु तिनको सामु भएर जानुभयो र घोषणा गर्नुभयो, “परमप्रभु, परमप्रभु, परमेश्वर करुणामय र अनुग्रही, रिस गर्नमा ढिलो अनि करारको विश्वसनीयतामा प्रचुर र भरोसायोग्य हुनुहुन्छ ।
7 keeping loving kindness for thousands, forgiving iniquity and transgression and sin, and who will by no means clear the guilty, visiting the iniquity of the fathers upon the sons, and upon the sons's sons, upon the third and upon the fourth generation.
उहाँले हजारौँ पुस्तासम्म आफ्नो करार राख्नुहुन्छ, अधर्म, अपराध र पापको क्षमा दिनुहुन्छ । तर उहाँले दोषीलाई कुनै किसिमले छाड्नुहुनेछैन । उहाँले पिता-पुर्खाहरूका दण्ड तिनीहरूका छोराछोरीहरू र नातिनातिनाहरू अनि तेस्रो र चौथो पुस्तासम्म दिनुहुन्छ ।”
8 And Moses made haste, and bowed his head toward the earth, and worshiped.
मोशाले झट्टै भुइँतिर आफ्नो शिर झुकाएर आराधना गरे ।
9 And he said, If now I have found favor in thy sight, O Lord, let the Lord, I pray thee, go in the midst of us, for it is a stiff-necked people, and pardon our iniquity and our sin, and take us for thine inheritance.
तब तिनले भने, “हे प्रभु, अब मैले तपाईंको दृष्टिमा निगाह पाएको छु भने हाम्रा बिचमा भएर जानुहोस् किनकि यो जाति हठी छ । हाम्रा पाप र अधर्म क्षमा गरिदिनुहोस् र हामीलाई तपाईंको उत्तराधिकारको रूपमा स्वीकार गर्नुहोस् ।”
10 And he said, Behold, I make a covenant. Before all thy people I will do marvels, such as have not been wrought in all the earth, nor in any nation, and all the people among which thou are shall see the work of Jehovah, for it is an awesome thing that I do with thee.
परमप्रभुले भन्नुभयो, “हेर्, मैले करार बाँध्न लागेको छु । तेरा सबै मानिसका सामु म यस्ता आश्चर्यका कामहरू गर्नेछु जुन सारा पृथ्वीमा कुनै पनि जातिमा गरिएको छैन । तिमीहरूका बिचमा भएका सबै मानिसले मेरा कार्यहरू देख्नेछन् किनकि तँसित मैले गर्न खोजिरहेको कुरो डरलाग्दो छ ।
11 Observe thou that which I command thee this day. Behold, I drive out before thee the Amorite, and the Canaanite, and the Hittite, and the Perizzite, and the Hivite, and the Jebusite.
आज मैले आज्ञा गरेको कुरा पालन गर् । तेरो सामु मैले एमोरी, कनानी, हित्ती, परिज्जी, हिव्वी र यबूसीहरूलाई धपाउन लाग्दै छु ।
12 Take heed to thyself, lest thou make a covenant with the inhabitants of the land where thou go, lest it be for a snare in the midst of thee.
तँ गइरहेको देशका बासिन्दाहरूसित कुनै किसिमको करार नबाँध्न सावधन बस् नत्रता तिनीहरू तिमीहरूका बिचमा पासो बन्नेछन् ।
13 But ye shall break down their altars, and dash in pieces their pillars, and ye shall cut down their Asherim,
बरु, तैँले तिनीहरूका वेदीहरू भत्काइदिनू, तिनीहरूका ढुङ्गाका खम्बाहरू टुक्रा-टुक्रा पारिदिनू र तिनीहरूका अशेरा देवीका मूर्तिहरूलाई काटेर ढालिदिनू ।
14 for thou shall worship no other god. For Jehovah, whose name is Jealous, is a jealous God.
किनकि तिमीहरूले म परमप्रभुबाहेक कुनै देवी-देवतालाई नपुज्नू । म डाह गर्ने परमेश्वर हुँ ।
15 Lest thou make a covenant with the inhabitants of the land, and they play the harlot after their gods, and sacrifice to their gods, and a man calls thee and thou eat of his sacrifice,
त्यसैले त्यस देशका बासिन्दाहरूसित करार नबाँध्न होसियार हो किनकि तिनीहरूका देवी-देवताहरूका लागि तिनीहरूले वेश्या-वृत्ति गर्छन् र तिनीहरूले बलि गर्छन् । तब तिनीहरूमध्ये एउटाले तिमीहरूलाई निमन्त्रणा गर्नेछ अनि तिमीहरूले त्यसको बलिदान खानेछौ, अनि तिनीहरूका केही छोरीहरू आफ्ना छोराहरूका लागि ल्याउनेछौ
16 and thou take of their daughters to thy sons, and their daughters play the harlot after their gods, and make thy sons play the harlot after their gods.
अनि तिनीहरूका छोरीहरूले तिनीहरूका देवी-देवताहरूका निम्ति आफैलाई वेश्या-वृत्तिमा लगाउनेछन् अनि तिनीहरूले तिमीहरूका छोराहरूलाई पनि तिनीहरूका देवी-देवताहरूका निम्ति वेश्या-वृत्तिमा लैजानेछन् ।
17 Thou shall make thee no molten gods.
तिमीहरूले आफ्ना ढलौटे मूर्तिहरू नबनाउनू ।
18 Thou shall keep the feast of unleavened bread. Seven days thou shall eat unleavened bread, as I commanded thee, at the time appointed in the month Abib, for in the month Abib thou came out from Egypt.
तिमीहरूले अखमिरी रोटीको चाड मान्नू । मैले तिमीहरूलाई आज्ञा दिएबमोजिम आबीब महिनाको तोकिएको समयमा सात दिनसम्म खमिर नहालेको रोटी खानू किनकि आबीब महिनामै तिमीहरू मिश्रबाट बाहिर आयौ ।
19 All that opens the womb is mine, and all thy cattle that is male, the firstlings of cow and sheep.
सबै पहिला जन्मेकाहरू मेरा हुन् । तिमीहरूका गाईवस्तु, गोरु, भेडाका हरेक नर मेरा हुन् ।
20 And the firstling of a donkey thou shall redeem with a lamb, and if thou will not redeem it, then thou shall break its neck. All the firstborn of thy sons thou shall redeem. And none shall appear before me empty.
गधाको पहिलो जन्मेको बछेडोलाई थुमा दिएर छुटाउनू, तर त्यसलाई छुटाएनौ भने त्यसको घाँटी भाँचिदिनू । तिमीहरूका सबै जेठा छोराहरूलाई केही दिएर छुटाउनू । कोही पनि मेरो सामु रित्तो हात नआओस् ।
21 Six days thou shall work, but on the seventh day thou shall rest; in plowing time and in harvest thou shall rest.
तिमीहरूले छ दिनसम्म काम गर्न सक्छौ, तर सातौँ दिनमा चाहिँ विश्राम गर्नू । हलो जोत्ने र कटनी गर्ने समयमा पनि विश्राम गर्नू ।
22 And thou shall observe the feast of weeks, even of the first-fruits of wheat harvest, and the feast of ingathering in the middle of the year.
गहुँको फसलको पहिलो उब्जनीसँगै साताहरूको चाड मान्नू, र वर्षको अन्त्यमा अन्न भित्र्याउने चाड मान्नू ।
23 Three times in the year all thy males shall appear before the lord Jehovah, the God of Israel.
वर्षको तिन पटक तिमीहरूका सबै पुरुष परमप्रभु इस्राएलका परमेश्वरको सामु देखा पर्नू ।
24 For I will cast out nations before thee, and enlarge thy borders. Neither shall any man desire thy land, when thou go up to appear before Jehovah thy God three times in the year.
किनकि म तिमीहरूका सामु जाति-जातिहरूलाई धपाउनेछु र तिमीहरूका सिमाना बढाइदिनेछु । तिमीहरू वर्षमा तिन पटक परमप्रभु तिमीहरूका परमेश्वरको सामु देखा पर्न जाँदा कसैले पनि आफ्नो अधिकारको रूपमा तिमीहरूको देश कब्जा गर्ने इच्छा गर्नेछैन ।
25 Thou shall not offer the blood of my sacrifice with leavened bread, nor shall the sacrifice of the feast of the Passover be left to the morning.
खमिरसहित मेरो बलिदानको रगत नचढाउनू, न त निस्तार-चाडमा चढाइने बलिको कुनै भाग बिहानसम्म उब्रोस् ।
26 The first of the first-fruits of thy ground thou shall bring to the house of Jehovah thy God. Thou shall not boil a kid in its mother's milk.
तिमीहरूले आ-आफ्ना खेतहरूबाट सबैभन्दा असल अगौटे फलहरू मेरो घरमा ल्याउनू । बाख्राको पाठो त्यसको माउको दूधमा नपकाओ ।”
27 And Jehovah said to Moses, Write thou these words, for after the tenor of these words I have made a covenant with thee and with Israel.
परमप्रभुले मोशालाई भन्नुभयो, “यी कुराहरू लेख् किनकि यी वचनअनुसार नै मैले तँ र इस्राएलसित करार बाँधेको छु ।”
28 And he was there with Jehovah forty days and forty nights. He neither ate bread, nor drank water, and he wrote upon the tablets the words of the covenant, the ten commandments.
मोशा परमप्रभुसित त्यहाँ चालिस दिन र चालिस रातसम्म बसे । तिनले न कुनै खाना खाए न पानी पिए । तिनले करारका वचनहरू अर्थात् दस आज्ञा शिला-पाटीहरूमा लेखे ।
29 And it came to pass, when Moses came down from mount Sinai with the two tablets of the testimony in Moses' hand, when he came down from the mount, that Moses did not know that the skin of his face shone by reason of his speaking with him.
मोशा आफ्ना हातमा करारका आज्ञाहरू लिखित दुईवटा शिला-पाटी लिएर पर्वतबाट तल ओर्लंदा र तिनी परमेश्वरसित बोल्दा तिनको अनुहारको छाला चम्कँदै थियो भनी तिनलाई थाहै भएन ।
30 And when Aaron and all the sons of Israel saw Moses, behold, the skin of his face shone, and they were afraid to come near him.
जब हारून र इस्राएलीहरूले मोशालाई देखे तिनको अनुहार चम्कँदै थियो, र तिनीहरू तिनको नजिक आउन डराए ।
31 And Moses called to them. And Aaron and all the rulers of the congregation returned to him, and Moses spoke to them.
तर मोशाले तिनीहरूलाई डाके, अनि हारूनसाथै समुदायका सबै अगुवा तिनीकहाँ आए । तब मोशा तिनीहरूसित बोले ।
32 And afterward all the sons of Israel came near, and he gave them in commandment all that Jehovah had spoken with him on mount Sinai.
यसपछि इस्राएलका सबै मानिस मोशाकहाँ आए, अनि परमप्रभुले सीनै पर्वतमा तिनलाई बताउनुभएका सबै आज्ञा तिनले मानिसहरूलाई बताए ।
33 And when Moses was done speaking with them, he put a veil on his face.
तिनीहरूसित बोलिसकेपछि मोशाले आफ्नो अनुहारमा घुम्टो हाले ।
34 But when Moses went in before Jehovah to speak with him, he took the veil off, until he came out. And he came out, and spoke to the sons of Israel that which he was commanded.
मोशा परमप्रभुको सामु उहाँसित बोल्न जाँदा तिनी बाहिर नआउञ्जेलसम्म तिनले घुम्टो उघार्थे । तिनी बाहिर आउँदा तिनलाई बताउन आज्ञा गरिएको कुरा तिनले इस्राएलीहरूलाई बताउँथे ।
35 And the sons of Israel saw the face of Moses, that the skin of Moses' face shone. And Moses put the veil upon his face again until he went in to speak with him.
इस्राएलीहरूले मोशाको अनुहार चम्किरहेको देख्दा तिनी परमप्रभुसित बोल्नलाई भित्र नगएसम्म तिनले फेरि आफ्नो अनुहारमा घुम्टो हाल्थे ।