< 1 Samuel 16 >

1 And Jehovah said to Samuel, How long will thou mourn for Saul, since I have rejected him from being king over Israel? Fill thy horn with oil, and go. I will send thee to Jesse the Bethlehemite, for I have provided for me a king among his sons.
परमप्रभुले शमूएललाई भन्‍नुभयो, “मैले शाऊललाई इस्राएलको राजा हुनबाट इन्कार गरेको कारणले तँ उसको निम्ति कहिलेसम्म विलाप गर्नेछस्? तेरो सीङ्‌मा तेल भर् र जा । म तँलाई बेथलेहेमको यिशैकहाँ पठाउनेछु, किनकि मैले त्यसका छोराहरूका बिचबाट एक जनालाई मेरो निम्ति राजा चुनेको छु ।”
2 And Samuel said, How do I go? If Saul hears it, he will kill me. And Jehovah said, Take a heifer with thee, and say, I have come to sacrifice to Jehovah.
शमूएलले सोधे, “म कसरी जान सक्‍छु? शाऊलले यो सुने भने, उसले मलाई मार्नेछ ।” परमप्रभुले भन्‍नुभयो, “तँसँगै एउटा कोरली लैजा र भन्, 'म परमप्रभुलाई बलिदान चढाउन आएको छु ।'
3 And call Jesse to the sacrifice, and I will show thee what thou shall do. And thou shall anoint to me him whom I name to thee.
यिशैलाई पनि बलिदानमा बोला र तैंले के गर्नुपर्नेछ म तँलाई देखाउनेछु । मैले तँलाई देखाएको एक जनालाई तैंले अभिषेक गर्नेछस् ।”
4 And Samuel did that which Jehovah spoke, and came to Bethlehem. And the elders of the city came to meet him trembling, and said, Do thou come peaceably?
शमूएलले परमप्रभुले भन्‍नुभएझैं गरे र बेथलेहेम गए । सहरका धर्म-गुरुहरू तिनलाई भेट्न आउँदा तिनीहरू डरले कामिरहेका थिए र भने, “के तपाईं शान्तिमा नै आउँदै हुनुहुन्छ?”
5 And he said, Peaceably; I have come to sacrifice to Jehovah. Sanctify yourselves, and come with me to the sacrifice. And he sanctified Jesse and his sons, and called them to the sacrifice.
तिनले भने, “शान्तिमा नै हो । म परमप्रभुलाई बिलदान चढाउन आएको छु । आफैलाई अलग गर्न तयार होओ र मसँगै बलिदानमा आओ ।” तिनले यिशै र तिनका छोराहरूलाई अलग गरे र तिनीहरूलाई बलिदानमा निमन्त्रणा गरे ।
6 And it came to pass, when they came, that he looked on Eliab, and said, Surely Jehovah's anointed is before him.
जब तिनीहरू आए, तिनले एलीआबलाई हेरे र मनमनै भने परमप्रभुको अभिषिक्‍त जन निश्‍चय नै तिनको सामु उभिरहेका थिए ।
7 But Jehovah said to Samuel, Do not look on his countenance, or on the height of his stature, because I have rejected him. For Jehovah sees not as man sees, for man looks on the outward appearance, but Jehovah looks on the heart.
तर परमप्रभुले शमूएललाई भन्‍नुभयो, “त्यसको बाह्य स्वरूप वा त्यसको कदको उचाइलाई नहेर्, किनभने मैले त्यसलाई इन्कार गरेको छु । किनभने परमप्रभुले मानिसले झैं हे्र्नुहुन्‍न । मानिसले बाहिरी स्वरूपलाई हेर्छ, तर परमप्रभुले हृदयलाई हेर्नुहुन्छ ।”
8 Then Jesse called Abinadab, and made him pass before Samuel. And he said, Neither has Jehovah chosen this man.
यिशैले अबीनादाबलाई बोलाए र शमूएलको सामुन्‍ने हिंड्न लगाए । तब शमूएलले भने, “परमप्रभुले यसलाई पनि चुन्‍नुभएको छैन ।”
9 Then Jesse made Shammah to pass by. And he said, Neither has Jehovah chosen this man.
यिशैले शम्मालाई नि हिंड्न लगाए, तर शमूएलले भने, “परमप्रभुले यसलाई पनि चुन्‍नुभएको छैन ।”
10 And Jesse made seven of his sons to pass before Samuel. And Samuel said to Jesse, Jehovah has not chosen these men.
यिशैले तिनका सातै जना छोराहरूलाई शमूएलको सामु हिंड्न लगाए । शमूएलले यिशैलाई भने, “परमप्रभुले यिनीहरू कुनैलाई पनि चुन्‍नुभएको छैन ।”
11 And Samuel said to Jesse, Are all thy sons here? And he said, There remains yet the youngest, and, behold, he is keeping the sheep. And Samuel said to Jesse, Send and fetch him, for we will not sit down till he comes here.
तब शमूएलले यिशैलाई भने, “के तपाईंका छोराहरू सबै जना यहाँ नै छन्?” तिनले जवाफ दिए, “अझै कान्छो बाँकी नै छ, तर उसले भेडाको गोठाला गरिरहेको छ ।” शमूएलले यिशैलाई भने, “कसैलाई पठाउनुहोस् र तिनलाई झिकाउनुहोस् । तिनी यहाँ नआएसम्म, हामी बस्‍नेछैनौं ।”
12 And he sent, and brought him in. Now he was ruddy, and of a beautiful countenance, and fine to look upon. And Jehovah said, Arise, anoint him, for this is he.
यिशैले कसैलाई पठाए र तिनलाई ल्याए । यो छोराको राता गाला, सुन्दर आँखा र सुन्दर स्वरूप थियो । परमप्रभुले भन्‍नुभयो, “उठ्, त्यसलाई अभिषेक गर् । किनभने यही नै हो ।”
13 Then Samuel took the horn of oil, and anointed him in the midst of his brothers. And the Spirit of Jehovah came mightily upon David from that day forward. So Samuel rose up, and went to Ramah.
अनि शमूएलले तेल भएको सीङ् लिए र तिनलाई आफ्‍ना दाजुहरूका माझमा अभिषेक गरे । त्यस दिनदेखि परमप्रभुको आत्मा दाऊदमाथि आउनुभयो । त्यसपछि शमूएल उठे र रामातिर गए ।
14 Now the Spirit of Jehovah departed from Saul, and an evil spirit from Jehovah troubled him.
परमप्रभुको आत्माले शाऊललाई छोड्नुभयो र परमप्रभुको हानिकारक आत्माले तिनलाई दुःख दियो ।
15 And Saul's servants said to him, Behold now, an evil spirit from God troubles thee.
शाऊलका सेवकहरूले तिनलाई भने, “हे्र्नुहोस्, परमप्रभुको हानिकारक आत्माले तपाईंलाई दुःख दिन्छ ।
16 Let our lord now command thy servants, who are before thee, to seek out a man who is a skilful player on the harp. And it shall come to pass, when the evil spirit from God is upon thee, that he shall play with his hand, and thou shall be well.
तपाईंको सामु भएका सेवकहरूलाई कोही वीणा बजाउन निपुण व्यक्‍तिलाई खोज्‍न हाम्रो मालिकले आज्ञा गर्नुहोस् । जब परमप्रभुको हानिकारक आत्मा तपाईंमाथि आउँछ, त्यसले वीणा बजाउनेछ, र तपाईं ठीक हुनुहुनेछ ।”
17 And Saul said to his servants, Provide for me now a man who can play well, and bring him to me.
शाऊलले तिनका सेवकहरूलाई भने, “बजाउन निपुण एक जना मानिस मेरो निम्ति खोज र त्यसलाई मकहाँ ल्याऊ ।”
18 Then one of the young men answered, and said, Behold, I have seen a son of Jesse the Bethlehemite who is skilful in playing, and a mighty man of valor, and a man of war, and prudent in speech, and a comely man, and Jehovah is with him.
जवानहरूमध्ये एक जनाले जवाफ दिए, “मैले बेथलेहमका यिशैका छोरा बजाउनमा निपुण, बलियो, साहसी, लडाकु, बोलीवचनमा चतुर, सुन्‍दर मानिस देखेको छु । अनि परमप्रभु तिनीसँग हुनुहुन्छ ।”
19 Therefore Saul sent messengers to Jesse, and said, Send to me David thy son, who is with the sheep.
त्यसैले शाऊलले यिशैकहाँ दूतहरू पठाए र भने, “भेडाहरूसँग भएको तिम्रो छोरा दाऊदलाई मकहाँ पठाऊ ।”
20 And Jesse took a donkey with bread, and a bottle of wine, and a kid, and sent them by David his son to Saul.
यिशैले रोटी, दाखमद्यको भाँडो, एउटा पाठोलाई गधामा बोकाए र आफ्‍नो छोरा दाऊदसँगै ती शाऊलकहाँ पठाए ।
21 And David came to Saul, and stood before him. And he loved him greatly, and he became his armor bearer.
तब दाऊद शाऊलकहाँ आए र तिनको सेवामा प्रवेश गरे । शाऊलले तिनलाई धेरै प्रेम गरे र तिनी उनको हतियार बोक्‍ने बने ।
22 And Saul sent to Jesse, saying, Let David, I pray thee, stand before me, for he has found favor in my sight.
“दाऊद मेरो सामु खडा रहोस्, किनभने उसले मेरो दृष्‍टिमा निगाह पाएको छ” भन्‍ने सामाचार शाऊलले यिशैलाई पठाए ।
23 And it came to pass, when the spirit from God was upon Saul, that David took the harp, and played with his hand. So Saul was refreshed, and was well, and the evil spirit departed from him.
जब-जब शाऊलमाथि परमेश्‍वरको हानिकारक आत्मा आउँथ्यो, दाऊदले वीणा लिन्थे र त्‍यो बजाउँथे । यसरी शाऊल पुनः ताजा र सञ्‍चो हुन्थे, र हानिकारक आत्माले तिनीलाई छोड्‍थ्‍यो।

< 1 Samuel 16 >