< Psalmen 75 >
1 Voor den opperzangmeester, Altascheth; een psalm, een lied, voor Asaf. Wij loven U, o God; wij loven, dat Uw Naam nabij is; men vertelt Uw wonderen.
सङ्गीत निर्देशकको निम्ति, “विनाश नहोस्” को रागमा आधारित, आसापको भजन; एक गीत। हे परमेश्वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौँ, हामी तपाईंलाई धन्यवाद चढाउँछौँ; किनकि तपाईंको नाम नजिकै छ; मानिसहरूले तपाईंका अचम्मका कामहरूको वर्णन गर्दछन्।
2 Als ik het bestemde ambt zal ontvangen hebben, zo zal ik gans recht richten.
तपाईं भन्नुहुन्छ, “मैले उचित समय ठहराएको छु; मैले नै निष्पक्षतासाथ न्याय गर्दछु।
3 Het land en al zijn inwoners waren versmolten; maar ik heb zijn pilaren vastgemaakt. (Sela)
जब पृथ्वीमा भुइँचालो जान्छ र मानिसहरू काम्छन्, त्यसका खम्बाहरूलाई स्थिर गरी थामिराख्ने म नै हुँ। सेला
4 Ik heb gezegd tot de onzinnigen: Weest niet onzinnig; en tot de goddelozen: Verhoogt den hoorn niet.
घमण्डीहरूलाई म भन्दछु, ‘घमण्ड नगर,’ र दुष्ट मानिसहरूलाई भन्दछु, ‘तिमीहरूका सिङ नउठाओ,
5 Verhoogt uw hoorn niet omhoog; spreekt niet met stijven hals.
स्वर्गको विरुद्धमा तिमीहरूको सिङ नउठाओ; मुन्टो बटारेर घमण्डसाथ नबोल।’”
6 Want het verhogen komt niet uit het oosten, noch uit het westen, noch uit de woestijn;
किनकि विजय पूर्वबाट वा पश्चिमबाट वा मरुभूमिबाट आउँदैन।
7 Maar God is Rechter; Hij vernedert dezen, en verhoogt genen.
परमेश्वरले न्याय गर्नुहुन्छ: उहाँले कसैलाई होच्याउनुहुन्छ, र कसैलाई उच्च पार्नुहुन्छ,
8 Want in des HEEREN hand is een beker, en de wijn is beroerd, vol van mengeling, en Hij schenkt daaruit; doch alle goddelozen der aarde zullen zijn droesemen uitzuigende drinken.
याहवेहको हातमा एउटा कचौरा छ, जसमा मसाला मिसिएको फीँज भएको मद्य छ; उहाँले त्यो खन्याउनुहुन्छ, र पृथ्वीका सबै दुष्टहरूले मद्यको थिग्रासम्मै पिउँछन्।
9 En ik zal het in eeuwigheid verkondigen; ik zal den God Jakobs psalmzingen.
तर मचाहिँ सदाकाल यही कुरा घोषणा गर्नेछु; म याकोबका परमेश्वरको प्रशंसा गाउनेछु,
10 En ik zal alle hoornen der goddelozen afhouwen; de hoornen des rechtvaardigen zullen verhoogd worden.
जसले भन्नुहुन्छ, “म सबै दुष्टहरूका सिङहरू काटिदिनेछु; तर धर्मी जनहरूका सिङचाहिँ उच्च पारिनेछन्।”