< Mattheüs 25 >

1 Alsdan zal het Koninkrijk der hemelen gelijk zijn aan tien maagden, welke haar lampen namen, en gingen uit, den bruidegom tegemoet.
“त्यस समय स्वर्गको राज्य दश जना कन्याहरूजस्तो हुनेछ, जसले आफ्ना बत्तीहरू लिएर दुलहालाई भेट्न गए।
2 En vijf van haar waren wijzen, en vijf waren dwazen.
तीमध्ये पाँच जना निर्बुद्धिहरू र पाँच जना बुद्धिमतीहरू थिए।
3 Die dwaas waren, haar lampen nemende, namen geen olie met zich.
ती निर्बुद्धिहरूले बत्तीहरू त लगे, तर तेल लगेनन्।
4 Maar de wijzen namen olie in haar vaten, met haar lampen.
तर ती बुद्धिमतीहरूले चाहिँ आफ्ना बत्तीहरूसित भाँडोमा तेल पनि लगे।
5 Als nu de bruidegom vertoefde, werden zij allen sluimerig, en vielen in slaap.
दुलहाले आउन ढिलो गरेकाले तिनीहरू सबैलाई निन्द्रा लाग्न थाल्यो, र भुसुक्‍क निदाए।
6 En ter middernacht geschiedde een geroep: Ziet, de bruidegom komt, gaat uit hem tegemoet!
“मध्यरातमा एउटा आवाज सुनियो: ‘लौ दुलहा यहाँ आइपुगेका छन्! उनलाई भेट्न निस्किआओ!’
7 Toen stonden al die maagden op, en bereidden haar lampen.
“तब सबै कन्याहरू उठे, र आफ्ना बत्तीहरू ठिक पारे।
8 En de dwazen zeiden tot de wijzen: Geeft ons van uw olie; want onze lampen gaan uit.
ती निर्बुद्धिहरूले बुद्धिमतीहरूलाई भने, ‘हामीलाई तिमीहरूका तेलबाट केही देओ; किनकि हाम्रा बत्तीहरू निभ्दैछन्।’
9 Doch de wijzen antwoordden, zeggende: Geenszins, opdat er misschien voor ons en voor u niet genoeg zij; maar gaat liever tot de verkopers, en koopt voor uzelven.
“तिनीहरूले जवाफ दिए, ‘हुँदैन, सायद हामी र तिमीहरू दुवैका लागि यो प्रशस्त नहोला। बरु तेल बेच्नेहरूकहाँ जाओ, र आफ्ना लागि केही किन।’
10 Als zij nu heengingen om te kopen, kwam de bruidegom; en die gereed waren, gingen met hem in tot de bruiloft, en de deur werd gesloten.
“तर जब तिनीहरू तेल किन्‍न निस्के, तब दुलहा आइपुगिहाले। ती तयार रहेका कन्याहरू तिनीसित विवाहको भोजमा प्रवेश गरिहाले। अनि ढोका बन्द भयो।
11 Daarna kwamen ook de andere maagden, zeggende: Heer, heer, doe ons open!
“पछिबाट ती अरू पनि आए, र भने, ‘प्रभु! हे प्रभु! हाम्रा लागि ढोका खोलिदिनुहोस्!’
12 En hij, antwoordende, zeide: Voorwaar zeg ik u: Ik ken u niet.
“तर तिनले जवाफ दिए, ‘म तिमीहरूलाई साँच्‍चै भन्दछु, म तिमीहरूलाई चिन्दिनँ।’
13 Zo waakt dan; want gij weet den dag niet, noch de ure, in welke de Zoon des mensen komen zal.
“यसकारण जागा रहो; किनकि त्यो दिन र समय तिमीहरू जान्दैनौ।
14 Want het is gelijk een mens, die buiten 's lands reizende, zijn dienstknechten riep, en gaf hun zijn goederen over.
“फेरि, स्वर्गको राज्य यात्रामा जान लागेको त्यो मानिसजस्तो हो, जसले आफ्ना सेवकहरूलाई बोलाएर तिनीहरूलाई आफ्ना सम्पत्तिको जिम्मा दिए।
15 En den ene gaf hij vijf talenten, en den anderen twee, en den derden een, een iegelijk naar zijn vermogen, en verreisde terstond.
तिनीहरूका योग्यताअनुसार तिनले एउटालाई पाँच झोला सुनका सिक्‍का, अर्कोलाई दुई झोला सुनका सिक्‍का र अर्कोलाई एक झोला सुनका सिक्‍का दिए। त्यसपछि तिनी आफ्ना यात्रामा लागे।
16 Die nu de vijf talenten ontvangen had, ging heen, en handelde daarmede, en won andere vijf talenten.
पाँच झोला सुनका सिक्‍का पाउने मानिस तुरुन्तै गएर आफ्नो पैसा काममा लगायो र अरू पाँच झोला सुन कमायो।
17 Desgelijks ook die de twee ontvangen had, die won ook andere twee.
दुई झोला सुनका सिक्‍का पाउनेले पनि त्यसै गरी अरू दुई झोला कमायो।
18 Maar die het ene ontvangen had, ging heen en groef in de aarde, en verborg het geld zijns heren.
तर एक झोला सुनका सिक्‍का पाउने मानिस गयो, र भुइँमा खनेर उसका मालिकको धनसम्पत्ति लुकायो।
19 En na een langen tijd kwam de heer van dezelve dienstknechten, en hield rekening met hen.
“धेरै समय बितेपछि ती सेवकहरूका मालिक फर्किआए, र तिनीहरूसित हिसाब मागे।
20 En die de vijf talenten ontvangen had, kwam, en bracht tot hem andere vijf talenten, zeggende: Heer, vijf talenten hebt gij mij gegeven; zie, andere vijf talenten heb ik boven dezelve gewonnen.
पाँच झोला सुनका सिक्‍का पाउने मानिसले अरू पाँच ल्यायो। उसले भन्यो, ‘हजुर, तपाईंले मलाई पाँच झोला सुनका सिक्‍का सुम्पनुभएको थियो। हेर्नुहोस्, मैले अरू पाँच झोला सुन कमाएँ।’
21 En zijn heer zeide tot hem: Wel, gij goede en getrouwe dienstknecht! over weinig zijt gij getrouw geweest; over veel zal ik u zetten; ga in, in de vreugde uws heeren.
“त्यसका मालिकले जवाफ दिए, ‘स्याबास, असल र विश्‍वासी सेवक! तँ थोरै कुरामा विश्‍वासयोग्य भइस्। म तँलाई धेरै कुराको जिम्मा दिनेछु। आइज र आफ्ना मालिकको खुशीमा सहभागी बन्!’
22 En die de twee talenten ontvangen had, kwam ook tot hem, en zeide: Heer, twee talenten hebt gij mij gegeven; zie, twee andere talenten heb ik boven dezelve gewonnen.
“दुई झोला सुनका सिक्‍का पाउने मानिस पनि आयो। त्यसले भन्यो, ‘हजुर, तपाईंले मलाई दुई झोला सुनका सिक्‍का सुम्पनुभएको थियो। हेर्नुहोस्, मैले अरू दुई झोला सुन कमाएँ।’
23 Zijn heer zeide tot hem: Wel, gij goede en getrouwe dienstknecht, over weinig zijt gij getrouw geweest; over veel zal ik u zetten; ga in, in de vreugde uws heeren.
“त्यसका मालिकले जवाफ दिए, ‘स्याबास, असल र विश्‍वासी सेवक! तँ थोरै कुरामा विश्‍वासयोग्य भइस्। म तँलाई धेरै कुराको जिम्मा दिनेछु। आइज र आफ्ना मालिकको खुशीमा सहभागी बन्!’
24 Maar die het ene talent ontvangen had, kwam ook en zeide: Heer, ik kende u, dat gij een hard mens zijt, maaiende, waar gij niet gezaaid hebt, en vergaderende van daar, waar gij niet gestrooid hebt;
“त्यसपछि एक झोला सुनको सिक्‍का पाउने मानिस आयो। त्यसले भन्यो ‘मालिक, म जान्दछु कि तपाईं नरोपेको ठाउँमा कटनी गर्नुहुने र बिउ नछरेको ठाउँमा बटुल्नुहुने कठोर मानिस हुनुहुन्छ।
25 En bevreesd zijnde, ben ik heengegaan, en heb uw talent verborgen in de aarde; zie, gij hebt het uwe.
तसर्थ म डराएँ, र गएर तपाईंको सुन भुइँमा लुकाएर राखेँ। हेर्नुहोस्, तपाईंको त्यो सुन यहाँ छ।’
26 Maar zijn heer, antwoordende, zeide tot hem: Gij boze en luie dienstknecht! gij wist, dat ik maai, waar ik niet gezaaid heb, en van daar vergader, waar ik niet gestrooid heb.
“त्यसका मालिकले जवाफ दिए, ‘तँ दुष्‍ट र अल्छे सेवक! मैले नछरेको ठाउँमा म कटनी गर्छु, र बिउ नरोपेको ठाउँमा बटुल्छु भन्‍ने तँलाई थाहा थियो?
27 Zo moest gij dan mijn geld den wisselaren gedaan hebben, en ik, komende, zou het mijne wedergenomen hebben met woeker.
त्यसो भए, तैँले मेरो धनसम्पत्ति साहुकहाँ राख्नु पर्नेथियो, र म फर्केर आउँदा मैले त्यो ब्याजसमेत पाउनेथिएँ।
28 Neemt dan van hem het talent weg, en geeft het dengene, die de tien talenten heeft.
“‘त्यसबाट त्यो सुनको सिक्‍काको झोला लेओ, र जससित दश झोला छ, त्यसलाई देओ।
29 Want een iegelijk, die heeft, dien zal gegeven worden, en hij zal overvloedig hebben; maar van dengene, die niet heeft, van dien zal genomen worden, ook dat hij heeft.
किनकि जससित छ, त्यसलाई अरू दिइनेछ, र त्यससित प्रशस्त हुनेछ। जससित छैन, त्यससित भएको पनि खोसिनेछ।
30 En werpt den onnutten dienstknecht uit in de buitenste duisternis; daar zal wening zijn en knersing der tanden.
अनि त्यस बेकामे सेवकलाई बाहिरको अन्धकारमा फ्याँकिदेओ, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।’
31 En wanneer de Zoon des mensen komen zal in Zijn heerlijkheid, en al de heilige engelen met Hem, dan zal Hij zitten op den troon Zijner heerlijkheid.
“जब मानिसको पुत्र आफ्नो महिमामा सबै दूतहरूसित आउनेछ, तब ऊ आफ्नो महिमामय सिंहासनमा बस्‍नेछ।
32 En voor Hem zullen al de volken vergaderd worden, en Hij zal ze van elkander scheiden, gelijk de herder de schapen van de bokken scheidt.
सारा राष्ट्रहरू उसको अगि भेला गराइनेछन्; अनि गोठालाले बाख्राहरूबाट भेडाहरू अलग गरेझैँ, उसले मानिसहरूलाई एक-अर्कादेखि अलग गर्ने।
33 En Hij zal de schapen tot Zijn rechter hand zetten, maar de bokken tot Zijn linker hand.
उसले भेडाहरूलाई आफ्नो दाहिनेतिर र बाख्राहरूलाई आफ्नो देब्रेतिर राख्नेछ।
34 Alsdan zal de Koning zeggen tot degenen, die tot Zijn rechter hand zijn: Komt, gij gezegenden Mijns Vaders! beerft dat Koninkrijk, hetwelk u bereid is van de grondlegging der wereld.
“तब आफ्ना दाहिनेतिरका मानिसहरूलाई राजाले भन्‍नेछन्, ‘आओ, मेरा पिताका धन्य जनहरू हो, संसारको उत्पत्तिदेखि तिमीहरूका लागि तयार पारिएको राज्यको, तिमीहरू उत्तराधिकारी होओ।
35 Want Ik ben hongerig geweest, en gij hebt Mij te eten gegeven; Ik ben dorstig geweest, en gij hebt Mij te drinken gegeven; Ik was een vreemdeling, en gij hebt Mij geherbergd.
किनकि म भोकाएको थिएँ, र तिमीहरूले मलाई केही खानेकुरा दियौ। म तिर्खाएको थिएँ, र तिमीहरूले मलाई केही पिउने कुरा दियौ। म परदेशी थिएँ, र तिमीहरूले मलाई भित्र स्वागत गर्‍यौ,
36 Ik was naakt, en gij hebt Mij gekleed; Ik ben krank geweest, en gij hebt Mij bezocht; Ik was in de gevangenis, en gij zijt tot Mij gekomen.
मलाई वस्त्रको खाँचो थियो, र तिमीहरूले मलाई पहिर्‍यायौ। म बिरामी थिएँ, र तिमीहरू मलाई हेर्न आयौ। म झ्यालखानामा थिएँ, र तिमीहरू मलाई भेट्न आयौ।’
37 Dan zullen de rechtvaardigen Hem antwoorden, zeggende: Heere! wanneer hebben wij U hongerig gezien, en gespijzigd, of dorstig, en te drinken gegeven?
“तब ती धर्मीहरूले उनलाई जवाफ दिनेछन्, ‘हे प्रभु, हामीले तपाईंलाई कहिले भोकाएका देख्यौँ र खुवायौँ, अथवा तिर्खाएका देख्यौँ र पिउन दियौँ?
38 En wanneer hebben wij U een vreemdeling gezien, en geherbergd, of naakt en gekleed?
हामीले तपाईंलाई कहिले परदेशी देख्यौँ, र भित्र स्वागत गर्‍यौँ अथवा वस्त्रको अभावमा पहिर्‍यायौँ?
39 En wanneer hebben wij U krank gezien, of in de gevangenis, en zijn tot U gekomen?
हामीले तपाईंलाई कहिले बिरामी वा झ्यालखानामा देख्यौँ, र तपाईंलाई भेट्न गयौँ?’
40 En de Koning zal antwoorden en tot hen zeggen: Voorwaar zeg Ik u: Voor zoveel gij dit een van deze Mijn minste broeders gedaan hebt, zo hebt gij dat Mij gedaan.
“राजाले जवाफ दिनेछन्, ‘म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरूले मेरा यी मानिसहरूमध्ये सानोभन्दा सानोलाई जे गर्‍यौ, त्यो तिमीहरूले मलाई नै गर्‍यौ।’
41 Dan zal Hij zeggen ook tot degenen, die ter linker hand zijn: Gaat weg van Mij, gij vervloekten, in het eeuwige vuur, hetwelk den duivel en zijn engelen bereid is. (aiōnios g166)
“तब तिनले आफ्ना देब्रेतिरकाहरूलाई भन्‍नेछन्, ‘हे श्रापितहरू हो, मबाट टाढा भएर शैतान र त्यसका दूतहरूका लागि तयार पारिएको अनन्तको आगोमा जाओ। (aiōnios g166)
42 Want Ik ben hongerig geweest, en gij hebt Mij niet te eten gegeven; Ik ben dorstig geweest, en gij hebt Mij niet te drinken gegeven;
किनकि म भोकाएको थिएँ, र तिमीहरूले मलाई केही खान दिएनौ। म तिर्खाएको थिएँ, र तिमीहरूले मलाई केही पिउन दिएनौ।
43 Ik was een vreemdeling; en gij hebt Mij niet geherbergd; naakt, en gij hebt Mij niet gekleed; krank, en in de gevangenis, en gij hebt Mij niet bezocht.
म परदेशी थिएँ, र तिमीहरूले मलाई भित्र स्वागत गरेनौ। मलाई वस्त्रको खाँचो थियो र तिमीहरूले मलाई पहिर्‍याएनौ। म बिरामी र झ्यालखानामा थिएँ, र तिमीहरूले मेरो हेरचाह गरेनौ।’
44 Dan zullen ook dezen Hem antwoorden, zeggende: Heere, wanneer hebben wij U hongerig gezien, of dorstig, of een vreemdeling, of naakt, of krank, of in de gevangenis, en hebben U niet gediend?
“तिनीहरूले पनि जवाफ दिनेछन्, ‘हे प्रभु, हामीले तपाईंलाई कहिले भोकाएका अथवा तिर्खाएका, अथवा परदेशी, अथवा वस्त्रको खाँचोमा पर्नुभएको, अथवा बिरामी अथवा झ्यालखानामा देख्यौँ, र तपाईंलाई सहायता दिएनौँ?’
45 Dan zal Hij hun antwoorden en zeggen: Voorwaar zeg Ik u: Voor zoveel gij dit een van deze minsten niet gedaan hebt, zo hebt gij het Mij ook niet gedaan.
“उनले जवाफ दिनेछन्, ‘म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरूले यी सानाहरूमध्ये एउटालाई जे गरेनौ, त्यो तिमीहरूले मलाई नै गरेनौ।’
46 En dezen zullen gaan in de eeuwige pijn; maar de rechtvaardigen in het eeuwige leven. (aiōnios g166)
“तब तिनीहरू अनन्तको दण्डमा, तर धर्मी जनहरू अनन्तको जीवनमा प्रवेश गर्नेछन्।” (aiōnios g166)

< Mattheüs 25 >