< Jeremia 23 >
1 Wee den herderen, die de schapen Mijner weide ombrengen en verstrooien! spreekt de HEERE.
यो परमप्रभुको घोषणा हो, “मेरो खर्कका भेडाहरूलाई नष्ट गर्ने र छरपष्ट पार्ने गोठालाहरूलाई धिक्कार!”
2 Daarom zegt de HEERE, de God Israels, alzo van de herderen, die Mijn volk weiden: Gijlieden hebt Mijn schapen verstrooid, en hebt ze verdreven, en hebt ze niet bezocht; ziet, Ik zal over u bezoeken de boosheid uwer handelingen, spreekt de HEERE.
त्यसकारण आफ्ना मानिसका रेखदेख गर्ने गोठालाहरूको विषयमा परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, “तिमीहरूले मेरो बगाललाई छरपष्ट पारेका छौ, र तिनीहरूलाई धपाइदिएका छौ । तिमीहरूले तिनीहरूको वास्ता गरेका छैनौ । त्यसैले तिमीहरूले गरेका दुष्ट्याइँको लागि मैले तिमीहरूलाई दण्ड दिनै लागेको छु, यो परमप्रभुको घोषणा हो ।
3 En Ik zal het overblijfsel Mijner schapen Zelf vergaderen uit al de landen, waarhenen Ik ze verdreven heb; en Ik zal ze wederbrengen tot hun kooien, en zij zullen vruchtbaar zijn, en vermenigvuldigen.
मेरो बगालका वचेकाहरूलाई मैले तिनीहरूलाई धपाएका सबै देशबाट म आफै जम्मा गर्नेछु, र म तिनीहरूलाई एउटा खर्कमा फर्काउनेछु, जहाँ तिनीहरू फलवन्त हुनेछन् र बढ्नेछन् ।
4 En Ik zal herderen over hen verwekken, die ze weiden zullen; en zij zullen niet meer vrezen, noch verschrikt worden, noch gemist worden, spreekt de HEERE.
त्यसपछि म तिनीहरूको रेखदेख गर्ने गोठालाहरू खडा गर्नेछु जसले तिनीहरूलाई गोठाला गर्नेछन्, यसरी तिनीहरू फेरि डराउने वा छरपष्ट हुनेछैनन् । तिनीहरूमध्ये कोही पनि हराउनेछैनन्, यो परमप्रभुको घोषणा हो ।
5 Ziet, de dagen komen, spreekt de HEERE, dat Ik aan David een rechtvaardige Spruit zal verwekken; Die zal Koning zijnde regeren, en voorspoedig zijn, en recht en gerechtigheid doen op de aarde.
यो परमप्रभुको घोषणा हो, हेर्, यस्ता दिनहरू आउँदैछन्, जति बेला म दाऊदको लागि एउटा धार्मिक हाँगा खडा गर्नेछु । उसले राजाको रूपमा राज्य गर्नेछ । तिनले बुद्धिमानीपूर्वक काम गर्नेछ, र देशमा न्याय र धार्मिकता कायम राख्नेछ ।
6 In Zijn dagen zal Juda verlost worden, en Israel zeker wonen; en dit zal Zijn naam zijn, waarmede men Hem zal noemen: De HEERE: ONZE GERECHTIGHEID.
उसको दिनमा यहूदा यहूदा बचाइनेछ, र इस्राएल सुरक्षितसाथ जिउनेछ । तब यो नाउँले उसलाई बोलाइनेछः परमप्रभु हाम्रो धार्मिकता हुनुहुन्छ ।
7 Daarom, ziet, de dagen komen, spreekt de HEERE, dat zij niet meer zullen zeggen: Zo waarachtig als de HEERE leeft, Die de kinderen Israels uit Egypteland heeft opgevoerd.
यो परमप्रभुको घोषणा हो, यसकारण हेर्, यस्ता दिनहरू आउँदैछन्, जति बेला तिनीहरूले फेरि यसो भन्ने छैनन्, 'इस्राएलका मानिसहरूलाई मिश्रदेशबाट ल्याउनुहुने जीवित परमप्रभुको नाउँमा ।'
8 Maar: Zo waarachtig als de HEERE leeft, Die het zaad van het huis Israels heeft opgevoerd, en Die het aangebracht heeft uit het land van het noorden, en uit al de landen, waarheen Ik ze gedreven had! want zij zullen wonen in hun land.
त्यसको सटोमा, तिनीहरूले यसो भन्नेछन्, 'इस्राएलको घरानाका सन्तानहरूलाई उत्तर देश र जहाँ तिनीहरू धपाइए, ती सबै देशबाट निकालेर ल्याउनुहुने जीवित परमप्रभुको नाउँमा ।' तब तिनीहरूका आफ्नै देशमा तिनीहरू बस्नेछन् ।
9 Aangaande de profeten. Mijn hart wordt in mijn binnenste gebroken, al mijn beenderen bewegen zich; ik ben als een dronken man, en als een man, dien de wijn te boven gaat; vanwege den HEERE, en vanwege de woorden Zijner heiligheid.
अगमवक्ताहरूको सम्बन्धमा मेरो हृदय टुटेको छ, र मेरा सबै हड्डी काम्दछन् । परमप्रभु र उहाँको पवित्र वचनको कारणले म एक जना मातेको मान्छेजस्तै भएको छु, जसलाई मदिराले नियन्त्रण गरेको हुन्छ ।
10 Want het land is vol overspelers, want het land treurt vanwege den vloek, de weiden der woestijn verdorren, omdat hun loop boos is, en hun macht niet recht.
किनकि देश व्यभिचारीहरूले भरिएको छ । यी कारणले गर्दा देश सुक्खा भएको छ । उजाड-स्थानमा भएको खर्क सुकेको छ । यी अगमवक्ताहरूका मार्गहरू दुष्ट छन् । तिनीहरूको शक्ति ठिक तरिकाले प्रयोग गरिएको छैन ।
11 Want beiden, profeten en priesters, zijn huichelaars; zelfs in Mijn huis vind Ik hun boosheid, spreekt de HEERE.
“अगमवक्ता र पुजारीहरू दुवै दुषित भएका छन् । मेरै मन्दिरमा पनि मैले तिनीहरूको दुष्टता भेट्टाएको छु,” यो परमप्रभुको घोषणा हो—
12 Daarom zal hun weg hun zijn als zeer gladde plaatsen in de donkerheid; zij zullen aangedreven worden en daarin vallen; want Ik zal een kwaad over hen brengen in het jaar hunner bezoeking, spreekt de HEERE.
त्यसकारण तिनीहरूको मार्ग अन्धकारमा चिप्लने ठाउँजस्तै हुनेछ । तिनीहरू धकेलिनेछन्, र तिनीहरू त्यसमा लोट्नेछन् । किनकि तिनीहरूको दण्डको वर्षमा म तिनीहरूको विरुद्धमा विपत्ती पठाउनेछु,” यो परमप्रभुको घोषणा हो ।
13 Ik heb wel ongerijmdheid gezien in de profeten van Samaria, die door Baal, profeteerden, en Mijn volk Israel verleidden.
“किनकि सामरियामा भएका अगमवक्ताहरूले घृणित कार्य गरेका मैले देखेको छुः तिनीहरूले बाल देवताको नाउँमा अगमवाणी बोले, र मेरो मानिस इस्राएललाई कुमार्गतिर डोर्याए ।
14 Maar in de profeten van Jeruzalem zie Ik afschuwelijkheid; zij bedrijven overspel, en gaan om met valsheid, en sterken de handen der boosdoeners, opdat zij zich niet bekeren, een iegelijk van zijn boosheid; zij allen zijn Mij als Sodom, en haar inwoners als Gomorra.
यरूशलेमका अगमवक्ताहरूका बिचमा मैले अति घिनलाग्दा कुराहरू देखेको छु । तिनीहरू व्यभिचार गर्छन्, र झूटो चालमा हिंड्छन् । खराब काम गर्नेहरूका हात तिनीहरूले बलियो पार्छन्, र कोही पनि आफ्नो खराबीबाट पछि हट्दैन । मेरो लागि तिनीहरू सबै सदोमझैं र यसका बासिन्दाहरू गमोराझैं भएका छन् ।”
15 Daarom zegt de HEERE der heirscharen van deze profeten alzo: Ziet, Ik zal hen met alsem spijzigen, en met gallewater drenken; want van Jeruzalems profeten is de huichelarij uitgegaan in het ganse land.
त्यसकारण सर्वशक्तिमान् परमप्रभु अगमवक्ताहरूको विषयमा यसो भन्नुहुन्छ, “हेर, मैले तिनीहरूलाई ऐरेलु खुवानै लागेको छु, र विषालु पानी पियाउनै लागेको छु, किनकि यरूशलेमका अगमवक्ताहरूबाट प्रदुषण सबै देशमा फैलिएको छ ।”
16 Zo zegt de HEERE der heirscharen: Hoort niet naar de woorden der profeten, die u profeteren; zij maken u ijdel; zij spreken het gezicht huns harten, niet uit des HEEREN mond.
सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “तिमीहरूलाई अगमवाणी बोल्ने अगमवक्ताहरूका वचनहरू नसुन । तिनीहरूले तिमीहरूलाई भ्रमित तुल्याएका छन् । तिनीहरूले परमप्रभुको मुखबाट नभई आफ्नै समझबाट दर्शनहरूको घोषणा गर्दै छन् ।
17 Zij zeggen steeds tot degenen, die Mij lasteren: De HEERE heeft het gesproken, gijlieden zult vrede hebben; en tot al wie naar zijns harten goeddunken wandelt, zeggen zij: Ulieden zal geen kwaad overkomen.
मेरो अनादर गर्नेहरूलाई तिनीहरूले निरन्तर यसो भनिरहेका छन्, 'तिमीहरूका निम्ति शान्ति हुने छ भनी परमप्रभु घोषणा गर्नुहुन्छ ।' आफ्नै हृदयको हठमा हिंड्ने हरेक व्यक्तिले भन्छ, 'तिमीहरूमाथि विपत्ति आउनेछैन ।'
18 Want wie heeft in des HEEREN raad gestaan, en Zijn woord gezien of gehoord? Wie heeft Zijn woord aangemerkt en gehoord?
तापनि परमप्रभुको परिषद् सभामा को खडा भएको छ र? उहाँको वचनलाई कसले देख्ने र कसले सुन्ने गर्छ र? उहाँको वचनलाई कसले ध्यान दिने र सुन्ने गर्छ र?
19 Ziet, een onweder des HEEREN, een grimmigheid is uitgegaan, ja, een pijnlijk onweder, het zal blijven op der goddelozen hoofd.
हेर, परमप्रभुबाट आँधी-बेहरी आउँदैछ । उहाँको क्रोध बाहिर निस्केको छ, र तुफान वरिपरि चक्कर मार्दैछ । दुष्टहरूका शिरवरिपरि त्यसले चक्कर मार्दैछ ।
20 Des HEEREN toorn zal zich niet afwenden, totdat Hij zal hebben gedaan, en totdat Hij zal hebben daargesteld de gedachten Zijns harten; in het laatste der dagen zult gij met verstand daarop letten.
परमप्रभुको क्रोध कार्यान्वयन हुने र उहाँको हृदयका मनसायहरू पुरा हुने नभएसम्म त्यो थामिने छैन । आखिरी दिनमा तिमीहरूले बुझ्नेछौ ।
21 Ik heb die profeten niet gezonden, nochtans hebben zij gelopen; Ik heb tot hen niet gesproken, nochtans hebben zij geprofeteerd.
यी अगमवक्ताहरूलाई मैले पठाइनँ । तिनीहरू आफै देखा परे । तिनीहरूलाई मैले कुनै कुरा पनि घोषणा गरिनँ, तर तिनीहरूले अझै पनि अगमवाणी गरेका छन् ।
22 Maar zo zij in Mijn raad hadden gestaan, zo zouden zij Mijn volk Mijn woorden hebben doen horen, en zouden hen afgekeerd hebben van hun bozen weg, en van de boosheid hunner handelingen.
किनकि तिनीहरू मेरो परिषद् सभामा खडा भए त तिनीहरूले मेरा मानिसहरूलाई मेरो वचन सुन्न लगाउनेथिए, तिनीहरूले उनीहरूका दुष्ट वचन र भ्रष्ट अभ्यासहरूबाट फर्कन लगाउनेथिए ।
23 Ben Ik een God van nabij, spreekt de HEERE, en niet een God van verre?
के म नजिक मात्र रहने तर टाढा नरहने परमेश्वर हुँ र? यो परमप्रभुको घोषणा हो ।
24 Zou zich iemand in verborgene plaatsen kunnen verbergen, dat Ik hem niet zou zien? spreekt de HEERE; vervul Ik niet den hemel en de aarde? spreekt de HEERE.
के मैले देख्न नसक्ने गरी कोही गुप्त ठाउँमा लुक्न सक्छ र? यो परमप्रभुको घोषणा हो, र के स्वर्ग र पृथ्वीलाई म ढाक्दिनँ र? यो परमप्रभुको घोषणा हो ।
25 Ik heb gehoord, wat de profeten zeggen, die in Mijn Naam leugen profeteren, zeggende: Ik heb gedroomd, ik heb gedroomd.
मेरो नाउँमा छलको अगमवाणी बोलिरहेका अगमवक्ताहरूले के भनेका छन्, त्यो मैले सुनेको छु । तिनीहरूले भने, 'मैले एउटा सपना देखेँ! मैले एउटा सपना देखेँ!'
26 Hoe lang? Is er dan een droom in het hart der profeten, die de leugen profeteren? Ja, het zijn profeten van huns harten bedriegerij.
अगमवक्ताहरूले आफ्नै मनबाट झूटा कुराहरूको अगमवाणी बोल्ने, र तिनीहरूले आफ्ना हृदयबाट छली अगमवाणी बोल्ने कुरा कहिलेसम्म भइरहन्छ?
27 Die daar denken om Mijn volk Mijn Naam te doen vergeten, door hun dromen, die zij, een ieder zijn naaste, vertellen; gelijk als hun vaders Mijn Naam vergeten hebben door Baal.
जसरी बाल देवताको नाउँमा मेरा मानिसहरूका पुर्खाहरूले मेरो नाउँ बिर्से, त्यसरी नै तिनीहरू प्रत्येकले आफ्नो छिमेकीलाई बताएका सपनाहरूद्वारा उनीहरूलाई मेरो नाउँ बिर्साउने योजना तिनीहरूले बनाउँदैछन् ।
28 De profeet, bij welken een droom is, die vertelle den droom; en bij welken Mijn woord is, die spreke Mijn woord waarachtiglijk; wat heeft het stro met het koren te doen? spreekt de HEERE.
सपना देख्ने अगमवक्ताले, आफूले देखेको सपना बताओस् । तर जसलाई मैले कुनै कुराको घोषणा गरेको छु, त्यसले साँचो तवरले मेरो वचन घोषणा गरोस् । परालको अन्नसित के सरोकार छ? यो परमप्रभुको घोषणा हो ।
29 Is Mijn woord niet alzo, als een vuur? spreekt de HEERE, en als een hamer, die een steenrots te morzel slaat?
यो परमप्रभुको घोषणा हो, के मेरो वचन आगोजस्तै छैन र? चट्टानलाई टुक्रा-टुक्रा पार्ने घनजस्तै छैन र?
30 Daarom, ziet, Ik wil aan de profeten, spreekt de HEERE, die Mijn woorden stelen, een ieder van zijn naaste;
त्यसैले, हेर, अर्को व्यक्तिबाट वचन चोर्ने र मबाट आएजस्तै गरी बोल्ने अगमवक्ताहरूको विरुद्धमा म हुन्छु, यो परमप्रभुको घोषणा हो ।
31 Ziet, Ik wil aan de profeten, spreekt de HEERE, die hun tong nemen, en spreken: Hij heeft het gesproken;
हेर, म त्यस्ता अगमवक्ताहरूको विरुद्धमा हुन्छु, जसले, यो परमप्रभुको घोषणा हो, भनेर घोषणा गर्न आफ्नो जिब्रोलाई चलाउँछन् ।
32 Ziet, Ik wil aan degenen, die valse dromen profeteren, spreekt de HEERE, en vertellen die, en verleiden Mijn volk met hun leugenen en met hun lichtvaardigheid; daar Ik hen niet gezonden, en hun niets bevolen heb, en zij dit volk gans geen nut doen, spreekt de HEERE.
हेर, यो परमप्रभुको घोषणा हो, भनेर छलपूर्ण सपनाहरू देख्ने र त्यसपछि ती घोषणा गर्ने र यसरी आफ्ना छल र अहङ्कारले मेरा मानिसहरूलाई भ्रममा पार्ने अगमवक्ताहरूका विरुद्धमा म छु । म तिनीहरूको विरुद्धमा छु, किनकि मैले तिनीहरूलाई पठाएको होइन, न त तिनीहरूलाई आज्ञा दिएको छु । त्यसैले तिनीहरूले निश्चय नै यी मानिसलाई मदत गर्नेछैन, यो परमप्रभुको घोषणा हो ।
33 Wanneer dan dit volk, of een profeet, of priester u vragen zal, zeggende: Wat is des HEEREN last? Zo zult gij tot hen zeggen: Wat last? Dat Ik ulieden verlaten zal, spreekt de HEERE.
यी मानिसहरू, वा अगमवक्ता वा पुजारीले तँलाई 'परमप्रभुको बोझ के हो?' भनी सोधे भने तैंले तिनीहरूलाई भन्नेछस्, 'तिमीहरू नै बोझ हौ, र म तिमीहरूलाई निष्कासित गर्नेछु,' यो परमप्रभुको घोषणा हो ।
34 En aangaande den profeet, of den priester, of het volk, dat zeggen zal: Des HEEREN last; dat Ik bezoeking zal doen over dien man en over zijn huis.
‘यो परमप्रभुको बोझ हो,’ भनिरहने अगमवक्ता, पुजारी र मानिसका सम्बन्धमा म त्यो मानिस र उसको घरानालाई दण्ड दिनेछु ।
35 Aldus zult gijlieden zeggen, een iegelijk tot zijn naaste, en een iegelijk tot zijn broeder: Wat heeft de HEERE geantwoord, en wat heeft de HEERE gesproken?
तिमीहरू हरेक व्यक्तिले आफ्नो छिमेकीलाई र हरेक मानिसले आफ्नो भाइलाई निरन्तर सोधिरहन्छौ, 'परमप्रभुले के जवाफ दिनुभयो?' र 'परमप्रभुले के घोषणा गर्नुभयो?' ।
36 Maar des HEEREN last zult gij niet meer gedenken; want een iegelijk zal zijn eigen woord een last zijn, dewijl gij verkeert de woorden van den levenden God, den HEERE der heirscharen, onzen God.
तर तिमीहरू फेरि 'परमप्रभुको बोझ' को बारेमा कुरा गर्नेछैनौ, किनकि बोझचाहिं हरेक मानिसको आफ्नै वचन हो, र तिमीहरूले जीवित परमेश्वर, सर्वशक्तिमान् परमप्रभु, हाम्रा परमेश्वरका वचनलाई बङ्ग्याएका छौ ।
37 Aldus zult gij zeggen tot den profeet: Wat heeft u de HEERE geantwoord en wat heeft de HEERE gesproken?
अगमवक्तालाई तैंले यसो भनेर सोध्नेछस्, 'परमप्रभुले तिमीलाई के जवाफ दिनुभयो?' वा 'परमप्रभुले के भन्नुभयो?'
38 Maar dewijl gij zegt: Des HEEREN last; daarom, zo zegt de HEERE: Omdat gij dit woord zegt: Des HEEREN last, daar Ik tot u gezonden heb, zeggende: Gij zult niet zeggen: Des HEEREN last;
तर तिमीहरू भन्छौ, 'यो परमप्रभुको बोझ हो,' भने, परमप्रभु यसो भन्नुहुन्छः ‘यो परमप्रभुको बोझ हो,’ भनी तिमीहरूले भन्नेछैनौ भनेर मैले तिमीहरूलाई पठाउँदा पनि तिमीहरूले, ‘यो परमप्रभुको बोझ हो,’ भन्यौ,
39 Daarom, ziet, Ik zal u ook ganselijk vergeten, en u, mitsgaders de stad, die Ik u en uw vaderen gegeven heb, van Mijn aangezicht laten varen.
यसकारण, हेर, तिमीहरू र तिमीहरूका पुर्खाहरूलाई मैले दिएको सहरसाँगै म तिमीहरूलाई समातेर मेरो उपस्थितिबाट टाढा फल्नै लागेको छु ।
40 En Ik zal u eeuwige smaadheid aandoen, en eeuwige schande, die niet zal worden vergeten.
तब म तिमीहरूमाथि अनन्त लाज र अपमान हालिदिनेछु, जुन कहिल्यै बिर्सिने छैन ।”