< Jeremia 20 >

1 Als Pashur, de zoon van Immer, de priester (deze nu was bestelde voorganger in het huis des HEEREN), Jeremia hoorde, diezelve woorden profeterende,
जब इम्मेरका छोरा पुजारी पशहूर याहवेहको भवनका मुख्य अधिकारी थिए, तब यर्मियाले यी कुराहरू अगमवाणी गरिरहेका सुने;
2 Zo sloeg Pashur den profeet Jeremia, en hij stelde hem in de gevangenis, dewelke is in de bovenste poort van Benjamin, die aan het huis des HEEREN is.
तिनले अगमवक्ता यर्मियालाई पिटे र ठिँगुरोमा हालेर याहवेहको मन्दिरमा बेन्यामीनको माथिल्‍लो मूलढोकामा राख्न लगाए।
3 Maar het geschiedde des anderen daags, dat Pashur Jeremia uit de gevangenis voortbracht; toen zeide Jeremia tot hem: De HEERE noemt uw naam niet Pashur, maar Magor-missabib.
भोलिपल्ट बिहान, जब पशहूरले तिनलाई ठिँगुरोबाट निकाले, तब यर्मियाले तिनलाई भने, “याहवेहले तिम्रो नाम पशहूर होइन, तर मागोर-मिसाबीब राख्नुभएको छ।
4 Want zo zegt de HEERE: Zie, Ik stel u tot een schrik voor uzelven en voor al uw liefhebbers; die zullen vallen door het zwaard hunner vijanden, dat het uw ogen aanzien; en Ik zal gans Juda geven in de hand des konings van Babel, die hen naar Babel gevankelijk zal wegvoeren, en slaan hen met het zwaard.
किनकि याहवेह यसो भन्‍नुहुन्छ: ‘म तँलाई तेरै निम्ति र तेरा सबै साथीहरूका निम्ति त्रसित तुल्याउनेछु। तेरा आफ्नै आँखाले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका तरवारले मारेको देख्नेछस्। म समस्त यहूदालाई बेबिलोनको राजाको हातमा सुम्पिदिनेछु, जसले तिनीहरूलाई बेबिलोनमा लैजानेछन् र तरवारले मार्नेछन्।
5 Ook zal Ik geven al het vermogen dezer stad, en al haar arbeid, en al haar kostelijkheid, en alle schatten der koningen van Juda, Ik zal ze geven in de hand hunner vijanden, die zullen ze roven, zullen ze nemen, en zullen ze brengen naar Babel.
म यरूशलेम सहरको सबै धनसम्पत्ति तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनेछु, अर्थात् यस सहरका सबै फसल, सहरका सबै बहुमूल्य चीजहरू र यहूदाका राजाहरूका सबै भण्डारहरू शत्रुहरूलाई सुम्पिदिनेछु। तिनीहरूले सबै कुराहरूलाई लुटका मालसामानहरूजस्तै बेबिलोनमा लिएर जानेछन्।
6 En gij, Pashur, en alle inwoners van uw huis! gijlieden zult gaan in de gevangenis; en gij zult te Babel komen, en aldaar sterven, en aldaar begraven worden, gij en al uw vrienden, denwelken gij valselijk geprofeteerd hebt.
अनि हे पशहूर, तँ र तेरो घरमा बस्‍ने सबै परिवारचाहिँ देशबाट निकालिएर बेबिलोनको कैदमा जानेछौ। तँ र तेरा सबै साथीहरू मर्नेछौ र त्यहीँ गाडिनेछौ, जसलाई तैँले झूटो अगमवाणी गरेको थिइस्।’”
7 HEERE! Gij hebt mij overreed, en ik ben overreed geworden; Gij zijt mij te sterk geweest, en hebt overmocht; ik ben den gansen dag tot een belachen, een ieder van hen bespot mij.
हे याहवेह, तपाईंले मलाई धोका दिनुभयो, र म धोकामा परेँ; तपाईंले मलाई जित्नुभयो, किनकि तपाईं मभन्दा बलियो हुनुहुन्छ। दिनभरि नै म हाँसोको पात्र बनेको छु; सबैले मलाई गिल्‍ला गर्छन्।
8 Want sinds ik spreke, roep ik uit, ik roep geweld en verstoring; omdat mij des HEEREN woord den gansen dag tot smaad en tot schimp is.
जब-जब म बोल्छु, तब-तब हिंसा र विनाश हुनेछ भनी घोषणा गर्दै चिच्याउँछु। यसकारण दिनभरि नै याहवेहको वचनले मेरा निम्ति अपमान ल्याएको छ।
9 Dies zeide ik: Ik zal Zijner niet gedenken, en niet meer in Zijn Naam spreken; maar het werd in mijn hart als een brandend vuur, besloten in mijn beenderen; en ik bemoeide mij om te verdragen, maar konde niet.
तर यदि मैले, “म उहाँको वचन भन्दिनँ अथवा उहाँको नाममा अबदेखि बोल्दिनँ” भनी भन्छु भने, उहाँको वचन मेरो हृदयमा आगोजस्तै, अथवा मेरा हड्डीहरूभित्र बन्द गरेको आगोजस्तै हुन्छ। मैले वचनलाई भित्र रोकिराखेको कारण थकित भएको छु; वास्तवमा म यो थाम्नै सक्दिनँ।
10 Want ik heb gehoord de naspraak van velen, van Magor-missabib, zeggende: Geef ons te kennen, en wij zullen het te kennen geven; al mijn vredegenoten nemen acht op mijn hinking; zij zeggen: Misschien zal hij overreed worden, dan zullen wij hem overmogen, en onze wraak van hem nemen.
धेरैले कानेखुसी गरेको म सुन्दछु, “त्रास चारैतिर छ! त्यसको निन्दा गरौँ! त्यसको विरुद्धमा खबर गरौँ!” मेरा सबै मित्रहरू यसो भन्दै मेरो पतन पर्खिरहेका छन्, “सायद त्यसले धोका खानेछ; तब हामी ऊमाथि विजयी हुनेछौँ, र हामी त्यसमाथि आफ्नो बदला लिनेछौँ।”
11 Maar de HEERE is met mij als een verschrikkelijk Held; daarom zullen mijn vervolgers struikelen, en niets vermogen; zij zijn zeer beschaamd geworden, omdat zij niet verstandiglijk gehandeld hebben; het zal een eeuwige schande zijn, zij zal niet vergeten worden.
तर याहवेह मसँग एक शक्तिशाली योद्धाझैँ हुनुहुन्छ; यसकारण मलाई सताउनेहरूले ठेस खाएर लड्नेछन्। तिनीहरू असफल हुनेछन् र अति लाजमा पर्नेछन्; तिनीहरूका अपमान कहिल्यै पनि बिर्सिइनेछैन।
12 Gij dan, o HEERE der heirscharen, Die den rechtvaardige proeft, Die de nieren en het hart ziet, laat mij Uw wraak van hen zien, want ik heb U mijn twistzaak ontdekt.
हे सेनाहरूका याहवेह, तपाईं धर्मी जनहरूलाई जाँच्नुहुन्छ; अनि हृदय र अन्तस्करण जान्‍नुहुन्छ, तपाईंले तिनीहरूमाथि लिनुहुने बदला हेर्न पाऊँ; किनकि मैले मेरो मुद्दा तपाईंलाई सुम्पिदिएको छु।
13 Zingt den HEERE, prijst den HEERE; want Hij heeft de ziel des nooddruftigen uit de hand der boosdoeners verlost.
याहवेहको स्तुति गाओ! याहवेहको प्रशंसा गर! उहाँले गरिब मानिसहरूका प्राणलाई दुष्‍टहरूका हातबाट छुटाउनुभएको छ।
14 Vervloekt zij de dag, op welken ik geboren ben; de dag, op welken mijn moeder mij gebaard heeft, zij niet gezegend!
म जन्मेको दिन श्रापित होस्! मेरी आमाले मलाई जन्म दिनुभएको दिन आशिषित नहोस्!
15 Vervloekt zij de man, die mijn vader geboodschapt heeft, zeggende: U is een jonge zoon geboren, verblijdende hem grotelijks!
त्यो मानिस श्रापित होस्, जसले मेरो बुबाकहाँ यो खबर ल्यायो, जसले तिनलाई “तपाईंको एउटा बालक, अर्थात् छोरा जन्मेको छ!” भन्‍ने खबरले अति खुशी तुल्यायो।
16 Ja, dezelve man zij, als de steden, die de HEERE heeft omgekeerd, en het heeft Hem niet berouwd; en hij hore in den morgenstond een geroep, en op den middagtijd een geschrei.
त्यो मानिस याहवेहले दया नगरी नष्‍ट गरिदिनुभएका ती सहरहरूजस्तै होस्। त्यस मानिसले बिहान विलाप र दिउँसो लडाइँको सोर सुनोस्।
17 Dat Hij mij niet gedood heeft van de baarmoeder af! Of mijn moeder mijn graf geweest is, of haar baarmoeder als van een, die eeuwiglijk zwanger is!
किनकि त्यसले मलाई गर्भमा छँदै मारेन, नत्रता मेरी आमाको गर्भ नै मेरो चिहान हुनेथियो; अनि म सधैँका निम्ति उहाँकै कोखमा रहने थिएँ।
18 Waarom ben ik toch uit de baarmoeder voortgekomen, om moeite en droefenis te zien, en dat mijn dagen in beschaamdheid vergaan?
सङ्कष्‍ट र दुःख देख्न र अन्त्यमा शर्ममा परेर मर्नलाई म किन गर्भबाट बाहिर आएँ?

< Jeremia 20 >