< Exodus 20 >

1 Toen sprak God al deze woorden, zeggende:
परमेश्‍वरले यी कुराहरू भन्‍नुभयो:
2 Ik ben de HEERE uw God, Die u uit Egypteland, uit het diensthuis, uitgeleid heb.
“म नै याहवेह, तेरा परमेश्‍वर हुँ; जसले तँलाई इजिप्टबाट, दासत्वको देशबाट निकालेर ल्याएँ।
3 Gij zult geen andere goden voor Mijn aangezicht hebben.
“मबाहेक तैँले अरू कुनै देवी-देवताहरू नमान्‍नू।
4 Gij zult u geen gesneden beeld, noch enige gelijkenis maken, van hetgeen boven in den hemel is, noch van hetgeen onder op de aarde is, noch van hetgeen in de wateren onder de aarde is.
आफ्ना निम्ति खोपेर माथि आकाशको, तल पृथ्वीको, र पानी मुनिको कुनै पनि वस्तुको कुनै मूर्ति नबनाउनू।
5 Gij zult u voor die niet buigen, noch hen dienen; want Ik, de HEERE uw God, ben een ijverig God, Die de misdaad der vaderen bezoek aan de kinderen, aan het derde, en aan het vierde lid dergenen, die Mij haten;
तिनीहरूका सामु ननिहुरनू अथवा तिनीहरूको आराधना नगर्नू; किनकि म, याहवेह तेरा परमेश्‍वर, डाह गर्ने परमेश्‍वर हुँ; मलाई घृणा गर्नेहरूका पापको दण्ड तिनीहरूका छोराछोरीका तेस्रो र चौथो पुस्तामाथि दिन्छु;
6 En doe barmhartigheid aan duizenden dergenen, die Mij liefhebben, en Mijn geboden onderhouden.
तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेका हजारौँ पुस्तामाथि प्रेम देखाउँछु।
7 Gij zult den Naam des HEEREN uws Gods niet ijdellijk gebruiken; want de HEERE zal niet onschuldig houden, die Zijn Naam ijdellijk gebruikt.
तैँले याहवेह, आफ्ना परमेश्‍वरको नामको गलत प्रयोग नगर्नू; किनकि उहाँको नाम व्यर्थैमा लिनेलाई याहवेहले निर्दोष ठहराउनुहुनेछैन।
8 Gedenkt den sabbatdag, dat gij dien heiligt.
शब्बाथलाई पवित्र राखेर त्यसको सम्झना गर्नू।
9 Zes dagen zult gij arbeiden en al uw werk doen;
छ दिनसम्म तैँले परिश्रम गरेर आफ्ना सबै काम गर्नू;
10 Maar de zevende dag is de sabbat des HEEREN uws Gods; dan zult gij geen werk doen, gij, noch uw zoon, noch uw dochter, noch uw dienstknecht, noch uw dienstmaagd, noch uw vee, noch uw vreemdeling, die in uw poorten is;
तर सातौँ दिन याहवेह तेरा परमेश्‍वरका निम्ति शब्बाथ हो। यस दिन तैँले केही काम नगर्नू; न त तैँले, न तेरा छोरा वा छोरीले, न तेरा सेवक वा सेविकाले, न तेरा पशुहरूले, न तेरा सहरभित्र भएका परदेशीले, न त कसैले केही काम गर्नू।
11 Want in zes dagen heeft de HEERE den hemel en de aarde gemaakt, de zee en al wat daarin is, en Hij rustte ten zevenden dage; daarom zegende de HEERE den sabbatdag, en heiligde denzelven.
किनकि छ दिनमा याहवेहले आकाश, पृथ्वी, समुद्र र त्यसमा भएका सबै थोकहरू बनाउनुभयो, तर सातौँ दिनमा उहाँले विश्राम लिनुभयो। यसकारण याहवेहले शब्बाथलाई आशिष् दिनुभयो, र त्यसलाई पवित्र तुल्याउनुभयो।
12 Eert uw vader en uw moeder, opdat uw dagen verlengd worden in het land, dat u de HEERE uw God geeft.
तैँले आफ्ना बुबा र आफ्नी आमालाई आदर गर्नू, ताकि याहवेह तेरा परमेश्‍वरले तँलाई दिनुहुने देशमा तेरो आयु लामो होस्।
13 Gij zult niet doodslaan.
तैँले मानव हत्या नगर्नू।
14 Gij zult niet echtbreken.
तैँले व्यभिचार नगर्नू।
15 Gij zult niet stelen.
तैँले चोरी नगर्नू।
16 Gij zult geen valse getuigenis spreken tegen uw naaste.
तैँले आफ्नो छिमेकीको विरुद्धमा झूटो साक्षी नदिनू।
17 Gij zult niet begeren uws naasten huis; gij zult niet begeren uws naasten vrouw, noch zijn dienstknecht, noch zijn dienstmaagd, noch zijn os, noch zijn ezel, noch iets, dat uws naasten is.
तैँले तेरा छिमेकीको घरको लालच नगर्नू। तैँले आफ्नो छिमेकीको पत्नीको लालच नगर्नू, अथवा आफ्नो छिमेकीको सेवक वा सेविका, गोरु वा गधा, अथवा त्यससित भएको कुनै कुराको पनि लालच नगर्नू।”
18 En al het volk zag de donderen, en de bliksemen, en het geluid der bazuin, en den rokenden berg; toen het volk zulks zag, weken zij af, en stonden van verre.
जब सारा मानिसहरूले गर्जन, बिजुली देखे; अनि तुरहीको आवाज सुने, र पर्वत धुवाँले भरिएको देखे, तब तिनीहरू डरले थरथर कामे। तिनीहरू टाढै उभिए,
19 En zij zeiden tot Mozes: Spreek gij met ons, en wij zullen horen; en dat God met ons niet spreke, opdat wij niet sterven!
अनि मोशालाई भने, “हामीसित तपाईं नै बोल्नुहोस्, र हामी सुन्‍नेछौँ। तर परमेश्‍वर हामीसित नबोलून्, नत्रता हामी मर्नेछौँ।”
20 En Mozes zeide tot het volk: Vreest niet, want God is gekomen, opdat Hij u verzocht, en opdat Zijn vreze voor uw aangezicht zou zijn, dat gij niet zondigdet.
अनि मोशाले मानिसहरूलाई भने, “नडराओ, किनकि परमेश्‍वरको डर तिमीहरूमा रहिरहोस्, साथै उहाँले तिमीहरूलाई जाँच गर्न र तिमीहरूले पाप नगर भनेर आउनुभएको छ।”
21 En het volk stond van verre; maar Mozes naderde tot de donkerheid, alwaar God was.
त्यसैले मानिसहरू टाढै उभिरहे। अनि मोशाचाहिँ परमेश्‍वर उपस्थित हुनुभएको त्यस बाक्लो कालो बादलको नजिक गए।
22 Toen zeide de HEERE tot Mozes: Aldus zult gij tot de kinderen Israels zeggen: Gij hebt gezien, dat Ik met ulieden van den hemel gesproken heb.
तब याहवेहले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूलाई यसो भन्: ‘मैले तिमीहरूसित स्वर्गबाट बोलेको तिमीहरूले देखेका छौ:
23 Gij zult nevens Mij niet maken zilveren goden, en gouden goden zult gij u niet maken.
तिमीहरूले मेरो साथमा अरू देवी-देवताहरू नबनाउनू, न त आफ्ना निम्ति चाँदी वा सुनका देवी-देवताहरू नै बनाउनू।
24 Maakt Mij een altaar van aarde, en offert daarop uw brandofferen, en uw dankofferen, uw schapen, en uw runderen; aan alle plaats, waar Ik Mijns Naams gedachtenis stichten zal, zal Ik tot u komen, en zal u zegenen.
“‘तिमीहरूले मेरो निम्ति माटोको एउटा वेदी बनाउनू, र त्यसमाथि तिमीहरूका होमबलि, मेलबलि, तिमीहरूका भेडाबाख्राहरू र पशुहरू बलिदान गर्नू। मेरो सम्झना गर्नलाई जुन स्थान म रोज्छु, त्यहाँ म तिमीहरूकहाँ आउनेछु र तिमीहरूलाई आशिष् दिनेछु।
25 Maar indien gij Mij een stenen altaar zult maken, zo zult gij dit niet bouwen van gehouwen steen; zo gij uw houwijzer daarover verheft, zo zult gij het ontheiligen.
यदि तिमीहरूले मेरो निम्ति ढुङ्गाको वेदी बनायौ भने कुँदेका ढुङ्गाले नबनाउनू; किनकि तिमीहरूले त्यसमा हतियार प्रयोग गर्दा त्यसलाई अशुद्ध पार्नेछौ।
26 Gij zult ook niet met trappen tot Mijn altaar opklimmen, opdat uw schaamte voor hetzelve niet ontdekt worde.
अनि तिमीहरूको नग्नता वेदीमा नदेखियोस् भनेर त्यसमा खुड्किला बनाएर नउक्लनू।’

< Exodus 20 >