< 2 Kronieken 9 >

1 En toen de koningin van Scheba het gerucht van Salomo hoorde, kwam zij, om Salomo met raadselen te verzoeken, te Jeruzalem, met een zeer zwaar heir, en kemelen, dragende specerijen en goud in menigte, en kostelijk gesteente; en zij kwam tot Salomo, en sprak met hem al wat in haar hart was.
जब शेबाकी रानीले सोलोमनको ख्यातिको विषयमा सुनिन्, तब तिनी उनलाई जाँच गर्नलाई कठिन प्रश्नहरू लिएर यरूशलेममा आइन्। तिनी विशाल लावालश्करको साथमा मसलाहरू, धेरै सुन र बहुमूल्य पत्थरहरू ऊँटहरूमा लदाएर सोलोमनकहाँ आइन्। तिनले सोलोमनसित आफ्ना मनका सबै प्रश्नहरू सोधिन्।
2 En Salomo verklaarde haar al haar woorden; en geen ding was er verborgen voor Salomo, dat hij haar niet verklaarde.
सोलोमनले तिनका सबै प्रश्नहरूका जवाफ दिए। उनले शेबाकी रानीलाई बताउन नसक्ने एउटै प्रश्न पनि कठिन थिएन।
3 Als nu de koningin van Scheba zag de wijsheid van Salomo, en het huis, dat hij gebouwd had,
जब शेबाकी रानीले सोलोमनको बुद्धि जाँचेर सकिन्; अनि उनले बनाएको त्यो महल,
4 En de spijze zijner tafel, en het zitten zijner knechten, en het staan zijner dienaren, en hun kledingen, en zijn schenkers, en hun kledingen, en zijn opgang, waardoor hij opging in het huis des HEEREN, zo was in haar geen geest meer.
उनका टेबुलका भोजन, उनका अधिकृतहरूको बसाइ, हेरविचार गर्ने नोकरहरू र उनका विशिष्‍ट वस्त्र, आफ्ना विशिष्‍ट वस्त्रसहितका मद्य टक्राउनेहरू र उनले याहवेहको मन्दिरमा चढाएका होमबलिहरू देखिन्, तब तिनी छक्‍क परिन्।
5 En zij zeide tot den koning: Het is een waarachtig woord geweest, dat ik in mijn land gehoord heb, van uw zaken en van uw wijsheid.
तब तिनले राजालाई भनिन्, “मैले आफ्नो देशमा तपाईंको सफलता र बुद्धिको विषयमा सुनेको कुरा ठिक रहेछ।
6 En ik heb hun woorden niet geloofd, totdat ik gekomen ben, en mijn ogen dat gezien hebben; en zie, de helft van de grootheid uwer wijsheid is mij niet aangezegd; gij hebt overtroffen het gerucht, dat ik gehoord heb.
तर आफैँ आएर आफ्नै आँखाले नदेखेसम्म मैले तिनीहरूले भनेका कुराहरू पत्याएकी थिइनँ। साँच्‍चै, मलाई त तपाईंको महानताको विषयमा आधा पनि बताइएको रहेनछ। मैले सुनेको कुराभन्दा तपाईं अझ बुद्धिमान् हुनुहुँदोरहेछ।
7 Welgelukzalig zijn uw mannen, en welgelukzalig deze uw knechten, die geduriglijk voor uw aangezicht staan, en uw wijsheid horen.
तपाईंका मानिसहरू कत्ति सुखी होलान्! तपाईंको सामु उभिएर तपाईंका बुद्धिका कुराहरू लगातार सुन्‍ने तपाईंका अधिकारीहरू कत्ति सुखी होलान्!
8 Geloofd zij de HEERE, uw God, Die behagen in u gehad heeft, om u op Zijn troon, den HEERE, uw God, tot een koning te zetten; overmits uw God Israel bemint, om hetzelve tot in eeuwigheid op te richten, zo heeft Hij u tot een koning over hen gesteld, om recht en gerechtigheid te doen.
याहवेह तपाईंको परमेश्‍वरको प्रशंसा होस्, जसले तपाईंमा आनन्द लिनुभएर याहवेह तपाईंको परमेश्‍वरका निम्ति शासन गर्नलाई राजाको रूपमा आफ्नो सिंहासनमा बसाल्नुभएको छ। तपाईंको परमेश्‍वरले तिनीहरूलाई सदासर्वदा सम्हाल्न इस्राएललाई प्रेम गर्नुभयो। त्यसकारण न्याय र धार्मिकता अटल राख्नलाई उहाँले तपाईंलाई तिनीहरूमाथि राजा तुल्याउनुभएको छ।”
9 En zij gaf de koning honderd en twintig talenten gouds, en specerijen in grote menigte, en kostelijk gesteente; en er was gelijk deze specerij, die de koningin van Scheba den koning Salomo gaf, geen geweest.
तब तिनले राजालाई एक सय बीस टालेन्ट सुन, धेरै मसलाहरू र बहुमूल्य पत्थरहरू दिइन्। शेबाकी रानीले राजा सोलोमनलाई जुन मसलाहरू दिएकी थिइन्, त्यस्तो फेरि कहिल्यै आएन।
10 Verder ook Hurams knechten, en Salomo's knechten, die goud brachten uit Ofir, brachten algummimhout en edelgesteente.
(हीरामका मानिसहरू र सोलोमनका मानिसहरूले ओपीरबाट सुन ल्याए। तिनीहरूले चन्दनका काठ र बहुमूल्य पत्थरहरू पनि ल्याए।
11 En de koning maakte van dat algummimhout hoge gangen tot het huis des HEEREN en tot het huis des konings, mitsgaders harpen en luiten voor de zangers; desgelijks ook was te voren in het land van Juda niet geweest.
राजाले ती चन्दनका काठहरू याहवेहको मन्दिर र राजमहलका खुड्किलाहरू बनाउने काममा तथा सङ्गीतकारहरूका निम्ति वीणा र सारङ्गी बनाउने काममा लगाए। त्यस्ता कुराहरू यहूदामा कहिल्यै देखिएको थिएन।)
12 En de koning Salomo gaf de koningin van Scheba al haar behagen, wat zij begeerde, behalve hetgeen zij tot den koning gebracht had; zo keerde zij, en toog naar haar land, zij en haar knechten.
राजा सोलोमनले शेबाकी रानीलाई तिनले इच्छा गरेका र मागेका सबै कुराहरू दिए। उनीकहाँ तिनले जे-जे ल्याएकी थिइन्, त्योभन्दा बढी उनले तिनलाई दिए। त्यसपछि तिनी आफ्ना लावालस्करसित आफ्नै देशमा फर्किन्।
13 Het gewicht nu van het goud, dat voor Salomo op een jaar inkwam, was zeshonderd zes en zestig talenten gouds;
सोलोमनले प्रतिवर्ष पाउने सुनको तौल छ सय छयसट्ठी टालेन्ट थियो।
14 Behalve dat zij van de kramers en de kooplieden inbrachten; ook brachten alle koningen van Arabie, en de vorsten deszelven lands, goud en zilver aan Salomo.
यस अतिरिक्त सामान निर्यात गर्ने व्यापारी र व्यवसायीहरूले पनि राजस्व ल्याउँथे। अरब देशका सबै राजाहरू र प्रादेशिक राज्यपालहरूले पनि राजाका निम्ति सुन र चाँदी ल्याउँथे।
15 Daartoe maakte de koning Salomo tweehonderd rondassen van geslagen goud; zeshonderd sikkelen van geslagen goud liet hij opwegen tot elke rondas.
राजा सोलोमनले पिटेको सुनका दुई सय वटा ठूला-ठूला ढालहरू बनाए। हरेक ढालमा छ सय शेकेल पिटिएको सुन लागेको थियो।
16 Insgelijks driehonderd schilden van geslagen goud; driehonderd sikkelen gouds liet hij opwegen tot elk schild; en de koning legde ze in het huis des wouds van den Libanon.
तिनले प्रत्येक ढालमा तीन सय शेकेल सुन लाग्ने गरी तीन सय वटा स-साना ढालहरू पनि पिटेका सुनले बनाए। राजाले ती ढालहरू लेबनानको वनमा भएको महलमा राखे।
17 Nog maakte de koning een groten elpenbenen troon, en hij overtoog denzelven met louter goud.
त्यसपछि राजाले एउटा ठूलो सिंहासन बनाए; त्यसलाई हस्तीदन्त र निखुर सुनले मोहोरे।
18 En de troon had zes trappen en een voetbank van goud, aan den troon vast zijnde, en leuningen aan beide zijden, tot de zitplaats toe; en twee leeuwen stonden bij de leuningen.
सिंहासनमा उक्लने छ वटा खुड्किलाहरू थिए। त्यसमा सुनको पाउदान जोडिएको थियो। आसनका दुवैतिर हात अडाउने बाहुहरू थिए। हरेकको छेउ-छेउमा एक-एक वटा सिंह उभिएका थिए।
19 En twaalf leeuwen stonden daar aan beide zijden, op de zes trappen; desgelijks is in geen koninkrijk gemaakt geweest.
ती छ वटा खुड्किलाहरूमा, प्रत्येक खुड्किलामा दुई-दुई गरी जम्मा बाह्र वटा सिंहहरू थिए। कुनै पनि राज्यमा योजस्तो कहिल्यै बनाइएको थिएन।
20 Ook waren alle drinkvaten van den koning Salomo van goud, en alle vaten van het huis des wouds van den Libanon waren van gesloten goud; het zilver was in de dagen van Salomo niet voor iets geacht.
राजा सोलोमनका पिउने सबै कचौराहरू सुनका थिए। लेबनानको वनको महलका सबै घरका सामानहरू निखुर सुनका थिए। कुनै पनि चीज चाँदीको बनाइएको थिएन; किनकि सोलोमनको समयमा चाँदी कम मूल्यको गनिन्थ्यो।
21 Want des konings schepen voeren naar Tharsis, met de knechten van Huram; eens in drie jaren kwamen de schepen van Tharsis in, brengende goud, en zilver, elpenbeen, en apen, en pauwen.
राजासित तर्शीशमा हीरामका मानिसहरूद्वारा चलाइने व्यापारी जहाजहरूको एक दल थियो। प्रत्येक तेस्रो वर्ष यो सुन, चाँदी, हस्तीदन्त, बाँदर र ढेढुहरू लिएर फर्कन्थ्यो।
22 Alzo werd de koning Salomo groter dan alle koningen der aarde in rijkdom en wijsheid.
यसरी राजा सोलोमन धन र बुद्धिमा संसारका सबै राजाहरूभन्दा महान् थिए।
23 En alle koningen der aarde zochten Salomo's aangezicht, om zijn wijsheid te horen, die God in zijn hart gegeven had.
संसारका सबै राजाहरू परमेश्‍वरले सोलोमनको हृदयमा राखिदिनुभएको बुद्धि सुन्‍नका निम्ति तिनको सामु जाने इच्छा गर्दथे।
24 En zij brachten een ieder zijn geschenk, zilveren vaten, en gouden vaten, en klederen, harnas, en specerijen, paarden, en muilezelen, van elk van jaar tot jaar.
वर्षैपिच्छे आउने हरेकले उपहारस्वरूप चाँदी र सुनका सामानहरू, वस्त्रहरू, हतियारहरू र मसलाहरू, घोडाहरू र खच्‍चरहरू ल्याउँथे।
25 Ook had Salomo vier duizend paardenstallen, en wagenen, en twaalf duizend ruiteren; en hij legde ze in de wagensteden, en bij den koning te Jeruzalem.
आफ्ना घोडा र रथहरूका निम्ति सोलोमनका चार हजार तबेला थिए। तिनका बाह्र हजार घोडाहरू थिए। तीमध्ये कतिलाई तिनले रथहरू राख्ने सहरहरूमा र अरूलाईचाहिँ आफूसित यरूशलेममा राखे।
26 En hij heerste over alle koningen, van de rivier tot aan het land der Filistijnen, en tot aan de landpale van Egypte.
तिनले यूफ्रेटिस नदीदेखि पलिश्तीहरूको देशसम्म, इजिप्टको सिमानासम्म सबै राजाहरूमाथि शासन गर्थे।
27 Ook maakte de koning het zilver in Jeruzalem te zijn als stenen, en de cederen maakte hij te zijn als de wilde vijgebomen, die in de laagte zijn, in menigte.
राजाले यरूशलेममा चाँदीलाई ढुङ्गा जतिकै साधारण अनि देवदारुलाई चाहिँ पहाडका फेदीहरूका अञ्जीर जतिकै प्रशस्त बनाए।
28 En zij brachten voor Salomo paarden uit Egypte, en uit al die landen.
सोलोमनका घोडाहरू इजिप्टबाट र अरू देशहरूबाट आयात गरिन्थे।
29 Het overige nu der geschiedenissen van Salomo, der eerste en der laatste, zijn die niet geschreven in de woorden van Nathan, den profeet, en in de profetie van Ahia, den Siloniet, en in de gezichten van Jedi, den ziener, aangaande Jerobeam, den zoon van Nebat?
सोलोमनको शासनकालका अरू घटनाहरू, सुरुदेखि अन्त्यसम्म, नातान अगमवक्ताको इतिहास, शीलोनी अहीयाहको अगमवाणी र नबातका छोरा यारोबामको विषयमा दर्शी इद्दोका दर्शनको पुस्तकमा वर्णन गरिएका छैनन् र?
30 En Salomo regeerde te Jeruzalem over gans Israel, veertig jaren.
सोलोमनले सारा इस्राएलमाथि यरूशलेममा चालीस वर्ष राज्य गरे।
31 En Salomo ontsliep met zijn vaderen, en zij begroeven hem in de stad zijns vaders Davids; en zijn zoon Rehabeam werd koning in zijn plaats.
त्यसपछि तिनी आफ्ना पुर्खाहरूसित सुते, र आफ्ना पिता दावीदको सहरका चिहानमा गाडिए। तिनीपछि तिनका छोरा रहबाम राजा भए।

< 2 Kronieken 9 >