< Romeinen 1 >

1 Paulus, een dienstknecht van Jezus Christus, een geroepen apostel, afgezonderd tot het Evangelie van God,
म पावल, ख्रीष्‍ट येशूको एक सेवक, प्रेरित हुनलाई बोलाइएको, र परमेश्‍वरका सुसमाचारको निम्ति अलग गरिएको हुँ,
2 (Hetwelk Hij te voren beloofd had door Zijn profeten, in de heilige Schriften).
जुन सुसमाचार परमेश्‍वरले पहिले नै उहाँका अगमवक्ताहरूद्वारा पवित्र धर्मशास्त्रमा प्रतिज्ञा गर्नुभएको थियो।
3 Van Zijn Zoon, (Die geworden is uit het zaad van David, naar het vlees;
यो सुसमाचार उहाँका पुत्रको बारेमा हो, जो शरीरअनुसार राजा दावीदको वंशबाट जन्मनुभएको थियो।
4 Die krachtelijk bewezen is te zijn de Zoon van God, naar den Geest der heiligmaking, uit de opstanding der doden) namelijk Jezus Christus, onzen Heere:
उहाँ येशू ख्रीष्‍ट हाम्रा प्रभु हुनुहुन्छ, जो मरेकाहरूबाट पुनरुत्थान भएर पवित्र आत्माको शक्तिद्वारा परमेश्‍वरका पुत्र नियुक्त हुनुभयो।
5 (Door Welken wij hebben ontvangen genade en het apostelschap, tot gehoorzaamheid des geloofs onder al de heidenen, voor Zijn Naam;
उहाँको नामको खातिर विश्‍वासबाट आउने आज्ञाकारिताको निम्ति, सबै गैरयहूदीहरूलाई सुसमाचार सुनाउनका लागि हामीले उहाँद्वारा अनुग्रह र प्रेरितीय काम पाएका छौँ।
6 Onder welken gij ook zijt, geroepenen van Jezus Christus!)
अनि तिमीहरू पनि येशू ख्रीष्‍टका आफ्नै हुनलाई बोलाइएका मध्येका हौ।
7 Allen, die te Rome zijt, geliefden Gods, en geroepen heiligen, genade zij u, en vrede van God, onzen Vader, en den Heere Jezus Christus.
रोममा भएका सबैलाई, जो परमेश्‍वरका प्रिय र पवित्र जन हुनलाई बोलाइएका छन्:
8 Eerstelijk dank ik mijn God door Jezus Christus over u allen, dat uw geloof verkondigd wordt in de gehele wereld.
सर्वप्रथम, म मेरा परमेश्‍वरलाई येशू ख्रीष्‍टद्वारा तिमीहरू सबैका निम्ति धन्यवाद चढाउँछु। किनकि तिमीहरूका विश्‍वासका कुराहरू सारा संसारमा प्रचार भइरहेको छ।
9 Want God is mijn Getuige, Welken ik diene in mijn geest, in het Evangelie Zijns Zoons, hoe ik zonder nalaten uwer gedenke;
परमेश्‍वर, जसको सेवा म उहाँका पुत्रको सुसमाचार प्रचारमा सम्पूर्ण हृदयले गर्दछु, उहाँ नै मेरो साक्षी हुनुहुन्छ कि कसरी म सधैँ मेरा प्रार्थनामा तिमीहरूलाई याद गर्दछु
10 Allen tijd in mijn gebeden biddende, of mogelijk mij nog te eniger tijd goede gelegenheid gegeven wierd, door den wil van God, om tot ulieden te komen.
र मेरा हरेक प्रार्थनामा माग्दछु, कि अन्त्यमा परमेश्‍वरको इच्छाद्वारा तिमीहरूकहाँ आउनमा सफलता प्राप्‍त गर्न सकूँ।
11 Want ik verlang om u te zien, opdat ik u enige geestelijke gave mocht mededelen, ten einde gij versterkt zoudt worden;
किनकि म तिमीहरूलाई भेट्ने उत्कट इच्छा गर्दछु, ताकि तिमीहरूलाई आत्मिक रूपमा बलियो बनाउनलाई केही आत्मिक वरदान दिन सकूँ
12 Dat is, om mede vertroost te worden onder u, door het onderlinge geloof, zo het uwe als het mijne.
अनि तिमीहरू र म एक-अर्काका विश्‍वासले प्रोत्साहित हुन सकौँ।
13 Doch ik wil niet, dat u onbekend zij, broeders, dat ik menigmaal voorgenomen heb tot u te komen (en ben tot nog toe verhinderd geweest), opdat ik ook onder u enige vrucht zou hebben, gelijk als ook onder de andere heidenen.
दाजुभाइ-दिदीबहिनीहरू हो, म तिमीहरू अजान रहो भन्‍ने चाहन्‍नँ। गैरयहूदीहरूका बीचमा मैले आत्मिकी फल बटुलेझैँ तिमीहरूका बीचबाट पनि आत्मिकी फल पाउन सकूँ भनेर तिमीहरूकहाँ आउनलाई मैले धेरैपल्ट योजना बनाएँ, तर अहिलेसम्म यसो गर्नबाट रोकिएको छु।
14 Beiden Grieken en Barbaren, beiden wijzen en onwijzen ben ik een schuldenaar.
सभ्य होस् वा असभ्य होस्, शिक्षित तथा अशिक्षित, सबैको म ऋणी छु।
15 Alzo hetgeen in mij is, dat is volvaardig, om u ook, die te Rome zijt, het Evangelie te verkondigen.
त्यसैले रोममा बस्‍ने तिमीहरू सबैलाई सुसमाचार प्रचार गर्न म उत्सुक छु।
16 Want ik schaam mij des Evangelies van Christus niet; want het is een kracht Gods tot zaligheid een iegelijk, die gelooft, eerst den Jood, en ook den Griek.
किनकि म सुसमाचारसँग लजाउँदिनँ। किनभने यो परमेश्‍वरको शक्ति हो, जसले विश्‍वास गर्नेहरू सबैमा मुक्ति ल्याउँदछ: यहूदीलाई पहिले, त्यसपछि गैरयहूदीलाई।
17 Want de rechtvaardigheid Gods wordt in hetzelve geopenbaard uit geloof tot geloof; gelijk geschreven is: Maar de rechtvaardige zal uit het geloof leven.
किनकि सुसमाचारमा परमेश्‍वरको धार्मिकता प्रकट भएको छ, जुन धार्मिकता सुरुदेखि अन्त्यसम्म विश्‍वासद्वारा नै आउँछ। धर्मशास्त्रमा यसरी लेखिएको छ: “धर्मी जनचाहिँ विश्‍वासद्वारा नै जिउनेछ।”
18 Want de toorn Gods wordt geopenbaard van den hemel over alle goddeloosheid, en ongerechtigheid der mensen, als die de waarheid in ongerechtigheid ten onder houden.
स्वर्गबाट परमेश्‍वरको क्रोध ती मानिसहरूका सारा भक्तिहीनता तथा दुष्‍टताको विरुद्ध प्रकट भइरहेको छ, जसले सत्यतालाई आफ्ना दुष्‍टताद्वारा दबाइराखेका छन्।
19 Overmits hetgeen van God kennelijk is, in hen openbaar is; want God heeft het hun geopenbaard.
परमेश्‍वरको विषयमा जान्‍न सकिने कुरा उनीहरूको अगि प्रष्‍ट छ। किनभने परमेश्‍वरले नै यो कुरा उनीहरूलाई प्रष्‍ट पारिदिनुभएको छ।
20 Want Zijn onzienlijke dingen worden, van de schepping der wereld aan, uit de schepselen verstaan en doorzien, beide Zijn eeuwige kracht en Goddelijkheid, opdat zij niet te verontschuldigen zouden zijn. (aïdios g126)
किनकि परमेश्‍वरका अदृश्य गुणहरू अर्थात् उहाँका अनन्त शक्ति र ईश्‍वरीय स्वभाव संसारको सृष्‍टिदेखि नै बनाइएका वस्तुहरूमा छर्लङ्गै देखिएका छन्। यसैले मानिसहरूलाई परमेश्‍वरको विषयमा जान्‍न नसकिने भन्‍ने कुनै किसिमको बहाना छैन। (aïdios g126)
21 Omdat zij, God kennende, Hem als God niet hebben verheerlijkt of gedankt; maar zijn verijdeld geworden in hun overleggingen en hun onverstandig hart is verduisterd geworden;
तिनीहरूले परमेश्‍वरलाई चिनेर पनि उहाँलाई परमेश्‍वरको रूपमा न महिमा दिए, न त धन्यवाद नै दिए। तर तिनीहरूको सोच व्यर्थ हुनगयो। तिनीहरूका मूर्ख हृदयहरू झन् अँध्यारा भए।
22 Zich uitgevende voor wijzen, zijn zij dwaas geworden;
तिनीहरूले आफू बुद्धिमान् छौँ भन्‍ने दाबी गरे तापनि मूर्ख नै बने।
23 En hebben de heerlijkheid des onverderfelijken Gods veranderd in de gelijkenis eens beelds van een verderfelijk mens, en van gevogelte, en van viervoetige en kruipende gedierten.
अविनाशी परमेश्‍वरलाई महिमा दिनुको साटो मरणशील मानिसजस्ता देखिने प्रतिमाहरू, चराचुरुङ्गी, जनावर र घस्रने जीवहरूका मूर्तिलाई महिमा दिए।
24 Daarom heeft God hen ook overgegeven in de begeerlijkheden hunner harten tot onreinigheid, om hun lichamen onder elkander te onteren;
यसकारण परमेश्‍वरले तिनीहरूका हृदयका खराब अभिलाषाहरूलाई यौन अशुद्धतामा छोडिदिनुभयो; ताकि तिनीहरूले एक-अर्कासँग आफ्ना शरीरमा अनादर गरून्।
25 Als die de waarheid Gods veranderd hebben in de leugen, en het schepsel geeerd en gediend hebben boven den Schepper, Die te prijzen is in der eeuwigheid, amen. (aiōn g165)
तिनीहरूले परमेश्‍वरको सत्यतालाई त्यागेर झूटसँग साटे, र सृष्‍टिकर्ताको सट्टामा, सृष्‍टि गरिएका वस्तुहरूको सेवा र आराधना गरे। सृष्‍टिकर्ता, जो सदासर्वदा प्रशंसाको योग्य हुनुहुन्छ, आमेन! (aiōn g165)
26 Daarom heeft God hen overgegeven tot oneerlijke bewegingen; want ook hun vrouwen hebben het natuurlijk gebruik veranderd in het gebruik tegen nature;
यसैकारण परमेश्‍वरले तिनीहरूलाई शर्मलाग्दो कामवासनाका निम्ति छोडिदिनुभयो। तिनीहरूका स्त्रीहरूले पनि स्वभाविक शारीरिक सम्बन्धलाई अस्वभाविक सम्बन्धमा परिणत गरे।
27 En insgelijks ook de mannen, nalatende het natuurlijk gebruik der vrouw, zijn verhit geworden in hun lust tegen elkander, mannen met mannen schandelijkheid bedrijvende, en de vergelding van hun dwaling, die daartoe behoorde, in zichzelven ontvangende.
त्यसरी नै पुरुषहरूले पनि स्त्रीहरूसँगको स्वभाविक शारीरिक सम्बन्धलाई त्यागेर पुरुषहरूसँगै कामवासनाले जल्न लागे। पुरुषहरूले पुरुषहरूसँग निर्लज्ज शारीरिक सम्बन्ध राख्न लागे, र तिनीहरूले आफ्नो गल्तीको उचित दण्ड भोगे।
28 En gelijk het hun niet goed gedacht heeft God in erkentenis te houden, zo heeft God hen overgegeven in een verkeerden zin, om te doen dingen, die niet betamen;
यसरी तिनीहरूले परमेश्‍वरलाई स्वीकार गर्न उचित नठानेकाले परमेश्‍वरले पनि तिनीहरूलाई भ्रष्‍ट मन दिनुभयो; ताकि तिनीहरूले जुन काम गर्न नहुने हो त्यही गरून्।
29 Vervuld zijnde met alle ongerechtigheid, hoererij, boosheid, gierigheid, kwaadheid, vol van nijdigheid, moord, twist, bedrog, kwaadaardigheid; Oorblazers,
तिनीहरू हरेक प्रकारका दुष्‍टता, खराबी, लोभ, भ्रष्‍टताले भरिएका छन्। तिनीहरूका जीवन ईर्ष्या, हत्या, झगडा, छल र डाहले भरिएका छन्। तिनीहरू कुरा काट्ने,
30 achterklappers, haters Gods, smaders, hovaardigen, laatdunkenden, vinders van kwade dingen, den ouderen ongehoorzaam;
निन्दा गर्ने, परमेश्‍वरलाई घृणा गर्ने, ढीट, अहङ्कारी, घमण्डी हुन्छन्; तिनीहरू दुष्‍ट काम गर्न नयाँ तरिकाहरू बनाउँछन्। तिनीहरू आफ्ना आमाबुबाका आज्ञापालन गर्दैनन्।
31 Onverstandigen, verbondbrekers, zonder natuurlijke liefde, onverzoenlijken, onbarmhartigen;
तिनीहरू निर्बुद्धि, विश्‍वासघाती, निर्दयी र क्रूर हुन्छन्।
32 Dewelken, daar zij het recht Gods weten, (namelijk, dat degenen, die zulke dingen doen, des doods waardig zijn) niet alleen dezelve doen, maar ook mede een welgevallen hebben in degenen, die ze doen.
यद्यपि यस्ता काम गर्नेहरू मृत्युका योग्य हुन्छन् भन्‍ने परमेश्‍वरका धार्मिक उर्दी तिनीहरूले जान्दछन् तापनि, तिनीहरू यस्ता काम गरिरहने मात्र होइन, तर यस्ता काम गर्नेहरूलाई समर्थन पनि गर्दछन्।

< Romeinen 1 >