< Jona 2 >
1 En Jona bad tot den HEERE, zijn God, uit het ingewand van den vis.
योनाले माछाको पेटभित्रबाट याहवेह आफ्ना परमेश्वरलाई प्रार्थना गरे।
2 En hij zeide: Ik riep uit mijn benauwdheid tot den HEERE, en Hij antwoordde mij; uit den buik des grafs schreide ik, en Gij hoordet mijn stem. (Sheol )
तिनले यसरी याहवेहसँग प्रार्थना गरेर भने: “मेरो सङ्कष्टको समयमा मैले याहवेहलाई पुकारेँ, र उहाँले मलाई जवाफ दिनुभयो। मृतकहरूको गहिरो पातालबाट मैले सहायताको निम्ति पुकारेँ; अनि तपाईंले मेरो क्रन्दन सुन्नुभयो। (Sheol )
3 Want Gij hadt mij geworpen in de diepte, in het hart der zeeen, en de stroom omving mij; al Uw baren en Uw golven gingen over mij henen.
तपाईंले मलाई समुद्रको गहिराइमा फालिदिनुभयो, समुद्रको मुटुभित्र म डुबेँ; अनि पानीका छालहरूले मलाई घेरे; अनि तपाईंका पानीका छालहरू र लहरहरू ममाथि उर्लेर आए।
4 En ik zeide: Ik ben uitgestoten van voor Uw ogen; nochtans zal ik den tempel Uwer heiligheid weder aanschouwen.
मैले भनेँ, ‘म तपाईंको दृष्टिबाट निकालिएको छु; तापनि म फेरि पनि तपाईंको पवित्र मन्दिरतिर हेर्नेछु।’
5 De wateren hadden mij omgeven tot de ziel toe, de afgrond omving mij; het wier was aan mijn hoofd gebonden.
डुबाउने पानीले मलाई भयभीत तुल्याए, र समुद्रको गहिराइले मलाई चारैतिर घेरेका थिए; समुद्रका झारहरू मेरो टाउकोमा बेह्रिएका थिए।
6 Ik was nedergedaald tot de gronden der bergen; de grendelen der aarde waren om mij henen in eeuwigheid; maar Gij hebt mijn leven uit het verderf opgevoerd, o HEERE, mijn God!
म डुबेर तल पर्वतहरूका फेदसम्मै पुगेँ; पृथ्वीले मलाई सदाको निम्ति थुनिदियो। तर पनि तपाईंले, हे याहवेह मेरा परमेश्वर, मेरो प्राणलाई खाल्डोबाट निकालेर ल्याउनुभयो।
7 Als mijn ziel in mij overstelpt was, dacht ik aan den HEERE, en mijn gebed kwam tot U, in den tempel Uwer heiligheid.
“जब मेरो प्राण जानै लागेको थियो, हे याहवेह, मैले तपाईंलाई सम्झेँ; अनि मेरो प्रार्थना तपाईंकहाँ, तपाईंको पवित्र मन्दिरसम्म पुग्यो।
8 Die de valse ijdelheden onderhouden, verlaten hunlieder weldadigheid.
“जजसले व्यर्थका मूर्तिहरूमा भरोसा गर्छन्, तिनीहरू परमेश्वरको अचुक प्रेमबाट टाढा हुन्छन्।
9 Maar ik zal U offeren met de stem der dankzegging; wat ik beloofd heb, zal ik betalen. Het heil is des HEEREN.
तर म धन्यवादको स्तुतिसहित तपाईंलाई बलिदान चढाउनेछु। मैले जे भाकल गरेको छु, त्यो म पूरा गर्नेछु। म भन्नेछु, ‘उद्धार याहवेहबाट नै आउँछ।’”
10 De HEERE nu sprak tot den vis; en hij spuwde Jona uit op het droge.
अनि याहवेहले माछालाई आज्ञा दिनुभयो र त्यसले योनालाई सुक्खा जमिनमा उकेलिदियो।