< Job 9 >
1 Maar Job antwoordde en zeide:
तब इयोबले यस्तो जवाफ दिए:
2 Waarlijk, ik weet, dat het zo is; want hoe zou de mens rechtvaardig zijn bij God?
“वास्तवमा यो कुरा सत्य हो भनी म जान्दछु। तर परमेश्वरको सामु मरणशील मानिसले आफूलाई कसरी निर्दोष साबित गर्न सक्छ र?
3 Zo Hij lust heeft, om met hem te twisten, niet een uit duizend zal hij Hem beantwoorden.
उहाँसँग कसैले वाद-विवाद गर्न चाह्यो भने तापनि मानिसहरूले उहाँलाई हजारौँमा एउटाको पनि जवाफ दिन सक्दैनन्।
4 Hij is wijs van hart, en sterk van kracht; wie heeft zich tegen Hem verhard, en vrede gehad?
उहाँको बुद्धि अथाह र उहाँको शक्ति विशाल छ। उहाँको विरोध गरेर को उम्केको छ, र हानिविना आएको छ?
5 Die de bergen verzet, dat zij het niet gewaar worden, Die ze omkeert in Zijn toorn;
उहाँले पहाडहरूलाई तिनीहरूले चालै नपाई हटाउनुहुन्छ, अनि उहाँले आफ्नो रिसमा तिनीहरूलाई पल्टाइदिनुहुन्छ।
6 Die de aarde beweegt uit haar plaats, dat haar pilaren schudden;
परमेश्वरले पृथ्वीलाई त्यसको ठाउँबाट हल्लाइदिनुहुन्छ, र त्यसका खम्बाहरू थरथर काँप्छन्।
7 Die de zon gebiedt, en zij gaat niet op; en verzegelt de sterren;
उहाँले सूर्यलाई आज्ञा गर्नुहुन्छ, र त्यसले प्रकाश दिँदैन; उहाँले ताराहरूको चमकलाई बन्द गर्नुहुन्छ।
8 Die alleen de hemelen uitbreidt, en treedt op de hoogten der zee;
उहाँ एकलैले आकाशहरूलाई फैलाउनुहुन्छ, र समुद्रका छालहरूमाथि कुल्चनुहुन्छ।
9 Die den Wagen maakt, den Orion, en het Zevengesternte, en de binnenkameren van het Zuiden;
उहाँ सप्तर्षि, मृगशिरा, किरकिटी नक्षत्रहरू र दक्षिणका तारामण्डलहरूका सृष्टिकर्ता हुनुहुन्छ।
10 Die grote dingen doet, die men niet doorzoeken kan; en wonderen, die men niet tellen kan.
उहाँले हाम्रा समझशक्तिभन्दा बाहिरका अद्भुत कार्यहरू र अनगन्ती अचम्मका कामहरू गर्नुहुन्छ।
11 Zie, Hij zal voor mij henengaan, en ik zal Hem niet zien; en Hij zal voorbijgaan, en ik zal Hem niet merken.
जब उहाँ मेरो छेउबाट भएर जानुहुन्छ, म उहाँलाई देख्न सक्दिनँ; उहाँ मेरै छेउबाट भएर जानुहुँदा पनि म थाहा पाउँदिनँ।
12 Zie, Hij zal roven, wie zal het Hem doen wedergeven? Wie zal tot Hem zeggen: Wat doet Gij?
यदि उहाँले कसैबाट केही खोस्नुभयो भने, कसले उहाँलाई रोक्न सक्छ र? कसले उहाँलाई ‘तपाईंले यो के गर्दै हुनुहुन्छ?’ भनेर सोध्न सक्छ र?
13 God zal Zijn toorn niet afkeren; onder Hem worden gebogen de hovaardige helpers.
परमेश्वरले आफ्नो रिस थाम्नुहुन्न; राहाबका सहयोगीहरूले समेत उहाँको पाउमा झुक्छन्।
14 Hoeveel te min zal ik Hem antwoorden, en mijn woorden uitkiezen tegen Hem?
“त्यसो हो भने म कसरी उहाँसँग वाद-विवाद गर्न सक्छु र? उहाँसँग बहस गर्ने शब्दहरू म कसरी भेट्टाउन सक्छु र?
15 Denwelken ik, zo ik rechtvaardig ware, niet zou antwoorden; mijn Rechter zal ik om genade bidden.
यद्यपि म निर्दोष भए तापनि मैले उहाँलाई जवाफ दिन सक्दिनँ; म मेरा न्यायाधीससँग कृपाको निम्ति बिन्ती मात्र गर्न सक्छु।
16 Indien ik roep, en Hij mij antwoordt; ik zal niet geloven, dat Hij mijn stem ter ore genomen heeft.
यदि मैले उहाँलाई बोलाएँ, र उहाँले जवाफ दिनुभए तापनि उहाँले मेरो कुरा सुन्नुहुन्छ भनी म विश्वास गर्दिनँ।
17 Want Hij vermorzelt mij door een onweder, en vermenigvuldigt mijn wonden zonder oorzaak.
उहाँले मलाई आँधीबेहरीले आक्रमण गर्नुहुन्छ, र कारणविना मेरा चोटहरू बढाइदिनुहुन्छ।
18 Hij laat mij niet toe mijn adem te verhalen; maar Hij verzadigt mij met bitterheden.
उहाँले मलाई फेरि सास फेर्न पनि दिनुहुन्न, तर दुःखले मलाई व्याकुल पारिदिनुहुन्छ।
19 Zo het aan de kracht komt, zie, Hij is sterk; en zo het aan het recht komt, wie zal mij dagvaarden?
यदि शक्तिकै कुरा गर्ने हो भने उहाँ शक्तिशाली हुनुहुन्छ! र यदि न्यायको कुरा हो भने कसले उहाँलाई चुनौती दिन सक्छ?
20 Zo ik mij rechtvaardig, mijn mond zal mij verdoemen; ben ik oprecht, Hij zal mij toch verkeerd verklaren.
म इमानदार भए तापनि मेरै मुखले मलाई दोषी ठहराउँछ; म दोषरहित भए तापनि उहाँले मलाई दोषी ठहराउनुहुनेछ।
21 Ben ik oprecht, zo acht ik toch mijn ziel niet; ik versmaad mijn leven.
“यद्यपि म दोषरहित छु, मलाई मेरो आफ्नो कुनै वास्ता छैन; म आफ्नै जीवनलाई तुच्छ ठान्छु।
22 Dat is een ding, daarom zeg ik: Den oprechte en den goddeloze verdoet Hij.
सबै कुरा एउटै हो; त्यसैले म भन्दछु, ‘उहाँले निर्दोष र दुष्ट मानिस दुवैलाई नाश गर्नुहुन्छ।’
23 Als de gesel haastelijk doodt, bespot Hij de verzoeking der onschuldigen.
ठूलो विपत्तिले अचानक मृत्यु ल्याए तापनि निर्दोष मानिसको बिजोग देखेर उहाँ हाँस्नुहुन्छ।
24 De aarde wordt gegeven in de hand des goddelozen; Hij overdekt het aangezicht harer rechteren; zo niet, wie is Hij dan?
जब दुष्ट मानिसको हातमा देश पर्छ; यसका न्यायकर्ताहरूलाई उहाँले अन्धा तुल्याइदिनुहुन्छ। यदि यसो गर्नुहुने उहाँ होइन भने अरू को होला त?
25 En mijn dagen zijn lichter geweest dan een loper; zij zijn weggevloden, zij hebben het goede niet gezien.
“मेरा दिनहरू त धावक दौडिएको भन्दा पनि छिटो दौडिरहेका छन्; आनन्दको झलकविना नै ती उडेर जान्छन्।
26 Zij zijn voorbijgevaren met jachtschepen; gelijk een arend naar het aas toevliegt.
निगालाको डुङ्गा पानीमा सलल बगेझैँ, र चीलहरू आफ्नो शिकारमाथि वेगले झम्टिएझैँ, मेरा दिनहरू बितिरहेका छन्।
27 Indien mijn zeggen is: Ik zal mijn klacht vergeten, en ik zal mijn gebaar laten varen, en mij verkwikken;
‘तपाईंप्रतिको मेरो गुनासो बिर्सनेछु, म आफ्नो अनुहारको उदासीपनलाई हटाएर मुस्कुराउँनेछु,’ भनि मैले भने तापनि
28 Zo schroom ik voor al mijn smarten; ik weet, dat Gij mij niet onschuldig zult houden.
आफूले भोगेका सबै कष्टहरूको कारण झन् म डराउँछु; किनकि म जान्दछु, तपाईंले मलाई निर्दोष ठहराउनुहुनेछैन।
29 Ik zal toch goddeloos zijn; waarom dan zal ik ijdellijk arbeiden?
म पहिले नै दोषी ठहराइएको छु भने मैले किन आफूलाई निर्दोष साबित गर्ने व्यर्थमा कोसिस गरूँ?
30 Indien ik mij wasse met sneeuwwater, en mijn handen zuivere met zeep;
यदि मैले आफूलाई हिउँले नुहाएँ भने पनि, र मेरा हात खरानी पानीले धोएँ तापनि
31 Dan zult Gij mij in de gracht induiken, en mijn klederen zullen van mij gruwen.
तपाईंले मलाई हिले खाडलमा चोप्नुहुन्छ, जसले गर्दा मेरा लुगाले समेत मलाई घिन मान्नेछ।
32 Want Hij is niet een man, als ik, dien ik antwoorden zou, zo wij te zamen in het gericht kwamen.
“किनकि परमेश्वर मजस्तै मरणशील मानिस हुनुहुन्न, म कसरी उहाँलाई जवाफ दिन सक्छु, अनि हामी अदालतमा एक-अर्कासँग सामना गर्न सक्छौँ।
33 Er is geen scheidsman tussen ons, die zijn hand op ons beiden leggen mocht.
यदि परमेश्वर र मेरो बीचमा मध्यस्थ गर्ने कोही छन् भने, यदि कसैले हामीलाई एकसाथ ल्याउने भइदिए,
34 Dat Hij van op mij Zijn roede wegdoe, en dat Zijn verschrikking mij niet verbaasd make;
परमेश्वरको लहुरो मबाट कसैले हटाऊन्, ताकि उहाँको त्रासले मलाई अझ बढी भयभीत नपारोस्।
35 Zo zal ik spreken, en Hem niet vrezen; want zodanig ben ik niet bij mij.
तब म उहाँको डरविना नै बोल्नेथिएँ, तर अहिलेको मेरो अवस्थामा म सक्दिनँ।