< Job 7 >
1 Heeft niet de mens een strijd op de aarde, en zijn zijn dagen niet als de dagen des dagloners?
“के मानिस जातिले पृथ्वीमा कठोर परिश्रम गर्नुपर्दैन र? के तिनीहरूका दिनहरू ज्यालादार मजदुरका जस्ता छैनन् र?
2 Gelijk de dienstknecht hijgt naar de schaduw, en gelijk de dagloner verwacht zijn werkloon;
जसरी एउटा सेवकले बेलुकीको शीतल छायाको चाह गर्छ, अथवा एउटा मजदुरले आफ्नो ज्याला पर्खिरहन्छ,
3 Alzo zijn mij maanden der ijdelheid ten erve geworden, en nachten der moeite zijn mij voorbereid.
त्यसरी नै मेरा निम्ति व्यर्थका महिनाहरू छुट्याइएका छन्, र कष्टका रातहरू मेरा निम्ति दिइएका छन्।
4 Als ik te slapen lig, dan zeg ik: Wanneer zal ik opstaan, en Hij den avond afgemeten hebben? En ik word zat van woelingen tot aan den schemertijd.
जब म ढल्कन्छु, तब मनमनै आफैँलाई सोध्छु, ‘म कहिले उठूँ?’ रात लामो हुँदैजान्छ, र म बिहानसम्मै कोल्टे फेर्दै छटपटाइरहन्छु।
5 Mijn vlees is met het gewormte en met het gruis des stofs bekleed; mijn huid is gekliefd en verachtelijk geworden.
मेरो शरीर किरा र पाप्राहरूले ढाकिएको छ, मेरो छाला चिरैचिरा परेको छ र पीप निस्किरहन्छ।
6 Mijn dagen zijn lichter geweest dan een weversspoel, en zijn vergaan zonder verwachting.
“मेरा दिनहरू कपडा बुन्ने तानको थुरी चलेकोभन्दा छिटो बितिरहेका छन्, र ती आशाविना नै अन्त्य हुन्छन्।
7 Gedenk, dat mijn leven een wind is; mijn oog zal niet wederkomen, om het goede te zien.
हे परमेश्वर, स्मरण गर्नुहोस्, मेरो जीवन सास मात्र हो; मेरा आँखाहरूले अब कहिल्यै सुखका दिन देख्नेछैनन्।
8 Het oog desgenen, die mij nu ziet, zal mij niet zien; uw ogen zullen op mij zijn; maar ik zal niet meer zijn.
अहिले मलाई देख्ने आँखाले, अब उसो फेरि कहिल्यै मलाई देख्नेछैन; तपाईंले मलाई खोज्नुहुनेछ, तर अब उसो फेरि म रहनेछैनँ।
9 Een wolk vergaat en vaart henen; alzo die in het graf daalt, zal niet weder opkomen. (Sheol )
जसरी बादल लोप भएर जान्छ, त्यसरी नै चिहानमा जाने फेरि फर्केर आउँदैन। (Sheol )
10 Hij zal niet meer wederkeren tot zijn huis, en zijn plaats zal hem niet meer kennen.
त्यो आफ्नो घरमा फेरि कहिल्यै फर्केर आउँदैन; त्यसको ठाउँले त्यसलाई फेरि कहिल्यै चिन्नेछैन।
11 Zo zal ik ook mijn mond niet wederhouden, ik zal spreken in benauwdheid mijns geestes; ik zal klagen in bitterheid mijner ziel.
“त्यसैकारण म चुपचाप रहनेछैनँ; म आफ्नो मनको वेदनामा बोल्नेछु, मेरो आत्माको तितोपनामा म गुनासो पोखाउनेछु।
12 Ben ik dan een zee, of walvis, dat Gij om mij wachten zet?
के म समुद्र हुँ र, अथवा गहिराइको विशाल जन्तु हुँ र तपाईं मलाई निगरानीमा राख्नुहुन्छ?
13 Wanneer ik zeg: Mijn bedstede zal mij vertroosten, mijn leger zal van mijn klacht wat wegnemen;
जब मलाई मेरो ओछ्यानले आराम दिनेछ; र मेरो पलङले मेरो गुनासो हल्का पार्नेछ भनी सोच्छु,
14 Dan ontzet Gij mij met dromen, en door gezichten verschrikt Gij mij;
तर तपाईंले त झन् मलाई सपनाहरूले भयभीत पार्नुहुन्छ; र दर्शनहरूले मलाई तर्साउनुहुन्छ,
15 Zodat mijn ziel de verworging kiest; den dood meer dan mijn beenderen.
त्यसैले यस्तो कष्ट शरीरमा लिएर बाँच्नुभन्दा, बरु घाँटी अँठ्याएर मर्न चाहन्छु।
16 Ik versmaad ze, ik zal toch in der eeuwigheid niet leven; houd op van mij, want mijn dagen zijn ijdelheid.
मेरो यस जीवनलाई घृणा गर्दछु; म अनन्तसम्म बाँच्नेछैनँ। मलाई एकलै छोडिदिनुहोस्; किनकि मेरा दिनहरू अर्थहीन छन्।
17 Wat is de mens, dat Gij hem groot acht, en dat Gij Uw hart op hem zet?
“मानिस जाति के हो र तपाईं त्यसको निम्ति यति धेरै महत्त्व राख्नुहुन्छ, र तपाईं त्यसलाई यति धेरै चासो गर्नुहुन्छ;
18 En dat Gij hem bezoekt in elken morgenstond; dat Gij hem in elken ogenblik beproeft?
किन तपाईं हरेक बिहान तिनीहरूलाई जाँच गर्नुहुन्छ, र हरपल तिनीहरूको परीक्षा गर्नुहुन्छ?
19 Hoe lang keert Gij U niet af van mij, en laat niet van mij af, totdat ik mijn speeksel inzwelge?
तपाईंले मलाई हेर्न कहिल्यै छोड्नुहुन्न, अथवा एक पल पनि मलाई एकलै रहन दिनुहुन्न?
20 Heb ik gezondigd, wat zal ik U doen, o Mensenhoeder? Waarom hebt Gij mij U tot een tegenloop gesteld, dat ik mijzelven tot een last zij?
मानिसले गरेका सबै कुरा हेर्नुहुने तपाईं नै हुनुहुन्छ भने, यदि मैले पाप गरेको भए तापनि मैले तपाईंलाई के हानि गरेको छु र? तपाईंले किन मलाई आफ्नो निशाना बनाउनुहुन्छ? के म तपाईंको निम्ति बोझ भएको छु?
21 En waarom vergeeft Gij niet mijn overtreding, en doet mijn ongerechtigheid niet weg? Want nu zal ik in het stof liggen; en Gij zult mij vroeg zoeken, maar ik zal niet zijn.
तपाईंले किन मेरा अपराधहरू माफ गर्नुहुन्न र मेरा पापहरू क्षमा गर्नुहुन्न? किनकि अब म चाँडै धुलोमा सुतिजानेछु; तपाईंले मलाई खोज्नुहुनेछ, तर भेट्टाउनुहुनेछैन।”