< Job 31 >

1 Ik heb een verbond gemaakt met mijn ogen; hoe zou ik dan acht gegeven hebben op een maagd?
“मैले कुनै कन्यालाई कामुक दृष्‍टिले नहेर्ने भनी मैले आफ्ना आँखाहरूसँग करार बाँधेको छु।
2 Want wat is het deel Gods van boven, of de erve des Almachtigen uit de hoogten?
किनकि हाम्रो निम्ति स्वर्गबाट परमेश्‍वरले ठहराउनुभएको भाग, उच्‍चमा रहनुहुने सर्वशक्तिमान्‌बाटको अंश के हो?
3 Is niet het verderf voor den verkeerde, ja, wat vreemds voor de werkers der ongerechtigheid?
के दुष्‍ट मानिसहरूका निम्ति विनाश, र खराब काम गर्नेहरूका निम्ति विपत्ति छैन र?
4 Ziet Hij niet mijn wegen, en telt Hij niet al mijn treden?
के उहाँले मेरा मार्गहरू देख्नुहुन्‍न र मेरो प्रत्येक पाइला गन्ती गर्नुहुन्‍न र?
5 Zo ik met ijdelheid omgegaan heb, en mijn voet gesneld heeft tot bedriegerij;
“यदि म झूटो मार्गमा हिँडेको छु भने अथवा मेरा पाउहरू छलतर्फ हतारिएका छन् भने,
6 Hij wege mij op, in een rechte weegschaal, en God zal mijn oprechtigheid weten.
परमेश्‍वरले मलाई न्यायको तराजुमा तौलून्, अनि उहाँले म निर्दोष छु भनी जानून्।
7 Zo mijn gang uit den weg geweken is, en mijn hart mijn ogen nagevolgd is, en aan mijn handen iets aankleeft;
यदि मेरा पाइलाहरू सोझो मार्गबाट तर्केका छन् भने, यदि मेरो हृदयलाई मेरा आँखाहरूले डोर्‍याइएका छन् भने, अथवा मेरा हातहरू अशुद्ध पारेको भए,
8 Zo moet ik zaaien, maar een ander eten, en mijn spruiten moeten uitgeworteld worden!
तब मैले छरेका अन्‍नहरू कसैले खाओस्, र मेरा बालीहरू उखालिओस्।
9 Zo mijn hart verlokt is geweest tot een vrouw, of ik aan mijns naasten deur geloerd heb;
“यदि मेरो हृदय कुनै स्त्रीद्वारा मोहित पारेको भए, अथवा यदि मेरो छिमेकीको ढोकामा म ढुकिबसेको भए,
10 Zo moet mijn huisvrouw met een ander malen, en anderen zich over haar krommen!
मेरी पत्नीले अर्कै मानिसको जाँतो पिँध्न परोस्, र परपुरुषहरू ऊसँग सुतून्;
11 Want dat is een schandelijke daad, en het is een misdaad bij de rechters.
किनकि त्यो घोर कुकर्म हो; र न्याय गरिनुपर्ने पाप हो।
12 Want dat is een vuur, hetwelk tot de verderving toe verteert, en al mijn inkomen uitgeworteld zou hebben.
किनकि यो त जलेर भस्म पार्ने आगो हो; यसले मेरो सबै खेतीलाई जरैसमेत उखेलिदिन्छ।
13 Zo ik versmaad heb het recht mijns knechts, of mijner dienstmaagd, als zij geschil hadden met mij;
“मेरा कुनै पनि सेवकहरूले गुनासो गर्दा, चाहे स्त्री होस् वा पुरुष, यदि तिनीहरूलाई मैले न्याय गर्न इन्कार गरेको भए,
14 (Want wat zou ik doen, als God opstond? En als Hij bezoeking deed, wat zou ik Hem antwoorden?
परमेश्‍वरसँग मेरो सामना हुँदा म के गरूँ? उहाँले मेरो लेखा लिनुहुँदा म उहाँलाई के जवाफ दिऊँ?
15 Heeft Hij niet, Die mij in den buik maakte, hem ook gemaakt en Een ons in de baarmoeder bereid?)
के मलाई आमाको गर्भमा बनाउनुहुनेले नै तिनीहरूलाई पनि बनाउनुभएको होइन र? के उहाँले नै हाम्रा आमाको गर्भमा हामी दुवैलाई रच्नुभएको होइन र?
16 Zo ik den armen hun begeerte onthouden heb, of de ogen der weduwe laten versmachten;
“यदि मैले गरिबहरूका इच्छालाई इन्कार गरेको भए, अथवा विधवाहरूका आँखालाई निराश पारिदिएको भए,
17 En mijn bete alleen gegeten heb, zodat de wees daarvan niet gegeten heeft;
यदि मैले आफ्नो लागि मात्र खानेकुरा राखेको भए, यदि मैले अनाथहरूसँग बाँडचुँड नगरी आफूसँगै राखेको भए—
18 (Want van mijn jonkheid af is hij bij mij opgetogen, als bij een vader, en van mijner moeders buik af heb ik haar geleid; )
तर मैले आफ्नो कलिलै उमेरदेखि बुबाले जस्तै गरी तिनीहरूलाई हुर्काएँ, र मेरो जन्मदेखि नै मैले विधवाहरूलाई डोर्‍याएँ—
19 Zo ik iemand heb zien omkomen, omdat hij zonder kleding was, en dat de nooddruftige geen deksel had;
यदि मैले कोही लुगा नभएर नष्‍ट भइरहेको देख्दा, अथवा लुगा नभएर खाँचोमा परेकाहरूलाई देख्दा,
20 Zo zijn lenden mij niet gezegend hebben, toen hij van de vellen mijner lammeren verwarmd werd;
अनि मेरो भेडाको ऊनले तिनीहरूलाई न्यानो पार्दा तिनीहरूको हृदयले मलाई आशिष् नदिएको भए,
21 Zo ik mijn hand tegen den wees bewogen heb, omdat ik in de poort mijn hulp zag;
यदि मैले अदालतमा मेरो प्रभाव छ भनेर, मैले अनाथहरूका विरुद्ध हात उठाएको भए,
22 Mijn schouder valle van het schouderbeen, en mijn arm breke van zijn pijp af!
त्यसो हो भने मेरा पाखुरा कुमबाट खुस्किजाओस्, त्यो जोर्नीबाट चुँडिओस्।
23 Want het verderf Gods was bij mij een schrik, en ik vermocht niet vanwege Zijn hoogheid.
किनकि परमेश्‍वरबाटको विनाशसँग म त्रसित थिएँ, र उहाँको गौरवको डरले मैले त्यस्ता कामहरू गर्नै सकिनँ।
24 Zo ik het goud tot mijn hoop gezet heb, of tot het fijn goud gezegd heb: Gij zijt mijn vertrouwen;
“यदि मैले मेरो भरोसा सुनमाथि राखेको छु भने अथवा निखुर सुनलाई यसरी भनेको छु भने, ‘तँ मेरो सुरक्षा होस्,’
25 Zo ik blijde ben geweest, omdat mijn vermogen groot was, en omdat mijn hand geweldig veel verkregen had;
यदि म आफ्नो प्रशस्त धनसम्पत्तिमा, मेरो हातको समृद्धिमा आनन्दित भएको छु भने
26 Zo ik het licht aangezien heb, wanneer het scheen, of de maan heerlijk voortgaande;
यदि मैले सूर्यको प्रतापलाई अथवा चन्द्रमाको गौरवलाई कदर गरेको भए,
27 En mijn hart verlokt is geweest in het verborgen, dat mijn hand mijn mond gekust heeft;
जसले गर्दा मेरो हृदय गोप्य रूपमा तिनीहरूतर्फ मोहित हुनेथिए, र मेरा हातले तिनीहरूलाई श्रद्धाको चुम्बन चढाउनेथिए,
28 Dat ware ook een misdaad bij den rechter; want ik zou den God van boven verzaakt hebben.
त्यसो भएको भए यो न्याय गरिने योग्यका पाप हुनेथिए; किनकि म उच्‍चमा हुनुहुने परमेश्‍वरप्रति अविश्‍वासयोग्य हुनेथिएँ।
29 Zo ik verblijd ben geweest in de verdrukking mijns haters, en mij opgewekt heb, als het kwaad hem vond;
“यदि म आफ्नो शत्रुहरूका दुर्भाग्यमा रमाएको भए, अथवा तिनीहरूमाथि आएको विपत्तिमा खुशी भएको भए—
30 (Ook heb ik mijn gehemelte niet toegelaten te zondigen, mits door een vloek zijn ziel te begeren).
मैले तिनीहरूको जीवनको विरुद्ध श्राप दिएर आफ्नो मुखलाई पाप गर्न दिएको छैनँ—
31 Zo de lieden mijner tent niet hebben gezegd: Och, of wij van zijn vlees hadden, wij zouden niet verzadigd worden;
यदि मेरो घरानाका मानिसहरूले कहिल्यै यसो नभनेको भए, “इयोबको भोजनबाट कोचाहिँ तृप्‍त भएको छैन?”
32 De vreemdeling overnachtte niet op de straat; mijn deuren opende ik naar den weg;
तर कुनै पनि परदेशीले सडकमा रात बिताउनु पर्दैनथ्यो; किनकि मेरो घरको ढोका सधैँ यात्रीहरूका लागि खुल्‍लै रहन्थ्यो,
33 Zo ik, gelijk Adam, mijn overtredingen bedekt heb, door eigenliefde mijn misdaad verbergende!
के मैले अरू मानिसहरूले जस्तै मेरो हृदयमा मेरो दोष लुकाएर मेरो पाप ढाकेको छु र?
34 Zeker, ik kon wel een grote menigte geweldiglijk onderdrukt hebben; maar de verachtste der huisgezinnen zou mij afgeschrikt hebben; zodat ik gewezen zou hebben, en ter deure niet uitgegaan zijn.
म भीडसँग धेरै डराएर, आफन्तहरूले गिल्‍ला पो गर्लान् कि भनी, म चुपचाप घरमै लुकेर बसेको छु र?
35 Och, of ik een hadde, die mij hoorde! Zie, mijn oogmerk is, dat de Almachtige mij antwoorde, en dat mijn tegenpartij een boek schrijve.
(“अहो, मेरो कुरा सुनिदिने कोही भइदिए त! अब म आफ्नो बहसमा हस्ताक्षर गर्छु—सर्वशक्तिमान्‌ले नै मलाई जवाफ देऊन्; मलाई अभियोग लगाउनेहरूले आफ्नो दोषपत्रमा लेखेर देऊन्।
36 Zou ik het niet op mijn schouder dragen? Ik zou het op mij binden als een kroon.
निश्‍चय नै म त्यो मेरो काँधमा बोकेर हिँड्नेथिएँ, म त्यसलाई मुकुटजस्तै लगाउनेथिएँ।
37 Het getal mijner treden zou ik hem aanwijzen; als een vorst zou ik tot hem naderen.
म उहाँलाई मेरो हरेक पाइलाको हिसाब दिनेथिएँ; म उहाँको सामु शासकझैँ उपस्थित हुनेथिएँ।)
38 Zo mijn land tegen mij roept, en zijn voren te zamen wenen;
“यदि मेरो जमिन मेरो विरुद्धमा कराउँथ्यो, र त्यसका सबै ड्याङहरू आँसुले भिजेका हुन्थे भने,
39 Zo ik zijn vermogen gegeten heb zonder geld, en de ziel zijner akkerlieden heb doen hijgen;
यदि मैले त्यसको फसल रकम नतिरी खाएको छु भने अथवा मोहीहरूलाई आत्महत्या गर्न बाध्य बनाएको छु भने
40 Dat voor tarwe distelen voortkomen, en voor gerst stinkkruid! De woorden van Job hebben een einde.
त्यसो भए गहुँको सट्टामा काँडैकाँडा, र जौको सट्टामा गन्हाउने झारपात उम्रून्।” यति भनिसकेपछि इयोबका वचनहरू समाप्‍त भए।

< Job 31 >