< Job 3 >
1 Daarna opende Job zijn mond, en vervloekte zijn dag.
त्यसपछि इयोबले आफ्नो मुख खोले, र आफू जन्मेको दिनलाई धिक्कार्न थाले।
2 Want Job antwoordde en zeide:
तिनले भने:
3 De dag verga, waarin ik geboren ben, en de nacht, waarin men zeide: Een knechtje is ontvangen;
“म जन्मेको त्यो दिनलाई धिक्कार होस्! र ‘एउटा छोराको गर्भधारण भयो’ भनेर भनिएको त्यो रात पनि मेटिओस्!
4 Diezelve dag zij duisternis; dat God naar hem niet vrage van boven; en dat geen glans over hem schijne;
त्यो दिन अन्धकारमा परिणत होस्; उच्चमा हुनुहुने परमेश्वरले त्यस दिनको वास्तै नगरून्; न त त्यो दिनमाथि कुनै ज्योति चम्कियोस्।
5 Dat de duisternis en des doods schaduw hem verontreinigen; dat wolken over hem wonen; dat hem verschrikken de zwarte dampen des dags!
त्यो दिनलाई अँध्यारो र निस्पट्ट अन्धकारले एक पटक फेरि कब्जा गरोस्; त्यो दिनमाथि बादल छाओस्; र घोर अन्धकारले भयभीत पारोस्।
6 Diezelve nacht, donkerheid neme hem in; dat hij zich niet verheuge onder de dagen des jaars; dat hij in het getal der maanden niet kome!
त्यो रात निस्पट्ट अँध्यारोले त्यसलाई छोपोस्; त्यो दिन, त्यस वर्षका दिनहरूका गन्तीमा नआओस्; न त त्यो दिन कुनै महिनामा आओस्।
7 Ziet, diezelve nacht zij eenzaam; dat geen vrolijk gezang daarin kome;
त्यो रात बाँझो होस्; त्यो रातमा कुनै आनन्दको सोर नसुनियोस्।
8 Dat hem vervloeken de vervloekers des dags, die bereid zijn hun rouw te verwekken;
दिनलाई सराप्नेहरूले, लिव्यातनलाई उठाउनेहरूले समेत त्यो दिनलाई धिक्कारून्।
9 Dat de sterren van zijn schemertijd verduisterd worden; hij wachte naar het licht, en het worde niet; en hij zie niet de oogleden des dageraads!
त्यसका बिहानीका ताराहरू अँध्यारो होऊन्; त्यसको ज्योति देख्ने पर्खाइ व्यर्थ होस्। र मिरमिरेको पहिलो किरण देख्न नपाओस्;
10 Omdat hij niet toegesloten heeft de deuren mijns buiks, noch verborgen de moeite van mijn ogen.
किनभने त्यो रातले मेरी आमाको गर्भका ढोकाहरू मेरा निम्ति बन्द गरेन, न त त्यसले मेरा आँखाहरूबाट दुःख नै लुकायो।
11 Waarom ben ik niet gestorven van de baarmoeder af, en heb den geest gegeven, als ik uit den buik voortkwam?
“किन म जन्मँदै मरिनँ, अनि किन म गर्भदेखि निस्कँदा-किस्किँदै मरिनँ?
12 Waarom zijn mij de knieen voorgekomen, en waartoe de borsten, opdat ik zuigen zou?
किन म जन्मँदा मलाई स्वागत गर्ने घुँडाहरू, र मलाई दूधपान गराउने स्तनहरू थिए?
13 Want nu zou ik nederliggen, en stil zijn; ik zou slapen, dan zou voor mij rust wezen;
नत्रता म अहिले शान्तिमा ढल्किरहेको हुनेथिएँ; म सुतेको अवस्थामा विश्राम पाउँथेँ।
14 Met de koningen en raadsheren der aarde, die voor zich woeste plaatsen bebouwden;
पृथ्वीका राजाहरू र राजाका सल्लाहकारहरूसँग, जसले आफ्ना निम्ति महान् भवनहरू निर्माण गरे, जो अहिले भत्किएका अवस्थामा छन्;
15 Of met de vorsten, die goud hadden, die hun huizen met zilver vervulden.
सुन भएका भारदारहरूसँग, जसले आफ्ना घरहरू चाँदीले भरेका छन्।
16 Of als een verborgene misdracht, zou ik niet zijn; als de kinderkens, die het licht niet gezien hebben.
अथवा नजन्मँदै मरेको बालकजस्तै म किन गाडिनँ, अथवा ज्योति देख्न नपाउँदै तुहिएका ती शिशुहरूजस्तै किन भइनँ?
17 Daar houden de bozen op van beroering, en daar rusten de vermoeiden van kracht;
दुष्ट मानिसहरू पनि चिहानमा दुष्ट्याइँ गर्न छोड्छन्; र त्यहाँ थकितहरूले विश्राम पाउँछन्।
18 Daar zijn de gebondenen te zamen in rust; zij horen de stem des drijvers niet.
त्यहाँ कैदीहरू पनि तिनीहरूको सुखमा रमाउँछन्; न त दासहरूले फेरि हाकिमहरूका सोर सुन्छन्।
19 De kleine en de grote is daar; en de knecht vrij van zijn heer.
साना र ठूला मानिसहरू त्यहाँ हुन्छन्; अनि दासहरू पनि आफ्ना मालिकहरूबाट त्यहाँ मुक्त हुन्छन्।
20 Waarom geeft Hij den ellendigen het licht, en het leven den bitterlijk bedroefden van gemoed?
“किन कष्टमा भएकाहरूलाई ज्योति, र हृदयमा विरक्त भएकाहरूलाई जीवन दिइन्छ?
21 Die verlangen naar den dood, maar hij is er niet; en graven daarnaar meer dan naar verborgene schatten;
जो मर्न चाहन्छन्, तर मृत्यु आउँदैन; जसले मृत्युलाई गाडधनभन्दा बढी खोजी गर्छन्,
22 Die blijde zijn tot opspringens toe, en zich verheugen, als zij het graf vinden;
तिनीहरू मृत्यु आउँदा आनन्दले भरिन्छन्; अनि चिहानमा पुग्दा खूबै रमाउँछन्।
23 Aan den man, wiens weg verborgen is, en dien God overdekt heeft?
मानिसलाई जीवन किन दिइन्छ? जसको मार्ग लुकिएको छ, जसलाई परमेश्वरले दुःखको घेरा भित्र राख्नुभएको छ।
24 Want voor mijn brood komt mijn zuchting; en mijn brullingen worden uitgestort als water.
किनकि मेरा निम्ति प्रत्येक दिनको भोजन सुस्केरा भएको छ; मेरा चीत्कारहरू पानीजस्तै बग्दछन्।
25 Want ik vreesde een vreze, en zij is mij aangekomen; en wat ik schroomde, is mij overkomen.
म जेसँग डराउँथे, त्यही कुरा ममाथि आइपरेको छ; अनि जुन कुरादेखि म भयभीत हुन्थेँ, त्यही नै भएको छ।
26 Ik was niet gerust; en was niet stil, en rustte niet; en de beroering is gekomen.
न मलाई शान्ति छ, न त सुख नै छ; मेरा निम्ति आराम छैन, तर दुःख-कष्ट मात्र छ।”