< Ezra 1 >
1 In het eerste jaar nu van Kores, koning van Perzie, opdat volbracht wierd het woord des HEEREN, uit den mond van Jeremia, verwekte de HEERE den geest van Kores, koning van Perzie, dat hij een stem liet doorgaan door zijn ganse koninkrijk, zelfs ook in geschrift, zeggende:
परसीयाका राजा कोरेसको पहिलो वर्षमा, यर्मियाद्वारा याहवेहले बोल्नुभएको वचन पूरा होस् भनेर याहवेहले परसीयाका राजा कोरेसको हृदयलाई उत्प्रेरित गर्नुभयो। अनि तिनले आफ्नो राज्यभरि एउटा उर्दी घोषणा गरे, र यसो भनेर त्यसलाई लिखित रूपमा पनि निकाले:
2 Zo zegt Kores, koning van Perzie: De HEERE, de God des hemels, heeft mij alle koninkrijken der aarde gegeven; en Hij heeft mij bevolen Hem een huis te bouwen te Jeruzalem, hetwelk in Juda is.
“परसीयाका राजा कोरेस यसो भन्छन्: “‘याहवेह, स्वर्गका परमेश्वरले मलाई पृथ्वीका सबै राज्य दिनुभएको छ। याहवेहले यहूदाको यरूशलेममा उहाँका निम्ति मन्दिर निर्माण गर्न मलाई नियुक्त गर्नुभएको छ।
3 Wie is onder ulieden van al Zijn volk? Zijn God zij met hem, en hij trekke op naar Jeruzalem, dat in Juda is, en hij bouwe het huis des HEEREN, des Gods van Israel; Hij is de God, Die te Jeruzalem woont.
तिमीहरूको बीचमा जो याहवेहका प्रजा हुन्, तिनीहरूका परमेश्वर तिनीहरूसँग होऊन्! तिमीहरू याहवेह, इस्राएलका परमेश्वर, जो यरूशलेममा हुनुहुन्छ, उहाँको मन्दिर पुनर्निर्माण गर्नलाई यहूदाको यरूशलेममा जाओ।
4 En al wie achterblijven zou in enige plaatsen, waar hij als vreemdeling verkeert, dien zullen de lieden zijner plaats bevorderlijk zijn met zilver, en met goud, en met have, en met beesten; benevens een vrijwillige gave, voor het huis Gods, Die te Jeruzalem woont.
अनि जहाँ-जहाँ यहूदीहरू अहिलेसम्म जीवित रहेका छन्, त्यहाँका स्थानीयवासीहरू सबैले यरूशलेममा परमेश्वरको मन्दिरका निम्ति सुन, चाँदी, धनसम्पत्ति र गाईबस्तुहरू, साथै स्वेच्छा-भेटीहरू ल्याऊन्।’”
5 Toen maakten zich op de hoofden der vaderen van Juda en Benjamin, en de priesteren en de Levieten, benevens een iegelijk, wiens geest God verwekte, dat zij optrokken om te bouwen het huis des HEEREN, die te Jeruzalem woont.
त्यसपछि यरूशलेममा याहवेहको भवन पुनर्निर्माण गर्न यहूदा र बेन्यामीनका घरानाका अगुवाहरू, पुजारीहरू र लेवीहरू, हरेक जसका हृदयमा परमेश्वरले काम गर्नुभयो, तिनीहरू यरूशलेम गएर याहवेहको भवन पुनर्निर्माण गर्न तयार भए।
6 Allen nu, die rondom hen waren, sterkten hunlieder handen met zilveren vaten, met goud, met have, en met beesten, en met kostelijkheden; behalve alles, wat vrijwillig gegeven werd.
तिनीहरूका छिमेकीहरू सबैले स्वेच्छा भेटीहरूसहित सुन र चाँदीका सामानहरू, धनसम्पत्ति, गाईबस्तुहरू, र बहुमूल्य उपहारहरू दिएर उनीहरूलाई सहायता गरे।
7 Ook bracht de koning Kores uit, de vaten van het huis des HEEREN, die Nebukadnezar uit Jeruzalem had uitgevoerd, en had gesteld in het huis zijns gods.
त्यसबाहेक कोरेस राजाले याहवेहको भवनका भाँडाहरू पनि निकालेर ल्याए, जुन नबूकदनेसरले यरूशलेमबाट लगेर आफ्नो देवताको मन्दिरमा राखेका थिए।
8 En Kores, de koning van Perzie, bracht ze uit door de hand van Mithredath, den schatmeester, die ze aan Sesbazar, den vorst van Juda, toetelde.
परसीयाका राजा कोरेसले कोषाध्यक्ष मित्रेदातद्वारा ती चीजहरू ल्याए, जसले ती चीजहरू गन्ती गरेर सूची बनाए; अनि यहूदाका राजकुमार शेश्बस्सरलाई बुझाए।
9 En dit is hun getal: dertig gouden bekkens, duizend zilveren bekkens, negen en twintig messen;
ती चीजहरूको तालिका यही थियो: सुनका थालहरू 30 वटा; चाँदीका थालहरू 1,000 वटा; चाँदीका कराहीहरू 29 वटा;
10 Dertig gouden bekers, vierhonderd en tien andere zilveren bekers; andere vaten, duizend.
सुनका कचौराहरू 30 वटा; एकै किसिमका चाँदीका कचौराहरू 410 वटा; अन्य भाँडाकुँडाहरू 1,000 वटा।
11 Alle vaten van goud en van zilver waren vijf duizend en vierhonderd; deze alle voerde Sesbazar op, met degenen, die van de gevangenis opgevoerd werden, van Babel naar Jeruzalem.
सबै गरेर सुन र चाँदीका जम्मा भाँडाहरू 5,400 थिए। बेबिलोनबाट यरूशलेम फर्कंदा शेश्बस्सरले निर्वासित यहूदीहरूसँगै ती सबै कुराहरू ल्याए।