< Amos 1 >

1 De woorden van Amos, die onder de veeherderen was van Thekoa, dewelke hij gezien heeft over Israel, in de dagen van Uzzia, koning van Juda, en in de dagen van Jerobeam, zoon van Joas, koning van Israel; twee jaren voor de aardbeving.
आमोसका वचनहरू, जो तकोका गोठालाहरूमध्येका एक जना थिए। जब उज्जियाह यहूदाका राजा थिए र यारोबामका छोरा योआशचाहिँ इस्राएलका राजा थिए, तब भुइँचालो जानुभन्दा दुई वर्षअगि आमोसले इस्राएलको बारेमा यस्तो दर्शन देखेका थिए।
2 En hij zeide: De HEERE zal brullen uit Sion, en Zijn stem verheffen uit Jeruzalem; en de woningen der herderen zullen treuren, en de hoogte van Karmel zal verdorren.
तिनले भने: “याहवेह सियोन पर्वतदेखि सिंहझैँ गर्जनुहुन्छ, र यरूशलेमबाट चर्को आवाजमा गर्जनुहुन्छ; गोठालाका खर्कहरू सुकेर जान्छन् र कर्मेलको टाकुरा ओइलाउँछ।”
3 Alzo zegt de HEERE: Om drie overtredingen van Damaskus, en om vier zal Ik dat niet afwenden; omdat zij Gilead met ijzeren dorswagens hebben gedorst.
याहवेह यसो भन्‍नुहुन्छ: “दमस्कसका तीन वटा पापहरूका कारण, अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। किनकि त्यसले फलामका दाँतहरू भएका डण्डाले गिलादलाई दाइँ गरेकी छे;
4 Daarom zal Ik een vuur in het huis van Hazael zenden, dat zal de paleizen van Benhadad verteren.
म हजाएलको घरमा आगो पठाउनेछु, जसले बेन-हददका किल्‍लाहरूलाई भस्म पार्नेछ।
5 En Ik zal den grendel van Damaskus verbreken, en zal uitroeien den inwoner van Bikeat-Aven, en dien, die den scepter houdt, uit Beth-Eden; en het volk van Syrie zal gevankelijk weggevoerd worden naar Kir, zegt de HEERE.
म दमस्कसका ढोकालाई फोरिदिनेछु; म अवेनको बेँसीमा बस्‍ने राजालाई नाश गर्नेछु; अनि बेथ-अदनमा राजदण्ड लिने राजालाई म नाश गर्नेछु। अरामका मानिसहरू निर्वासित भएर कीर देशमा जानेछन्,” याहवेहले भन्‍नुहुन्छ।
6 Alzo zegt de HEERE: Om drie overtredingen van Gaza, en om vier zal Ik dat niet afwenden; omdat zij Mijn volk gevankelijk hebben weggevoerd met een volkomen wegvoering, om aan Edom over te leveren.
याहवेह यसो भन्‍नुहुन्छ: “गाजाका तीन वटा पापहरूका कारण, अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। किनकि गाजाले सारा समुदायलाई कैदमा लगेकी छे; अनि एदोमको हातमा तिनीहरूलाई बेचेकी छे;
7 Daarom zal Ik een vuur zenden in den muur van Gaza, dat zal haar paleizen verteren.
म गाजाका पर्खालहरूमाथि आगो पठाउनेछु, जसले त्यसका किल्‍लाहरू भस्म पार्नेछ।
8 En Ik zal den inwoner uitroeien uit Asdod, en dien, die den scepter houdt, uit Askelon; en Ik zal Mijn hand wenden tegen Ekron, en het overblijfsel der Filistijnen zal vergaan, zegt de Heere HEERE.
म अश्दोदको राजा र अश्कलोनको राजदण्ड लिनेलाई नाश गर्नेछु। सबै पलिश्तीहरू नमरेसम्म, म मेरो हात एक्रोनको सहरको विरुद्धमा उठाउनेछु,” प्रभु याहवेह भन्‍नुहुन्छ।
9 Alzo zegt de HEERE: Om drie overtredingen van Tyrus, en om vier zal Ik dat niet afwenden; omdat zij Mijn volk met een volkomen wegvoering hebben overgeleverd aan Edom, en niet gedacht aan het verbond der broederen.
याहवेह यसो भन्‍नुहुन्छ: “टायरका तीन वटा पापहरूका कारण, अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। किनकि त्यसले मित्रताको सन्धिलाई अनादर गर्दै एदोमलाई कैदीको सारा समुदाय बेचेकी छे;
10 Daarom zal Ik een vuur zenden in den muur van Tyrus, dat zal haar paleizen verteren.
म टायरका पर्खालहरूमाथि आगो पठाउनेछु, जसले त्यसका बलिया किल्‍लाहरूलाई भस्म पार्नेछ।”
11 Alzo zegt de HEERE: Om drie overtredingen van Edom, en om vier zal Ik dat niet afwenden; omdat hij zijn broederen met het zwaard heeft vervolgd, en zijn barmhartigheden verdorven; en dat zijn toorn eeuwiglijk verscheurt, en hij zijn verbolgenheid altoos behoudt.
याहवेह यसो भन्‍नुहुन्छ: “एदोमका तीन वटा पापहरूका कारण, अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। किनकि एदोमले आफ्नो भाइलाई तरवारले खेद्‌यो, र देशका स्त्रीहरूलाई मार्‍यो; किनभने त्यसको रिस निरन्तर उठिरह्‍यो, र त्यसको रिसको ज्वाला दन्किरह्‍यो।
12 Daarom zal Ik een vuur zenden in Theman, dat zal de paleizen van Bozra verteren.
म तेमानमाथि आगो पठाउनेछु; त्यसले बोज्राका किल्‍लाहरूलाई भस्म पार्नेछ।”
13 Alzo zegt de HEERE: Om drie overtredingen der kinderen Ammons, en om vier zal Ik dat niet afwenden; omdat zij de zwangere vrouwen van Gilead hebben opengesneden, om hun landpale te verwijden.
याहवेह यसो भन्‍नुहुन्छ: “अम्मोनका तीन वटा पापहरूका कारण, अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। किनकि अम्मोनले आफ्ना सिमानाहरू बढाउनका निम्ति गिलादका गर्भवती स्त्रीहरूका पेट तरवारले चिरिदियो।
14 Daarom zal Ik een vuur aansteken in den muur van Rabba, dat zal haar paleizen verteren; met een gejuich ten dage des strijds, met een onweder ten dage des wervelwinds.
म रब्बाका पर्खालहरूमाथि आगो पठाउनेछु, जसले त्यसको किल्‍लाहरू भस्म पार्नेछ; लडाइँको दिनमा युद्ध ध्वनिहरूका बीचमा, र आँधीबेहरीको दिनमा प्रचण्ड बतासको बीचमा भस्म पार्नेछ।
15 En hunlieder koning zal gaan in de gevangenis, hij en zijn vorsten te zamen, zegt de HEERE.
रब्बाका राजाका साथै तिनी र तिनका अधिकारीहरू सबै एकसाथ निर्वासनमा लगिनेछन्,” याहवेह भन्‍नुहुन्छ।

< Amos 1 >