< Amos 9 >
1 Ik zag den Heere staan op het altaar, en Hij zeide: Sla dien knoop, dat de posten beven, en doorkloof ze allen in het hoofd; en Ik zal hun achterste met het zwaard doden; en vliedende zal onder hen niet ontvlieden, noch de ontkomende onder hen behouden worden.
मैले प्रभुलाई वेदीको छेउमा उभिरहनुभएको देखेँ; अनि उहाँले भन्नुभयो: “खम्बाका टुप्पाहरूमा हिर्का, ताकि सँघारहरू हल्लिऊन्। सबै मानिसहरूका टाउकोमाथि ती ढालिऊन्; बाँकी बचेकाहरूलाई म तरवारले मार्नेछु। एकै जना पनि भाग्न पाउनेछैन; एउटै पनि उम्कन पाउनेछैन।
2 Al groeven zij tot in de hel, zo zal Mijn hand ze van daar halen, en al klommen zij in den hemel, zo zal Ik ze van daar doen nederdalen. (Sheol )
तिनीहरू पातालको गहिराइसम्म गए तापनि मेरो हातले तिनीहरूलाई त्यहाँबाट निकाल्नेछ। तिनीहरू माथि स्वर्गमा उक्ले तापनि म तिनीहरूलाई तल झार्नेछु। (Sheol )
3 En al verstaken zij zich op de hoogte van Karmel, zo zal Ik ze naspeuren en van daar halen; en al verborgen zij zich van voor Mijn ogen in den grond van de zee, zo zal Ik van daar een slang gebieden, die zal ze bijten.
तिनीहरू कर्मेलको टाकुरामा लुके तापनि त्यहाँ म तिनीहरूलाई खोज्नेछु र पक्रिनेछु। तिनीहरू मेरो दृष्टिबाट समुद्रको पीँधमा लुके तापनि त्यहाँ म तिनीहरूलाई डस्न सर्पहरूलाई आज्ञा दिनेछु।
4 En al gingen zij in gevangenis voor het aangezicht hunner vijanden, zo zal Ik van daar het zwaard gebieden, dat het hen dode; en Ik zal Mijn oog tegen hen zetten ten kwade, en niet ten goede.
तिनीहरूका शत्रुहरूले तिनीहरूलाई निर्वासनमा लगे तापनि त्यहाँ म तिनीहरूलाई मार्न तरवारलाई आज्ञा दिनेछु। “म मेरो नजर तिनीहरूमाथि राख्नेछु, भलाइको निम्ति होइन, तर खराबीको निम्ति।”
5 Want de Heere HEERE der heirscharen is het, Die het land aanroert, dat het versmelte, en allen, die daarin wonen, treuren; en dat het geheel oprijze als een rivier, en verdronken worde als door de rivier van Egypte.
प्रभु, सेनाहरूका याहवेह, उहाँ जसले पृथ्वीलाई छुनुहुन्छ, र त्यो पग्लन्छ; अनि त्यहाँ बस्नेहरू सबै विलाप गर्छन्; सारा देश नील नदीझैँ माथि उठ्नेछ, त्यसपछि इजिप्ट नदीझैँ डुब्नेछ;
6 Die Zijn opperzalen in den hemel bouwt, en Zijn benden heeft Hij op aarde gefondeerd; Die de wateren der zee roept, en giet ze uit op den aardbodem; HEERE is Zijn Naam.
उहाँले आफ्नो भव्य दरबार आकाशमा बनाउनुहुन्छ, र यसको जग पृथ्वीमा बसाल्नुहुन्छ; उहाँ जसले समुद्रको पानीलाई बोलाउनुहुन्छ, र ती पानीलाई जमिनको सतहमाथि खन्याउनुहुन्छ, उहाँको नाम याहवेह हो।
7 Zijt gijlieden Mij niet als de kinderen der Moren, o kinderen Israels? spreekt de HEERE. Heb Ik Israel niet opgevoerd uit Egypteland, en de Filistijnen uit Kafthor, en de Syriers uit Kir?
“के तिमी इस्राएलीहरू मेरा निम्ति कूशका सन्तानजस्ता छैनौ र?” याहवेहले घोषणा गर्नुहुन्छ। “के मैले इस्राएललाई इजिप्टबाट, पलिश्तीहरूलाई कप्तोरबाट, र अरामीहरूलाई कीरबाट निकालेर ल्याएको होइन?
8 Ziet, de ogen des Heeren HEEREN zijn tegen dit zondig koninkrijk, dat Ik het van den aardbodem verdelge; behalve dat Ik het huis Jakobs niet ganselijk zal verdelgen, spreekt de HEERE.
“निश्चय नै प्रभु याहवेहको दृष्टि यो दुष्ट राज्यमाथि छ। म यसलाई पृथ्वीको सतहबाट ध्वस्त गर्नेछु। तापनि म याकोबको घरानालाई सम्पूर्ण रूपले नाश गर्नेछैनँ,” याहवेह घोषणा गर्नुहुन्छ।
9 Want ziet, Ik geef bevel, en Ik zal het huis Israels onder al de heidenen schudden, gelijk als zaad geschud wordt in een zeef; en niet een steentje zal er ter aarde vallen.
“किनकि म आज्ञा दिनेछु, र इस्राएलको घरानालाई सबै राष्ट्रहरूका बीचमा यसरी हल्लाउनेछु, जसरी चाल्नीमा अन्नलाई चालिन्छ; तर एउटा ढुङ्गाको टुक्रा पनि भुइँमा खस्नेछैन।
10 Alle zondaars Mijns volks zullen door het zwaard sterven; die daar zeggen: Het kwaad zal tot ons niet genaken, noch ons voorkomen.
मेरा मानिसहरूका बीचमा भएका सबै पापीहरू तरवारले मारिनेछन्; तिनीहरू सबै जना, जसले यसो भन्छन्, ‘विपत्ति हामी नजिक आउनेछैन, न त विपत्तिले हामीलाई छुने नै छ।’
11 Te dien dage zal Ik de vervallen hut van David weder oprichten, en Ik zal haar reten vertuinen, en wat aan haar is afgebroken, weder oprichten, en zal ze bouwen, als in de dagen van ouds;
“त्यस दिन, “म दावीदको भत्केको पाललाई फेरि स्थापित गर्नेछु, अर्थात् म यसका भत्केका पर्खालहरू मर्मत गर्नेछु; अनि यसका भग्नावशेषहरूलाई फेरि निर्माण गर्नेछु, अर्थात् योजस्तो पहिले थियो, त्यस्तै फेरि निर्माण गर्नेछु,
12 Opdat zij erfelijk bezitten het overblijfsel van Edom, en al de heidenen, die naar Mijn Naam genoemd worden, spreekt de HEERE, Die dit doet.
ताकि तिनीहरूले एदोमका बाँकी बचेकाहरूलाई र मेरो नाम लिने सबै राष्ट्रहरूमाथि अधिकार गर्न सकून्,” याहवेह घोषणा गर्नुहुन्छ, जसले यी कुराहरू गर्न सक्नुहुन्छ।
13 Ziet, de dagen komen, spreekt de HEERE, dat de ploeger den maaier, en de druiventreder den zaadzaaier genaken zal; en de bergen zullen van zoeten wijn druipen, en al de heuvelen zullen smelten.
याहवेह घोषणा गर्नुहुन्छ, ती दिनहरू आउँदैछन्, “जब जोत्नेले कटनी गर्नेलाई उछिन्नेछ, र बिउ छर्नेले दाख पेल्नेलाई उछिन्नेछ। नयाँ दाखमद्य पर्वतहरूबाट चुहुनेछन्, र सबै डाँडाहरूबाट ती बग्नेछन्।
14 En Ik zal de gevangenis van Mijn volk Israel wenden, en zij zullen de verwoeste steden herbouwen en bewonen, en wijngaarden planten, en derzelver wijn drinken; en zij zullen hoven maken, en derzelver vrucht eten.
म मेरो जाति इस्राएललाई निर्वासनबाट फर्काएर ल्याउनेछु। “तिनीहरूले भत्केका सहरहरू फेरि पुनर्निर्माण गर्नेछन्, र ती सहरहरूमा बसोबास गर्नेछन्। तिनीहरूले दाखबारीहरू लगाउनेछन् र तिनीहरूका दाखमद्य पिउनेछन्; तिनीहरूले बगैँचाहरू बनाउनेछन् र त्यहाँका फलहरू खानेछन्।
15 En Ik zal ze in hun land planten; en zij zullen niet meer worden uitgerukt uit hun land, dat Ik hunlieden gegeven heb, zegt de HEERE, uw God.
म इस्राएललाई तिनीहरूको आफ्नै देशमा बसाल्नेछु, मैले तिनीहरूलाई दिएको देशबाट फेरि कहिल्यै पनि नउखेलिने गरी बसाल्नेछु,” याहवेह तिमीहरूका परमेश्वर यसो भन्नुहुन्छ।