< Johannes 1 >
1 In het begin was het Woord; En het Woord was bij God, En het Woord was God;
सुरुमा वचन हुनुहुन्थ्यो । वचन परमेश्वरसँग हुनुहुन्थ्यो । अनि वचन नै परमेश्वर हुनुहुन्थ्यो ।
2 Het was bij God in het begin.
उहाँ सुरुदेखि नै परमेश्वरसँग हुनुहुन्थ्यो ।
3 Alles is door Hem ontstaan; En zonder Hem is niets ontstaan.
सबै थोकहरू उहाँद्वारा बनिए, र बनिएको कुनै पनि थोक उहाँविना बनिएन ।
4 In wat bestond, was Hij het leven, En het Leven was het licht der mensen;
उहाँमा जीवन थियो, अनि त्यो जीवन सबै मानिसहरूका लागि ज्योति थियो ।
5 Het Licht schijnt in de duisternis, Maar de duisternis nam het niet aan.
ज्योति अन्धकारमा चम्किन्छ, अनि अन्धकारले यसलाई जितेन ।
6 Er kwam een mens, van God gezonden; Johannes was zijn naam.
परमेश्वरबाट पठाइएका एक जना मानिस थिए, जसको नाउँ यूहन्ना थियो ।
7 Hij kwam tot getuigenis, om van het Licht te getuigen, Opdat allen door hem zouden geloven.
उहाँद्वारा सबैले विश्वास गरून् भनेर उहाँ ज्योतिको बारेमा गवाही दिन साक्षीको रूपमा आउनुभयो ।
8 Hijzelf was niet het Licht, Maar hij moest getuigen van het Licht.
यूहन्ना ज्योति थिएनन्, तर ज्योतिको बारेमा गवाही दिन भनेर उनी आए ।
9 Het waarachtige Licht, Dat alle mensen verlicht, Kwam in de wereld.
उहाँ सबै मानिसहरूलाई ज्योति दिनुहुने र संसारमा आउनुहुने सत्य ज्योति हुनुहुन्थ्यो ।
10 Hij was in de wereld, En ofschoon de wereld door Hem was ontstaan, Erkende de wereld Hem niet.
उहाँ संसारमा हुनुहुन्थ्यो र संसार उहाँद्वारा नै बनियो, तर संसारले उहाँलाई चिनेन ।
11 Hij kwam in zijn eigen bezit; Ook de zijnen ontvingen Hem niet.
उहाँ आफ्नैहरूकहाँ आउनुभयो, तर उहाँलाई आफ्नैहरूले स्वीकार गरेनन् ।
12 Maar aan allen, die Hem ontvingen, Gaf Hij de macht, Gods kinderen te worden: Aan allen, die in zijn Naam geloven,
तर जतिले उहाँलाई स्वीकार गरे अर्थात् उहाँको नाउँमा विश्वास गरे उहाँले तिनीहरूलाई परमेश्वरका सन्तानहरू हुने अधिकार दिनुभयो ।
13 Die niet uit bloed, Noch uit de wil van vlees of man, Maar die uit God zijn geboren.
यिनीहरू न रगतले, न शारीरिक इच्छाअनुसार, न मानिसको इच्छाअनुसार नै जन्मेका थिए, तर परमेश्वरबाट जन्मेका थिए ।
14 Het Woord is vlees geworden, En heeft onder ons gewoond! En wij hebben zijn glorie aanschouwd: Een glorie als van den Eengeborene uit den Vader, Vol van genade en waarheid.
अनि वचन देहधारी हुनुभयो र हाम्रा बिचमा बास गर्नुभयो । हामीले पिताबाट आउनुभएका एक मात्रको जस्तो अर्थात् अनुग्रह र सत्यताले पूर्ण महिमा देख्यौँ ।
15 Johannes getuigde van Hem en riep uit: Van Hem was het, dat ik sprak: Die na mij komt, is mij voorafgegaan; Want Hij bestond eerder dan ik.
यूहन्नाले उहाँको बारेमा गवाही दिए, र ठुलो सोरले यसो भने, “मपछि आउनुहुने मभन्दा महान् हुनुहुन्छ, किनकि उहाँ मभन्दा अगिदेखि नै हुनुहुन्छ भनी मैले भनेको व्यक्ति उहाँ नै हुनुहुन्छ ।”
16 Waarachtig, uit zijn volheid ontvingen wij allen De éne genade na de andere;
किनकि उहाँको पूर्णताबाट हामी सबैले अनुग्रहमाथि अनुग्रह पाएका छौँ ।
17 Zeker, de Wet is door Moses gegeven, Maar de genade en waarheid zijn door Jesus Christus gekomen.
किनकि व्यवस्था मोशाद्वारा दिइयो । अनुग्रह र सत्यता येशू ख्रीष्टद्वारा आयो ।
18 Niemand heeft ooit God gezien; God zelf, de eengeboren Zoon, Die in de schoot des Vaders is, Heeft Hem verkondigd.
कसैले पनि परमेश्वरलाई कहिल्यै देखेको छैन । पिताको छातीमा अडेस लाग्नुहुने एक मात्र परमेश्वरले उहाँलाई चिनाउनुभएको छ ।
19 En dit is de getuigenis van Johannes, toen de Joden uit Jerusalem priesters en levieten tot hem zonden, om hem te vragen: Wie zijt gij?
यहूदीहरूले यरूशलेमबाट पुजारीहरू र लेवीहरूलाई “तिमी को हौ?” भनी सोध्न पठाउँदा यूहन्नाको गवाही यही हो ।
20 Hij erkende het openlijk: Niet ik ben de Christus.
उनले खुला भएर भने, र इन्कार गरेनन्, तर जवाफ दिए, “म ख्रीष्ट होइनँ ।”
21 Ze vroegen hem: Wat dan? Zijt gij Elias? Hij zeide: Ik ben het niet. Zijt gij de profeet? Hij antwoordde: Neen.
त्यसकारण, तिनीहरूले उनलाई भने, “त्यसो भए तिमी को हौ त? के तिमी एलिया हौ?” उनले भने, “होइनँ ।” तिनीहरूले भने, “के तिमी अगमवक्ता हौ?” उनले जवाफ दिए, “होइनँ ।”
22 Ze zeiden hem dan: Wie zijt ge; opdat we antwoord brengen aan hen, die ons gezonden hebben; wat zegt ge van uzelf?
तब तिनीहरूले उनलाई भने, “तिमी को हौ, ताकि हामीलाई पठाउनेहरूलाई हामीले जवाफ दिन सकौँ? तिमी आफ्नै बारेमा के भन्छौ?”
23 Hij sprak: Ik ben de "stem van een roepende in de woestijn: Maakt recht de weg des Heren", zoals de profeet Isaias heeft gezegd.
उनले भने, “म मरुभूमिमा कराइरहेको एउटा आवाज हुँ । ‘परमप्रभुको निम्ति बाटो सोझो बनाओ’ जस्तो यशैया अगमवक्ताले भने ।”
24 De afgevaardigden nu behoorden tot de farizeën;
ती पठाइएकाहरू फरिसीहरूबाटका थिए ।
25 ze ondervroegen hem, en zeiden: Waarom doopt ge dan, zo ge de Christus niet zijt, noch Elias, noch de profeet?
तिनीहरूले उनलाई सोधे र भने, “तिमी न ख्रीष्ट, न एलिया, न अगमवक्ता नै हौ भने किन बप्तिस्मा दिन्छौ?”
26 Johannes gaf hun ten antwoord: Ik doop met water; maar midden onder u staat Hij, dien gij niet kent.
अनि यूहन्नाले तिनीहरूलाई यसो भनेर जवाफ दिए, “म पानीले बप्तिस्मा दिन्छु । तर तिमीहरूका माझमा तिमीहरूले नचिनेको कोही खडा हुनुहुन्छ,
27 Hij is het, die na mij komt; ik ben niet waardig, zijn schoenriem los te maken.
उहाँ जो मपछि आउनुहुन्छ, म उहाँको जुत्ताको फित्ता खोल्न लायकको छैनँ ।”
28 Dit gebeurde te Betánië, aan de overkant van de Jordaan, waar Johannes toen doopte.
यर्दनको पारिपट्टि बेथानियामा यी कुराहरू गरिएका थिए, जहाँ यूहन्नाले बप्तिस्मा दिइरहेका थिए ।
29 Daags daarna zag hij Jesus tot zich komen; en hij zeide: Zie het Lam Gods, dat de zonde der wereld wegneemt.
अर्को दिन यूहन्नाले येशू आफूकहाँ आइरहनुभएको देखे र भने, “हेर, संसारको पाप उठाइलानुहुने परमेश्वरका थुमा!
30 Deze is het, van wien ik sprak: Na mij komt een Man, die mij is voorafgegaan; want Hij bestond eerder dan ik.
मपछि आउनुहुने मभन्दा महान् हुनुहुन्छ, किनकि उहाँ मभन्दा अगिदेखि नै हुनुहुन्छ भनी मैले भनेको उहाँ नै हुनुहुन्छ ।
31 Ook ik kende Hem niet; maar juist daarom kwam ik dopen met water, om Hem aan Israël bekend te maken.
म उहाँलाई चिन्दिनथेँ, तर उहाँलाई इस्राएलीहरूप्रति प्रकट गराउन सकियोस् भनी म पानीले बप्तिस्मा दिँदै आएँ ।”
32 Nog getuigde Johannes: Ik heb den Geest als een duif uit de hemel zien dalen, en op Hem rusten.
यूहन्नाले यसरी गवाही दिए, “मैले पवित्र आत्मा स्वर्गबाट ढुकुरझैँ ओर्लिरहनुभएको र उहाँमाथि बस्नुभएको देखेँ ।
33 Ook ik kende Hem niet; maar Hij die mij zond, om met water te dopen, Hij sprak tot mij: Op wien ge den Geest ziet nederdalen en rusten, Hij is het, die doopt met den Heiligen Geest.
मैले उहाँलाई चिन्दिनथेँ, तर पानीमा बप्तिस्मा दिन पठाउनुहुनेले मलाई भन्नुभयो, ‘तिमीले जसमाथि पवित्र आत्मा ओर्लिरहनुभएको र उहाँमाथि रहनुभएको देख्छौ, पवित्र आत्माले बप्तिस्मा दिनुहुने उहाँले नै हुनुहुन्छ ।’
34 Ik heb het gezien, en ik heb getuigd: Hij is de Zoon van God.
मैले देखेको, र उहाँ नै परमेश्वरका पुत्र हुनुहुन्छ भनेर गवाही दिएको छु ।”
35 Daags daarna stond Johannes daar weer met twee zijner leerlingen.
फेरि अर्को दिन यूहन्ना आफ्ना दुई जना चेलासँग उभिरहँदा,
36 En met de blik op Jesus, die voorbijging, zeide hij: Zie het Lam Gods.
तिनीहरूले येशू त्यही बाटो भएर हिँडिरहनुभएको देखे, र यूहन्नाले भने, “हेर, परमेश्वरका थुमा!”
37 De twee leerlingen hoorden hem dit zeggen, en gingen Jesus achterna.
यी दुई चेलाले यूहन्नाले यसो भनेका सुने, र तिनीहरूले येशूलाई पछ्याए ।
38 Jesus keerde Zich om, zag dat ze Hem volgden, en sprak tot hen: Wat zoekt gij? Ze zeiden Hem: Rabbi (dat betekent: Meester), waar houdt Gij verblijf?
तब येशूले तिनीहरूले उहाँलाई पछ्याइरहेका देख्नुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरू के चाहन्छौ?” तिनीहरूले उहाँलाई जवाफ दिए, “रब्बी (जसको अर्थ हो, गुरु), तपाईं कहाँ बस्दै हुनुहुन्छ?”
39 Hij zei hun: Komt het zien. Ze kwamen dan zien, waar Hij verblijf hield, en bleven die dag bij Hem. Het was omtrent het tiende uur.
उहाँले तिनीहरूलाई भन्नुभयो, “आऊ अनि देख्छौ ।” तब उनीहरू आए र उहाँ कहाँ बसिरहनुभएको थियो भनी देखे । त्यस दिन तिनीहरू उहाँसँगै बसे, किनभने दसौँ पहर हुन लागेको थियो ।
40 Andreas, de broer van Simon Petrus, was één van de twee, die dit van Johannes hadden gehoord, en Hem waren gevolgd.
यूहन्नाले भनेको सुन्ने र येशूलाई पछ्याउनेहरू यी दुई जनामध्ये एक जना सिमोन पत्रुसका भाइ अन्द्रियास थिए ।
41 Hij ontmoette zijn broer Simon het eerst, en zeide tot hem: We hebben den Messias (dat betekent: Christus) gevonden.
अन्द्रियासले आफ्ना भाइ सिमोनलाई भेट्टाएर भने, “हामीले मसीह (जसलाई ख्रीष्ट भनिन्छ) लाई भेट्टाएका छौँ ।”
42 En hij leidde hem tot Jesus. Jesus zag hem aan, en sprak: Gij zijt Simon, de zoon van Jona; gij zult Kefas heten (dat betekent: Petrus).
उनले आफ्ना भाइलाई येशूकहाँ ल्याए । अनि येशूले उनलाई हेर्नुभयो र भन्नुभयो, “तिमी यूहन्नाका छोरा सिमोन हौ । तिमीलाई केफास (जसको अर्थ पत्रुस हो ) भनिनेछ ।
43 Daags daarna wilde Hij naar Galilea vertrekken; toen ontmoette Hij Filippus. En Jesus zeide tot hem: Volg Mij.
अर्को दिन जब येशू गालीलतिर जान त्यस ठाउँलाई छोड्न चाहनुभयो, उहाँले फिलिपलाई भेट्नुभयो र उनलाई भन्नुभयो, “मलाई पछ्याऊ ।”
44 Filippus was van Betsáida, de stad van Andreas en Petrus.
फिलिप बेथसेदाका थिए जुन अन्द्रियास र पत्रुसको सहर थियो ।
45 Filippus ontmoette Natánaël, en sprak tot hem: Van wien Moses in de Wet en ook de profeten hebben geschreven, dien hebben we gevonden: Jesus, den zoon van Josef, uit Názaret.
फिलिपले नथानेललाई भेटे र उनलाई भने, “मोशाको व्यवस्थामा र अगमवक्ताहरूले लेखेका अर्थात् नासरतका योसेफका छोरो येशूलाई हामीले भेट्टाएका छौँ ।”
46 Natánaël zei hem: Kan er iets goeds komen uit Názaret? Filippus zei hem: Kom het zien.
नथानेलले उनलाई भने, “के नासरतबाट कुनै असल कुरा आउन सक्छ र?” फिलिपले उनलाई भने, “आएर हेर!”
47 Jesus zag Natánaël naar Zich toe komen, en zeide van hem: Ziedaar een waar Israëliet, in wien geen bedrog is.
येशूले नथानेललाई आफूकहाँ आइरहेको देख्नुभयो र उनलाई उनको बारेमा भन्नुभयो, “हेर, कुनै छल नभएका एक इस्राएली!”
48 Natánaël zeide Hem: Hoe kent Gij mij? Jesus gaf hem ten antwoord: Voordat Filippus u riep, zag Ik u onder de vijgeboom.
नथानेलले उहाँलाई भने, “तपाईं मलाई कसरी चिन्नुहुन्छ?” येशूले उनलाई जवाफ दिनुभयो र भन्नुभयो, “फिलिपले बोलाउनुभन्दा पहिले तिमी नेभाराको रुखमुनि हुँदा नै मैले तिमीलाई देखेँ ।”
49 Natánaël antwoordde Hem: Rabbi, Gij zijt de Zoon van God; Gij zijt de Koning van Israël.
नथानेलले जवाफ दिए, “रब्बी, तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ! तपाईं इस्राएलका राजा हुनुहुन्छ!”
50 Jesus antwoordde hem: Gelooft ge, omdat Ik u zeide: Ik zag u onder de vijgeboom? Grotere dingen zult ge zien.
येशूले तिनलाई जवाफ दिनुभयो र भन्नुभयो, “‘मैले तिमीलाई नेभाराको रुखमुनि देखेँ भनेको कारण, के तिमी मलाई विश्वास गर्छौ? तिमीले योभन्दा ठुला-ठुला कुराहरू देख्नेछौ ।”
51 En Hij sprak tot hem: Voorwaar, voorwaar, Ik zeg u: Gij zult de hemel geopend zien, en de engelen Gods zien opstijgen en nederdalen over den Mensenzoon.
येशूले भन्नुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, “तिमीहरूले स्वर्ग उघ्रिएको, अनि परमेश्वरका स्वर्गदूतहरू मानिसका पुत्रमाथि ओर्लिरहेका र उक्लिरहेका देख्नेछौ ।”