< Jeremia 49 >
1 Over de Ammonieten. Zo spreekt Jahweh: Heeft Israël zelf geen kinderen, Heeft het geen erfgenaam meer? Waarom heeft Milkom dan Gad verdrongen, Zijn volk zich in diens steden gezet?
अम्मोनीहरूको विषयमा परमप्रभु यसो भन्नुहुन्छ, “के इस्राएलका छोराछोरी छैनन् र? के इस्राएलमा कुनै उत्तराधिकारी छैन? किन मोलोखले गाद कब्जा गर्छ र त्यसका मानिसहरू यसका सहरहरूमा बस्छन् त?
2 Daarom gaan de dagen komen, Is de godsspraak van Jahweh: Dat Ik tegen Rabbat-Ammon Het krijgsrumoer laat weergalmen. Het zal een woeste puinhoop worden, Zijn dochtersteden zullen worden verbrand; Dan zal Israël verdringen, die hém verdrongen, Spreekt Jahweh!
त्यसैले, यो परमप्रभुको घोषणा हो, हेर्, यस्ता दिनहरू आउँदैछन्, जति बेला म अम्मोनीहरूका बिचमा रब्बाको विरुद्धमा युद्ध-ध्वनीको लागि सङ्केतको आवाज निकाल्नेछु, यसरी यो भग्नावशेषको थुप्रो हुनेछ, र यसका गाउँहरूमा आगो लगाइनेछ । किनकि इस्राएललाई अधिकार गर्नेहरूलाई त्यसले अधिकार गर्नेछ,” परमप्रभु भन्नुहुन्छ ।
3 Jammer, Chesjbon; want de stad is verwoest; Kermt, dochtersteden van Rabba, Doet een zak om uw lenden en klaagt, Loopt radeloos in de schaapskooien rond: Want Milkom zal in ballingschap gaan, Tegelijk met zijn priesters en vorsten!
ए हेश्बोन, विलापको आवाज निकाल्, किनकि ऐ सहरलाई सर्वानाश गरिनेछ । ए रब्बाकी छोरीहरू हो, चिच्च्याओ । भाङ्ग्रा लगाओ । विलाप गर, र व्यर्थैमा यताउता कुद, किनकि मोलोख त्यसका पुजारीहरू र अगुहरूसँगै निर्वासनमा लगिनेछ ।
4 Wat pocht ge op uw valleien, Op de overvloed van uw dalen, opstandige dochter; Wat durft ge op uw schatten vertrouwen, En zeggen: Wie kan mij bereiken?
ए विश्वासहीन छोरी, तँ किन तेरा ज्यादै फलवन्त बेँसीहरूको विषयमा घमण्ड गर्छेस्? आफ्नो धन-सम्पत्तिमा भरोसा गरी तँ भन्छस्, 'मेरो विरुद्धमा को आउनेछ?'
5 Ik ga verschrikking over u brengen, Is de godsspraak des Heren, Van Jahweh der heirscharen: Van alle kant om u heen. Een voor een wordt gij allen verstrooid, En niemand brengt die zwervers bijeen;
यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो, हेर्, मैले तँमाथि त्रास ल्याउनै लागेको छु, यो त्रास तेरो वरिपरि भएका सबैबाट आउनेछ । यसको सामु तिमीहरू हरेक तितरबितर हुनेछौ । ती भाग्नेहरूलाई जम्मा गर्ने कोही पनि हुनेछैन ।
6 Eerst later zal Ik het lot van de zonen van Ammon Ten beste keren, is de godsspraak van Jahweh!
तर यसपछि म अम्मोनका मानिसहरूको सुदिन फर्काउनेछु, यो परमप्रभुको घोषणा हो ।”
7 Over Edom. Zo spreekt Jahweh der heirscharen! Is er geen wijsheid meer in Teman, Is het met het beleid der verstandigen uit, Is hun doorzicht spoorloos verdwenen?
एदोमको विषयमा सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “के तेमानमा अबदेखि कुनै बुद्धि पाइँदैन? के समझदारहरूबाट असल सल्लाह गायब भएको छ? के तिनीहरूको बुद्धि भ्रष्ट भएको छ?
8 Vlucht, loopt weg, verschuilt u diep, Bewoners van Dedan; Want Ik ga onheil over Esau brengen, In de tijd van zijn straf.
ए ददानमा बासिन्दाहरू हो, भाग र फर्क, जमिनका गुफाहरूमा बस । किनकि मैले त्यसलाई दण्ड दिने बेलामा म त्यसमाथि एसावको विपत्ति ल्याउँदैछु ।
9 Ja, wijnlezers komen op u af, Geen tros laten ze hangen; Dieven komen in de nacht, En roven, zoveel ze kunnen.
दाख टिप्नेहरू तँकहाँ आए भने के तिनीहरूले केही दानाहरू छोड्दैनन् र? रातमा चोरहरू आए भने के तिनीहरूले आफूले चाहे जति मात्र लैजाँदैनन् र?
10 Want zelf heb Ik Esau ontbloot, Zijn schuilhoeken opengelegd; Hij kan zich niet langer verbergen, Uitgeroeid wordt zijn kroost. Onder zijn broeders en buren Is niemand, die helpt, of die zegt:
तर मैले एसावलाई नाङ्गै पारेको छु । मैले त्यसका लुक्ने ठाउँहरू देखाएको छु, यसैले उसले आफैलाई लुकाउन सक्नेछैन । त्यसका छोराछोरी, दाजुभाइ र छिमेकीहरू नष्ट पारिएका छन्, र त्यो नष्ट भएको छ ।
11 Uw wezen zal Ik verzorgen, Uw weduwen mogen op Mij vertrouwen.
तेरा अनाथहरूलाई पछाडि छोड् । तिनीहरूका जीवनको हेरचाह म गर्नेछु, र तेरा विधवाहरूले ममाथि भरोसा गर्न सक्छन् ।”
12 Want zo spreekt Jahweh: Die de beker niet hoefden te drinken, hebben gedronken; En gij zoudt blijven gespaard: Neen, ook gij zult hem drinken!
किनकि परमप्रभु यसो भन्नुहुन्छ, “हेर, कचौरा पिउनु नपर्नेले त निश्चय नै केही पिउनैपर्छ । के तँचाहिं दण्डविना उम्कन्छस् भनी सोच्छस्? तँ उम्कने छैनस्, किनकि तैंले निश्चय नै पिउनेछस् ।
13 Want Ik heb bij Mijzelf gezworen, Is de godsspraak van Jahweh: Bosra zal ten afschrik worden, een hoon en een vloek, Al zijn steden een puinhoop voor eeuwig!
यो परमप्रभुको घोषणा हो, म आफैले यो शपथ खाएको छु, कि बोज्रा त्रास, अपमान, उजाड र सरापको पात्र बन्नेछ । यसका सबै सहर सदाको लागि सर्वनाश पारिनेछन् ।
14 Een tijding heb Ik van Jahweh vernomen, Een bode is onder de volken gezonden: Verzamelt u, en rukt op hem af, Op, tot de strijd!
मैले परमप्रभुबाट समाचार सुनेको छु, र जातिहरूकहाँ एक जना सन्देशवाहक पठाइएको छ, 'एकसाथ जम्मा होओ र त्यसलाई आक्रमण गर । युद्धको लागि तयार रहो ।'
15 Waarachtig, klein maak Ik u onder de volken, Verachtelijk onder de mensen;
“किनकि हेर! अरू जातिहरूको तुलनामा मैले तँलाई सानो, मानिसहरूद्वारा घृणित तुल्याएको छु ।
16 Uw hoogmoed heeft u bedrogen, Met de overmoed van uw hart. Gij, die in rotskloven woont, En de steilste toppen bezet: Al bouwt ge uw nest zo hoog als de arend, Ik haal u omlaag, is de godsspraak van Jahweh!
तेरो त्रासको विषयमा, ए चट्टानका ठाउँहरूमा बस्ने बासिन्दाहरू हो, तेरो हृदयको घमण्डले तँलाई धोका दिएको छ, गरुडले झैं तैंले आफ्नो गुँड अग्लो ठाउँमा बनाउन भनेर अग्ला डाँडाका टाकुराहरू ओगटेर बस्नेहरू हो, म त्यहाँबाट तँलाई तल झार्नेछु, यो परमप्रभुको घोषणा हो ।
17 Edom zal ten afschrik worden; En ieder, die er doorheen trekt, Zal zich verbazen en blazen Over al zijn rampen.
एदोमबाट भएर जाने हरेकको लागि यो त्रासको पात्र बन्नेछ । यसका सबै विपत्तिको कारण हरेक व्यक्ति तर्सनेछ र गिल्ला गर्नेछ ।
18 Zoals Sodoma en Gomorra werden verwoest, Met hun zustersteden, zegt Jahweh: Zo zal er niemand wonen, Geen mensenkind er vertoeven.
जसरी सदोम र गमोरा अनि तिनीहरूका छिमेकीहरूको पतन भयो,” परमप्रभु भन्नुहुन्छ, “त्यहाँ कोही पनि बस्नेछैन । कुनै पनि व्यक्ति त्यहाँ रहनेछैन ।
19 Zie, zoals een leeuw uit het kreupelhout van de Jordaan Naar de altijd groene weide schiet: Zo jaag Ik het plotseling daaruit weg, En stel er over aan, wien Ik wil. Want wie is Mij gelijk, Wie durft Mij rekenschap vragen; En wie is de herder, Die Mij kan weerstaan?
हेर्, यर्दनका जङ्गलहरूबाट हरिया खर्कहरूमा सिंहझैं ऊ माथितिर उक्लनेछ । किनकि म एदोमलाई त्यहाँबाट तुरुन्तै भाग्ने बनाउने छु, र चुनिएको कुनै व्यक्तिलाई म त्यसको जिम्मा लगाउनेछु । किनकि मजस्तो को छ र कसले मलाई बोलाउनेछ? कुनचाहिं गोठालोले मेरो विरोध गर्न सक्छ?”
20 Hoort dus het besluit van Jahweh, Dat Hij over Edom nam, De plannen, die Hij beraamde Over de bewoners van Teman. Waarachtig, als kleine schaapjes sleurt men ze weg, Ja, hun weide zal van hen schrikken;
“त्यसैले परमप्रभुले एदोमको विरुद्धमा निधो गर्नुभएका योजनाहरू, तेमानका बासिन्दाहरूको विरुद्धमा बनाउनुभएका योजनाहरू सुन । निश्चय नै तिनीहरूका स-साना बगालका पनि घिस्याएर लगिनेछन् । तिनीहरूका खर्कहरू उजाड-स्थानमा परिणत हुनेछन् ।
21 De aarde beeft van het gedreun van hun val, Hun jammeren klinkt tot de Rode Zee.
तिनीहरूको पतनको सोरमा पृथ्वी हल्लिन्छ । निराशाको चित्कारको सोर लाल समुद्रमा सुनिनेछ ।
22 Zie, als een adelaar stijgt hij op, en schiet toe, Slaat zijn vleugels uit naar hun land: Op die dag wordt het hart van Edoms helden Als het hart van een vrouw in haar weeën!
हेर्, कसैले बोज्रालाई गरुडझैं आक्रमण गर्नेछ, तलतिर बेग हानी यसमाथि आफ्ना पखेटा फैलाउनेछ । तब त्यस दिनमा एदोमका सिपाहीहरूका हृदयहरू प्रसव-वेदनामा भएकी स्त्रीको हृदयजस्तै हुनेछन् ।”
23 Over Damascus. Chamat en Arpad staan beschaamd, Want ze hebben een droeve tijding vernomen, Onrustig zijn ze als een woelige zee, En kunnen maar niet bedaren.
दमस्कसको विषयमाः “हमात र अर्पाद लाजमा पर्नेछन्, किनकि तिनीहरूले विपत्तिको खबर सुनेका छन् । तिनीहरू पग्लेर जान्छन् । तिनीहरू शान्त नरहने समुद्रझैं छटपठीमा हुन्छन् ।
24 Damascus, radeloos Slaat op de vlucht; Het is bevangen van schrik, Angst en weeën grijpen het aan als een barende vrouw.
दमस्कस साह्रै कमजोर भएको छ । यो भाग्नलाई फर्कन्छ । त्रासले यसलाई पक्रन्छ । प्रसव-वेदनामा भएकी स्त्रीझैं निराशा र पीडाले यसलाई पक्रन्छन् ।
25 Hoe ligt zij verlaten, de roemrijke stad, De vrolijke vesting!
त्यो प्रशंसाको सहर अर्थात् मेरो आनन्दको नगर किन त्यागिएको छैन?
26 Zo vallen zijn jongemannen neer, Met al zijn strijders op straat; Ze komen om op die dag: Is de godsspraak van Jahweh!
त्यसकारण त्यस दिन त्यसका युवाहरू सार्वजनिक ठाउँहरूमा ढल्नेछन्, र सबै योद्धा नष्ट हुनेछन्, यो सर्वशक्तिमान् यो परमप्रभुको घोषणा हो ।”
27 Ik heb vuur aan de muren van Damascus gelegd, Dat Ben-Hadads paleizen verslindt.
“किनकि दमस्कसको पर्खालमा म आगो लगाउनेछु, र यसले बेन-हददका किल्लाहरूलाई भस्म पार्नेछ ।”
28 Over Kedar en de koninkrijken van Chasor, die Nabukodonosor, de koning van Babel, verslagen heeft. Zo spreekt Jahweh: Op, rukt tegen Kedar uit, Plundert de zonen van het oosten leeg!
केदार र हासोरका राज्यहरूको विषयमा परमप्रभु नबूकदनेसरलाई यसो भन्नुहुन्छ (यति बेला बेबिलोनका राजा नबूकदनेसरले यी ठाउँहरूलाई आक्रमण गर्न लागेका थिए): “उठ्, र केदारलाई आक्रमण गर्, अनि पूर्वका ती मानिसहरूलाई नष्ट पार् ।
29 Men neme hun tenten en kudde mee, Hun zeilen met al hun gerief; Men berove ze van hun kamelen, En roepe ze toe: Verschrikking alom!
तिनीहरूका पाल र तिनीहरूका बगाल लगिनेछन्, साथमा तिनीहरूका पालका पर्दाहरू र तिनका सबै सरसामान पनि । तिनीहरूका ऊँटहरू तिनीहरूबाट लगिनेछन्, र मानिसहरू तिनीहरूमाथि चिच्याउनेछन्, 'त्रास जताततै छ!”
30 Vlucht, loopt weg, verschuilt u diep, Bewoners van Chasor, Is de godsspraak van Jahweh. Want Nabukodonosor, de koning van Babel, Heeft tegen u een plan beraamd, Een aanslag gesmeed.
ए हासोरका बासिन्दाहरू हो, भाग, धेरै टाढा जाओ, जमिनका गुफाहरूमा लुक, यो परमप्रभुको घोषणा हो— किनकि बेबिलोनका राजा नबूकदनेसरले तिमीहरूको विरुद्धमा योजना रच्दैछ । भाउ, पछि फर्क ।
31 Op, rukt uit tegen een zorgeloos volk, Dat zich veilig waant, is de godsspraak van Jahweh; Dat deuren noch grendels bezit, En in de eenzaamheid woont.
उठ्, आराम भएको जातिलाई आक्रमण गर, जुन सुरक्षामा बस्छ,” परमप्रभु भन्नुहुन्छ । “तिनीहरूका मूल ढोकाहरू वा तिनमा गजबारहरू छैनन्, अनि त्यसका मानिसहरू त्यत्तिकै बस्छन् ।
32 Hun kamelen worden uw buit, Hun talrijke kudde uw prooi. Naar alle winden ga Ik die geschoren slapen verstrooien, Van alle kant het verderf op hen brengen, spreekt Jahweh!
किनकि तिनीहरूका ऊँटहरू लुटको माल बन्नेछन्, र तिनीहरूको प्रचुर धन-सम्पत्ति युद्धमा लुटिने माल बन्नेछन् । तब शोकमा आफ्ना कपाल काट्ने हरेकलाई म हावामा तितरबितर पार्नेछु, र तिनीहरूमाथि म हरेक कुनाबाट विपत्ति ल्याउनेछु, यो परमप्रभुको घोषणा हो ।
33 Chasor zal een hol van jakhalzen worden, Een steppe voor eeuwig; Niemand zal er wonen, Geen mensenkind er vertoeven.
हासोर स्यालहरूको अखडा अर्थात् सदाको निम्ति उजाड-स्थान बन्नेछ । त्यहाँ कोही बस्नेछैन । कुनै मानिस त्यहाँ रहनेछैन ।”
34 Het woord van Jahweh, dat tot den profeet Jeremias over Elam gericht werd in het begin der regering van Sedekias, den koning van Juda.
एलामको विषयमा यर्मिया अगमवक्ताकहाँ आएको परमप्रभुको वचन यही हो । यहूदाका राजा सिदकियाहले राज्य गर्न सुरु गर्दा यो वचन आएको थियो, र तिनले भने,
35 Zo spreekt Jahweh der heirscharen: Zie, Ik breek de boog van Elam aan stukken, De keur van zijn kracht.
“सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छः हेर्, मैले एलामका धनुर्धारीहरूलाई तोड्नै लागेको छु, जुन तिनीहरूको शक्तिको मुख्य कुरा हो ।
36 De vier winden laat Ik op Elam los Uit de vier hoeken van de hemel; Ik ga ze verspreiden naar al die winden, Geen volk zal er zijn, waar Elams verstrooiden niet komen.
किनकि आकाशका चार कुनाबाट म चारवटा बतास ल्याउनेछु, र एलामका मानिसहरूलाई म ती सबै हावामा तितरबितर पार्नेछु । त्यहाँ कुनै राज्य नै हुनेछैन जहाँ एलामबाट छरिएकाहरू नपुगेको होस् ।
37 Ik laat Elam voor zijn vijanden beven, En voor hen, die zijn leven belagen; Ik ga rampen over hen brengen: Mijn grimmige toorn, is de godsspraak van Jahweh; Ik zend hun het zwaard achterna, Tot Ik ze geheel heb vernield!
यसरी एलामीहरूलाई म तिनीहरूका शत्रुहरू र तिनीहरूको ज्यान लिन खोज्नेहरूको सामु चूरचूर पार्नेछु । किनकि म तिनीहरूको विरुद्धमा विपत्ति अर्थात् मेरो क्रोधको ज्वाला दन्काउनेछु— यो परमप्रभुको घोषणा हो— र मैले तिनीहरूलाई निमिट्ट्यान्न नपारेसम्म म तिनीहरूका पछि तरवार पठाउनेछु ।
38 Dan richt Ik mijn troon in Elam op, En roei daar koning en vorsten uit, Is de godsspraak van Jahweh.
त्यसपछि एलाममा म आफ्नो सिंहासन स्थापित गर्नेछु, र त्यहाँबाट त्यसका राजाहरू र अगुवाहरूलाई नष्ट पार्नेछु— यो परमप्रभुको घोषणा हो—
39 Eerst op het einde der dagen Keer Ik het lot van Elam ten beste, Is de godsspraak van Jahweh!
र यस्तो हुनेछ कि पछिल्ला दिनहरूमा म एलामको सुदिन फर्काउनेछु— यो परमप्रभुको घोषणा हो ।”