< Ngeche 4 >
1 Yawuota, winjuru puonj mag wuonu; chikuru itu eka ubed gi ngʼeyo moloyo.
हे मेरा छोराहरू हो, बुबाको निर्देशन सुन, र ध्यान देओ ताकि समझशक्ति के रहेछ भनी तिमीहरूले जान्न सक ।
2 Puonj mara mamiyou beyo, omiyo kik ujwangʼ puonjna.
म तिमीहरूलाई असल निर्देशनहरू दिँदै छु । मेरो शिक्षालाई नत्याग ।
3 Kane pod an wuowi e od wuora, kane pod an rawera kendo nyathi achiel kende mar minwa,
म मेरो बुबाको छोरो हुँदा, मेरी आमाको कोमल र एक मात्र सन्तान हुँदा,
4 nopuonja kowacho niya, “Mak matek wechena gi chunyi duto, rit chikena eka inibed mangima.
उहाँले मलाई सिकाउनुभयो, र भन्नुभयो, “तेरो हृदयले मेरा वचनहरू पक्रिराख् । मेरा आज्ञाहरू पालन गरेर बाँच् ।
5 Yud rieko kod ngʼeyo matut, wiyi kik wil kod wechena kata weyogi.
बुद्धि र समझशक्ति प्राप्त गर् । मेरो मुखका वचनहरूलाई नबिर्सी र इन्कार नगर् ।
6 Kik ijwangʼ rieko to obiro bedoni ragengʼ; here, to obiro ritoi.
बुद्धिलाई नत्याग् र त्यसले तेरो निगरानी गर्ने छ । त्यसलाई प्रेम गर्, र त्यसले तँलाई सुरक्षा दिने छ ।
7 Rieko nigi duongʼ moloyo, omiyo yud rieko. Kata obedo ni mwanduni duto nyalo rumo, to bed gi winjo tiend wach.
बुद्धि सबैभन्दा महत्त्वपूर्ण वस्तु हो । त्यसैले बुद्धि प्राप्त गर्, र समझशक्ति प्राप्त गर्न सबै मूल्य चुका ।
8 Miye duongʼ, to enotingʼi malo; rwake chutho, to obiro miyi duongʼ.
बुद्धिलाई कदर गर्, र त्यसले तँलाई माथि उठाउने छ । तैँले त्यसलाई अङ्गाल्दा त्यसले तेरो इज्जत गर्ने छ ।
9 Enoket ogut ngʼwono e wiyi kendo nosidhni osimbo mar duongʼ.”
बुद्धिले तेरो शिरमा आदरको माला पहिराइदिने छ । त्यसले तँलाई सुन्दर मुकुट दिने छ ।”
10 Wuoda, winji kendo yie gima awacho eka higni mag ngimani nobed mangʼeny.
हे मेरो छोरो, मेरा वचनहरू सुन्, र तिनलाई ध्यान दे, अनि तेरो जीवनको आयु लामो हुने छ ।
11 Apuonji e yor rieko kendo anyisi yo makare.
म तँलाई बुद्धिको बाटोमा लैजान्छु । म तँलाई सिधा बाटाहरूमा अगुवाइ गर्छु ।
12 Ka iwuotho, to ok inikier bende ka iringo, to ok inichwanyri.
तँ हिँड्दा तेरो बाटोमा कोही खडा हुने छैन, र तँ दौडिस् भने पनि ठक्कर खाने छैनस् ।
13 Mak motegno gima isepuonjori, kik iweye, olalni to irite maber, nikech en e ngimani.
निर्देशनलाई समातेर राख्; यसलाई जान नदे । यसलाई पहरा दे, किनकि यो तेरो जीवन हो ।
14 Kik iwuothi e yor joma timbegi mono kata kik iluw yor jomaricho.
दुष्टहरूको चालमा नहिँड् र खराबी गर्नेहरूको मार्गमा नजा ।
15 Bed mabor gi yorno, kik iwuothie, to wichri kendo iluw yori iwuon.
त्यसलाई त्यागिदे; त्यसमा नहिँड् । त्यसबाट फर्केर अर्को बाटो लाग् ।
16 Nikech ok ginyal nindo nyaka gitim gima mono; ayula wangʼ bende ok nyal terogi kapok gimiyo ngʼato opodho.
किनकि तिनीहरूले खराबी नगरेसम्म तिनीहरू सुत्न सक्दैनन्, र तिनीहरूले कसैलाई नलडाएसम्म तिनीहरूलाई निन्द्रै लाग्दैन ।
17 Timbe mamono e chiembgi ma gichamo, to timbe ja-mahundu e divai ma gimadho.
किनकि तिनीहरूले दुष्टताको रोटी खान्छन्, र हिंसाको मद्य पिउँछन् ।
18 Yor joma kare chalo ka ugwe mar kogwen, omedo rieny maler nyaka chiengʼ wuogi.
तर धर्मी मानिसहरूको मार्ग प्रभातको पहिलो किरणजस्तै हो । मध्यदिन नआएसम्म यो झन्-झन् चम्किलो हुन्छ ।
19 To yor joricho chalo gi mudho mandiwa; ok gingʼeyo gima miyo gichwanyore.
दुष्टहरूको मार्ग अन्धकारजस्तै छ । तिनीहरू केमा ठक्कर खान्छन् भनी तिनीहरूलाई थाहै हुँदैन ।
20 Wuoda, chik iti malongʼo ne gima awacho, chik iti maber ne wechena.
हे मेरो छोरो, मेरा वचनहरूलाई ध्यान दे । मेरा भनाइहरू सुन्न तेरो कान थाप ।
21 Kik iwe gilal e wangʼi to kan-gi e chunyi;
तेरो नजरबाट तिनलाई उम्केर जान नदे । तिनलाई तेरो हृदयमा राख् ।
22 nikech gikelo ngima ni jogo moyudogo kendo gin gi ngima maber ne ringre dhano duto.
किनकि मेरा वचनहरू पाउनेका लागि ती जीवन हुन्, र तिनीहरूको पुरै शरीरको लागि स्वास्थ्य हो ।
23 To moloyo duto, rit chunyi, nikech en e soko mar ngima.
तेरो हृदयलाई सुरक्षित राख्, र पुरा मेहनतसाथ यसको रक्षा गर्, किनकि यसबाट नै जीवनका मूलहरू उम्रन्छन् ।
24 Wach ma ok adiera kik aa e dhogi; weche mag miganga kik wuogi e dhogi.
कुवाक्यलाई तँबाट पर राख्, र भ्रष्ट कुराकानीलाई तँबाट टाढा राख् ।
25 Rang mana nyimi tir, ka ichomo wangʼi moriere tir e nyimi.
तेरा आँखाले सिधा अगाडि हेरून्, र तेरो अगिल्तिर सिधा एकटक लगाएर हेर् ।
26 Rie yore tir monego iluw kendo luw mana yore motegno.
तेरो खुट्टाको लागि नैतिकताको मार्ग बना । तब तेरा सबै मार्गहरू सुरक्षित हुने छन् ।
27 Kik ibar kidhiyo korachwich kata koracham; rit tiendi mondo kik idonji e richo.
दाहिने वा देब्रेतिर नलाग् । खराबीबाट तेरो चाललाई फर्का ।