< Kwan 27 >
1 Nyi Zelofehad wuod Hefer, ma wuod Gilead, ma wuod Makir, ma wuod Manase, ne gin joka Manase wuod Josef. Nyirigo ne gin Mala, Nowa, Hogla, Milka kod Tirza. Negisudo machiegni gi
योसेफका छोरा मनश्शेका कुलका, मनश्शेका छोरा माकीर, माकीरका छोरा गिलेद, गिलेदका छोरा हेपेर, हेपेरका छोरा सलोफादका छोरीहरू मोशाकहाँ आए । तिनका छोरीहरूका नाउँ यिनै थिएः महला, नोआह, होग्ला, मिल्का र तिर्सा ।
2 kar donjo mar Hemb Romo mi gichungʼ e nyim Musa, Eliazar jadolo, jotelo kod chokruok mar oganda duto, mi giwacho niya,
तिनीहरू भेट हुने पालको प्रवेश-द्वारमा मोशा, पुजारी एलाजार, अगुवाहरू र सारा समुदायको सामु खडा भए ।
3 “Wuonwa notho e thim. Ne ok en achiel kuom jolup Kora, mane okwedo Jehova Nyasaye, to notho nikech richone owuon kendo ne ok onywolo yawuowi.
तिनीहरूले भने, “हाम्रा बुबा मरुभूमिमा मरे । तिनी परमप्रभुको विरुद्धमा विद्रोह गर्ने कोरहको दलमा थिएनन् । तिनी आफ्नै पापको कारण मरे र तिनका कुनै छोराहरू छैनन् ।
4 Angʼo ma dimi nying wuonwa lal nono e anywolagi nikech ne ok onywolo wuowi? Yie upognwa kamoro e kind wede wuonwa.”
तिनका छोराहरू नभएकै कारण हाम्रा बुबाको नाउँ तिनका कुलका सदस्यहरूको बिचबाट किन निर्मूल गर्ने? हामीहरूलाई हाम्रा बुबाका नातेदारहरूमाझ जग्गा दिनुहोस् ।”
5 Omiyo Musa nokelo wachgini e nyim Jehova Nyasaye
त्यसैले मोशाले तिनीहरूको विषयलाई परमप्रभुकहाँ ल्याए ।
6 kendo Jehova Nyasaye nowachone niya,
परमप्रभुले मोशालाई भन्नुभयो,
7 “Gima nyi Zelofehad owacho nikare. Nyaka ipog-gi gimoro kaka girkeni ei wede wuon-gi kendo girkeni mag wuon-gi imigi.
“सलोफादका छोरीहरूले ठिकै भनिरहेका छन् । तैँले तिनीहरूलाई तिनीहरूका बुबाका नातेदारहरूमाझ उत्तराधिकारको रूपमा अंश दिनुपर्छ र तिनीहरूका बुबाको उत्तराधिकार तिनीहरूकै स्वामित्वमा रहोस् भनी तैँले निश्चय गर्नुपर्छ ।
8 “Wachne jo-Israel ni, ‘Ka dichwo otho ma ok onywolo wuowi, to ipog nyathine ma nyako girkeni mare.
तैँले इस्राएलका मानिसहरूलाई भन्, 'यदि कुनै मानिस मर्छ र त्यसको छोरा छैन भने, तिमीहरूले त्यसको सम्पत्ति त्यसकी छोरीलाई दिनुपर्छ ।
9 To ka oonge gi nyako, to ipog owetene girkeni mare.
यदि त्यसकी छोरी छैन भने, तिमीहरूले त्यसको अंश त्यसको आफ्नो भाइलाई दिनुपर्छ ।
10 To ka oonge gi owete, to ipog owete gi wuonene girkeni mare.
यदि त्यसको भाइ छैन भने, तिमीहरूले त्यसको अंश त्यसका बुबाका भाइहरूलाई दिनुपर्छ ।
11 To ka wuon-gi onge gi owetene, to ipog watne moro amora machiegni kode e anywolagi, mondo oyud girkenino. Mae nobed chik ne jo-Israel, mana kaka Jehova Nyasaye nosechiko Musa.’”
यदि त्यसका बुबाका भाइहरू छैनन् भने, तिमीहरूले त्यसको अंश त्यसको कुलको सबैभन्दा नजिकको नातेदारलाई दिनुपर्छ । त्यसले त्यो आफ्नो निम्ति ग्रहण गर्नुपर्छ । यो परमप्रभुले मलाई आज्ञा गर्नुभएअनुसार इस्राएलका मानिसहरूका निम्ति आदेशद्वारा स्थापित गरिएको नियम हुने छ' ।”
12 Eka Jehova Nyasaye nowacho ne Musa niya, “Dhi malo e Got Abarim kendo ingʼi piny ma asemiyo jo-Israel.
परमप्रभुले मोशालाई भन्नुभयो, “अबारीम पर्वतमाथि जा र मैले इस्राएलका मानिसहरूलाई दिएको भूमिलाई हेर् ।
13 Bangʼ ka isenene, to in bende ibiro tho miluw kwereni, mana kaka owadu Harun notho,
तैँले यसलाई हेरेपछि तँ पनि तेरा दाजु हारूनजस्तै तेरा मानिसहरूकहाँ जानुपर्छ ।
14 nimar e kinde mane oganda ongʼanyo e sokni mantiere e Thim mar Zin, un duto ne ok urito chikna kendo nyiso oganda ni an Ngʼama Ler.” (Magi ne sokni mag Meriba Kadesh, mantiere e Thim mar Zin.)
तिमीहरू दुवै जनाले सीनको मरुभूमिमा मेरो आज्ञा विरुद्ध विद्रोह गरेको हुनाले यस्तो हुने छ । त्यहाँ चट्टानबाट पानी बगेर निस्कँदा तिमीहरूका रिसमा तिमीहरूले सारा समुदायको नजरमा पवित्र जनको रूपमा मलाई आदर गर्न चुक्यौ ।” यो घटना सीनको मरूभूमिको कादेशको मेरीबाको पानीमा भएको थियो ।
15 Musa nowacho ne Jehova Nyasaye ni,
त्यसपछि मोशाले परमप्रभुलाई भने,
16 “Mad Jehova Nyasaye, ma Nyasach chunje duto mag dhano, oyier jatelo manyalo rito ogandani
“हे सबै मानव-जातिका आत्माका परमप्रभु परमेश्वर, समुदायमाथि एक जना मानिस नियुक्त गर्नुहोस्,
17 mondo otelnegi e gik moko duto ma gitimo kendo oritgi kagiwuok kendo ka gidwogo dala mondo oganda Jehova Nyasaye kik chal gi rombe maonge jokwath.”
एउटा यस्तो मानिस जो तिनीहरूको अघिअघि बाहिर जाओस् र भित्र आओस् अनि तिनीहरूलाई बाहिर जाँदा र भित्र आउँदा नेतृत्व गरोस्, ताकि तपाईंका समुदाय गोठालोविनाका भेडाहरूजस्ता नहोऊन् ।”
18 Omiyo Jehova Nyasaye nowacho ne Musa niya, “Kaw Joshua wuod Nun, ngʼat man-gi Roho, kendo yie lweti kuome.
परमप्रभुले मोशालाई भन्नुभयो, “नूनका छोरा यहोशूलाई ले, एउटा मानिस जसमा मेरो आत्मा छ र त्यसमाथि तेरो हात राख् ।
19 Kete ochungʼ e nyim Eliazar jadolo kod chokruok duto mar oganda kendo ipwodhe e nyimgi.
त्यसलाई पुजारी एलाजार र सबै समुदाय सामु राख् र तिनीहरूको सामुन्ने नै तिनीहरूलाई नेतृत्व गर्न त्यसलाई आज्ञा दे ।
20 Miye tekoni moko mondo mi oganda jo-Israel duto omiye luor.
तैँले तेरो केही अधिकार त्यसलाई दिनुपर्छ, ताकि इस्राएलका मानिसहरूका सबै समुदायले तिनको आज्ञा पालन गरून् ।
21 Nyaka ochungʼ e nyim jadolo Eliazar, mabiro ngʼadone rieko kopenjo Urim e nyim Jehova Nyasaye. Kogolo chik, to en kod oganda jo-Israel duto nowuog oko, kendo kogolo chik to gibiro donjo iye.”
त्यो ऊरीमको निर्णयद्वारा आफ्नो निम्ति मेरो इच्छा खोज्न पुजारी एलाजारको सामु जाने छ । त्यो र इस्राएलका सबै मानिस अर्थात् सारा समुदाय त्यसको आज्ञामा नै बाहिर जाने छन् र भित्र आउने छन् ।”
22 Musa notimo kaka Jehova Nyasaye nochike. Nokawo Joshua mi otero e nyim Eliazar jadolo gi chokruok duto.
त्यसैले मोशाले परमप्रभुले तिनलाई आज्ञा गर्नुभएबमोजिम गरे । तिनले यहोशूलाई लिए र पुजारी एलाजार र सारा समुदायको सामु राखे ।
23 Eka noyieyo lwete kuome mi opwodhe, mana kaka Jehova Nyasaye nochiko Musa.
तिनले उनीमाथि आफ्ना हात राखे र परमप्रभुले तिनलाई आज्ञा गर्नुभएझैँ नेतृत्व गर्न उनलाई आज्ञा दिए ।