< Nehemia 4 >
1 Kane Sanbalat owinjo ni wasechako gero ohinga, iye nowangʼ kendo mirima nomake. Ne ojaro jo-Yahudi,
हामीले पर्खाल निर्माण गरिरहेका थियौँ भनी जब सन्बलतले सुने तिनी डाहले जले र अत्यन्तै क्रोधित भए, अनि यहूदीहरूको खिसी गरे ।
2 e nyim joma ne giriworego kod jolweny mag jo-Samaria, mowachonegi niya, “En angʼo ma jo-Yahudi manyapgi timo ka? Bende gibiro chako gero ohingano? Bende gibiro chiwo misango? Bende gibiro tieke godiechiengʼ achiel? Bende gibiro miyo kitegi bedo mangima ka gia e pith mag yugigo, kaka owangʼ-gi malichni?”
तिनका दाजुभाइहरू र सामरियाका सेनाको उपस्थितिमा तिनले भने, “यी निर्बल यहूदीहरू के गर्दै छन्? के तिनीहरू आफैले सहरको पुनर्स्थापना गर्ने छन्? के तिनीहरूले बलिदानहरू चढाउने छन्? के तिनीहरूले एकै दिनमा काम सक्ने छन्? ती जलिसकेका कसिङ्गरको थुप्रोबाट के तिनीहरूले ढुङ्गाहरूलाई पुनर्जीवित पार्न सक्छन्?
3 Tobia ma ja-Amon, mane ochungʼ e bathe, nowacho niya, “Ohinga ma gigerono, kata ka kibwe ema oidho, to obiro ruombore piny!”
तिनीसँगै भएका अम्मोनी तोबियाले भने, “तिनीहरूले निर्माण गरेरहेको वस्तुमा एउटा फ्याउरो चढ्यो भने पनि तिनीहरूको पर्खाल भत्कने छ!”
4 Winjwa, yaye Nyasachwa, nimar osejarwa. Mad idwok ayenjegi e wigi giwegi. Mad ichiwgi kaka wasumbini e piny mabor ka joma oter e twech.
हे हाम्रा परमेश्वर, सुन्नुहोस्, किनकि हामीलाई अपमान गरिएको छ । तिनीहरूका गिल्ला तिनीहरूकै शिरमाथि फर्काइदिनुहोस्, र तिनीहरू कैदीहरूको देशमा लुटका माल बनून् ।
5 Kik ium gigo magisetimo ma ok odhi kare kata iruch richogi e nyim wangʼi, nimar gisediro ayenje e wangʼ jogedo.
तपाईंको सामुबाट तिनीहरूको अपराध नढाक्नुहोस्, र तिनीहरूको पाप नमेटिदिनुहोस्, किनकि तिनीहरूले निर्माणकर्ताहरूलाई रिस उठाएका छन् ।
6 Omiyo ne wagero ohinga nyaka ne ochopo nus mar borne, nikech ji notiyo gi chunygi duto.
यसरी हामीले आधा उचासम्म सबै पर्खाल निर्माण गर्यौँ, किनकि मानिसहरूमा काम गर्ने इच्छा थियो ।
7 To ka Sanbalat, Tobia, jo-Arabu, jo-Amon kod jo-Ashdod nowinjo ni loso ohinga mar Jerusalem osedhi nyime to kendo ni kuonde motuch ne idino, igi nowangʼ ahinya.
तर यरूशलेमका पर्खालहरू मर्मत गर्ने काम अगाडि बढिरहेको थियो र पर्खालमा भत्किएका भागहरू टालिँदै थिए भनी जब सन्बलत, तोबिया, अरबीहरू, अम्मोनीहरू र अश्दोदीहरूले सुने तिनीहरू रिसले आगो भए ।
8 Negichokore giduto mondo gibi giked gi Jerusalem kendo gimi ji obed gi luoro.
तिनीहरू सबै मिलेर षड्यन्त्र रचे, र तिनीहरू यरूशलेमको विरुद्धमा र यसमा भ्रम उत्पन्न गर्न आए ।
9 To ne walamo Nyasachwa mi waketo jorito odiechiengʼ gotieno mondo gigengʼ kihondkoni.
तर हामीले हाम्रा परमेश्वरलाई प्रार्थना चढायौँ, र तिनीहरूको धम्कीको कारणले दिनरात तिनीहरूको विरुद्धमा सुरक्षा दिने पहरेदार राख्यौँ ।
10 Kuom mano, jo-Juda nowacho niya, “Pidhe mag kuonde momukore ngʼeny, to teko joma gologi odok chien, omiyo koro ok wanyal dhi nyime gigero ohinga.”
तब यहूदाका मानिसहरूले भने, “भारी बोक्नेहरूको ताकत घट्दै छ । कसिङ्गरहरू थुप्रै छन्, र हामी पर्खाल पुनर्निर्माण गर्न सक्दैनौँ ।”
11 Wasikwa bende nowacho niya, “Ka pod ok gi ngʼeyo kata ka pod ok gi nenowa, to wabiro poree e diergi kendo wabiro negogi mi wachung tich.”
हाम्रा शत्रुहरूले भने, “तिनीहरूले थाहा पाउनुअगि र तिनीहरूले देख्नुअगि तिनीहरूका बिचमा आएर तिनीहरूलाई मारी काम रोकिदिन्छौँ ।”
12 Bangʼe jo-Yahudi mane odak mokiewo kodgi nobiro kendo okonewa nyadipar niya, “Gibiro monjou kamoro ma udhiyoe.”
त्यस बेला तिनीहरूको नजिक बस्ने यहूदीहरू सबै दिशाबाट आएर तिनीहरूले हाम्रो विरुद्धमा रचेका षड्यन्त्रहरूको बारेमा चेताउनी दिँदै हामीलाई दस पटक बताए ।
13 Emomiyo ne aketo jomoko e tok ohinga kuonde modok gi piny ma ginyalo nenogo wasigu ka aketogi dala ka dala, ka gin-gi ligengni, tonge kod atungʼ.
त्यसैले मैले खुल्ला क्षेत्रहरूमा पर्खालका सबैभन्दा तल्लो भू-भागहरूमा मानिसहरूलाई बसाएँ । मैले हरेक परिवारलाई आ-आफ्ना तरवार, भाला र धनुर्बाण लिएर बस्न लगाएँ ।
14 Kane asenono gigi maber, ne achungo malo kendo awachone joka ruoth, jotelo kod joma moko niya, “Kik uluorgi. Par Ruoth Nyasaye, maduongʼ kendo malich, kendo ukedne oweteu, yawuotu kod nyiu, mondeu, kod miechu.”
तब मैले हेरेँ, र खडा भएर अधिकारीहरू, शासकहरू र बाँकी मानिसहरूलाई भनेँ, “तिनीहरूदेखि नडराओ । प्रभुलाई सम्झनुहोस् जो महान् र भययोग्य हुनुहुन्छ । आ-आफ्ना परिवाहरू, छोराछोरीहरू, पत्नीहरू र घरहरूका लागि लड्नुहोस् ।”
15 Ka wasikwa nowinjo ni wasefwenyo chenro margi kendo ni Nyasaye ne oseketho parogi, ne wadok wate e gero ohinga, ngʼato ka ngʼato e tichne.
जब हामीले हाम्रा शत्रुहरूका योजनाहरू थाहा पायौँ र परमेश्वरले तिनीहरूका योजनाहरू विफल पारिदिनुभयो भनी तिनीहरूले सुने, हामी सबै आ-आफ्नो काम गर्न पर्खालमा फर्क्यौं ।
16 Kochakore e odiechiengno, nus mar joga notiyo tijno, to nus modongʼ nomanore gi tongʼ, okumba, atungʼ kod gige lweny mag akor. Jotelo nochungʼ e tok jo-Juda duto
त्यस समयदेखि मेरा आधा सेवकहरूले केवल पर्खाल पुनर्निर्माण गर्थे भने आधा बाँकी सेवकहरू भाला, ढाल, धनुर्बाण र झिलम लाएर बस्थे । अगुवाहरूचाहिँ यहूदाका सबै मानिसहरूको पछाडि बस्थे ।
17 mane gero ohinga. Joma ne otingʼo gige gedo ne tiyo gi lwetgi, to lwetgi komachielo otingʼo gir lweny,
पर्खालको निर्माण गरिरहेका र भारी बोकिरहेका उही मजदुरहरूले पनि आ-आफैलाई सुरक्षा दिइरहेका हुन्थे । हरेकले एउटा हातले काम गर्थ्यो भने अर्को हातले आफ्नो हतियार समाउँथ्यो ।
18 to jagedo ka jagedo notingʼo liganglane e bathe kodhi nyime kod tich. To ngʼatno mane goyo turumbete nodongʼ koda.
हरेक निर्माणकर्ताले आफ्नो तरवार भिरेर काम गर्थ्यो । तुरही बजाउनेचाहिँ मेरो छेउमा बस्थ्यो ।
19 Bangʼe ne awachone joka ruoth, jotelo kod joma moko niya, “Tich ngʼeny kendo pek, to wangelore e kor ohingani.
मैले अगुवाहरू, अधिकारीहरू र बाँकी मानिसहरूलाई भने, “काम विशाल र बृहत् छ, अनि हामी पर्खालमा एक-अर्कादेखि छुट्टिएका छौँ ।
20 Kamoro amora ma uwinjo ka turumbete oywakie, to yworwauru kanyo. Nyasachwa biro kedonwa!”
तिमीहरूले जहाँबाट तुरही बजेको सुन्छौ त्यहीँ भेला हतार गर । हाम्रा परमेश्वर हाम्रो पक्षमा लड्नुहुने छ ।”
21 Omiyo ne wadhi nyime gi tich ka nus mar jowa otingʼo tongʼ, kochakore kogwen nyaka sa ma piny imore.
यसरी हामीले काम गर्दै थियौँ । आधा मानिसहरूले सूर्योदयदेखि सूर्यास्तसम्म तरवार भिर्दै थिए ।
22 E sechego ne awachone ji niya, “Ket ngʼato ka ngʼato kod jakonyne obed ei Jerusalem gotieno, mondo omi gibed jorito gotieno, to giti godiechiengʼ.”
त्यस बेला मानिसहरूलाई मैले यो पनि भनेँ, “रातमा हाम्रा लागि पहरा दिन र दिनमा काम गर्न हरेक मानिस र त्यसको सेवकले यरूशलेमको बिचमा रात बिताओस् ।”
23 An, kata owetena kata joga kata jorit mane ni koda ne ok ogolo lepgi; moro ka moro notingʼo liganglane mar lweny, kata mana ka wadhi tuomo pi.
न मैले, न मेरा दाजुभाइहरूले, न मेरा सेवकहरूले, न मलाई पछ्याउने पहरेदारहरूले आफ्ना लुगाहरू बद्लियौँ । पानी पिउन जाँदा पनि हरेकले आ-आफ्नो तरवार बोक्थ्यो ।