< Tim Jo-Lawi 13 >
1 Jehova Nyasaye nowacho ne Musa gi Harun niya,
परमप्रभुले मोशा र हारूनलाई यसो भन्नुभयो,
2 Ka ngʼato dende okuot kata oluro kata en-gi mbala marieny e dende manyalo bedo tuo malandore mar del, nyaka kele ir Harun jadolo kata ir achiel kuom yawuote ma en jadolo.
“यदि कसैको शरीरको छाला सुनिएर फुल्यो वा त्यसमा खटिरा वा उज्ज्वल दाग आयो, र त्यो सङ्क्रमित भएर त्यसको शरीरमा छालाको रोग आयो भने, त्यसलाई प्रधान पुजारी अर्थात् हारून वा त्यसका पुजारी छोराहरूकहाँ ल्याइनुपर्छ ।
3 Jadolo nyaka non kama lit manie dende, kendo ka yier mantiere kama litno oselokore rachar kendo kama litno nenore ni odonjo ei ringʼo ahinya, to kare en tuo malandore mar del. Ka jadolo onone, to enolande ni ogak.
त्यसपछि पुजारीले त्यसको शरीरमा आएको छालाको रोगको जाँच गर्ने छ । यदि रोग लागेको ठाउँको रौँ सेतो भएको छ, र त्यो रोग छालामा गहिरो भएको छ भने, त्यो सरुवा रोग हो । पुजारीले त्यसलाई हेरेपछि उसले त्यसलाई अशुद्ध भनेर घोषणा गर्ने छ ।
4 Ka kido mantiere e piene en rachar to ok onenre ni odonjo ei ringʼo kendo yier manie iye pok olokore rachar, to jadolo nyaka ket ngʼat man-gi tuono kar kende kuom ndalo abiriyo.
यदि त्यसको छालामा भएको उज्ज्वल दाग सेतो छ, र त्यो छालामा गहिरो देखिँदैन, र त्यो रोग लागेको ठाउँको रौँ सेतो भएको छैन भने, रोग लागेको मानिसलाई पुजारीले सात दिनसम्म अलग्गै राखोस् ।
5 E odiechiengʼ mar abiriyo jadolo nyaka none, bende ka oneno ni pod onge pogruok kendo pok olandore e del, to nyaka okete kar kende kuom ndalo abiriyo mamoko.
सातौँ दिनमा पुजारीले त्यो रोग खराब भएको छ वा छैन र छालामा फैलिएको छ वा छैन भनेर जाँच्ने छ । यदि फैलिएको छैन भने पुजारीले त्यसलाई अझै सात दिनसम्म अलग्गै राखोस् ।
6 E odiechiengʼ mar abiriyo jadolo nyaka none kendo, to ka kama litno oserumo kendo pod ok olandore e del, to jadolo noland ni oler; en mana kama oluro. Ngʼatno nyaka luok lepe, kendo enobed maler.
पुजारीले फेरि सातौँ दिनमा त्यो रोगमा केही सुधार भएको छ वा छैन र छालामा पर-परसम्म फैलिएको छ वा छैन भनेर त्यसको जाँच गर्ने छ । यदि फैलिएको छैन भने पुजारीले त्यसलाई शुद्ध घोषणा गर्ने छ । त्यो एउटा डाबर मात्र हो । त्यसले आफ्ना लुगाहरू धोओस्, अनि त्यो शुद्ध हुने छ ।
7 To ka kama olurono ok olandore e dende ka bangʼ ka osedhi ir jadolo mondo olande ni oler, to nyaka onyisre e nyim jadolo kendo.
तर त्यसले आफैलाई पुजारीकहाँ देखाइसकेपछि यदि त्यो डाबर छालामा फैलियो भने, त्यसले फेरि आफूलाई पुजारीकहाँ देखाओस् ।
8 Jadolo nyaka none, kendo ka kama olurono oselandore e del, to enolande kaka ngʼama ogak; nikech en tuo malandore.
त्यो डाबर छालामा अझै परसम्म फैलिएको छ वा छैन भनेर पुजारीले जाँच गर्ने छ । यदि त्यो फैलिएको छ भने, पुजारीले त्यसलाई अशुद्ध घोषणा गर्ने छ । त्यो सरुवा रोग हो ।
9 Ka ngʼato angʼata nigi tuo malandore mar del, to nyaka kele ir jadolo.
यदि कसैलाई सरुवा रोग लागेको छ भने, त्यसलाई पुजारीकहाँ लगिनुपर्छ ।
10 Jadolo nyaka none, kendo ka nitie kido marachar kama litni mi yier man kanyo olokore marachar, kendo kanyo onogo otimo adhola,
पुजारीले छालामा कुनै भाग सेतो भएर फुलेको छ वा छैन, रौँ सेतो भएको छ वा छैन, वा फुलेको ठाउँमा कुनै आलो मासु पलाएको छ वा छैन भनेर त्यसको जाँच गर्ने छ ।
11 to mano nyiso ni en tuo malandore mosedak mar del kendo jadolo noland ngʼatno ni ogak. Kik okete kar kende nikech osebedo mogak.
यदि छ भने, त्यो धेरै पुरानो छालाको रोग हो, र पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् । त्यो पहिले नै अशुद्ध भएको कारणले पुजारीले त्यसलाई अलग्गै राख्ने छैन ।
12 Ka tuono olandore e dende duto, kaka jadolo nene, kendo ka tuono olandore e dende duto chakre e wiye nyaka tiende,
यदि पुजारीले हेर्दा त्यसको रोग छालाभरि फैलिएर त्यसको शिरदेखि पाउसम्मै पुगेको रहेछ भने,
13 to jadolo nyaka none, to ka tuono olandore e dende duto, to enowach ni ngʼatno ler. Nikech dende duto oselokore rachar, en ngʼat maler.
त्यो रोगले त्यसका सबै शरीर ढाकेको छ वा छैन भनेर उसले त्यसलाई जाँचोस् । यदि छ भने, त्यो रोग भएको मानिसलाई पुजारीले शुद्ध घोषणा गरोस् । यदि त्यो पुरै सेतो भएको छ भने, त्यो शुद्ध हुने छ ।
14 To ka dende ochako dholore, to enobed mogak.
तर यदि त्यसमा आलो मासु देखा पर्यो भने, त्यो अशुद्ध हुने छ ।
15 Ka jadolo oneno dende modholore, to nowach ni ogak. Dende modholoreno ogak; en gi tuo malandore.
पुजारीले त्यो आलो मासुलाई हेरेर त्यस मानिसलाई अशुद्ध घोषणा गरोस् किनभने आलो मासु अशुद्ध हो । त्यो एउटा सरुवा रोग हो ।
16 Ka dipo ni dende modholoreno olokore rachar, to nyaka odhi ir jadolo.
तर आलो मासु फेरि सेतो भयो भने, त्यो मानिस पुजारीकहाँ जाओस् ।
17 Jadolo nyaka none, kendo ka kuonde malit olokore rachar, to jadolo noland ni ngʼama ogakno ler; eka enobed maler.
छाला सेतो भएको छ वा छैन भनेर पुजारीले त्यसको जाँच गर्ने छ । यदि छ भने पुजारीले त्यस मानिसलाई शुद्ध भनी घोषणा गर्ने छ ।
18 Ka bur omako ngʼato mi ochango,
यदि कसैको छालामा कुनै फोका आयो र त्यो निको भयो,
19 kendo kama bur ne nitiereno, kido marachar mokuot kata mobokore mamarmar onenore, to nyaka odhi ir jadolo.
र त्यस फोकाको ठाउँमा सुनिएर त्यो सेतो भयो वा त्यहाँ रातो-सेतो उज्ज्वल दाग आयो भने, त्यो पुजारीलाई देखाइनुपर्छ ।
20 Jadolo nyaka non kama burno ne nitie kendo ka onenore ni odholore ahinya kendo yier manie iye oselokore rachar, to jadolo noland ni ngʼatno ogak. En tuo malandore mar del ma osewuok kama bur ne netie.
त्यो छालामा गहिरो छ वा छैन र त्यसको रौँ सेतो भएको छ वा छैन भनेर पुजारीले त्यसको जाँच गर्ने छ । यदि त्यस्तो भएको छ भने पुजारीले त्यस मानिसलाई अशुद्ध घोषणा गरोस् । फोका भएको ठाउँमा नै त्यो आएको हो भने त्यो एउटा सरुवा रोग हो ।
21 To ka dipo, ni sa ma jadolo nonene oyudo kaonge yier marachar kuome, to bende ok odholore kendo oselal, to jadolo nyaka kete tenge kuom ndalo abiriyo.
तर पुजारीले जाँच गर्दा त्यसमा कुनै सेतो रौँ छैन भने, र त्यो छालामा गहिरो छैन तर बिलाउँदै गएको छ भने, पुजारीले त्यस मानिसलाई सात दिनसम्म अलग्गै राखोस् ।
22 Ka tuono landore e del, to jadolo noland ni ngʼatno ogak; nikech en tuo malandore.
यदि त्यो छालामा पर-पर फैलियो भने, पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् । त्यो एउटा सरुवा रोग हो ।
23 To ka kidono ok lokre kendo ok landre, to jadolo nowach ni oler nikech en mana mbala moa e bur.
तर यदि त्यो सेतो दाग आफ्नै ठाउँमा रह्यो र त्यो फैलिएन भने, त्यो त्यस फोकाको दाग मात्र हो, र पुजारीले त्यस मानिसलाई शुद्ध घोषणा गरोस् ।
24 Ka ngʼato dende kamoro owangʼ kendo kido mamarmar kata marachar owuok e adhola mar kama owangʼno,
यदि छालामा पोलेर घाउ भयो र त्यसको आलो मासुमा रातो-सेतो वा सेतो दाग भयो भने,
25 to jadolo nyaka non adholano, kendo ka yier mane iye olokore rachar, kendo onenore ni odholore, to en tuo malandore mowuok kama owangʼno. Jadolo noland ni ngʼatno ogak; nikech en tuo malandore mar del.
पुजारीले त्यस दागमा पलाएको रौँ सेतो भएको छ वा छैन, र त्यो छालामा गहिरो भएको छ वा छैन भनेर जाँच गर्ने छ । यदि त्यो पोलेको घाउ फुटेको छ भने, पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् । त्यो एउटा सरुवा रोग हो ।
26 To ka jadolo onone kendo onge yier marachar e adholano kendo ka ok odholore kendo oselal, eka jadolo nokete kar kende kuom ndalo abiriyo.
तर पुजारीले त्यो जाँच गर्दा त्यस दाग भएको ठाउँमा कुनै सेतो रौँ नभएको, र त्यो छालामा नफैलिएको तर बिलाउँदै गएको पायो भने, पुजारीले त्यसलाई सात दिनसम्म अलग्गै राखोस् ।
27 E odiechiengʼ mar abiriyo jadolo nyaka non ngʼatno, to ka tuono landore e dende, to jadolo noland ni ngʼatno ogak; nikech en tuo malandore mar del.
सातौँ दिनमा पुजारीले त्यसको जाँच गरोस् । यदि त्यो छालामा पर-परसम्म फैलिएको छ भने पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् । त्यो एउटा सरुवा रोग हो ।
28 To kata ka kama odholoreno ok olokore kendo ok olandore e del to oselal, en kama okuot moa kuom kama owangʼ, omiyo jadolo noland ni ngʼatno ler; nikech en mbala mowuok kama owangʼ.
तर यदि त्यो दाग आफ्नै ठाउँमा रह्यो र छालामा त्यो फैलिएको छैन र बिलाउँदै गएको छ भने, त्यो पोलेको घाउ फुलेको मात्र हो, र पुजारीले त्यसलाई शुद्ध घोषणा गरोस्, किनभने त्यो पोलेको घाउको दाग मात्र हो ।
29 Ka dichwo kata dhako nigi adhola e wiye kata e tike,
यदि कुनै पुरुष वा स्त्रीको टाउको वा चिउँडोमा सरुवा रोग लागेको छ भने,
30 jadolo nyaka non adholano, to ka onenore ni odholore kendo yier manie iye ratongʼ kendo ongelore, jadolo noland ni ngʼatno ogak; nikech en kama ilni, ma en tuo malandore e wich kata e tik.
पुजारीले त्यो रोग छालामा गहिरो भएको छ वा छैन, र त्यसमा कुनै पहेँलो, मसिनो रौँ छ वा छैन भनेर त्यस रोगको जाँच गर्ने छ । यदि त्यहाँ छ भने, पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् । त्यो टाउको वा चिउँडोको चिलाउने सरुवा रोग हो ।
31 To ka dipo ni e sa ma jadolo nono adhola makamano, ok onenore ni odholore kendo onge yier maratengʼ kuome, eka jadolo noket ngʼama tuoni kar kende kuom ndalo abiriyo.
पुजारीले त्यो चिलाउने रोगको जाँच गर्दा त्यो छालामा गहिरो नभएको, र त्यसमा कालो रौँ नपलाएको देख्यो भने, पुजारीले त्यो चिलाउने रोग लागेको मानिसलाई सात दिनसम्म अलग्गै राख्ने छ ।
32 E odiechiengʼ mar abiriyo jadolo nyaka non adholano, kendo ka ilni ok omedore kendo onge yier maratongʼ e iye kendo ok onenre ni odhe,
सातौँ दिनमा पुजारीले त्यो रोग फैलिएको छ वा छैन भनेर जाँच गर्ने छ । यदि त्यहाँ पहेँलो रौँ छैन, र त्यो रोग छालाभन्दा गहिरो छैन भने,
33 to nyaka liele makmana kama tuo nitiereno, kendo jadolo nyaka kete kare kende kuom ndalo abiriyo.
त्यो रोग लागेको ठाउँलाई छोडेर त्यसको रौँ खौरियोस्, र त्यो चिलाउने रोग लागेको मानिसलाई पुजारीले अर्को सात दिनसम्म अलग्गै राखोस् ।
34 E odiechiengʼ mar abiriyo jadolo nyaka non kama ilnino, kendo ka pod ok omedore kendo odholore, to jadolo nowach ni ngʼatno ler. Ngʼatno nyaka luok lepe eka nobed maler.
सातौँ दिनमा पुजारीले त्यो रोग छालामा फैलिन रोकिएको छ वा छैन भनेर जाँच गर्ने छ । यदि त्यो छालाभन्दा गहिरो भएको छैन भने पुजारीले त्यसलाई शुद्ध घोषणा गरोस् । त्यो मानिसले आफ्ना लुगाहरू धुने छ, अनि त्यो शुद्ध हुने छ ।
35 To ka kama ilnino omedore e del bangʼ ka oseland ni oler,
तर पुजारीले त्यसलाई शुद्ध घोषणा गरिसकेपछि त्यो चिलाउने रोग छालामा पर-परसम्म फैलियो भने,
36 to jadolo nyaka none, kendo ka ilni omedore e del, to onge tiende mondo jadolo omany yier maratongʼ, nimar ngʼatno ogak.
पुजारीले फेरि त्यसको जाँच गर्नुपर्छ । यदि त्यो रोग छालामा फैलिएको छ भने, पुजारीले पहेँलो रौँ छ वा छैन भनेर हेर्नुपर्दैन । त्यो मानिस अशुद्ध हुन्छ ।
37 Ka dipo ni e ngʼado bura mar jadolo oneno ni kanyo olokore kendo yier maratengʼ oseti kanyo, to mano nyiso ni osechango. Ngʼatno osedoko maler kendo jadolo nolande ni oler.
तर यदि त्यो चिलाउने रोग फैलिन रोकिएको र त्यस ठाउँमा कालो रौँ पलाएको पुजारीले देख्यो भने, त्यो रोग निको भएको हो । त्यो मानिस शुद्ध हुन्छ, र पुजारीले त्यसलाई शुद्ध घोषणा गरोस् ।
38 Ka dichwo kata dhako nigi kido marachar e dende,
यदि कुनै पुरुष वा स्त्रीको शरीरमा सेता दागहरू छन् भने,
39 to jadolo nyaka non-gi, kendo ka kidogo nenore marachar ma tangʼ-tangʼ, to en kama roch mawuok e del ma ok nyal hinyo ngʼato; kendo ngʼatno ler.
पुजारीले ती दागहरू फिक्का सेता छन् वा छैनन् भनेर त्यस मानिसको जाँच गरोस्, जुन छालामा निस्केका डाबर मात्र हुन् । त्यो मानिस शुद्ध छ ।
40 Ka yie wi ngʼato oluny duto kendo odongʼ rabondo, to oler.
यदि कुनै मानिसको केश झरेको छ, र त्यो तालु खुइले भएको छ भने पनि त्यो शुद्ध रहने छ ।
41 Chuny wiye oluny mi odongʼ rabondo, to oler.
यदि त्यसको शिरको अगिल्लो भागको केश झरेको छ, र यदि त्यसको निधार खुइलेको छ भने, त्यो शुद्ध रहने छ ।
42 To ka en-gi kama lit molokore mamarmar e bondone kata e thur wiye, to en tuo malandore moa e wiye kata e thur wiye.
तर यदि त्यसको खुइलेको शिर वा निधारमा रातो-सेतो खटिरा आएको छ भने, त्यो फुटेर निस्केको सरुवा रोग हो ।
43 Jadolo nyaka none, kendo ka kama lit mokuot e wiye kata e thur wiye olokore mamarmar ka tuo del malandore,
त्यसपछि पुजारीले त्यस मानिसको खुइलेको शिर वा निधारको सुनिएर फुलेको ठाउँलाई छालाको सरुवा रोगझैँ छ कि छैन भनेर जाँच गर्ने छ ।
44 to ngʼatno tuo kendo ogak. Jadolo noland ni ogak nikech kama lit manie wiye.
यदि त्यो त्यस्तै छ भने, त्यसलाई सरुवा रोग लागेको छ, र त्यो अशुद्ध हुने छ । त्यसको शिरमा रोग भएको कारण पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् ।
45 “Ngʼat man-gi dhoho nyaka rwak lewni moyiech, owe wiye nono, oum lend wangʼe gi piny kendo oywag kokok ni, ‘Ok aler! Ok aler!’
सरुवा रोग लागेको मानिसले झुत्रो लुगा लगाओस्, त्यसले आफ्ना कपाल खुला छोडोस्, र आफ्नो अनुहारलाई नाकसम्म ढाकेर त्यसले सोर निकालेर ‘अशुद्ध, अशुद्ध’ भनोस् ।
46 Ka dipo ni pod en-gi tuono pod ogak. Nyaka odag kende; kendo odag oko mar kambi.
त्यसमा त्यो सरुवा रोग भइन्जेलसम्म त्यो अशुद्ध रहने छ । फैलिन सक्ने रोगद्वारा त्यो अशुद्ध भएको कारण, त्यो एक्लै बस्नुपर्छ । त्यो छाउनीभन्दा बाहिर बस्नुपर्छ ।
47 “Ka law moro amora opur; bed ni en mar pamba kata mar usi,
यदि कुनै लुगामा ढुसी परेको छ भने, चाहे त्यो ऊनी होस् वा सुती,
48 moro amora mochwe kata motwangʼ, pien moro amora kata gimoro amora molos gi pien
वा बुनिएको वा ऊनी वा सुती, वा छाला र छालाबाट बनेको कुनै कुराद्वारा बुनिएको होस्,
49 kendo ka lewni mopur, kata pien, kata mochwe kata mano motwangʼ, kata gir pien moro amora, mano maratiglo kata marakwaro, en pur malandore kendo nyaka nyis jadolo.
यदि त्यो लुगा, छाला, बुनिएको वा सिलाइएको वस्तु, छालाद्वारा बनेको कुनै वस्तुमा हरियो वा रातो दाग छ भने त्यो फैलिने ढुसी हो, र त्यो पुजारीलाई देखाइनुपर्छ ।
50 Jadolo nyaka non kama opurno kendo oket gik mopurgo tenge kuom ndalo abiriyo.
पुजारीले त्यो ढुसी भएको वस्तुलाई जाँचोस्, र ढुसी भएको जुनसुकै वस्तुलाई सात दिनसम्म अलग्गै राखोस् ।
51 E odiechiengʼ mar abiriyo nyaka onone, kendo ka purno olandore e law, kata e njora mochwe kata motwangʼ, bedni itiyo kode e yo moro amora, to en pur maketho gik moko; kuom mano gima kamano ogak.
पुजारीले सातौँ दिनमा त्यो ढुसीलाई फेरि जाँचोस् । यदि त्यो त्यस लुगामा, वा ऊनी वा सुतीबाट बुनिएको वा सिलाइएको कुनै वस्तुमा, वा छाला वा छाला प्रयोग गरिएको कुनै वस्तुमा फैलिएको छ भने, त्यो हानि गर्ने ढुसी हो, र त्यो वस्तु अशुद्ध हो ।
52 Jadolo nyaka wangʼ lawno, kata mano mochwe kata motwangʼ kata gir pien moro amora mane osepur, nikech pur osekethe; gino nyaka wangʼ.
त्यसले त्यो लुगा, ऊनी वा सुतीबाट बुनिएको वा सिलाइएको, वा छाला वा छालाबाट बनाइएको कुनै वस्तु, वा हानि गर्ने ढुसी भेटिएको जुनसुकै वस्तुलाई जलाओस्, किनभने त्यसले रोग लाग्न सक्छ । त्यो वस्तु पूर्ण रूपमा जलाइनुपर्छ ।
53 “To ka diponi jadolo oneno kama opurno ka ok olandore e lawno, kata e law mochwe kata motwangʼ, kata e pien,
पुजारीले त्यो वस्तुलाई जाँच्दा त्यो लुगा वा ऊनी वा सुतीबाट बुनिएको वा सिलाइएको वस्तु, वा छालाका वस्तुहरूमा ढुसी फैलिएको छैन भने,
54 to enochiw chik mondo luok mochidono. Eka nyaka okete tenge kuom ndalo abiriyo mamoko.
त्यो ढुसी फेला परेको वस्तुलाई पुजारीले धुनू भनी आज्ञा गर्ने छ, र उसले त्यो अझै सात दिनसम्म अलग्गै राख्ने छ ।
55 Bangʼ ka oseluok law mopurno, jadolo nyaka none, kendo kapok lawno oloko kite obedo ni pok olandore, en gima ogak. Nyaka wangʼe gi mach kata obedo ni kama opurno ni yo ka oko kata yo ka iye.
ढुसी लागेको वस्तुलाई धोइसकेपछि पुजारीले त्यसको जाँच गर्ने छ । त्यो ढुसी नफैलिएको भए तापनि त्यसले आफ्नो रङ्ग परिवर्तन गरेन भने, त्यो अशुद्ध हुने छ । ढुसी वस्तुको जुन ठाउँमा लागेको भए तापनि तैँले त्यसलाई जलाउनू ।
56 Ka sa ma jadolo onone, to oyudo ni pur oselal ka gino oselwoki, to nyaka oyiech kama opurno oko, bedni en kuom law, kata kuom pien, kata kuom usi mochwe kata law motwangʼ.
पुजारीले त्यो वस्तुको जाँच गर्दा त्यसलाई धोइएपछि यदि ढुसी फिका भयो भने, तैँले ढुसी लागेको भागलाई लुगा वा छाला, वा बुनिएको वा सिलाइएको वस्तुबाट च्यात्नू ।
57 To ka kama opurno ochako othinyore e lawno, kata e usino mochwe kata e lawno motwangʼ, kata e pien, kolandore, kendo gima kamano mopur nyaka wangʼ e mach.
यदि त्यो लुगामा, चाहे त्यो बुनिएको वा सिलाइएको वा छालाबाट बनेको वस्तु होस्, अझै पनि ढुसी देखियो र त्यो फैलिँदै छ भने, ढुसी भएको जुनसुकै वस्तुलाई तैँले जलाउनू ।
58 To ka oseluok law kata usi mochwe, kata law motwangʼ, kata pien ma chilono orumo, to nyaka chak lwoke kendo eka enobed maler.”
त्यो लुगा वा ऊनी वा सुतीबाट बुनिएको वा सिलाइएको जुनसुकै वस्तु, वा छाला वा छालाबाट बनेको कुनै वस्तुलाई धोएपछि यदि ढुसी हरायो भने, त्यो वस्तुलाई अर्को एक पटक धुनू, र त्यो शुद्ध हुने छ ।
59 Magi e chike mag gik mopur man kuom law pamba kata law kaki mochwe kata motwangʼ kata pien moro amora mondo ongʼe ni gigak kata ok gigak.
कुनै ऊनी वा सुतीको लुगा, ऊनी वा सुतीबाट बुनिएको कुनै वस्तु, वा छाला वा छालाबाट बनेको कुनै वस्तुको ढुसीसम्बन्धी विधि यी नै हुन्, जसअनुसार तिमीहरूले त्यसलाई शुद्ध वा अशुद्ध भनी घोषणा गर्न सक्छौ ।”