< Chakruok 37 >

1 Jakobo nodak e piny Kanaan, kuma ne wuon-gi odakie.
याकूब आफ्ना बुबा बसोबास गर्दै आएका कनान देशमा बस्दथे ।
2 Ma e nonro mar joka Jakobo. Kane Josef ja-higni apar gabiriyo, nohero kwayo jamb wuon-gi ka en kaachiel gi owetene ma yawuot Bilha kod yawuot Zilpa ma magi gin monde wuon-gi. To Josef nonyiso wuon-gi timbe moko maricho ma owetene ne timo.
याकूबका विषयमा भएका घटनाहरूका वृत्तान्त यिनै थिए । सत्र वर्षका जवान योसेफ आफ्ना दाजुहरूसँग भेडाबाख्राहरूका बगाल हेर्दै थिए । उनी आफ्ना बुबाका उपपत्‍नीहरू बिल्हा र जिल्पाका छोराहरूसँग थिए । योसेफले आफ्ना बुबाकहाँ तिनीहरूका विषयमा खराब खबर ल्याए ।
3 Koro Israel nohero Josef moloyo yawuote mamoko, nikech en nyathi mane onywolne ka oseti, kendo nolosone law mar kandho maber.
इस्राएलले आफ्ना सबै छोराहरूमध्ये योसेफलाई धेरै माया गर्दथे किनभने उनी तिनका बुढेसकालका छोरा थिए । तिनले उनको निम्ति एउटा सुन्दर वस्‍त्र बनाइदिए ।
4 Kane owetene oneno ni wuon-gi ohero Josef moloyogi, negidoko mamon kode kendo ne ok ginyal wuoyo kode maber.
उनका दाजुहरूले तिनीहरूका बुबाले उनलाई सबै दाजुभाइहरूभन्दा धेरै माया गरेका देखे । तिनीहरूले योसेफलाई घृणा गर्थे र उनीसँग राम्ररी बोल्दैनथे ।
5 Chiengʼ moro Josef noleko, kendo kane onyiso owetene lekno, to owetene nomedo bedo mamon kode.
योसेफले एउटा सपना देखे जसको विषयमा उनले आफ्ना दाजुहरूलाई बताए । त्यसपछि तिनीहरूले उनलाई झनै धेरै घृणा गरे ।
6 Nowachonegi niya, “Winjeuru kaka nende aleko:
उनले तिनीहरूलाई भने, “कृपया मैले देखेको सपनालाई सुन्‍नुहोस् ।
7 Ne watweyo cham manie puodho eka apoya nono wi cham mane asetweyo nochungʼ tir, ka wiye chambu olworo wi chamba kendo okulorene.”
हामी खेतमा अन्‍नका बिटाहरू बाँधिरहेका थियौँ अनि मेरो बिटाचाहिँ ठाडो भई उठ्यो, र तपाईंहरूका बिटाहरू मेरो बिटाको वरिपरि आई त्यसलाई दण्डवत् गरे ।”
8 Owetene nowachone niya, “Iparo ni inyalo telonwa? Bende inyalo telonwa adier?” Kendo negimedo bedo mamon kode nikech lekneno kod gimane owachonegi.
उनका दाजुहरूले उनलाई भने, “के तैँले साँच्‍चै हामीमाथि शासन गर्नेछस्? के साँच्‍चै हामीमाथि तैँले अधिकार गर्नेछस्?” उनका सपना र उनले भनेका कुराहरूका कारण तिनीहरूले उनलाई झनै धेरै घृणा गरे ।
9 Eka Josef nochako oleko lek machielo, kendo nowacho ne owetene lekno. Nowachonegi niya, “Winjuru lek machielo manyoro aleko ni wangʼ chiengʼ gi dwe kod sulwe apar gachiel kulorena.”
उनले अर्को एउटा सपना देखे जसको विषयमा उनले आफ्ना दाजुहरूलाई बताए । उनले भने, “हेर्नुहोस्, मैले अर्को सपना देखेँः सूर्य, चन्द्र र एघारवटा ताराले मलाई दण्डवत् गरे ।”
10 Kane onyiso wuon-gi kaachiel gi owetene, wuon-gi nokwede kendo owachone niya, “Ma en lek manade manyoro ilekoni? Iparo ni minu kod an kod oweteni nyalo biro kuloreni mondo omiyi duongʼ?”
आफ्ना दाजुहरूलाई झैँ उनले यो कुरा आफ्ना बुबालाई पनि बताए, तर उनका बुबाले उनलाई हप्‍काए । तिनले उनलाई भने, “तिमीले देखेको यो सपना के हो? के तिम्री आमा र म अनि तिम्रा सबै दाजुहरूले साँच्‍चै तिम्रोअगि भुइँसम्मै झुकेर दण्डवत् गर्नेछन्?”
11 Owetene ne nyiego omako kode, to wuon-gi to ne okano wechego e chunye.
उनका दाजुहरूले उनको ईर्ष्‍या गर्न लागे, तर उनका बुबाले यो विषयलाई आफ्नो मनमा नै राखे ।
12 Koro noyudo owete Josef kwayo jamb wuon-gi machiegni gi Shekem,
उनका दाजुहरू आफ्ना बुबाका भेडाबाख्राहरूका बगाललाई चराउन शकेममा गएका थिए ।
13 eka Israel nowacho ne Josef niya, “Kaka ingʼeyo ni oweteni kwayo jamni machiegni gi Shekem; koro bi mondo aori irgi.” Josef nodwoke niya, “Mano ber.”
इस्राएलले योसेफलाई भने, “के तिम्रा दाजुहरू शकेममा भेडाबाख्राहरूका बगाल चराइरहेका छैनन् र? आऊ, र म तिमीलाई तिनीहरूकहाँ पठाउनेछु ।” योसेफले तिनलाई भने, “म तयार छु ।”
14 Kuom mano nowachone niya, “Dhiyo kendo ineane ka oweteni dhi maber kod jamni, kendo iduogna wach.” Kamano nooro Josef koa e Holo mar Hebron. Kane Josef otundo Shekem,
तिनले उनलाई भने, “अहिले नै जाऊ र तिम्रा दाजुहरू र बगाल ठिकै छन् कि छैनन् हेर, र मकहाँ खबर ल्याऊ ।” यसैकारण याकूबले उनलाई हेब्रोनको बेँसीबाट बाहिर शकेममा पठाए, अनि उनी त्यहाँ गए ।
15 ngʼat moro noromo kode ka owuotho awuotha e thim mi openje niya, “Imanyo angʼo?”
एक जना मानिसले योसेफलाई भेट्टाए । योसेफ खेतमा डुलिरहेका थिए । त्यस मानिसले उनलाई सोधे, “तिमी के खोजिरहेका छौ?”
16 Nodwoke niya, “Adwaro owetena. Kinyisa kuma gikwayoe jambgi?”
योसेफले भने, “म मेरा दाजुहरूलाई खोजिरहेको छु । उहाँहरूले बगाल कहाँ चराउँदै हुनुहुन्छ कृपया मलाई बताउनुहोस् ।”
17 Ngʼatno nodwoke niya, “Gisewuok ka. Ne awinjo kagiwacho ni gidhi Dothan.” Kuom mano Josef noluwo bangʼ owetene kendo noyudogi machiegni gi Dothan.
त्यस मानिसले भने, “तिनीहरू यस ठाउँबाट गइसके, तर मैले तिनीहरूले यसो भनेका सुनेको थिएँ, ‘हामी दोतानतिर जाऔँ ।’” योसेफ आफ्ना दाजुहरूका पछिपछि गए र तिनीहरूलाई दोतानमा भेट्टाए ।
18 To ne ginene kapod en mabor, kendo kane pok ochopo irgi, negichano mondo ginege.
तिनीहरूले उनलाई टाढैबाट आइरहेको देखे, र उनी तिनीहरूका नजिक आइपुग्‍नअगि नै तिनीहरूले उनलाई मार्ने मतो गरे ।
19 Negiwacho e kindgi giwegi niya, “Neuru jalek lek cha biro!
उनका दाजुहरूले एक-अर्कासँग भने, “हेर, त्यो स्वप्‍न-दर्शी आउँदै छ ।
20 Biuru mondo wanege kendo wawite e bungu moro achiel kendo wawach ni le moro mager nyonege. Eka mondo wane gima lekne biro timone.”
अब, हामी त्यसलाई मारौँ र त्यसलाई यी खाडलहरूमध्ये एउटामा फालिदिऔँ । हामी यस्तो भनिदिउँला, ‘कुनै जङ्गली जनावरले त्यसलाई खाएछ ।’ अनि त्यसका सपनाहरू के हुनेछन् भनेर हामी हेर्नेछौँ ।”
21 Kane Reuben owinjo ma notemo mondo ores Josef e lwet owetene. Nowachonegi niya, “Kik wanege.
रूबेनले यो सुने र उनलाई तिनीहरूका हातबाट बचाए । उनले भने, “हामी त्यसको प्राण नलिऔँ ।”
22 Kik uchwer remo moro amora, witeuru e bugo manie thim kaeni, to kik uket lwetu kuome.” Reuben nowacho mondo ores Josef kendo odwoke ir wuon-gi.
तिनीहरूका हातबाट बचाई आफ्ना बुबाकहाँ ल्याउने योजना राखी रूबेनले तिनीहरूलाई भने, “रगत नबगाऔँ । मरुभूमिको खाडलमा त्यसलाई फ्याँकिदेओ, तर त्यसमाथि हात नउठाओ ।”
23 Kuom mano kane Josef ochopo ir owetene ne gilonyo kandhone mane olos gi law maber kendo ma nengone tek,
जब योसेफ दाजुहरूकहाँ आइपुगे, तिनीहरूले उनको त्यो सुन्दर वस्‍त्र च्यातिदिए ।
24 kendo ne gikawe mi giwite e bugo. Bugono ne ninono kendo pi ne onge e iye.
तिनीहरूले उनलाई पक्रेर खाडलमा फ्याँकिदिए । त्यो खाडलमा पानी थिएन र त्यो सुक्‍खा थियो ।
25 Kane gibet gichiemo negineno oganda mar jo-Ishmael koa Gilead. Ngamia notingʼo gik mangʼwe ngʼar, gi mane-mane kod yiende moko, kendo negiterogi Misri.
तिनीहरू भोजन गर्न बसे । तिनीहरूले आफ्ना आँखा उठाएर हेरे, र गिलादबाट ऊँटहरूमा मसलाहरू, लेप र मुर्र लिएर आइरहेको इश्माएलीहरूको एउटा यात्री दललाई देखे । तिनीहरू ती सरसामान लिएर मिश्रतर्फ यात्रा गर्दै थिए ।
26 Juda nowacho ne owetene niya, “Ere ohala ma wabiro yudo ka wanego owadwa kendo wapando rembe?
यहूदाले आफ्ना दाजुभाइहरूलाई भने, “हामीले आफ्नो भाइलाई मारेर त्यसको रगत लुकाएर हामीलाई के फाइदा?
27 Biuru mondo wause ne jo-Ishmael kendo kik waket lwetwa kuome; nikech en owadwa, ringrewa kendo rembwa.” Owetege noyie giwachno.
आओ, त्यसलाई यी इश्माएलीहरूलाई बेचिदिऔँ र त्यसमाथि हात नउठाऔँ । किनकि त्यो हाम्रै रगत, हाम्रै भाइ हो ।” उनका दाजुभाइहरूले उनको कुरा सुने ।
28 Kuom mano kane jo-ohala ma jo-Midian ochopo machiegni, owete Josef noywaye oko e bugo kendo nouse kuom shekel piero ariyo mar fedha ne jo-Ishmaelgo, mane otere Misri.
मिद्यानी व्यापारीहरू त्यहाँबाट भएर गए । योसेफका दाजुहरूले उनलाई माथि उठाए र त्यस खाडलबाट बाहिर निकाले । तिनीहरूले योसेफलाई इश्माएलीहरूका हातमा चाँदीका बिस सिक्‍कामा बेचिदिए । ती इश्माएलीहरूले योसेफलाई मिश्रमा लगे ।
29 Kane Reuben odok e bugo mane owit e Josef kendo oyudo ni Josef onge kanyo, noyiecho lepe.
पछि रूबेन त्यस खाडलमा फर्केर गए, तर योसेफ भने खाडलमा थिएनन् । उनले आफ्ना लुगाहरू च्याते ।
30 Nodok ir owetene mowachonegi niya, “Rawera cha onge kacha! Koro anyalo timo angʼo?”
उनी आफ्ना दाजुभाइहरूकहाँ फर्के र भने, “त्यो केटो त त्यहाँ छैन! अब म कहाँ जाऊँ?”
31 Eka negikawo kandho Josef, mi giyangʼo diel kendo ginyumo kandho Josef e remb diel.
तिनीहरूले एउटा बोका मारे अनि त्यसपछि योसेफको वस्‍त्र लिएर त्यसलाई रगतमा चोपे।
32 Ne gitero ne wuon-gi kandho Josef mane olos maber kendo ma nengone tek kagiwacho niya, “Ne wayudo kandhoni. Range ane maber ka en mar wuodi.”
त्यस वस्‍त्रलाई तिनीहरूले आफ्ना बुबाकहाँ ल्याएर भने, “हामीले यो भेट्टायौँ । कृपया यो तपाईंको छोराको लुगा हो कि होइन हेर्नुहोस् ।”
33 Israel nofwenyo kendo owacho niya, “Ma en kandho wuoda! Le moro mager nonege. En adier ni le mager onego Josef mokidhe matindo tindo.”
याकूबले आफ्ना छोराको लुगा चिने र भने, “यो त मेरो छोराको लुगा हो । उसलाई जङ्गली जनावरले खाएछ । योसेफलाई पक्‍कै पनि त्यसले टुक्रा-टुक्रा पार्‍यो होला ।”
34 Eka Jakobo noyiecho lepe, morwako pien gugru kendo noywago Josef wuode kuom ndalo mangʼeny.
याकूबले आफ्ना वस्‍त्र च्याते र आफ्नो कम्मरमा भाङ्‍ग्रा लगाए । तिनले आफ्ना छोराको निम्ति धेरै दिनसम्म शोक गरे ।
35 Yawuote kod nyige duto nobiro mondo ohoye, to notamore ahoya. Nowacho niya, “Ooyo, abiro ywago wuoda nyaka atho aluw bangʼe.” Kuom mano wuon-gi noywage. (Sheol h7585)
तिनका सबै छोराछोरीहरू तिनलाई सान्त्वना दिन तिनको नजिक आए, तर तिनले त्यो इन्कार गरे । तिनले भने, “म मेरो छोराको निम्ति शोक गर्दै चिहानमा पुग्‍नेछु ।” उनका बुबा उनको निम्ति रोए । (Sheol h7585)
36 To jo-Midian nouso Josef e piny Misri ne Potifa, achiel kuom jotich mag Farao, jaduongʼ jorit od ruoth.
मिद्यानीहरूले उनलाई मिश्रमा फारोका एक अधिकृत अर्थात् अङ्गरक्षकहरूका कप्‍तान पोतीफरका हातमा बेचिदिए ।

< Chakruok 37 >