< 2 Samuel 13 >
1 Bangʼ kinde moko, Amnon wuod Daudi nochako gombo Tamar, nyako ma jaber mane nyamin Abisalom wuod Daudi.
यसपछि यस्तो भयो, दाऊदका छोरा अमनोन आफ्नी सुन्दरी झट्केली बहिनी तामारप्रति धेरै आकर्षित भए, जो दाऊदका अर्को छोरा अबशालोमकी आफ्नै बहिनी थिइन् ।
2 Chuny Amnon ne chandore mobedo matuo nikech wach nyamin-gi Tamar, nimar ne en nyako ngili, kuom mano ne tek mondo otim kode gimoro.
अमनोन यति निराश भए कि आफ्नी बहिनी तामारको कारणले तिनी बिरामी परे । उनी कन्या थिइन्, र यसैले उनलाई कुनै कुरा गर्न अमनोनलाई असम्भवजस्तै भयो ।
3 Koro Amnon ne nigi osiepne miluongo ni Jonadab wuod Shimea, ma owadgi Daudi. Jonadab ne en ngʼat ma riekone richo.
तर अमनोनका एक जना मित्र थिए जसको नाम योनादाब थियो। तिनी दाऊदका दाजु शिमाहका छोरा थिए । योनादाब साह्रै धूर्त मानिस थिए ।
4 Nopenjo Amnon niya, “Yaye wuod ruoth, angʼo momiyo inenori mokuyo pile ka pile? Ok diwachna gima timi?” Amnon nodwoke niya, “Ahero Tamar ma nyamin owadwa Abisalom.”
योनादाबले अमनोनलाई भने, 'ए राजकुमार, तिमी किन हरेक बिहान निराश हुन्छौ? के तिमी मलाई भन्दैनौ?” यसैले अमनोनले तिनलाई जवाफ दिए, “मेरो भाइ अबशालोमकी बहिनी तामारलाई म प्रेम गर्छु ।”
5 Jonadab nowachone niya, “Dhiyo inind e kitanda ka iwuondri ni ituo. Ka wuonu obiro neni, to wachne ni, ‘Daher mondo nyamera ma Tamar obi omiya gimoro acham. Yie mondo obi otedna chiemo kaneno mondo mi anene kaka otedo; kendo acham chiemo kotingʼo e lwete.’”
तब योनादाबले तिनलाई भने, “आफ्नो ओछ्यान सुतिराख र बिरामी भएको बहाना गर । जब तिम्रो बुबाले तिमीलाई हेर्न आउँछन्, तब उनलाई भन, 'कृपया मलाई केही खाने कुरा दिन र मेरो सामु ती पकाउन कृपया मेरी बहिनी तामारलाई पठाइदिनुहोस्, ताकि म त्यो हेर्न सकूँ र त्यो उनको हातबाट खान सकूँ ।”
6 Omiyo Amnon nonindo kowuondore ni otuo. Kane ruoth obiro nene, Amnon nowachone niya, “Daher mondo nyamera ma Tamar obi olosna makati moro mopogore gi mapile kaneno, mondo mi achame kotingʼe e lwete.”
त्यसैले अमनोन पल्टिबसे र बिरामी भएको बहाना गरे । जब राजा तिनलाई हेर्न आए, तब अमनोनले राजालाई भने, “कृपया, मेरी बहिनी तामारलाई मेरो बिरामीपनको निम्ति मेरो सामु खाना बनाउन पठाइदिनुहोस् ताकि म उनको हातबाट खान सकूँ ।”
7 Daudi nooro wach ne Tamar e dala ruoth kama: “Dhi e od owadu Amnon mondo itedne chiemo.”
अनि दाऊदले आफ्नो दरबारमा तमारलाई खबर पठाए, “अहिले तिम्रो दाजु अमनोनको घरमा जाऊ र तिनको निम्ति खाना तयार पारिदेऊ ।”
8 Omiyo Tamar nodhi e od owadgi ma Amnon mane oyudo nindo. Nokawo mogo modwalo mi otedo makati koneno.
त्यसैले तामार आफ्नो दाजु अमनोनको घरमा गइन् जहाँ तिनी पल्टिरहेका थिए । उनले पिठो लिइन् र तिनले देख्ने गरी पिठो मुछिन् र उनले रोटी पकाइन् ।
9 Eka nokawo gima notedoe mi omiye makati, to notamore chamo. Amnon nowachone niya, “Riemb jogi duto oko.” Omiyo ji duto nowuok oko oweye.
उनले तावा लिइन् र तिनलाई रोटी दिइन्, तर तिनले खान इन्कार गरे । त्यसपछि अमनोनले त्यहाँ भएका अरूलाई भने, “हरेकलाई बाहिर, मबाट टाढा पठाऊ ।” त्यसैले हरेक व्यक्ति बाहिर गए ।
10 Eka Amnon nowachone Tamar niya, “Kel chiemo kor nindona koni mondo mi achiem kitingʼona chiemo e lweti.” Kendo Tamar nokawo makati mano tedo motero ni Amnon owadgi kor nindone.
यसैले अमनोनले तामारलाई भने, “खाना मेरो कोठामा ल्याऊ ताकि म तिम्रो हातबाट खान सकूँ ।” यसैले आफूले बनाएको रोटी तामारले लिइन् र त्यो तिनका दाजु अमनोनको कोठाभित्र लगिदिइन् ।
11 Kane oterone chiemo mondo ocham nomake githuon koywaye mowachone niya, “Nyamera, bi wanind e kitandana ka.”
जब उनले तिनकहाँ खाना ल्याएकी थिइन्, तब तिनले उनको हात समाते र उनलाई भने, “मेरी बहिनी, आऊ, मसँग सुत ।”
12 En to nodwoke niya, “Kik itim gima kama, owadwa. Kik ichuna. Gima kama ok onego timre e Israel! Kik itim tim marachni.
उनले तिनलाई जवाफ दिइन्, “होइन, मेरो दाजु, मलाई कर नलगाउनुहोस्, किनकि इस्राएलमा यस्तो कुनै कुरा गर्नुहुँदैन । यस्तो घोर दुष्ट कुरा नगर्नुहोस् ।
13 An to dabed nade? Wichkuot machal kama dater kanye? To in to? Dibed machal kaka achiel kuom joricho mofuwo e Israel. Kiyie to wuo gi ruoth; ok obi tamore mondo kik ikenda.”
मैले आफ्नो लाजबाट कसरी मुक्त हुन सक्छु र? तपाईंको बारेमा नि? तपाईं इस्राएलमा एक जना मूर्खजस्तै हुनुहुने छ । अब कृपया राजासँग कुरा गर्नुहोस्, किनकि उहाँले मलाई तपाईंबाट अलग गर्नुहुन्न ।”
14 To notamore winje, to kaka notek moloye, noterore kode githuon.
तापनि अमनोनले उनको कुरा सुनेनन् । तिनी तामारभन्दा बलिया भएका हुनाले, तिनले उनलाई समाते र तिनी उनीसित सुते ।
15 Eka Amnon nosin mojok kode ahinya. Chutho, nosin mojok kode moloyo kaka ne ohere. Amnon nowachone niya, “Chungi kendo wuog idhi!”
त्यसपछि अमनोनले तामारलाई अत्यान्तै घृणा गरे । तिनले उनलाई इच्छा गरेकोभन्दा पनि धेरै घृणा तिनले उनलाई गरे । अमनोनले उनलाई भने, “उठ् र जा ।”
16 Nodwoke niya, “Ooyo. Riemba kama biro bedo marach moloyo kata mana rach misetimona.” To nodagi winje.
तर उनले तिनलाई जवाफ दिइन्, “होइन! मलाई निकाल्ने कुरा त ठुलो दुष्टता हो जुन तपाईंले मलाई गर्नुभएको कुराभन्दा पनि झन् खराब कुरा हो ।” तर अमनोनले उनको कुरा सुनेनन् ।
17 Noluongo jatije mowachone ni, Gol dhakoni oko ka kendo ilor dhoot matek bangʼe.
बरु, तिनले आफ्नो व्यक्तिगत सेवकलाई बोलाए र भने, “यो स्त्रीलाई मबाट हटाओ र त्यसलाई निकालेपछि ढोका बन्द गरिदेओ ।”
18 Omiyo jatije nogole oko moloro dhoot matek bangʼe. Noyudo nyakono orwako law molos maber manyilni mane itwangʼo ni nyiri ngili ma nyi joka ruoth.
तब तिनको सेवकले उनलाई बाहिर ल्यायो र उनलाई निकालेपछि ढोका बन्द गरिदियो । तामारले धेरै बुट्टादार लुगा लगाइरहेकी थिइन् किनभने राजाका कन्या छोरीहरूले त्यसरी लगाउँछन् ।
19 Tamar noolo buru e wiye mi noyiecho lawe manyilni mane otwangʼ maber mane oyudo orwako. Nomako wiye gi lwete kendo nodhi koywak matek.
तामारले आफ्नो टाउकोमा खरानी हालिन् र आफ्नो लुगा च्यातिन् । उनले आफ्नो हात शिरमाथि राखिन् र उनी ठुलो सोरले रुँदै हिंडेर गइन् ।
20 Owadgi ma Abisalom nopenjo niya, “Dibedni owadu ma Amnon osebedo kodi e achiel? Koro sani lingʼ mos nyamera; en owadu. Kik wachni chand chunyi.” Kendo Tamar nodak gi Abisalom e ode, ka en dhako mokuyo.
उनका दाजु अब्शालोमले उनलाई भने, “के तिम्रो दाजु अमनोन तिमीसँगै थिए? मेरी बहिनी, अब चूपचाप बस । तिनी तिम्रै दाजु हुन् । यस कुरालाई मनमा नलेऊ ।” त्यसैले तामार आफ्नो दाजुको घरमा एक्लै बसिन् ।
21 Ruoth Daudi iye nowangʼ ahinya kane owinjo wechegi duto.
तर जब राजा दाऊदले यी सबै कुरा सुने, तब तिनी रिसले चुर भए ।
22 Abisalom ne ok owacho gimoro maber kata marach ni Amnon; to nosin kod Amnon nikech ne osekuodo wi Tamar nyamin-gi.
अब्शालोमले अमनोनलाई केही पनि भनेनन्, किनकि तिनले आफ्नो बहिनीलाई जे गरेका थिए र तिनले जसरी आफ्नो बहिनी तामारलाई अपमान गरेका थिए, त्यसको निम्ति अब्शालोमले तिनलाई घृणा गरे ।
23 Bangʼ higni ariyo, kane jongʼad yie romb Abisalom ni Baal Hazor machiegni gi tongʼ Efraim, noluongo yawuot ruoth duto mondo obi kanyo.
पुरा दुई वर्षपछि यस्तो भयो, अब्शालोमले एफ्राइम नजिकै रहेको बालहासोरमा भेडको ऊन कत्रिए र अब्शालोमले राजाका सबै छोरालाई निमन्त्रणा दिए ।
24 Abisalom nodhi ir ruoth mowachone niya, “Jatichni osechoko joge mangʼado yie rombe. Bende ruoth kod jodonge diyie bi?”
अब्शालोम राजाकहाँ गए र भने, “हे्र्नुहोस्, तपाईंको दासले भेडाको ऊन कत्रन लगेको छ । कृपया, राजा र उहाँका सेवकहरू हजुरका दासकहाँ सवारी होस् ।”
25 Ruoth nodwoke niya, “Ooyo wuoda.” Waduto ok onego wabi, wabiro miyi tingʼ mapek. Kata obedo ni Abisalom nomedo hombe, to pod nodagi dhi, makmana ne oyiene ni odhi nyime gi nyasino.
राजाले अब्शालोमलाई जवाफ दिए, “होइन, मेरो छोरो, हामी सबै जना जानुहुँदैन किनभने तिम्रो निम्ति हामी बोझ हुन्छौं ।” अब्शालोमले राजालाई बिन्ती गरे, तर तिनी गएनन्। बरु तिनले उनलाई आशिष् दिए ।
26 Eka Abisalom nowacho niya, “Kare ka kamano to we owadwa Amnon odhi kodwa.” To ruoth nopenje niya, “Angʼo momiyo dodhi kodu?”
तब अब्शालोमले भने, “होइन भने, मेरो दाजु अमनोनलाई मसँग जान दिनुहोस् ।” राजाले उनलाई भने, “अमनोन तिमीसँग किन जाने नि?”
27 To Abisalom nohombe, omiyo noyiene mi gidhi gi Amnon to gi yawuot ruoth mamoko.
अब्शालोमले दाऊदलाई कर गरे, र तिनले अमनोन र सबै राजकुमारलाई उनीसित जान दिए ।
28 Abisalom nosechiko jotijene niya, “Winjuru! Ka Amnon osemetho momer, to anawachnu ni, Goyeuru ma unege. Kik ubed maluor. Donge an ema asechikou? Beduru motegno kendo ma jochir.”
अब्शालोमले उनका सेवकहरूलाई यसो भनेर आदेश दिए, “ध्यानपूर्वक सुन । जब अमनोनलाई मद्यले असर गर्न थाल्छ र जब म तिमीहरूलाई भन्छु, ' अमनोनलाई आक्रमण गर,' तब त्यसलाई मार । नडराऊ । के तिमीहरूलाई मैले आज्ञा गरेको होइन र? साहसी र आँटिलो होओ?”
29 Omiyo jotije Abisalom notimo ni Amnon kaka nosechikgi. Eka yawuot ruoth duto nochungʼ moidho kanjegi moringo.
त्यसैले अबशालोमका सेवकहरूले उनले आज्ञा गरेबमोजिम नै अमनोनलाई गरे । तब सबै राजकुमार उठे र सबैले आ-आफ्नो कच्चर चढे र भागे ।
30 Kane pod gin e yo, wach nochopo ne Daudi niya, “Abisalom osenego yawuot ruoth duto; maonge kata achiel kuomgi modongʼ.”
यसैले यस्तो भयो, जब तिनीहरू बाटोमै थिए, तब दाऊदकहाँ यसो भन्ने खबर आयो, “अब्शालोमले सबै राजकुमारलाई मरेका छन् र त्यहाँ एक जना पनि बाँचेका छैनन् ।”
31 Ruoth nochungʼ malo, noyiecho lepe mi onindo piny kendo jotijene duto nochungʼ bute ka lepgi oyiech.
त्यसपछि राजा उठे र आफ्नो लुगा च्याते र भुईंमा पसारो परे । तिनका सबै सेवकले पनि आआफ्ना लुगा च्याते र छेउमा खडा भए ।
32 To Jonadab wuod Shimea ma owadgi Daudi, nowachone niya, “Ruodha kik par ni gisenego yawuot ruoth duto. En mana Amnon kende ema otho. Abisalom osebedo gi paroni e chunye chakre chiengʼ mane Amnon oterore gi nyamin-gi Tamar githuon.
दाऊदका दाजु शिमाहका छोरा योनादाबले जवाफ दिए र भने, “तिनीहरूले सबै जवानलाई मारेका छन् भनेका कुरामा मेरा मालिकले विश्वास नगर्नुहोस्, किनकि अमनोन मात्र मरेका छन् । अमनोनले अब्शालोमकी बहिनी तामारलाई दुर्व्यवहार गरेकै दिनदेखि तिनले यो योजना बनाएका छन् ।
33 Ruodha ma en ruoth ok onego kaw wach mar tho yawuot ruoth ka gimoro. En mana Amnon kende ema otho.”
यसकरण मेरो मालिक राजाले यो खबरलाई राजाका सबै छोराहरू मरेका छन् भनी विश्वास गर्नको निम्ति मनमा नलिनुहोस्, किनकि अमनोन मात्र मरेका छन् ।”
34 Noyudo ka Abisalom oseringo modhi opondo. Koro ngʼat mane rito notingʼo wangʼe moneno ji mangʼeny moa yo podho chiengʼ ka gilor e bath got. Jaritno nodhi ir ruoth monyise ni, Aneno ji kalor e bath got, yo Horonaim.
अब्शालोम भागे । रक्षक भएका एक जना सेवकले हेरे र आफ्नो पश्चिमतिरको पहाडको बाटोमा धेरै जना मानिस आइरहेको देखे ।
35 Jonadab nowachone ruoth niya, “Ne yawuot ruoth osechopo ka; otimore mana kaka jatichni nowacho.”
तब योनादाबले राजालाई भने, “हे्र्नुहोस्, राजकुमारहरू आउँदै छन् । यो तपाईंको दासले भनेजस्तै हो ।”
36 Kane otieko wuoyo, yawuot ruoth nochopo ka gigoyo nduru matek. Ruoth bende gi jotichne duto noywak malit ahinya.
अनि यस्तो भयो, जब तिनले बोलिसके तब राजकुमारहरू आइपुगे र ठुलो सोर गरे र रोए । राजा र तिनका सेवकहरू पनि धुरुधुरु रोए ।
37 Abisalom noringo modhi ir Talmai wuod Amihud ruodh Geshur. To Ruoth Daudi noywago wuode pile pile.
तर अब्शालोम भागे र गशूरका राजा अम्मीहूदका छोरा तल्मैकहाँ गए । दाऊदले आफ्नो छोराको निम्ति हरेक दिन विलाप गरे ।
38 Bangʼ ka Abisalom oseringo modhi Geshur, nobet kuno kuom higni adek.
यसैले अब्शालोम भागे र गशूरमा गए, जहाँ तिनी तीन वर्षसम्म बसे ।
39 Eka chuny ruoth nogombo neno Abisalom, nimar chunye nosea e wach tho mar Amnon.
दाऊद राजाको मनले अब्शालोमलाई भेट्न जाने तीव्र इच्छा गर्यो, किनकि तिनी अमनोन र उनको मृत्युको बारेमा सान्त्वना पाएका थिए ।