< Salme 99 >
1 HERREN har vist, han er Konge, Folkene bæver, han troner på Keruber, Jorden skælver!
याहवेहले राज्य गर्नुहुन्छ; राष्ट्रहरू थरथर कामून्; उहाँ करूबहरूका बीचमा विराजमान हुनुहुन्छ; पृथ्वी हल्लियोस्!
2 Stor er HERREN på Zion, ophøjet over alle Folkeslag;
सियोनमा याहवेह महान् हुनुहुन्छ; उहाँ सबै राष्ट्रहरूमाथि सर्वोच्च हुनुहुन्छ।
3 de priser dit Navn, det store og frygtelige; hellig er han!
तिनीहरूले तपाईंको महान् र भययोग्य नामको प्रशंसा गरून्— उहाँ पवित्र हुनुहुन्छ।
4 Du er en Konge, der elsker Retfærd, Retten har du grundfæstet, i Jakob, øved du Ret og Retfærd.
राजा सर्वशक्तिमान् हुनुहुन्छ, उहाँले न्यायलाई मन पराउनुहुन्छ— तपाईंले निष्पक्षता स्थापना गर्नुभएको छ; तपाईंले याकोबमा न्याय र धार्मिकता सम्पन्न गर्नुभएको छ।
5 Ophøj HERREN vor Gud, bøj eder for hans Fødders Skammel; hellig er han!
याहवेह हाम्रा परमेश्वरलाई उच्च पार, र उहाँको पाउदानमा आराधना गर; उहाँ पवित्र हुनुहुन्छ।
6 Moses og Aron er blandt hans Præster og Samuel blandt dem, der påkalder hans Navn; de råber til HERREN, han svarer;
उहाँका पुजारीहरूमध्ये मोशा र हारून थिए, र शमूएल उहाँका नाम पुकार गर्नेहरू मध्येका एक थिए; तिनीहरूले याहवेहलाई पुकारे, र उहाँले तिनीहरूलाई जवाफ दिनुभयो।
7 i Skystøtten taler han til dem, de holder hans Vidnesbyrd, Loven, han gav dem;
उहाँले बादलको खाँबोबाट तिनीहरूसँग बोल्नुभयो; उहाँले तिनीहरूलाई दिनुभएका विधान र उर्दीहरूको तिनीहरूले पालन गरे।
8 HERRE vor Gud, du svarer dem. Du var dem en Gud, som tilgav og frikendte dem, for hvad de gjorde.
हे याहवेह, हाम्रा परमेश्वर, तपाईंले तिनीहरूलाई जवाफ दिनुभयो; तपाईं इस्राएलीहरूका निम्ति क्षमाशील परमेश्वर हुनुहुन्थ्यो, यद्यपि तपाईंले तिनीहरूका दुष्कर्महरूलाई दण्ड दिनुभयो।
9 Ophøj HERREN vor Gud, bøj eder for hans hellige Bjerg, thi hellig er HERREN vor Gud!
याहवेह, हाम्रा परमेश्वरलाई उच्च पार, र उहाँको पवित्र पर्वतमा आराधना गर; किनकि याहवेह हाम्रा परमेश्वर पवित्र हुनुहुन्छ।