< Salme 97 >

1 HERREN har vist, han er Konge! Jorden juble, lad glædes de mange Strande!
याहवेहले राज्य गर्नुहुन्छ, पृथ्वी रमाओस्; टाढाका समुद्री तटहरू पनि आनन्दित होऊन्।
2 Skyer og Mulm er om ham, Retfærd og Ret er hans Trones Støtte;
उहाँको वरिपरि बादल र बाक्लो अन्धकार छाएको छ; धार्मिकता र न्याय उहाँका सिंहासनका जग हुन्।
3 Ild farer frem foran ham, og luer iblandt hans Fjender.
आगो उहाँको अगि-अगि जान्छ, र उहाँका वरिपरि रहेका वैरीहरूलाई भस्म पार्छ।
4 Hans Lyn lyste op på Jorderig, Jorden så det og skjalv;
उहाँका बिजुलीले संसारलाई उज्यालो पार्दछ; पृथ्वीले यो देख्दछ, र थरथरी काम्दछ।
5 Bjergene smelted som Voks for HERREN, for hele Jordens Herre;
याहवेहको सामु, पर्वतहरू मैनझैँ पग्लन्छन्, उहाँको सामु, जो सारा पृथ्वीका प्रभु हुनुहुन्छ।
6 Himlen forkyndte hans Retfærd, alle Folkeslag skued hans Herlighed.
स्वर्गले उहाँका धार्मिकताको घोषणा गर्दछ, र समस्त जातिहरूले उहाँका महिमा देख्नेछन्।
7 Til Skamme blev alle, som dyrkede Billeder, de, som var stolte af deres Afguder; alle Guder bøjed sig for ham.
मूर्तिहरूलाई आराधना गर्नेहरू, र मूर्तिहरूमा घमण्ड गर्नेहरू, सबै जना शर्ममा पर्नेछन्; हे सबै देवताहरू हो, तिमीहरूले याहवेहको आराधना गर!
8 Zion hørte det og glædede sig, og Judas Døtre jublede over dine Domme, HERRE!
तपाईंकै न्यायको कारण हे याहवेह, सियोनले सुन्छ र आनन्दित हुन्छ; र यहूदाका गाउँहरू हर्षित हुन्छन्।
9 Thi du, o HERRE, er den Højeste over al Jorden, højt ophøjet over alle Guder!
किनकि हे याहवेह, तपाईं सारा पृथ्वीभन्दा सर्वोच्‍च परमेश्‍वर हुनुहुन्छ; तपाईं सबै देवताहरूभन्दा अति उच्‍च हुनुहुन्छ।
10 I, som elsker HERREN, hade det onde! Han vogter sine frommes Sjæle og frier dem af de gudløses Hånd;
याहवेहलाई प्रेम गर्नेहरू सबैले दुष्‍टतालाई घृणा गरून्; किनकि उहाँले आफ्ना भक्तहरूको प्राणको रक्षा गर्नुहुन्छ र तिनीहरूलाई दुष्‍टहरूको हातबाट छुटाउनुहुन्छ।
11 over de retfærdige oprinder Lys og Glæde over de oprigtige af Hjertet.
धर्मीहरूमाथि ज्योति प्रकाशमान् हुन्छ र सोझो मन भएकाहरूमाथि आनन्द छाउँछ।
12 I retfærdige, glæd jer i HERREN, lovsyng hans hellige Navn!
हे धर्मीहरू हो, याहवेहमा रमाहट गर; र उहाँका पवित्र नामको प्रशंसा गर!

< Salme 97 >