< Salme 96 >
1 Syng HERREN en ny sang, syng for Herren, al jorden,
परमप्रभुको निम्ति एउटा नयाँ गीत गाओ । हे सारा पृथ्वी, परमप्रभुको निम्ति गाओ ।
2 syng for HERREN og lov hans Navn, fortæl om hans Frelse Dag efter Dag,
परमप्रभुको निम्ति गाओ, उहाँको नाउँलाई धन्यको भन । उहाँको उद्धार दिनदिनै घोषणा गर ।
3 kundgør hans Ære blandt Folkene, hans Undere blandt alle Folkeslag!
उहाँको महिमा जातिहरूका माझमा, उहाँका अचम्मका कामहरू सबै जातिहरूका माझमा घोषणा गर ।
4 Thi stor og højlovet er HERREN, forfærdelig over alle Guder;
किनकि परमप्रभु महान् हुनुहुन्छ र उहाँको ठुलो प्रशंसा हुनुपर्छ । अरू सबै देवताभन्दा बढी उहाँकै भय मान्नुपर्छ ।
5 thi alle Folkeslagenes Guder er Afguder, HERREN er Himlens Skaber.
किनकि जातिहरूका सबै देवता मूर्तीहरू हुन्, तर आकाश बनाउनुहुने परमप्रभु नै हुनुहुन्छ ।
6 For hans Åsyn er Højhed og Hæder, Lov og Pris i hans Helligdom.
उहाँको उपस्थितिमा वैभव र ऐश्वर्य छन् । उहाँको पवित्रस्थानमा सामर्थ्य र सुन्दरता छन् ।
7 Giv HERREN, I Folkeslags Slægter, giv HERREN Ære og Pris,
हे मानिसहरूका वंशहरू हो, परमप्रभुको स्तुति गर, उहाँको महिमा र सामर्थ्यको निम्ति परमप्रभुलाई प्रशंसासाथ स्तुति गर ।
8 giv HERREN hans Navns Ære, bring Gaver og kom til hans Forgårde,
परमप्रभुलाई उहाँको नाउँ सुहाउँदो महिमा देओ । बलि ल्याओ र उहाँको मन्दिरभित्र आओ ।
9 tilbed HERREN i helligt Skrud, bæv for hans Åsyn, al Jorden!
पवित्रताको सुसोभित भएर परमप्रभुको सामु घोप्टो पर । हे सारा पृथ्वी उहाँको सामु थरथर होओ ।
10 Sig blandt Folkeslag: "HERREN har vist, han er Konge, han grundfæsted Jorden, den rokkes ikke, med Retfærd dømmer han Folkene."
जातिहरू माझमा भन, “परमप्रभुले राज्य गर्नुहुन्छ ।” संसार पनि स्थापित भएको छ । यसलाई डगाउन सकिंदैन । उहाँले निष्पक्षतासाथ मानिसहरूको न्याय गर्नुहुन्छ ।
11 Himlen glæde sig, Jorden juble, Havet med dets Fylde bruse,
आकाश खुसी होस् र पृथ्वी आनन्दित होस् । समुद्र गर्जिओस् र त्यसलाई भर्नेचाहिं आनन्दले कराओस् ।
12 Marken juble og alt, hvad den bærer! Da fryder sig alle Skovens Træer
मैदानहरू र त्यसमा भएका सबै थोक आनन्दित होऊन् । वनका सबै रूखहरूले आनन्दले कराऊन्,
13 for HERRENs Åsyn, thi han kommer, han kommer at dømme Jorden; han dømmer Jorden med Retfærd og Folkene i sin Trofasthed.
परमप्रभुको सामु, किनकि उहाँ आउँदै हुनुहुन्छ । उहाँ पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्छ । उहाँले संसारको धार्मिकतामा र मानिसहरूको विश्वस्ततामा न्याय गर्नुहुनेछ ।