< Salme 83 >

1 (En Sang. En Salme af Asaf.) Und dig, o Gud, ikke Ro, vær ej tavs, vær ej stille, o Gud!
एउटा गीत, आसापको भजन। हे परमेश्‍वर, तपाईं मौन नरहनुहोस्; हे परमेश्‍वर, आफ्नो कान नथुन्‍नुहोस्; तपाईं निष्क्रिय नहुनुहोस्!
2 Thi se, dine Fjender larmer, dine Avindsmænd løfter Hovedet,
हेर्नुहोस्, तपाईंका शत्रुहरूले कस्तो हुङ्कार गरेका छन्, तपाईंलाई घृणा गर्नेहरूले कसरी शिर ठाडो पारेका छन्।
3 oplægger lumske Råd mod dit Folk, holder Råd imod dem, du værner:
तिनीहरूले धूर्ततासाथ तपाईंका मानिसहरूका विरुद्धमा षड्यन्त्र रच्तछन्; तिनीहरू तपाईंले अनमोल ठान्‍नुभएकाहरूको विरुद्धमा मतो गर्छन्।
4 "Kom, lad os slette dem ud af Folkenes Tal, ej mer skal man ihukomme Israels Navn!"
तिनीहरू भन्छन्, “आओ, हामी तिनीहरूको राष्ट्रलाई ध्वंस पारौँ; ताकि इस्राएल भन्‍ने नामको सम्झना नै नरहोस्!”
5 Ja, de rådslår i Fællig og slutter Pagt imod dig,
तिनीहरू एकमत भएर षड्यन्त्र रच्दछन्; तिनीहरू तपाईंको विरुद्ध गठबन्धन गर्दछन्—
6 Edoms Telte og Ismaeliterne, Moab sammen med Hagriterne,
एदोमीहरू र इश्माएलीहरूका पालहरू, मोआबीहरू र हग्रीहरू,
7 Gebal, Ammon, Amalek, Filister land med Tyrus's Borgere;
गबालीहरू, अम्मोनीहरू र अमालेकीहरू, पलिश्तीहरू र टायरका निवासीहरू।
8 også Assur har sluttet sig til dem, Lots Sønner blev de en Arm. (Sela)
लोतका सन्तानलाई सशक्त पार्न, अश्शूर पनि तिनीहरूसँग मिलेको छ। सेला
9 Gør med dem som med Midjan, som med Sisera og Jabin ved Kisjons Bæk,
मिद्यानीहरूलाई गर्नुभएझैँ तिनीहरूलाई पनि गर्नुहोस्, कीशोन खोलामा सीसरा र याबीनलाई गरेझैँ गर्नुहोस्,
10 der gik til Grunde ved En-Dor og blev til Gødning på Marken!
जो एन्दोरमा नाश पारिएका थिए, र जमिनमा फोहोर भएका थिए।
11 Deres Høvdinger gå det som Oreb og Ze'eb, alle deres Fyrster som Zeba og Zalmunna,
तिनीहरूका भारदारहरूलाई ओरेब र जीबझैँ, राजकुमारहरूलाई जेबह र सल्मुन्‍नाजस्तै बनाउनुहोस्;
12 fordi de siger: "Guds Vange tager vi til os som Eje."
जसले भने, “हामी परमेश्‍वरका खर्कलाई कब्जा गरौँ।”
13 Min Gud, lad dem blive som hvirvlende Løv som Strå, der flyver for Vinden.
हे मेरा परमेश्‍वर, तिनीहरूलाई भुमरीमा परेको धुलोझैँ, बतासले उडाएको भुसझैँ तुल्याउनुहोस्!
14 Ligesom Ild fortærer Krat og Luen afsvider Bjerge,
जसरी आगोले जङ्गल भस्म पार्छ, र ज्वालाले पहाड जलाउँछ,
15 så forfølge du dem med din Storm, forfærde du dem med din Hvirvelvind;
त्यसरी नै तिनीहरूलाई तपाईंको प्रचण्ड आँधीले खेद्नुहोस् र आँधीबेहरीले तिनीहरूलाई भयभीत पार्नुहोस्!
16 fyld deres Åsyn med Skam, så de søger dit Navn, o HERRE;
तिनीहरूका मुहार लाजले ढाकिदिनुहोस्; ताकि हे याहवेह, तिनीहरूले तपाईंको नामको खोजी गरून्।
17 lad dem blues, forfærdes for stedse, beskæmmes og gå til Grunde
तिनीहरू सधैँ शर्ममा परून्, र भयभीत होऊन्; तिनीहरू अपमानमा नष्‍ट होऊन्।
18 Og kende, at du, hvis Navn er HERREN, er ene den Højeste over al Jorden!
तिनीहरूले जानून्, कि तपाईं जसको नाम याहवेह हो— तपाईं मात्र सारा पृथ्वीमा सर्वोच्‍च परमेश्‍वर हुनुहुन्छ।

< Salme 83 >