< Salme 78 >
1 (En Maskil af Asaf.) Lyt, mit folk til min lære, bøj eders øre til ord fra min Mund;
आसापको मस्किल। हे मेरा मानिसहरू हो, मेरा शिक्षातिर ध्यान दिएर सुन; मेरा मुखका वचनहरूतिर ध्यान लगाओ।
2 jeg vil åbne min Mund med Billedtale, fremsætte Gåder fra fordums Tid,
म मेरो मुख दृष्टान्तमा बोल्नलाई खोल्नेछु; म प्राचीनका कुराहरूबाट गुप्त कुराहरू भन्नेछु—
3 hvad vi har hørt og ved, hvad vore Fædre har sagt os;
हामीले ती कुराहरू सुनेका र जानेका छौँ, जुन कुरा हाम्रा पितापुर्खाहरूले हामीलाई बताएका छन्।
4 vi dølger det ikke for deres Børn, men melder en kommende Slægt om HERRENs Ære og Vælde og Underne, som han har gjort.
हामी ती कुराहरूलाई तिनीहरूका छोराछोरीहरूबाट लुकाउनेछैनौँ; हामी आउने पुस्तालाई याहवेहका प्रशंसायोग्य कामहरू, उहाँको शक्ति र उहाँले गर्नुभएका अद्भुत कार्यहरूको बारेमा वर्णन गर्नेछौँ।
5 Han satte et Vidnesbyrd i Jakob, i Israel gav han en Lov, idet han bød vore Fædre at lade deres Børn det vide,
उहाँले याकोबको निम्ति विधि-विधानहरू कायम गर्नुभयो, र इस्राएलमा व्यवस्था स्थापित गर्नुभयो; यी कुराहरू आफ्ना छोराछोरीहरूलाई सिकाउनु भनेर उहाँले हाम्रा पितापुर्खाहरूलाई आज्ञा दिनुभयो;
6 at en senere Slægt kunde vide det, og Børn, som fødtes siden, stå frem og fortælle deres Børn derom,
ताकि यी कुराहरू आउँदा पुस्ताले जानून्, यी कुराहरू नजन्मेका शिशुहरूले पनि जानून्, र यी कुराहरू तिनीहरूले पनि आफ्ना छोराछोरीहरूलाई भनून्।
7 så de slår deres Lid til Gud og ikke glemmer Guds Gerninger, men overholder hans Bud,
तब तिनीहरूले परमेश्वरमा आफ्ना भरोसा राख्नेछन्, र उहाँका कामहरू तिनीहरूले बिर्सने छैनन्; तर तिनीहरूले उहाँका आज्ञाहरू पालन गर्नेछन्।
8 ej slægter Fædrene på, en vanartet, stridig Slægt, hvis Hjerte ikke var fast, hvis Ånd var utro mod Gud
तिनीहरू आफ्ना पितापुर्खाहरू जस्तै अटेरी र विद्रोही पुस्ता हुनेछैनन्; तिनीहरूका हृदय परमेश्वरप्रति वफादार थिएनन्, तिनीहरूका आत्मा परमेश्वरप्रति विश्वासयोग्य थिएनन्।
9 - Efraims Børn var rustede Bueskytter, men svigted på Stridens Dag -
एफ्राइमका मानिसहरू धनुकाँडले सुसज्जित भए तापनि लडाइँको दिनमा तिनीहरू पिठिउँ फर्काएर पछि भागे;
10 Gudspagten holdt de ikke, de nægtede at følge hans Lov;
तिनीहरूले परमेश्वरका करार पालन गरेनन्, र उहाँका व्यवस्थाअनुसार चल्न अस्वीकार गरे।
11 hans Gerninger gik dem ad Glemme, de Undere, han lod dem skue.
परमेश्वरले गर्नुभएका कामहरू, उहाँले तिनीहरूलाई देखाउनुभएको अद्भुत कार्यहरू, तिनीहरूले बिर्से।
12 Han gjorde Undere for deres Fædre i Ægypten på Zoans Mark;
उहाँले तिनीहरूका पितापुर्खाहरूका अगि, इजिप्ट देश र सोअनको मैदानमा अचम्मका कामहरू गर्नुभयो।
13 han kløvede Havet og førte dem over, lod Vandet stå som en Vold;
उहाँले समुद्रलाई दुई भाग पार्नुभयो, र यसबाट तिनीहरूलाई पारि डोर्याउनुभयो; उहाँले पानीलाई पर्खालझैँ खडा गर्नुभयो।
14 han ledede dem ved Skyen om Dagen, Natten igennem ved Ildens Skær;
उहाँले तिनीहरूलाई दिनमा बादलले र रातभरि आगोको उज्यालोले अगुवाइ गर्नुभयो।
15 han kløvede Klipper i Ørkenen, lod dem rigeligt drikke som af Strømme,
उहाँले मरुभूमिमा चट्टानलाई दुई भाग पार्नुभयो, र सागरको पानीजस्तै गरी प्रशस्त पानी तिनीहरूलाई दिनुभयो;
16 han lod Bække rinde af Klippen og Vand strømme ned som Floder.
उहाँले चट्टाने भिरबाट पानीका धारा निकाल्नुभयो, र पानीलाई बेँसीतिर नदीजस्तै बगाउनुभयो।
17 Men de blev ved at synde imod ham og vække den Højestes Vrede i Ørkenen;
तर सर्वोच्च परमेश्वरको विरुद्धमा मरुभूमिमा विद्रोही भएर, तिनीहरू उहाँको विरुद्धमा निरन्तर पापमा लागिरहे।
18 de fristede Gud i Hjertet og krævede Mad til at stille Sulten,
तिनीहरूले असाध्यै खानेकुराको माग गरेर जानी-जानी परमेश्वरको परीक्षा गरे।
19 de talte mod Gud og sagde: "Kan Gud dække Bord i en Ørken?
तिनीहरूले यसो भन्दै परमेश्वरको निन्दा गरे: “के परमेश्वरले हाम्रो निम्ति मरुभूमिमा भोजनको टेबुल तयार गर्न सक्नुहुन्छ र?
20 Se, Klippen slog han, så Vand flød frem, og Bække vælded ud; mon han også kan give Brød og skaffe kød til sit Folk?"
हेर! उहाँले चट्टानलाई हिर्काउनुभयो, र पानी फुटेर निस्क्यो, पानीका धारा प्रशस्त गरी बगेर निस्क्यो; तर के उहाँले हामीलाई खानेकुरा पनि दिन सक्नुहुन्छ? के उहाँले आफ्ना मानिसहरूका निम्ति मासु जुटाउन सक्नुहुन्छ र?”
21 Det hørte HERREN, blev vred, der tændtes en Ild mod Jakob, ja Vrede kom op mod Israel,
जब याहवेहले तिनीहरूका कुरा सुन्नुभयो, उहाँ धेरै रिसाउनुभयो; याकोबको विरुद्धमा उहाँको आगो दन्क्यो, र उहाँको क्रोध इस्राएलका विरुद्धमा दन्क्यो;
22 fordi de ikke troede Gud eller stolede på hans Frelse.
किनकि तिनीहरूले परमेश्वरमाथि विश्वास गरेनन्, न त उहाँको छुटकारामा नै भरोसा राखे।
23 Da bød han Skyerne oventil, lod Himlens Døre åbne
तापनि उहाँले माथि आकाशलाई हुकुम गर्नुभयो, र स्वर्गका ढोकाहरू खोलिदिनुभयो;
24 og Manna regne på dem til Føde, han gav dem Himmelkorn;
उहाँले मानिसहरूका निम्ति खानलाई मन्न बर्साउनुभयो, उहाँले तिनीहरूलाई स्वर्गको अन्न दिनुभयो।
25 Mennesker spiste Englebrød, han sendte dem Mad at mætte sig med.
मानिसहरूले स्वर्गदूतहरूका रोटी खाए; परमेश्वरले तिनीहरूलाई प्रशस्त खानेकुरा पठाइदिनुभयो।
26 Han rejste Østenvinden på Himlen, førte Søndenvinden frem ved sin Kraft;
उहाँले आकाशमा पूर्वीय बतास बहाउनुभयो; र उहाँको शक्तिद्वारा दक्षिणी बतासलाई चलाउनुभयो।
27 Kød lod han regne på dem som Støv og vingede Fugle som Havets Sand,
उहाँले धुलोको कणसरह तिनीहरूका निम्ति मासु बर्साउनुभयो; उड्ने पक्षीहरूलाई समुद्री किनारका बालुवासरह बर्साइदिनुभयो।
28 lod dem falde midt i sin Lejr, rundt omkring sine Boliger;
उहाँले ती पक्षीहरूलाई तिनीहरूका छाउनीभित्र, तिनीहरूका पालको वरिपरि झार्नुभयो।
29 Og de spiste sig overmætte, hvad de ønskede, lod han dem få.
तिनीहरूले नघाउन्जेल खाए— उहाँले तिनीहरूलाई तिनीहरूले इच्छा गरेअनुसार दिनुभयो।
30 Men før deres Attrå var stillet, mens Maden var i deres Mund,
तर तिनीहरूको भोक मेटिनु अगि नै, तिनीहरूले खाएका खाना तिनीहरूका मुखमा छँदै,
31 rejste Guds Vrede sig mod dem; han vog deres kraftige Mænd, fældede Israels Ynglinge.
परमेश्वरको क्रोध तिनीहरूको विरुद्ध दन्क्यो; तिनीहरूमध्येका बलियाहरूलाई उहाँले मार्नुभयो, इस्राएलका जवान मानिसहरूलाई ढालिदिनुभयो।
32 Og dog blev de ved at synde og troede ej på hans Undere.
यी सबै कुराहरू हुँदा पनि तिनीहरूले पाप गरी नै रहे; र उहाँका अद्भुत कार्यहरू देखेर पनि तिनीहरूले विश्वास गरेनन्।
33 Da lod han deres Dage svinde i Tomhed og endte brat deres År.
यसकारण उहाँले तिनीहरूका दिनहरू व्यर्थतामा र तिनीहरूका वर्षहरूचाहिँ आतङ्कमा अन्त्य गरिदिनुभयो।
34 Når han vog dem, søgte de ham, vendte om og spurgte om Gud,
जब परमेश्वरले तिनीहरूमध्ये कतिलाई मार्नुभयो; तब तिनीहरूले उहाँको खोजी गर्दै, फेरि पश्चात्ताप गर्दै उहाँतिर फर्के।
35 kom i Hu, at Gud var deres Klippe, Gud den Allerhøjeste deres Genløser.
परमेश्वर तिनीहरूका चट्टान हुनुहुन्छ र सर्वोच्च परमेश्वर तिनीहरूका उद्धारक हुनुहुँदोरहेछ भन्ने कुरा तिनीहरूले सम्झे।
36 De hyklede for ham med Munden, løj for ham med deres Tunge;
तर त्यसपछि तिनीहरूका मुखले उहाँको चापलुसी गरे, र तिनीहरूका जिब्रोले उहाँसित झूटो बोले;
37 deres Hjerter holdt ikke fast ved ham, hans Pagt var de ikke tro.
तिनीहरूका हृदय उहाँतर्फ वफादार थिएनन्, न त उहाँका करारप्रति तिनीहरू विश्वासयोग्य नै थिए।
38 Og dog er han barmhjertig, han tilgiver Misgerning, lægger ej øde, hans Vrede lagde sig Gang på Gang, han lod ikke sin Harme fuldt bryde frem;
तापनि तिनीहरूप्रति उहाँ दयालु हुनुभयो; उहाँले तिनीहरूका अपराधहरू क्षमा गर्नुभयो, र तिनीहरूलाई नष्ट पार्नुभएन। पटक-पटक उहाँले आफ्नो रिस नियन्त्रण गर्नुभयो र आफ्नो पूरा क्रोध पोख्नुभएन।
39 han kom i Hu, de var Kød, et Pust, der svinder og ej vender tilbage.
उहाँले मानिसहरू देह मात्र हुन् भनी सम्झिनुभयो, जो हावाजस्तो बहन्छन् र फर्किआउँदैनन्।
40 Hvor tit stod de ham ikke imod i Ørkenen og voldte ham Sorg i det øde Land!
तिनीहरूले कत्ति चोटि मरुभूमिमा परमेश्वरको विरुद्धमा विद्रोह गरे, र उहाँलाई उजाडस्थानमा दुःखित तुल्याए!
41 De fristede alter Gud, de krænkede Israels Hellige;
तिनीहरूले घरी-घरी परमेश्वरलाई परीक्षा गरे; र इस्राएलका पवित्र परमेश्वरलाई उक्साए।
42 hans Hånd kom de ikke i Hu, de Dag han friede dem fra Fjenden,
तिनीहरूले उहाँको शक्तिको स्मरण गरेनन्— जुन दिन उहाँले तिनीहरूलाई मोल तिरेर अत्याचारीबाट छुटकारा दिनुभएको थियो,
43 da han gjorde sine Tegn i Ægypten, sine Undere på Zoans Mark,
जब उहाँले इजिप्टमा आफ्नो अलौकिक चिन्हहरू, र सोअनको मैदानमा अद्भुत कार्यहरू देखाउनुभयो।
44 forvandlede deres Floder til Blod, så de ej kunde drikke af Strømmene,
उहाँले तिनीहरूका नदीलाई रगतमा परिवर्तन गरिदिनुभयो; तिनीहरूले खोलाहरूका पानीबाट पिउन सकेनन्।
45 sendte Myg imod dem, som åd dem, og Frøer, som lagde dem øde,
उहाँले तिनीहरूलाई नाश पार्नलाई झिँगाका हुलहरू पठाउनुभयो, र तिनीहरूलाई उजाड पार्नलाई भ्यागुताहरू पठाउनुभयो।
46 gav Æderen, hvad de avlede, Græshoppen al deres Høst,
उहाँले तिनीहरूका अन्नबालीहरू फट्याङ्ग्राहरूलाई, र तिनीहरूका खेतका उब्जनी सलहलाई दिनुभयो।
47 slog deres Vinstokke ned med Hagl, deres Morbærtræer med Frost,
उहाँले तिनीहरूका अङ्गुरका बोटहरू असिनाले र अञ्जीरका बोटहरू तुसारोले नष्ट पारिदिनुभयो।
48 prisgav Kvæget for Hagl og deres Hjorde for Lyn.
उहाँले तिनीहरूका गाईबस्तुहरूलाई असिनाले, र भेडाबाख्राहरूलाई चट्याङले प्रहार गर्नुभयो।
49 Han sendte sin Vredesglød mod dem, Harme, Vrede og Trængsel, en Sendefærd af Ulykkesengle;
उहाँले तिनीहरूका विरुद्ध आफ्नो प्रचण्ड रिस, क्रोध, आक्रोश र शत्रुता— विनाशकारी दूतहरूको एक दल पठाउनुभयो।
50 frit Løb gav han sin Vrede, skånede dem ikke for Døden, gav deres Liv til Pris for Pest;
उहाँले आफ्नो क्रोधका लागि बाटो तयार पार्नुभयो; उहाँले तिनीहरूका प्राणलाई मृत्युबाट बचाउनुभएन, तर तिनीहरूका प्राण महामारीलाई सुम्पनुभयो।
51 alt førstefødt i Ægypten slog han, Mandskraftens Førstegrøde i Kamiternes Telte,
उहाँले इजिप्टका सबै ज्येष्ठ सन्तानलाई, हामका पालहरूमा पुरुषत्वको रूपमा रहेका पहिलो फललाई मास्नुभयो।
52 lod sit Folk bryde op som en Hjord, ledede dem som Kvæg i Ørkenen,
तर उहाँले आफ्ना मानिसहरूलाई भेडाहरूका बथानलाई जस्तै निकालेर ल्याउनुभयो; उहाँले तिनीहरूलाई मरुभूमिमा भेडालाई जस्तै अगुवाइ गर्नुभयो।
53 ledede dem trygt, uden Frygt, mens Havet lukked sig over deres Fjender;
उहाँले तिनीहरूलाई सुरक्षित डोर्याउनुभयो यसैले तिनीहरू डराएनन्; तर तिनीहरूका शत्रुहरूलाई चाहिँ समुद्रले निल्यो।
54 han bragte dem til sit hellige Land, de Bjerge, hans højre vandt,
यसरी परमेश्वरले तिनीहरूलाई आफ्नो पवित्र देशको सिमानामा ल्याउनुभयो, जुन पर्वत उहाँले आफ्नो दाहिने हातले जित्नुभएको थियो।
55 drev Folkeslag bort foran dem, udskiftede ved Lod deres Land og lod Israels Stammer bo i deres Telte.
उहाँले जाति-जातिहरूलाई तिनीहरूकै सामु लखेट्नुभयो, र उनीहरूका जमिन पैतृक सम्पत्तिझैँ इस्राएलीहरूलाई बाँडिदिनुभयो; र इस्राएलीहरूका कुललाई उनीहरूका घरमा बसाल्नुभयो।
56 Dog fristed og trodsede de Gud den Allerhøjeste og overholdt ikke hans Vidnesbyrd;
तर तिनीहरूले परमेश्वरको परीक्षा गरे र सर्वोच्च परमेश्वरको विरुद्धमा विद्रोही भए; तिनीहरूले उहाँका विधि-विधानहरू पालन गरेनन्।
57 de faldt fra, var troløse som deres Fædre, svigtede som en slappet Bue,
तिनीहरूका पितापुर्खाहरू जस्तै बेइमान र विश्वासघाती, भर पर्न नसकिने बाङ्गो धनुजस्तै भए।
58 de krænkede ham med deres Offerhøje, æggede ham med deres Gudebilleder.
तिनीहरूका देवस्थानहरूद्वारा उहाँलाई क्रोधित तुल्याए; तिनीहरूका मूर्तिहरूका कारण उहाँलाई डाही तुल्याए।
59 Det hørte Gud og blev vred følte højlig Lede ved Israel;
जब परमेश्वरले तिनीहरूको सोर सुन्नुभयो, उहाँ अत्यन्तै रिसाउनुभयो; उहाँले इस्राएलीहरूलाई पूर्ण रूपमा इन्कार गर्नुभयो।
60 han opgav sin Bolig i Silo, det Telt, hvor han boede blandt Mennesker;
उहाँले शीलोमा भएको पवित्रस्थानलाई त्याग्नुभयो, जुन पाल मानिसहरूका बीचमा उहाँले राख्नुभएको थियो।
61 han gav sin Stolthed i Fangenskab, sin Herlighed i Fjendehånd,
उहाँको शक्तिको सन्दुक निर्वासनमा पठाइदिनुभयो, उहाँको महिमालाई शत्रुहरूका हातमा जान दिनुभयो।
62 prisgav sit Folk for Sværdet, blev vred på sin Arvelod;
उहाँले आफ्ना मानिसहरूलाई तरवारले काटिन सुम्पिदिनुभयो; आफ्ना उत्तराधिकारसँग अत्यन्तै रिसाउनुभयो।
63 Ild fortærede dets unge Mænd, dets Jomfruer fik ej Bryllupssange,
आगोले तिनीहरूका जवान पुरुषहरू भस्म पारिए, र उनीहरूका कन्याहरूका निम्ति वैवाहिक गीत गाइएन;
64 dets Præster faldt for Sværdet, dets Enker holdt ikke Klagefest.
तिनीहरूका पुजारीहरू तरवारले मारिए, र तिनीहरूका विधवाहरूले विलाप गर्न पाएनन्।
65 Da vågnede Herren som en, der har sovet, som en Helt, der er døvet af Vin;
तब प्रभु निद्राबाट बिउँझिएझैँ जाग्नुभयो; र मद्यले मातेका लडाकुझैँ उहाँ बिउँझनुभयो।
66 han slog sine Fjender på Ryggen, gjorde dem evigt til Skamme.
उहाँले आफ्ना शत्रुहरूलाई बदला लिनुभयो; उहाँले तिनीहरूलाई अनन्तको निम्ति लाजमा पार्नुभयो।
67 Men han fik Lede ved Josefs Telt, Efraims Stamme udvalgte han ikke;
तब उहाँले योसेफका पालहरूलाई त्याग्नुभयो, उहाँले एफ्राइमको वंशलाई छान्नुभएन;
68 han udvalgte Judas Stamme, Zions Bjerg, som han elsker;
तर यहूदाका कुललाई छान्नुभयो, सियोन पर्वत, जसलाई उहाँले प्रेम गर्नुहुन्थ्यो।
69 han byggede sit Tempel himmelhøjt, grundfæstede det evigt som Jorden.
यही ठाउँमा उहाँले आफ्नो पवित्रस्थान उच्च स्थानहरूझैँ बनाउनुभयो। उहाँले पृथ्वीलाईझैँ त्यस ठाउँलाई सदाको लागि स्थापित गर्नुभएको छ।
70 Han udvalgte David, sin Tjener, og tog ham fra Fårenes Folde,
उहाँले दावीदलाई आफ्नो सेवक चुन्नुभयो, र तिनलाई भेडीगोठबाट उठाउनुभयो;
71 hentede ham fra de diende Dyr til at vogte Jakob, hans Folk, Israel, hans Arvelod;
उहाँले भेडा गोठालोबाट, दावीदलाई याकोबका मानिसहरू र आफ्नो उत्तराधिकार इस्राएलीहरूको गोठालो हुनलाई ल्याउनुभयो।
72 han vogtede dem med oprigtigt Hjerte, ledede dem med kyndig Hånd.
अनि दावीदले हृदयको इमानदारीतामा तिनीहरूको हेरचाह गरे; निपुणतासाथ तिनीहरूको अगुवाइ गरे।