< Salme 6 >
1 (Til sangmesteren. Med strengespil. Efter den ottende. En salme af David.) HERRE, revs mig ej i din Vrede, tugt mig ej i din Harme,
हे परमप्रभु, तपाईंको रिसमा मलाई नहप्काउनुहोस् वा तपाईंको क्रोधमा मलाई ताडना नदिनुहोस् ।
2 vær mig nådig Herre, jeg sygner hen, mine Ledmod skælver, læg mig, Herre!
हे परमप्रभु, ममाथि दया गर्नुहोस्, किनकि म कमजोर छु । हे परमप्रभु, मलाई निको पार्नुहोस्, किनकि मेरा हाडहरू काम्दैछन् ।
3 Såre skælver min Sjæl; o HERRE, hvor længe endnu?
मेरो प्राण पनि धेरै दुःखमा परेको छ । तर हे परमप्रभु, यो कहिलेसम्म निरन्तर रहन्छ?
4 Vend tilbage, HERRE, og frels min Sjæl, hjælp mig dog for din Miskundheds Skyld!
हे परमप्रभु फर्कनुहोस्, मलाई बचाउनुहोस् । तपाईंको करारको विश्वस्तताको कारणले मलाई बचाउनुहोस् ।
5 Thi i Døden kommes du ikke i Hu, i Dødsriget hvo vil takke dig der? (Sheol )
किनकि मृत्युमा तपाईंको कुनै सम्झना हुँदैन । चिहानमा तपाईंलाई कसले धन्यवाद दिनेछ? (Sheol )
6 Jeg er så træt af at sukke; jeg væder hver Nat mit Leje, bader med Tårer min Seng;
मेरो सुस्केराले म थकित छु । सारा रात आँशुले म आफ्नो ओछ्यान भिजाउँछु । म आफ्नो पलङ्ग मेरो आँशुले धुन्छु ।
7 mit Øje hentæres af Sorg, sløves for alle mine Fjenders Skyld.
मेरा आँखाहरू शोकले धमिला हुन्छन् । मेरा सारा वैरीहरूका कारणले ती कमजोर हुन्छन् ।
8 Vig fra mig, alle I Udådsmænd, thi HERREN har hørt min Gråd,
ए अधर्म गर्नेहरू, तिमीहरू सबै जना मबाट हटिजाओ । किनकि परमप्रभुले मेरो रुवाइको सोर सुन्नुभएको छ ।
9 HERREN har hørt min Tryglen, min Bøn tager HERREN imod.
दयाको निम्ति मैले गरेको निवेदन परमप्रभुले सुन्नुभएको छ । परमप्रभुले मेरो प्रार्थना ग्रहण गर्नुभएको छ ।
10 Beskæmmes skal alle mine Fjender og såre forfærdes, brat skal de vige med Skam.
मेरा सबै वैरीहरू लाजमा पर्नेछन् र सह्रै कष्टमा पर्नेछन् । तिनीहरू पछि हट्नेछन् र अचानक अपमानित हुनेछन् ।