< Salme 38 >
1 (En salme af David. Lehazkir.) HERRE, revs mig ej i din vrede, tugt mig ej i din Harme!
हे परमप्रभु, तपाईंको रिसमा मलाई नहप्काउनुहोस् । तपाईंको क्रोधमा मलाई दण्ड नदिनुहोस् ।
2 Thi dine pile sidder i mig, din Hånd har lagt sig på mig.
किनकि तपाईंका काँडहरूले मलाई छेड्छन् र तपाईंका हातले मलाई भुइँमा पछार्छ ।
3 Intet er karskt på min Krop for din Vredes Skyld, intet uskadt i mine Ledemod for mine Synders Skyld;
तपाईंको रिसको कारणले मेरो सम्पूर्ण शरीर बिरामी छ । मेरो पापको कारणले मेरा हाडहरू स्वस्थ्य छैनन् ।
4 thi over mit Hoved skyller min Brøde som en tyngende Byrde, for tung for mig.
किनकि मेरा अधर्महरूले मलाई व्याकुल बनाउछन् । ती मेरो निम्ति ज्यादै गह्रौं भारी हुन् ।
5 Mine Sår både stinker og rådner, for min Dårskabs Skyld går jeg bøjet;
मेरा मूर्खतापूर्ण पापहरूका कारणले मेरा घाउहरू सडेका र दुर्गन्धित भएका छन् ।
6 jeg er såre nedtrykt, sorgfuld vandrer jeg Dagen lang.
म कुप्रिन्छु र हरेक दिन अपमानित हुन्छु । म दिनभरि विलाप गरिरहन्छु ।
7 Thi Lænderne er fulde af Brand, intet er karskt på min Krop,
किनकि जलनले मलाई भरेको छ । मेरो शरीर स्वस्थ्य छैन ।
8 jeg er lammet og fuldkommen knust, jeg skriger i Hjertets Vånde.
म स्तब्ध र पूर्ण रूपमा चूर्ण छु । मेरो हृदयको वेदनाको कारणले म सुस्केरा हाल्छु ।
9 HERRE, du kender al min Attrå, mit Suk er ej skjult for dig;
हे परमप्रभु, मेरो हृदयको भित्री चाहानलाई तपाईंले बुझ्नुहुन्छ र मेरा सुस्केराहरू तपाईंबाट लुकाइएका छैनन् ।
10 mit Hjerte banker, min Kraft har svigtet, selv mit Øje har mistet sin Glans.
मेरो मुटु धड्किन्छ, मेरो बल घट्छ र मेरा आँखा धमिला हुन्छन् ।
11 For min Plages Skyld flyr mig Ven og Frænde, mine Nærmeste holder sig fjert;
मेरो अवस्थाको कारणले मेरा मित्रहरू र साथीहरूले मलाई त्याग्छन् । मेरा छिमेकीहरू टाढै खडा हुन्छन् ।
12 de, der vil mig til Livs, sætter Snarer, og de, der vil mig ondt, lægger Råd om Fordærv, de tænker Dagen igennem på Svig.
मेरो ज्यान लिन खोज्नेहरूले मेरो निम्ति पासो थाप्छन् । मेरो हानि गर्न खोज्नेहरूले विनाशकारी कुरा गर्छन् र दिनभरि छलपूर्ण शब्दहरू भन्छन् ।
13 Men jeg er som en døv, der intet hører, som en stum, der ej åbner sin Mund,
तर म बहिरो मानिसजस्तो भएको छु र केही सुन्दिन । म गुँगो मानिसजस्तो भएको छु जसले केही भन्दैन ।
14 som en Mand, der ikke kan høre, i hvis Mund der ikke er Svar.
म त्यो मानिसजस्तो भएको छु, जसले सुन्दैन, अनि जवाफ फर्काउँदैन ।
15 Thi til dig står mit Håb, o HERRE, du vil bønhøre, Herre min Gud,
हे परमप्रभु, निश्चय नै, म तपाईंको आसा गर्छु । हे परमप्रभु मेरो परमेश्वर, तपाईंले जवाफ दिनुहुनेछ ।
16 når jeg siger: "Lad dem ikke glæde sig over mig, hovmode sig over min vaklende Fod!"
म यसो भन्छु ताकि मेरा शत्रुहरूले मेरो गिल्ला नगरून् । मेरो खुट्टा चिप्लयो भने, तिनीहरूले मलाई डरलाग्दो कुराहरू गर्नेछन् ।
17 Thi jeg står allerede for Fald, mine Smerter minder mig stadig;
किन मैले ठेस खान लागेको छु र म निरन्तर पीडामा छु ।
18 thi jeg må bekende min Skyld må sørge over min Synd.
म आफ्नो दोष स्वीकार गर्छु । मेरा पापको बारेमा म चिन्तित छु ।
19 Mange er de, der med Urette er mine Fjender, talrige de, der hader mig uden Grund,
तर मेरा शत्रुहरू असंख्या छन् । मलाई गलत किसिमले घृणा गर्नेहरू धेरै जना छन् ।
20 som lønner mig godt med ondt, som står mig imod, fordi jeg søger det gode.
तिनीहरूले मलाई असलको सट्टा खराबी गर्छन् । जे असल छ सो कुराको पछि म लागे तापनि, तिनीहरूले ममाथि दोष थुपार्छन् ।
21 HERRE, forlad mig ikke, min Gud, hold dig ikke borte fra mig,
हे परमप्रभु, मलाई नत्याग्नुहोस् । हे मेरा परमेश्वर, मबाट टाढा नहुनुहोस् ।
22 il mig til Hjælp, o Herre, min Frelse!
हे परमप्रभु, मेरो उद्धार, मलाई सहायता गर्न चाँडो आउनुहोस् ।