< Salme 140 >

1 (Til Sangmesteren. En Salme af David.) Red mig, HERRE, fra onde Mennesker, vær mig et Værn mod Voldsmænd,
हे परमप्रभु, मलाई दुष्‍टहरूबाट बचाउनुहोस् । हिंस्रक मानिसहरूबाट मलाई सुरक्षित राख्‍नुहोस् ।
2 der pønser på ondt i Hjertet og daglig ægger til Strid.
तिनीहरूले आफ्‍ना हृदयहरूमा दुष्‍ट योजना बनाउँछन् । तिनीहरू हरेक दिन युद्ध मच्‍चाउँछन् ।
3 De hvæsser Tungen som Slanger, har Øglegift under deres Læber. (Sela)
सर्पहरूले झैं तिनीहरूका जिब्राहरूले घाउ बनाउँछन् । तिनीहरूका ओठहरूमा सर्पको विष हुन्‍छ । सेला
4 Vogt mig, HERRE, for gudløses Hånd, vær mig et Værn mod Voldsmænd, som pønser på at bringe mig til Fald.
हे परमप्रभु, मलाई दुष्‍टहरूका हातबाट बचाउनुहोस् । हिंस्रक मानिसहरूबाट मलाई सुरक्षित राख्‍नुहोस् जसले मलाई घोक्र्याएर बाहिर निकाल्‍ने योजना बनाउँछन् ।
5 Hovmodige lægger Snarer og Strikker for mig, breder et Net for min Fod, lægger Fælder for mig ved Vejen. (Sela)
घमण्डीहरूले मेरो निम्ति पासो थापेका छन् । तिनीहरूले जाल फिंजाएका छन् । तिनीहरूले मेरो निम्ति एउटा पासो थापेका छन् । सेला
6 Jeg siger til HERREN: Du er min Gud, HERRE, lyt til min tryglende Røst!
मैले परमप्रभुलाई भनें, “तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ । दयाको निम्ति मेरो पुकारा सुन्‍नुहोस् ।”
7 HERRE, Herre, min Frelses Styrke, du skærmer mit Hoved på Stridens Dag.
हे परमप्रभु मेरा परमेश्‍वर, मलाई बचाउन तपाईं शक्तिसाली किसिमले सक्षम हुनुहुन्छ । युद्धको दिनमा तपाईंले मेरो शिरलाई छेक्‍नुहुन्छ ।
8 Opfyld ej, HERRE, den gudløses Ønsker, lad ikke hans Råd have Fremgang!
हे परमप्रभु, दुष्‍टहरूका इच्छाहरू पुरा नगर्नुहोस् । तिनीहरूका षड्यन्त्रहरू सफल नहोऊन् । सेला
9 Lad dem ikke løfte Hovedet mod mig, lad deres Trusler ramme dem selv!
मलाई घेर्नेहरूले आफ्‍ना शिर उठाउँछन् । आफ्‍नै ओठहरूका उपद्रवले तिनीहरूलाई ढाकोस् ।
10 Det regne på dem med gloende Kul, styrt dem i Dybet, ej stå de op!
बलिरहेको भुङ्‍ग्रो तिनीहरूमाथि खसोस् । कहिल्यै नउठ्ने गरी तिनीहरूलाई आगोमा, अतलकुण्‍डमा फाल्नुहोस् ।
11 Lad ikke Bagtaleren holde sig i Landet, ondt ramme Voldsmanden Slag i Slag!
निन्‍दा गर्ने जिब्रो भएका मानिसहरूलाई पृथ्वीमा सुरक्षित नगरियोस् । हिस्रक मानिसलाई हिर्काएर मार्न खराबीले त्‍यसलाई खेदोस् ।
12 Jeg ved, at HERREN vil føre de armes Sag og skaffe de fattige Ret.
कष्‍टमा परेकाहरूका पक्षमा परमप्रभुले न्याय गर्नुहुनेछ भनी म जान्दछु र उहाँले दरिद्रहरूलाई न्याय दिनुहुनेछ ।
13 For vist skal retfærdige prise dit Navn, oprigtige bo for dit Åsyn.
निश्‍चय नै धर्मी मानिसहरूले तपाईंको नाउँलाई धन्यवाद दिनेछन् । सोझा मानिसहरू तपाईंको उपस्थितिमा बस्‍नेछन् ।

< Salme 140 >