< Salme 12 >
1 (Til sangmesteren. Efter den ottende. En salme af David.) HERRE, hjælp, thi de fromme er borte, svundet er Troskab blandt Menneskens Børn;
सङ्गीत निर्देशकको निम्ति शिमिनिथ। दावीदको भजन। हे याहवेह, सहायता गर्नुहोस्; किनकि भक्तजन एकै जना पनि रहेनन्; विश्वासयोग्यहरू मानिसहरूका बीचबाट मासिसकेका छन्।
2 de taler Løgn, den ene til den anden, med svigefulde Læber og tvedelt Hjerte.
हरेकले आफ्ना छिमेकीसँग झूटो बोल्छन्; तिनीहरूका ओठले चापलुसी गर्छन्; तर तिनीहरूका हृदयमा धोकाका कुरा राख्छन्।
3 Hver svigefuld Læbe udrydde HERREN, den Tunge, der taler store Ord,
सबै चापलुसी गर्ने ओठहरूलाई र घमण्डका कुरा गर्ने हरेक जिब्रोलाई याहवेहले काटी फालिदेऊन्—
4 dem, som siger: "Vor Tunge gør os stærke, vore Læber er med os, hvo er vor Herre?"
तिनीहरू जसले भन्छन्, “हाम्रा जिब्राहरूले नै हामी जित्नेछौँ; हाम्रा ओठहरूले नै हामीलाई बचाउँछन्; हामीमाथि शासन गर्ने शासक को छ र?”
5 "For armes Nød og fattiges Suk vil jeg nu stå op", siger HERREN, "jeg frelser den, som man blæser ad."
याहवेह भन्नुहुन्छ, “दुर्बलहरूमाथि भएको अत्याचार र खाँचोमा हुनेहरूको सुस्केराको कारणले म अब उठ्नेछु, म तिनीहरूलाई तिनीहरूको बदनाम गर्नेहरूबाट सुरक्षा गर्नेछु।”
6 HERRENs Ord er rene Ord, det pure, syvfold lutrede Sølv.
याहवेहका वचनहरू खोटरहित छन्, ती भट्टीमा सात पल्ट खारेर शुद्ध पारिएका चाँदीजस्तै छन्।
7 HERRE, du vogter os, værner os evigt mod denne Slægt.
हे याहवेह, तपाईंले खाँचोमा परेकाहरूलाई रक्षा गर्नुहुनेछ, र दुष्टहरूबाट हामीलाई सधैँ सुरक्षित राख्नुहुनेछ,
8 De gudløse færdes frit overalt, når Skarn ophøjes blandt Menneskens Børn.
जब मानिसहरूका बीचमा दुष्टताको सम्मान हुन्छ; दुष्टहरू गमक्क भई खुल्ला रूपमा डुलिहिँड्छन्।