< Salme 112 >
1 Halleluja! Salig er den, der frygter Herren og ret har lyst til hans bud!
याहवेहको प्रशंसा गर! त्यो मानिस धन्यको हो, जसले याहवेहको भय मान्दछ, जो उहाँका आज्ञाहरूमा ज्यादै प्रसन्न हुन्छ।
2 Hans Æt bliver mægtig på Jord, den oprigtiges Slægt velsignes;
त्यसका सन्तानहरू पृथ्वीमाथि शक्तिशाली हुनेछन्; धर्मी मानिसहरूका पुस्ताले आशिष् पाउनेछन्।
3 Velstand og Rigdom er i hans Hus, hans Retfærdighed varer evindelig.
त्यसको घरमा धन र सम्पत्ति रहन्छ, र त्यसको धार्मिकता सदाकाल रहिरहन्छ।
4 For den oprigtige oprinder Lys i Mørke; han er mild, barmhjertig retfærdig.
सत्यनिष्ठ मानिसहरू, जो अनुग्रही, दयालु, र धर्मी छन्, तिनीहरूका निम्ति अन्धकारमा पनि ज्योति चम्कन्छ।
5 Salig den, der ynkes og låner ud og styrer sine Sager med Ret;
उदार चित्तले ऋण दिनेहरू, र इमानदारीतासाथ आफ्नो कारोबार चलाउने मानिसहरूको भलो हुन्छ।
6 thi han rokkes aldrig i Evighed, den retfærdige ihukommes for evigt;
अवश्य नै धर्मी जनहरू कहिल्यै डगमगाउनेछैनन्; तिनीहरूको सम्झना सदासर्वदा गरिनेछ।
7 han frygter ikke for onde Tidender, hans Hjerte er trøstigt i Tillid, til HERREN;
खराब समाचारले तिनीहरू कहिल्यै डराउनेछैनन्; याहवेहमा भरोसा गरेकोले तिनीहरूका हृदय दृढ रहन्छ।
8 fast er hans Hjerte og uden Frygt, indtil han skuer sine Fjender med Fryd;
तिनीहरूका हृदय निर्धक्क रहन्छ, र तिनीहरूलाई कुनै डर हुनेछैन; अन्त्यमा तिनीहरूले आफ्ना वैरीहरू हार भएको देख्नेछन्।
9 til fattige deler han rundhåndet ud, hans Retfærdighed varer evindelig; med Ære løfter hans Horn sig.
तिनीहरूले गरिबहरूलाई उदारतापूर्वक दान दिएका छन्; तिनीहरूका धार्मिकता सदासर्वदा रहिरहन्छ; तिनीहरूका शिर सम्मानले उच्च रहनेछ।
10 Den gudløse ser det og græmmer sig, skærer Tænder og går til Grunde; de gudløses Attrå bliver til intet.
दुष्ट मानिस त्यो देखेर कुँडिनेछ; तिनीहरूले आफ्ना दाह्रा किट्नेछन्, र नष्ट हुनेछन्; दुष्टहरूका अभिलाषाहरू विफल हुन्छन्।