< Ordsprogene 8 >
1 Mon ikke Visdommen kalder, løfter Indsigten ikke sin røst?
के बुद्धिले आह्वान गर्दैन? के समझशक्तिले त्यसको आवाज उच्च पार्दैन?
2 Oppe på Høje ved Vejen, ved Korsveje træder den frem;
गल्लीका उचाइहरूमा, जहाँ बाटाहरूका मिलन हुन्छ, त्यसले त्यहाँ आफ्नो अडान लिन्छ,
3 ved Porte, ved Byens Udgang, ved Dørenes Indgang råber den:
सहरमा पुर्याउने मूलढोकाहरूको छेउमा, प्रवेश द्वारहरूमा त्यो चर्को सोरले यसरी कराउँछ:
4 Jeg kalder på eder, I Mænd, løfter min Røst til Menneskens Børn.
“हे मानिसहरू हो, म तिमीहरूलाई कराएर भन्छु; म सारा मानव-जातिलाई आफ्नो आवाज सुनाउँछु।
5 I tankeløse, vind jer dog Klogskab, I Tåber, så få dog Forstand!
तिमीहरू जो सोझा छौ, सक्षम होऊ। तिमीहरू जो मूर्ख छौ, समझशक्ति प्राप्त गर्ने होऊ।
6 Hør, thi jeg fører ædel Tale, åbner mine Læber med retvise Ord;
सुन, किनकि मसँग भन्नलाई काम लाग्ने कुराहरू छन्, जे ठिक छ, त्यो भन्न म मेरो ओठ खोल्छु।
7 ja, Sandhed taler min Gane, gudløse Læber er mig en Gru.
मेरो मुखले साँचो कुरा बोल्दछ; किनकि मेरो ओठले दुष्टतालाई घृणा गर्छ।
8 Rette er alle Ord af min Mund, intet er falskt eller vrangt;
मेरो मुखका सबै वचन न्यायसङ्गत छन्; तीमध्ये एउटै पनि बाङ्गा-टिङ्गा अथवा भ्रष्ट छैन।
9 de er alle ligetil for den kloge, retvise for dem der vandt Indsigt
विवेकशील व्यक्तिका लागि मेरा वचन ठिक छन्, ज्ञान हुने मानिसको निम्ति ती धार्मिक छन्।
10 Tag ved Lære, tag ikke mod Sølv, tag mod Kundskab fremfor udsøgt Guld;
मेरो अर्तीलाई चाँदीको सट्टामा, र ज्ञानलाई उत्तम सुनको सट्टामा चुन;
11 thi Visdom er bedre end Perler, ingen Skatte opvejer den
किनकि बुद्धि माणिकहरूभन्दा मूल्यवान् हुन्छ, र तिमीले इच्छा गरेको कुनै पनि कुरा त्यसको दाँजोमा आउँदैन।
12 Jeg, Visdom, er Klogskabs Nabo og råder over Kundskab og Kløgt.
“म, बुद्धि, विवेकसँग बसोबास गर्दछु, मसँग ज्ञान र विवेक छन्।”
13 HERRENs Frygt er Had til det onde. Jeg hader Hovmod og Stolthed, den onde Vej og den falske Mund.
याहवेहप्रतिको भय दुष्टतालाई घृणा गर्नु हो, अभिमान, अहङ्कार, खराब चालचलन र भड्काउने कुराहरूलाई म घृणा गर्दछु।
14 Jeg ejer Råd og Visdom, jeg har Forstand, jeg har Styrke.
परामर्श र उचित फैसला मद्वारा नै हुन्छन्; मसित समझशक्ति छ, र मसित सामर्थ्य छ।
15 Ved mig kan Konger styre og Styresmænd give retfærdige Love;
मद्वारा नै राजाहरूले शासन गर्छन्, र शासकहरूले न्यायसङ्गत उर्दी जारी गर्छन्।
16 ved mig kan Fyrster råde og Stormænd dømme Jorden.
मद्वारा नै शासकहरूले राज्यव्यवस्था चलाउँछन्— र पृथ्वीमा शासन गर्ने सबै शासकहरू।
17 Jeg elsker dem, der elsker mig, og de, der søger mig, finder mig.
मलाई प्रेम गर्नेहरूलाई म प्रेम गर्छु; मेरो खोजी गर्नेहरूले मलाई भेट्टाउँछन्।
18 Hos mig er der Rigdom og Ære, ældgammelt Gods og Retfærd.
मसित धन र आदर, रहिरहने सम्पत्ति र समृद्धि छन्।
19 Min Frugt er bedre end Guld og Malme, min Afgrøde bedre end kosteligt Sølv.
मेरो फल असल सुनभन्दा राम्रो छ; म जे पाउँछु, त्यो चुनिएको चाँदीभन्दा असल हुन्छ।
20 Jeg vandrer på Retfærds Vej. midt hen ad Rettens Stier
म धार्मिकताका बाटो हिँड्छु, र न्यायको मार्गमा हिँड्छु,
21 for at tildele dem, der elsker mig, Gods og fylde deres Forrådshuse.
मलाई प्रेम गर्नेहरूलाई म धनसम्पत्तिले भरिपूर्ण पार्छु र म तिनीहरूका भण्डार भरिदिनेछु।
22 Mig skabte HERREN først blandt sine Værker, i Urtid, førend han skabte andet;
याहवेहले आफ्नो सृष्टिको सुरुमा नै, उहाँका पुरातनका सबै कामहरूभन्दा पहिले नै मलाई सृजनुभयो,
23 jeg blev frembragt i Evigheden, i Begyndelsen, i Jordens tidligste Tider;
परापूर्वकाल अगि नै, अर्थात् संसारको सुरु हुनुभन्दा पहिलेदेखि नै मेरो सृष्टि भएको थियो।
24 jeg fødtes, før Verdensdybet var til, før Kilderne, Vandenes Væld, var til;
सागरहरू हुनुभन्दा पहिले, पानीले भरिएका मुहानहरू हुनुभन्दा अगि नै मेरो जन्म भएको थियो,
25 førend Bjergene sænkedes, før Højene fødtes jeg,
पर्वतहरू आ-आफ्ना स्थानमा स्थापित हुनुभन्दा पहिले नै, पहाडहरूभन्दा पहिल्यै मेरो जन्म भएको थियो।
26 førend han skabte Jord og Marker, det første af Jordsmonnets Støv.
उहाँले पृथ्वी र त्यसका जमिनहरू, वा पृथ्वीका धुलो बनाउनुभन्दा अगि नै म सृजिएको थिएँ।
27 Da han grundfæsted Himlen, var jeg hos ham, da han satte Hvælv over Verdensdybet.
जब उहाँले आकाशलाई स्थापित गर्नुभयो, म अस्तित्वमा थिएँ; उहाँले महासागरमाथि क्षितिजले घेर्नुहुँदा, म त्यहाँ थिएँ।
28 Da han fæstede Skyerne oventil og gav Verdensdybets Kilder deres faste Sted,
जब उहाँले माथिका बादलहरू स्थापित गर्नुभयो; जब पानीको मूललाई स्थिर गर्नुभयो;
29 da han satte Havet en Grænse, at Vandene ej skulde bryde hans Lov, da han lagde Jordens Grundvold,
जब पानीलाई उहाँको आज्ञा नाघेर बाहिर नजाओस् भनेर उहाँले समुद्रको सिमाना तोकिदिनुभयो; जब उहाँले पृथ्वीका जगहरू बसाल्नुभयो;
30 da var jeg Fosterbarn hos ham, hans Glæde Dag efter Dag; for hans Åsyn leged jeg altid,
त्यस समय म एक कारिगरजस्तै उहाँको छेउमा थिएँ। म दिनहुँ हर्षले विभोर हुन्थेँ; उहाँको उपस्थितिमा निरन्तर आनन्दित भइरहन्थेँ।
31 leged på hans vide Jord og havde min Glæde af Menneskens Børn.
उहाँको सम्पूर्ण संसारमा म आनन्द मनाउँथे, र मानव जातिमा प्रसन्न रहन्थेँ।
32 Og nu, I Sønner, hør mig! Vel den, der vogter på mine Veje!
अब हे मेरा छोराछोरीहरू हो, मेरा कुरा सुन; तिनीहरू धन्य हुन्, जसले मेरा मार्गहरू पछ्याउँछन्।
33 Hør på Tugt og bliv vise, lad ikke hånt derom!
मेरा अर्तीहरू सुन र बुद्धिमान् होओ, त्यसलाई बेवास्ता नगर,
34 Lykkelig den, der hører på mig, så han daglig våger ved mine Døre og vogter på mine Dørstolper.
त्यो मानिस धन्य हो, जसले मेरा वचन सुन्छ, जो दिनदिनै मेरा ढोकाहरूमा नियालेर हेर्दै, मेरो ढोकाको छेउमा पर्खिरहन्छ।
35 Thi den, der ftnder mig; finder Liv og opnår Yndest hos HERREN;
किनकि जसले मलाई भेट्टाउँछ, त्यसले जीवन पाउँछ, र याहवेहबाट निगाह प्राप्त गर्छ।
36 men den, som mister mig, skader sig selv; enhver, som hader mig, elsker Døden.
“तर जसले मलाई भेट्टाउन असफल हुन्छ, त्यसले आफूलाई नोक्सानी गर्छ, मलाई घृणा गर्ने सबैले मृत्युलाई प्रेम गर्छन्।”