< Ordsprogene 11 >
1 Falske Vægtskåle er HERREN en gru, fuldvvægtigt Lod er efter hans Sind.
छलको तराजु याहवेहले घृणा गर्नुहुन्छ, तर ठिक ढकदेखि उहाँ प्रसन्न हुनुहुन्छ।
2 Kommer Hovmod, kommer og Skændsel, men med ydmyge følger der Visdom.
जब अहङ्कार आउँछ, तब बदनामी पनि आउँछ; तर नम्रतासँग बुद्धि आउँछ।
3 Retsindiges Uskyld leder dem trygt, troløses falskhed lægger dem øde.
धर्मीहरूको इमानदारीताले तिनीहरूलाई अगुवाइ गर्छ; तर विश्वासघातीहरू आफ्नै कपटले नष्ट हुन्छन्।
4 Ej hjælper Rigdom på Vredens Dag, men Retfærd redder fra Døden.
क्रोधको दिनमा धनसम्पत्ति कुनै काम लाग्दैन; तर धार्मिकताले मृत्युबाट छुटाउँछ।
5 Den lydefris Retfærd jævner hans Vej, for sin Gudløshed falder den gudløse.
निर्दोषहरूका धार्मिकताले तिनीहरूका मार्ग सोझो बनाउँछ, तर दुष्टहरूचाहिँ तिनीहरूका आफ्नै दुष्टताले तल खसालिन्छन्।
6 Retsindiges Retfærd bringer dem Frelse, troløse fanges i egen Attrå.
सत्यनिष्ठहरूका धार्मिकताले तिनीहरूलाई छुटाउँछ, तर विश्वासघातीहरू दुष्ट इच्छाहरूद्वारा पासोमा पर्छन्।
7 Ved Døden brister den gudløses Håb, Dårers Forventning brister.
जब दुष्ट मानिस मर्छ, तब त्यसको आशा पनि नष्ट हुन्छ; त्यसले आफ्नो शक्तिबाट राखेको आशा शून्यमा विलीन भइहाल्छ।
8 Den retfærdige fries af Trængsel, den gudløse kommer i hans Sted.
धार्मिक व्यक्ति सङ्कष्टबाट बचाइन्छ, र त्यो दुष्टमाथि आइपर्छ।
9 Med sin Mund lægger vanhellig Næsten øde, retfærdige fries ved Kundskab.
ईश्वरविहीन मानिसको कुराले आफ्नै मुखले आफ्नो छिमेकीलाई नष्ट पार्छ, तर धर्मीचाहिँ ज्ञानद्वारा उम्कनेछ।
10 Ved retfærdiges Lykke jubler en By, der er Fryd ved gudløses Undergang.
धर्मीहरूको उन्नति हुँदा सहर रमाउँदछ; तर दुष्टहरूको नाश हुँदा हर्षको ध्वनि सुनिन्छ।
11 Ved retsindiges Velsignelse rejser en By sig, den styrtes i Grus ved gudløses Mund.
धर्मीका आशिष्द्वारा सहर उच्च हुन्छ; तर दुष्टको मुखबाट त्यो नष्ट हुन्छ।
12 Mand uden Vid ser ned på sin Næste, hvo, som har Indsigt, tier.
विवेकहीनले आफ्नो छिमेकीको खिसी गर्छ; तर विवेकीले आफ्नो जिब्रोलाई लगाम लगाउँछ।
13 Bagtaleren røber, hvad ham er betroet, den pålidelige skjuler Sagen.
कुराउटेले गोप्य भरोसामा आघात पुर्याउँछ; तर विश्वासयोग्य मानिसले कुरा गोप्य राख्छ।
14 Uden Styre står et Folk for Fald, vel står det til, hvor mange giver Råd.
मार्गदर्शनको अभावमा देशको पतन हुन्छ; तर धेरै सल्लाहकारको कारण विजय हुन्छ।
15 Den går det ilde, som borger for andre, tryg er den, der hader Håndslag.
अरूको जमानी बस्नेले निश्चय नै दुःख भोग्नुपर्नेछ, तर अर्काको नासोमा हात हाल्न इन्कार गर्ने व्यक्ति सुरक्षित रहनेछ।
16 Yndefuld Kvinde vinder Manden Ære; hader hun Retsind, volder hun Skændsel. De lade må savne Gods, flittige vinder sig Rigdom.
दयालु हृदय भएकी स्त्रीले आदर पाउँछे, तर निर्दयी मानिसहरूले धन मात्र कमाउँछन्।
17 Kærlig Mand gør vel mod sin Sjæl, den grumme er hård ved sit eget Kød.
दयालु मानिसले आफैँलाई लाभ पुर्याउँछ, तर निर्दयी मानिसले आफूमाथि सङ्कष्ट निम्त्याउँछ।
18 Den gudløse skaber kun skuffende Vinding, hvo Retfærd sår, får virkelig Løn.
दुष्ट मानिसले छलको ज्याला कमाउँछ, तर जसले धार्मिकता छर्छ, त्यसले निश्चय नै प्रतिफलको कटनी गर्छ।
19 At hige efter Retfærd er Liv, at jage efter ondt er Død.
धर्मी मानिसले निश्चय नै जीवन प्राप्त गर्छ, तर दुष्टताको पछि लाग्ने मानिस आफ्नै मृत्युमा पुग्छ।
20 De svigefulde er HERREN en Gru, hans Velbehag ejer, hvo lydefrit vandrer.
याहवेहले भ्रष्ट हृदय भएकालाई घृणा गर्नुहुन्छ; तर निर्दोष मार्गमा चल्नेहरूसित उहाँ प्रसन्न हुनुहुन्छ।
21 Visselig undgår den onde ej Straf, de retfærdiges Æt går fri.
यो निश्चय जान: दुष्टले आवश्य दण्ड पाउनेछ, तर धर्मीका सन्ततिले छुटकारा पाउनेछन्।
22 Som Guldring i Svinetryne er fager Kvinde, der ikke kan skønne.
विवेकहीन सुन्दरीचाहिँ सुँगुरको थुतुनोमा सुनको बुलाकी भएजस्तै हो।
23 Retfærdiges Ønske bliver kun til Lykke, gudløse har kun Vrede i Vente.
धर्मीहरूका इच्छाहरूको अन्त्य असल नै हुन्छ; तर दुष्टहरूका आशाको अन्त्य केवल क्रोधमा हुन्छ।
24 En strør om sig og gør dog Fremgang, en anden nægter sig alt og mangler.
कसैले उदार चित्तले दिएर पनि अझ बढी लाभ गर्छन्; तर कसैले चाहिँ कञ्जुसी गर्छ, र पनि त्यसमाथि दरिद्रता आउँछ।
25 Gavmild Sjæl bliver mæt; hvo andre kvæger, kvæges og selv.
उदार मानिसको उन्नति हुनेछ; जसले अरूलाई उत्साह दिन्छ, ऊ आफैँ पनि उत्साहित हुनेछ।
26 Hvo Kornet gemmer, ham bander Folket, Velsignelse kommer over den, som sælger.
अन्न लुकाएर थुपारी राख्नेलाई मानिसहरूले सराप्छन्, तर ती खुशीसाथ बेच्नेलाई आशिष् दिन्छन्।
27 Hvo der jager efter godt, han søger efter Yndest, hvo der higer efter ondt, ham kommer det over.
जसले असल खोज्छ, त्यसले निगाह पाउँछ, तर दुष्टताको खोजी गर्नेहरूमा दुष्टता नै आउँछ।
28 Hvo der stoler på sin Rigdom, falder, retfærdige grønnes som Løv.
जसले आफ्नो धनमाथि भरोसा राख्छ, त्यसको पतन हुन्छ; तर धर्मी जनहरूचाहिँ हरियो पालुवाजस्तै लहलह मौलाउनेछन्।
29 Den, der øder sit Hus, høster Vind, Dåre bliver Vismands Træl.
जसले आफ्नो परिवारमा विपत्ति ल्याउँछ, त्यसले पैतृक सम्पत्तिको रूपमा बतास मात्र प्राप्त गर्नेछ; र मूर्खचाहिँ बुद्धिमान्को सेवक हुनेछ।
30 Retfærds Frugt er et Livets Træ, Vismand indfanger Sjæle.
धर्मी जनको फल जीवनको रूख हो; अनि बुद्धिमान्ले साथी पाउँदछ।
31 En retfærdig reddes med Nød og næppe, endsige en gudløs, en, der synder.
यदि धर्मी जनले आफ्नो प्रतिफल यस संसारमा पाउँछ भने, झन् अधर्मी र पापीहरूले त कति बढ्ता पाउनेछन्!