< 4 Mosebog 9 >
1 HERREN talede således til Moses i Sinaj Ørken i den første Måned af det andet År efter deres Udvandring fra Ægypten:
तिनीहरू मिश्र देशबाट आएका दोस्रो वर्षको पहिलो महिनामा सीनै मरुभूमिमा परमप्रभुले मोशालाई भन्नुभयो,
2 Israeliterne skal fejre Påsken til den fastsatte Tid,
“इस्राएलका मानिसहरूले निस्तार-चाड यसको निर्धारित समयमा नै मानून् ।
3 på den fjortende Dag i denne Måned ved Aftenstid skal I fejre den til den fastsatte Tid; overensstemmende med alle Anordningerne og Lovbudene om den skal I fejre den!
यो महिनाको चौधौँ दिनको साँझ, तिमीहरूले निस्तार-चाडलाई यसको निर्धारित समयमा नै मान्नू । तिमीहरूले यसलाई पालन गर्नुपर्छ, यससँग सम्बन्धित सबै आदेशहरू पालन गर्नुपर्छ र सबै नियमहरू अनुसरण गर्नुपर्छ ।”
4 Da sagde Moses til Israeliterne, at de skulde fejre Påsken;
यसैले मोशाले इस्राएलका मानिसहरूले निस्तार-चाडलाई मान्नुपर्छ भनी तिनीहरूलाई बताए ।
5 og de fejrede Påsken i Sinaj Ørken den fjortende Dag i den første Måned ved Aftenstid; nøjagtigt som HERREN havde pålagt Moses, således gjorde Israeliterne.
तिनीहरूले सीनैको मरुभूमिमा पहिलो महिनाको चौधौँ दिनको साँझमा निस्तार-चाड मनाए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएका सबै कुरा इस्राएलका मानिसहरूले पालन गरे ।
6 Men der var nogle Mænd, som var blevet urene ved et Lig og derfor ikke kunde fejre Påske den Dag. Disse Mænd trådte nu den Dag frem for Moses og Aron
मुर्दा छोएको कारण केही मानिसहरू अशुद्ध भएका थिए । तिनीहरूले त्यस दिन निस्तार-चाड मान्न सकेनन् । तिनीहरू त्यसै दिन मोशा र हारूनकहाँ गए ।
7 og sagde til ham: "Vi er blevet urene ved et Lig; hvorfor skal det da være os forment at frembære HERRENs Offergave til den fastsatte Tid sammen med de andre Israelitter?"
ती मानिसहरूले मोशालाई भने, “हामी मुर्दा छोएको कारण अशुद्ध भएका छौँ । इस्राएलका मानिसहरूमाझ निर्धारित समयमा नै परमप्रभुलाई बलिदान चढाउनबाट हामीलाई किन वञ्चित गर्नुहुन्छ?”
8 Moses svarede dem: "Vent, til jeg får at høre, hvad HERREN påbyder angående eder!"
मोशाले तिनीहरूलाई भने, “पर्ख, परमप्रभुले तिमीहरूबारे के भन्नुहुन्छ, म सुन्छु ।”
9 Da talede HERREN til Moses og sagde:
परमप्रभुले मोशालाई भन्नुभयो,
10 Tal til Israeliterne og sig: Når nogen af eder eller eders Efterkommere er blevet uren ved et Lig eller er ude på en lang Rejse, skal han alligevel holde Påske for HERREN;
“इस्राएलका मानिसहरूलाई भन् । 'यदि तिमीहरूमध्ये कोही मुर्दा छोएको कारण अशुद्ध छ वा लामो यात्रामा छ भने, त्यसले परमप्रभुको निस्तार-चाड अझै मान्न सक्छ ।'
11 den fjortende Dag i den anden Måned ved Aftenstid skal de holde den; med usyret Brød og bitre Urter skal de spise Påskelammet.
तिनीहरूले दोस्रो महिनाको चौधौँ दिनको साँझ निस्तार-चाड मान्नेछन् । तिनीहरूले निस्तार-चाडको थुमालाई अखमिरी रोटी र तितो सागसँग खानुपर्छ ।
12 De må intet levne deraf til næste Morgen, og de må ikke sønderbryde noget af dets Ben. De skal fejre Påsken i Overensstemmelse med alle de Anordninger, som gælder for den.
तिनीहरूले यसलाई बिहानसम्म राख्नुहुँदैन वा यसका हाडहरू भाँच्नुहुँदैन । तिनीहरूले निस्तार-चाडका सबै नियम पालन गर्नुपर्छ ।
13 Men den, som undlader at fejre Påsken, skønt han er ren og ikke på Rejse, det Menneske skal udryddes af sin Slægt, fordi han ikke har frembåret HERRENs Offergave til den fastsatte Tid. Den Mand skal undgælde for sin Synd.
तर कुनै व्यक्ति शुद्ध छ र यात्रामा छैन, अनि निस्तार-चाड मान्दैन भने परमप्रभुले आज्ञा गर्नुभएको निर्धारित समयमा त्यसले बलिदान नचढाएकोले त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गर्नुपर्छ । त्यस मानिसले आफ्नो पाप भोग्नुपर्छ ।
14 Og når en fremmed, der bor hos eder, vil bolde Påske for HERREN, skal han holde den efter de Anordninger og Lovbud, som gælder for Påsken. En og samme Lov skal gælde for eder, for den fremmede og for den indfødte.
यदि कुनै विदेशी तिमीहरूसँग बसोबास गर्छ र परमप्रभुको आदरमा निस्तार-चाड मान्छ भने, त्यसले यसलाई पालन गर्नुपर्छ र निस्तार-चाडका सबै नियम पालन गरेर उहाँले आज्ञा गर्नुभएका सबै थोक गर्नुपर्छ र यसको निम्ति सबै नियम पालन गर्नुपर्छ । विदेशी र स्वदेशी सबैको निम्ति उही नियम हुनुपर्छ ।”
15 Den Dag Boligen blev rejst, dækkede Skyen Boligen, Vidnesbyrdets Telt; men om Aftenen var der som et Ildskær over Boligen, og det holdt sig til om Morgenen.
पवित्र वासस्थान खडा गरेको दिन पवित्र वासस्थान अर्थात् करारको आदेशको पाललाई बादलले ढाक्यो । साँझमा बादल पवित्र वासस्थानमाथि थियो । यो बिहानसम्म आगोजस्तो देखियो ।
16 Således var det til Stadighed: Om dagen dækkede Skyen den, om Natten Ildskæret.
यो यसरी नै रहिरह्यो । बादलले पवित्र वासस्थान ढाक्यो र राती आगोजस्तो देखा पर्थ्यो ।
17 Hver Gang Skyen løftede sig fra Teltet, brød Israeliterne op, og der, hvor Skyen stod stille, slog Israeliterne Lejr.
जब-जब बादल पालबाट हट्थ्यो, इस्राएलका मानिसहरू आफ्नो यात्राको निम्ति अघि बढ्थे । जहाँ-जहाँ बादल रोकिन्थ्यो, त्यहाँ मानिसहरूले छाउनी लगाउँथे ।
18 På HERRENs Bud brød Israeliterne op, og på HERRENs Bud gik de i Lejr, og så længe Skyen hvilede over Boligen, blev de liggende i Lejr;
इस्राएलका मानिसहरू परमप्रभुको आज्ञामा नै यात्रा गर्थे र उहाँकै आज्ञामा छाउनी लगाउँथे ।
19 når Skyen blev over Boligen i længere Tid, rettede Israeliterne sig efter, hvad HERREN havde foreskrevet dem, og brød ikke op.
बादल पवित्र वासस्थानमाथि रहँदा तिनीहरू रोकिन्थे, तिनीहरू छाउनीमा बस्थे । बादल पवित्र वासस्थानमाथि धेरै दिनसम्म रहँदा इस्राएलका मानिसहरूले परमप्रभुको आज्ञा पालन गर्थे र यात्रा गर्दैनथे ।
20 Det hændte, at Skyen kun blev nogle få Dage over Boligen; da gik de i Lejr på HERRENs Bud og brød op på HERRENs Bud.
कहिले काहीँ बादल पवित्र वासस्थानमाथि केही दिन मात्र रहन्थ्यो । त्यस अवस्थामा तिनीहरूले परमप्रभुको आज्ञा पालन गर्थे । तिनीहरूले छाउनी लगाउँथे र उहाँको आज्ञामा फेरि यात्रा गर्थे ।
21 Og det hændte, at Skyen kun blev der fra Aften til Morgen; når Skyen da løftede sig om Morgenen, brød de op. Eller den blev der en Dag og en Nat; når Skyen da løftede sig, brød de op.
कहिले काहीँ बादल छाउनीमा साँझदेखि बिहानसम्म मात्र रहन्थ्यो । बिहान बादल हट्दा तिनीहरूले यात्रा गर्थे । यदि बादल एक दिन वा एक रातको निम्ति मात्र रहेमा, बादल हट्दा मात्र तिनीहरूले यात्रा गर्थे ।
22 Eller den blev der et Par Dage eller en Måned eller længere endnu, idet Skyen i længere Tid hvilede over Boligen; så blev Israeliterne liggende i Lejr og brød ikke op, men når den løftede sig, brød de op.
बादल पवित्र वासस्थानमाथि दुई दिनको, एक महिना वा एक वर्षको निम्ति वा जति समयसम्म रहे पनि इस्राएलका मानिसहरू छाउनीमा रहन्थे र यात्रा गर्दैनथे । तर जब-जब बदल हट्थ्यो, तिनीहरूले यात्रा गर्थे ।
23 På HERRENs Bud gik de i Lejr, og på HERRENs Bud brød de op; de rettede sig efter, hvad HERREN havde foreskrevet dem, efter HERRENs Bud ved Moses.
तिनीहरूले परमप्रभुको आज्ञामा नै छाउनी लगाउँथे र तिनीहरूले उहाँको आज्ञामा नै यात्रा गर्थे । मोशाद्वारा दिइएको परमप्रभुको आज्ञा तिनीहरूले पालन गरे ।