< Lukas 24 >
1 Men på den første Dag i Ugen meget årle kom de til Graven og bragte de vellugtende Urter, som de havde beredt.
हप्ताको पहिलो दिन सबेरै आफूले तयार गरेको सुगन्धित मसला लिएर उनीहरू चिहानमा आए ।
2 Og de fandt Stenen bortvæltet fra Graven.
तिनीहरूले चिहानबाट ढुङ्गा हटाइएको भेट्टाए ।
3 Men da de gik derind, fandt de ikke den Herres Jesu Legeme.
तिनीहरू भित्र पसे, तर प्रभु येशूको शरीरलाई भेट्टाएनन् ।
4 Og det skete, da de vare tvivlrådige om dette, se, da stode to Mænd for dem i strålende Klædebon.
जब तिनीहरू यस विषयमा अन्योलमा परिरहेका थिए, तुरुन्तै चम्किलोवस्त्र लगाएका दुई जना मानिस तिनीहरूको छेउमा उभिए ।
5 Men da de bleve forfærdede og bøjede deres Ansigter imod Jorden, sagde de til dem: "Hvorfor lede I efter den levende iblandt de døde?
ती स्त्रीहरू डरले भरिएर आफ्नो अनुहार भुइँतिर निहुराइरहेका थिए, तिनीहरूले स्त्रीहरूलाई भने, “किन तिमीहरूले जीवितलाई मृतकहरूका बिचमा खोज्छौ?”
6 Han er ikke her, men han er opstanden; kommer i Hu, hvorledes han talte til eder, medens han endnu var i Galilæa, og sagde,
उहाँ यहाँ हुनुहुन्न, तर जीवित हुनुभएको छ! उहाँ गालीलमा हुनुहुँदा तिमीहरूलाई के भन्नुभएको थियो, सो सम्झ ।
7 at Menneskesønnen burde overgives i syndige Menneskers Hænder og korsfæstes og opstå på den tredje Dag."
मानिसका पुत्र पापी मानिसहरूका हातमा सुम्पिनु र क्रुसमा टाँगिनु, र तेस्रो दिनमा फेरि जीवित हुन आवश्यक छ ।”
8 Og de kom hans Ord i Hu.
तब ती स्त्रीहरूले उहाँका वचनलाई सम्झे ।
9 Og de vendte tilbage fra Graven og kundgjorde alle disse Ting for de elleve og for alle de andre.
र चिहानबाट फर्के, र ती सबै कुराहरू एघार जना र अरू सबैलाई बताइदिए ।
10 Men det var Maria Magdalene og Johanna og Maria, Jakobs Moder, og de øvrige Kvinder med dem; de sagde Apostlene disse Ting.
अब मरियम मग्दलिनी, योअन्ना, याकूबकी आमा मरियम र उनीहरूसँग अरू स्त्रीहरू पनि थिए र प्रेरितहरूलाई ती सबै कुराहरूको जानकारी गराए ।
11 Og disse Ord kom dem for som løs Tale; og de troede dem ikke.
तर यो सन्देश प्रेरितहरूलाई बेकारको कुराजस्तो लग्यो, र तिनीहरूले स्त्रीहरूको कुरामा विश्वास गरेनन् ।
12 Men Peter stod op og løb til Graven; og da han kiggede derind ser han Linklæderne alene liggende der, og han gik hjem i Undren over det, som var sket.
यथापि पत्रुस उठे, र चिहानतिर दौडेर गए र निहुरेर भित्र हेर्दा सूती कपडाको पट्टीलाई देखे । तब पत्रुस आश्चर्य चकित हुँदै के भएको होला भन्दै आफ्नो घर तर्फलागे ।
13 Og se, to af dem vandrede på den samme Dag til en Landsby, som lå tresindstyve Stadier fra Jerusalem, dens Navn var Emmaus.
हेर, तिनीहरू दुई जना त्यही दिन इम्माउस नाउँ भएको गाउँतिर गइराखेका थिए, जुन यरूशलेमबाट साठी किलोमिटर टाढा थियो ।
14 Og de talte med hinanden om alle disse Ting, som vare skete.
जे भएको थियो, ती सबै कुराको विषयमा तिनीहरूले एक-अर्कामा छलफल गरे ।
15 Og det skete, medens de samtalede og spurgte hinanden indbyrdes, da kom Jesus selv nær og vandrede med dem.
तिनीहरू छलफल र एकसाथ प्रश्न गरिरहेका बेलामा येशू आफैँ तिनीहरूको नजिक आउनुभयो र तिनीहरूसँगै जानुभयो ।
16 Men deres Øjne holdtes til, så de ikke kendte ham.
तर तिनीहरूका आँखा उहाँलाई नचिन्ने बनाइएका थिए ।
17 Men han sagde til dem: "Hvad er dette for Ord, som I skifte med hinanden på Vejen?" Og de standsede bedrøvede.
येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू दुवै जना हिँड्दै गर्दा के को विषयमा कुरा गरिरेहेका थियौ?” उदास भएर तिनीहरू त्यहाँ उभिए ।
18 Men en af dem, som hed Kleofas, svarede og sagde til ham: "Er du alene fremmed i Jerusalem og ved ikke, hvad der er sket der i disse dage?"
तिनीहरूमध्ये क्लेओपास नाउँ गरेका एक जनाले उहाँलाई जवाफ दिए,”यी दिनहरूमा यरूशलेममा भएका कुराहरू थाहा नपाउने व्यक्ति के तपाईं मात्रै एक हुनुहुन्छ?”
19 Og han sagde til dem: "Hvilket?" Men de sagde til ham: "Det med Jesus af Nazareth, som var en Profet, mægtig i Gerning og Ord for Gud og alt Folket;
येशूले तिनीहरूलाई भन्नुभयो, “के कुराहरू?” तिनीहरूले उहाँलाई जवाफ दिए, “येशू नासरीसँग सम्बन्धित कुराहरू, जो एक अगमवक्ता हुनुहुन्थ्यो, सबै मानिसहरू र परमेश्वरको अगाडि काम र वचनमा शक्तिशाली हुनुहुन्थ्यो ।
20 og hvorledes Ypperstepræsterne og vore Rådsherrer have overgivet ham til Dødsdom og korsfæstet ham.
र कसरी मुख्य पुजारीहरू र हाम्रा शासकहरूले उहाँलाई दोष लगाएर मृत्युदण्ड दिए र उहाँलाई क्रुसमा टाँगे ।
21 Men vi håbede, at han var den, som skulde forløse Israel. Men med alt dette er det i Dag den tredje Dag, siden dette skete.
तर उहाँले नै इस्राएललाई स्वतन्त्र गर्नुहुने थियो भनी हामीले आशा राखेका थियौँ । र यी सबै कुराबाहेक, यी सबै कुरा हुन आएको आज तेस्रो दिन भइसक्यो ।
22 Men også nogle af vore Kvinder have forfærdet os, idet de kom årle til Graven,
तरै पनि, बिहान सबेरै उहाँको चिहानमा गएर, हाम्रो समूहका केही स्त्रीहरूले हामीलाई आश्चर्य चकित पारेका छन्, ।
23 og da de ikke fandt hans Legeme, kom de og sagde, at de havde også set et Syn af Engle, der sagde, at han lever.
जब तिनीहरूले उहाँको शरीरलाई भेट्टाएनन्, तब यसो भन्दै तिनीहरू आए, तिनीहरूले स्वर्गदूतहरूको दर्शन पनि देखे जसले उहाँ जीवित हुनुभएको थियो भने ।
24 Og nogle af vore gik hen til Graven, og de fandt det således, som Kvinderne havde sagt; men ham så de ikke."
हामीसँग भएका केही मानिसहरू चिहानमा गए, र थाहा पाए कि स्त्रीहरूले भनेजस्तै भएको थियो । तर तिनीहरूले उहाँलाई देखेनन् ।”
25 Og han sagde til dem: "O I uforstandige og senhjertede til at tro på alt det, som Profeterne have talt!
येशूले तिनीहरूलाई भन्नुभयो, “हे मूर्ख मानिसहरू र विश्वास गर्न सुस्त हृदय भएकाहरू हो, ती सबै कुराहरू अगमवक्ताहरूले बोलेका थिएनन् र?
26 Burde ikke Kristus lide dette og indgå til sin Herlighed?"
के ख्रीष्टले यी सबै कुराहरूमा दुःख कष्ट भोग्न र उसको महिमामा प्रवेश गर्न आवश्यक थिएन र?”
27 Og han begyndte fra Moses og fra alle Profeterne og udlagde dem i alle Skrifterne det, som handlede om ham.
तब मोशादेखि लिएर सबै अगमवक्ताहरूद्वारा सबै धर्मशास्त्रमा येशूको विषयमा भनिएका कुराहरू उहाँले तिनीहरूलाई व्याख्या गरिदिनुभयो ।
28 Og de nærmede sig til Landsbyen, som de gik til; og han lod, som han vilde gå videre.
तिनीहरू जुन गाउँतिर गइरहेका थिए, तिनीहरू त्यसको नजिकै पुग्न लाग्दा येशूले अझै टाढा जानेजस्तै गरी व्यवहार गर्नुभयो ।
29 Og de nødte ham meget og sagde: "Bliv hos os; thi det er mod Aften, og Dagen hælder." Og han gik ind for at blive hos dem.
तर तिनीहरूले उहाँलाई यसो भन्दै कर गरे, “हामीसँगै बस्नुहोस् किनकि साँझ परिसक्यो र लगभग दिन बितिसक्यो ।” त्यसैले, येशू तिनीहरूसँगै बस्न जानुभयो ।
30 Og det skete, da han havde sat sig med dem til Bords, tog han Brødet, velsignede og brød det og gav dem det.
जब उहाँ तिनीहरूसँग खान बस्नुभयो, तब उहाँले रोटी लिनुभयो, आशिष् माग्नुभयो र यसलाई भाँचेर तिनीहरूलाई दिनुभयो ।
31 Da bleve deres Øjne åbnede, og de kendte ham; og han blev usynlig for dem.
तब तिनीहरूका आँखा खुले, र तिनीहरूले उहाँलाई चिने, र उहाँ तिनीहरूका दृष्टिबाट हराउनुभयो ।
32 Og de sagde til hinanden: "Brændte ikke vort Hjerte i os, medens han talte til os på Vejen og oplod os Skrifterne?"
तिनीहरूले एक अर्कोलाई भने, बाटोमा उहाँ हामीसँग बोल्नुँहुदा उहाँले हामीलाई धर्मशास्त्र खोलिदिनुहुँदा के हाम्रा हृदयभित्र जलन भइराखेको थिएन र?”
33 Og de stode op i den samme Time og vendte tilbage til Jerusalem og fandt forsamlede de elleve og dem, som vare med dem, hvilke sagde:
त्यसै घडी तिनीहरू उठे, र यरूशलेममा फर्के । तिनीहरूले एघार जना एक आपसमा र उनीहरूसँग भएकाहरू पनि जम्मा भइराखेको भेट्टाए,
34 "Herren er virkelig opstanden og set af Simon."
तिनीहरूले भने, “प्रभु जीवित हुनुभएको रहेछ, र सिमोनकहाँ देखा पर्नुभएको रहेछ ।”
35 Og de fortalte, hvad der var sket på Vejen, og hvorledes han blev kendt af dem, idet han brød Brødet.
त्यसकारण, बाटोमा जे भएको थियो, ती कुराहरू तिनीहरूले बताए र कसरी येशूले रोटी भाँच्ने बेलामा तिनीहरूलाई आफूलाई प्रकट गर्नुभयो, सो पनि बताए ।
36 Men medens de talte dette, stod han selv midt iblandt dem; og han siger til dem: "Fred være med eder!"
जसरी तिनीहरूले ती कुराहरू भन्दै थिए, येशू आफैँ तिनीहरूका बिचमा उभिनुभयो, र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति होस् ।”
37 Da forskrækkedes de og betoges af Frygt og mente, at de så en Ånd.
तर तिनीहरू भयभीत भए र डरले भरिए, र हामीले एउटा आत्मा देख्यौँ भनी विचार गरे ।
38 Og han sagde til dem: "Hvorfor ere I forfærdede? og hvorfor opstiger der Tvivl i eders Hjerter?
येशूले तिनीहरूलाई भन्नुभयो, “किन तिमीहरू दुःखित हुन्छौ? किन तिमीहरूका हृदयमा प्रश्न उठाउँछौ?
39 Ser mine Hænder og mine Fødder, at det er mig selv; føler på mig og ser; thi en Ånd har ikke Kød og Ben, som I se, at jeg har."
मेरा हात र खुट्टा हेर, त्यो म आफैँ हुँ । मलाई छोएर हेर । किनकि आत्माको मासु र हड्डी हुँदैन, जसरी तिमीले मेरो शरीरमा भएको देखेका छौ ।”
40 Og da han havde sagt dette, viste han dem sine Hænder og sine Fødder.
जब उहाँले यो भनी सक्नुभयो, उहाँले तिनीहरूलाई आफ्ना हातहरू र गोडा देखाउनुभयो ।
41 Men da de af Glæde herover endnu ikke kunde tro og undrede sig, sagde han til dem: "Have I her noget at spise?"
तर तिनीहरू खुसीले पत्यार गर्न नसकी अचम्मित भइरहेकै बेला येशूले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरूसँग केही खानेकुरा छ?”
42 Og de gave ham et Stykke af en stegt Fisk.
तिनीहरूले उहाँलाई एउटा पकाएको माछा दिए ।
43 Og han tog det og spiste det for deres Øjne.
येशूले त्यसलाई लिनुभयो, र तिनीहरूकै सामु खानुभयो ।
44 Men han sagde til dem: "Dette er mine Ord, som jeg talte til eder, medens jeg endnu var hos eder, at de Ting bør alle sammen opfyldes, som ere skrevne om mig i Mose Lov og Profeterne og Salmerne."
उहाँले तिनीहरूलाई भन्नुभयो, “जब म तिमीहरूसँग थिएँ, मैले तिमीहरूलाई भनेको थिएँ कि मोशाको व्यवस्था, अगमवक्ताहरूको पुस्तक र भजनसङ्ग्रहको पुस्तकमा लेखिएका सबै कुराहरू पुरा हुनैपर्छ ।”
45 Da oplod han deres Forstand til at forstå Skrifterne.
तब तिनीहरूले धर्मशास्त्र बुझ्न सकून् भनेर उहाँले तिनीहरूको विवेक खोली दिनुभयो ।
46 Og han sagde til dem: "Således er der skrevet, at Kristus skulde lide og opstå fra de døde på den tredje Dag,
उहाँले तिनीहरूलाई भन्नुभयो, “यसो लेखिएको छ, ख्रीष्टले कष्ट भोग्नु, र तेस्रो दिनमा मृतकबाट जीवित भई उठ्नु आवश्यक छ ।
47 og at der i hans Navn skal prædikes Omvendelse og Syndernes Forladelse for alle Folkeslagene og begyndes fra Jerusalem.
र उहाँको नाउँमा यरूशलेमबाट सुरु गरेर सबै जातिहरूलाई पश्चात्ताप र पाप क्षमाको बारेमा प्रचार गर्नुपर्छ ।
48 I ere Vidner om disse Ting.
तिमीहरू यी कुराहरूका साक्षी छौ ।
49 Og se, jeg sender min Faders Forjættelse over eder; men I skulle blive i Staden, indtil I blive iførte Kraft fra det høje."
हेर, म मेरा पिताको प्रतिज्ञा तिमीहरूका लागि पठाउँछु, तर माथिबाट शक्ति प्राप्त नगरेसम्म तिमीहरू यही सहरमा पर्खेर बस ।”
50 Men han førte dem ud til hen imod Bethania, og han opløftede sine Hænder og velsignede dem.
त्यसपछि तिनीहरू बेथानी नपुगेसम्म उहाँले तिनीहरूलाई अगुवाइ गर्नुभयो । उहाँले आफ्ना हातहरू उचालेर तिनीहरूलाई आशिष् दिनुभयो ।
51 Og det skete, idet han velsignede dem, skiltes han fra dem og opløftedes til Himmelen.
त्यसपछि, जब उहाँले तिनीहरूलाई आशिष् दिँदै हुनुहुन्थ्यो, उहाँ तिनीहरूलाई छोडेर स्वर्गतिर उचालिनुभयो ।
52 Og efter at have tilbedt ham vendte de tilbage til Jerusalem med stor Glæde.
त्यसैले, तिनीहरूले उहाँको आराधना गरे, र बडो आनन्दसाथ यरूशलेम फर्के ।
53 Og de vare stedse i Helligdommen og priste Gud.
तिनीहरू निरन्तर परमेश्वरलाई धन्यको भन्दै मन्दिरमा रहे ।