< 3 Mosebog 19 >

1 HERREN talede fremdeles til Moses og sagde:
याहवेहले मोशालाई भन्‍नुभयो,
2 Tal til hele Israeliternes Menighed og sig til dem: I skal være hellige, thi jeg HERREN eders Gud er hellig!
“इस्राएलका सारा समुदायसित कुरा गरेर तिनीहरूलाई भन्: ‘तिमीहरू पवित्र होओ; किनकि म याहवेह तिमीहरूका परमेश्‍वर पवित्र छु।
3 I skal frygte hver sin Moder og sin Fader, og mine Sabbater skal I holde. Jeg er HERREN eders Gud!
“‘तिमीहरू प्रत्येकले आफ्ना आमाबुबालाई आदर गर्नू, र तिमीहरूले मेरा शब्बाथहरूलाई पालन गर्नू। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।
4 Vend eder ikke til Afguderne og gør eder ikke støbte Gudebilleder! Jeg er HERREN eders Gud!
“‘मूर्तिहरूतिर नफर्कनू वा धातुका आफ्ना निम्ति देवताहरू नबनाउनू। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।
5 Når I ofrer Takoffer til HERREN, skal I ofre det således, at I kan vinde Guds Velbehag.
“‘तिमीहरूले याहवेहको निम्ति आफ्ना मेलबलि चढाउँदा यस किसिमले चढाओ, कि त्यो तिमीहरूका पक्षमा ग्रहणयोग्य होस्।
6 Den Dag, I ofrer det, og Dagen efter må det spises, men hvad der levnes til den tredje Dag, skal opbrændes;
त्यसलाई तिमीहरूद्वारा चढाएकै दिन अथवा भोलिपल्ट खाइयोस्। तेस्रो दिनसम्म केही थोक बाँकी रह्‍यो भने त्यो जलाइयोस्।
7 spises det den tredje Dag, er det at regne for råddent Kød og vinder ikke Guds Velbehag;
यदि त्यसबाट केही तेस्रो दिनमा खाइयो भने त्यो अशुद्ध हो; त्यो ग्रहण हुनेछैन।
8 den, der spiser deraf, skal undgælde for sin Brøde, thi han vanhelliger det, som var helliget HERREN, og det Menneske skal udryddes af sin Slægt.
त्यसलाई जसले खान्छ, त्यो जिम्मेवार हुनेछ। किनकि त्यसले जुन कुरा याहवेहको निम्ति पवित्र छ, त्यसलाई अपवित्र तुल्याएको छ। त्यो मानिस आफ्नो समुदायबाट बहिष्कार गरियोस्।
9 Når I høster eders Lands Høst, må du ikke høste helt hen til Kanten af din Mark, ej heller må du sanke Efterslætten efter din Høst.
“‘तिमीहरूले आफ्नो जमिनबाट कटनी गर्दा त्यसको किनारसम्मै नकाट्नू, अथवा तिमीहरूका कटनीको सिलाबाला नबटुल्नू।
10 Heller ikke må du bolde Efterhøst eller sanke de nedfaldne Bær i din Vingård; til den fattige og den fremmede skal du lade det blive tilbage. Jeg er HERREN eders Gud!
तिमीहरू आफ्नो दाखबारीमा दोस्रो पल्ट नजानू, अथवा झरेका अङ्‌गुर नटिप्नू। ती गरिबहरू र परदेशीहरूका निम्ति छोडिदिनू। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।
11 I må ikke stjæle, I må ikke lyve, I må ikke bedrage hverandre.
“‘तिमीहरूले चोरी नगर्नू। “‘तिमीहरूले झूट नबोल्नू। “‘तिमीहरू एक-अर्कालाई धोका नदिनू।
12 I må ikke sværge falsk ved mit Navn, så du vanhelliger din Guds Navn. Jeg er HERREN!
“‘तिमीहरूले मेरो नाममा झूटो शपथ खाएर आफ्ना परमेश्‍वरको नाम अपवित्र नतुल्याउनू। म नै याहवेह हुँ।
13 Du må intet aftvinge din Næste, du må intet røve; Daglejerens Løn må ikke blive hos dig Natten over.
“‘तिमीहरूले आफ्ना छिमेकीलाई शोषण नगर्नू, अथवा नलुट्नू। “‘तिमीहरूका ज्यालादारी मानिसको ज्याला रातभरि रोकेर नराख्नू।
14 Du må ikke forbande den døve eller lægge Stød for den blindes Fod, du skal frygte din Gud. Jeg er HERREN!
“‘तिमीहरूले सुन्‍न नसक्नेलाई नसराप्नू, अथवा दृष्‍टिविहीनको सामु ठेस लाग्ने कुरा नराख्नू; तर आफ्ना परमेश्‍वरको डर मान्‍नू। म नै याहवेह हुँ।
15 I må ikke øve Uret, når I holder Rettergang; du må ikke begunstige den ringe, ej heller tage Parti for den store, men du skal dømme din Næste med Retfærdighed.
“‘तिमीहरूले न्याय नबिगार्नू। गरिबलाई पक्षपात नगर्नू; अनि धनीलाई विशेष कृपा नदेखाउनू। तर आफ्ना छिमेकीको न्याय ठिकसित गर्नू।
16 Du må ikke gå rundt og bagvaske din Landsmand eller stå din Næste efter Livet. Jeg er HERREN!
“‘आफ्ना मानिसहरूका बीचमा निन्दा नफैलाउनू। “‘आफ्ना छिमेकीको जीवन खतरामा पर्ने किसिमका कुनै पनि काम नगर्नू। म नै याहवेह हुँ।
17 Du må ikke bære Nag til din Broder i dit Hjerte, men du skal tale din Næste til Rette, at du ikke skal pådrage dig Synd for hans Skyld.
“‘तिमीहरूका दाजुभाइलाई आफ्नो हृदयमा घृणा नगर्नू। बरु आफ्नो छिमेकीलाई खुल्‍लमखुल्‍ला हप्काउनू, ताकि त्यसको दोषमा तिमीहरूको कुनै भाग नहोस्।
18 Du må ikke hævne dig eller gemme på Vrede mod dit Folks Børn, du skal elske din Næste som dig selv. Jeg er HERREN!
“‘आफ्ना मानिसहरूका विरुद्धमा बदला नलिनू, अथवा डाह नगर्नू; तर आफ्ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू; म नै याहवेह हुँ।
19 Hold mine Anordninger! Du må ikke lade to Slags Kvæg parre sig med hinanden; du må ikke så to Slags Sæd i din Mark; og du må ikke bære Klæder, der er vævede af to Slags Garn.
“‘मेरा उर्दीहरू पालन गर्नू। “‘बेग्ला-बेग्लै जातिका पशुहरूलाई मेल नगराउनू। “‘आफ्नो जमिनमा दुई किसिमका बिउहरू नलगाउनू। “‘दुई किसिमका सामग्रीहरूले बनिएको वस्त्र नलगाउनू।
20 Når en Mand har Samleje med en Kvinde, og det er en Trælkvinde, en anden Mands Medhustru, som ikke er løskøbt eller frigivet, så skal Afstraffelse finde Sted; dog skal de ikke lide Døden, thi hun var ikke frigivet.
“‘मगनी भएकी, तर छुटकारा नपाएकी तथा स्वतन्त्र नभएकी कमारीसित कसैले सहवास गर्‍यो भने तिनीहरूलाई सजाय दिइयोस्। तिनीहरूलाई मार्नुचाहिँ हुँदैन। किनभने त्यो फुक्‍का भएकी थिइन।
21 Og han skal bringe sit Skyldoffer for HERREN til Åbenbaringsteltets Indgang, en Skyldoffervæder,
तर त्यस मानिसले याहवेहका निम्ति दोषबलिस्वरूप भेट हुने पालको प्रवेशद्वारमा एउटा भेडा ल्याओस्।
22 og Præsten skal med Skyldoffervæderen skaffe ham Soning for HERRENs Åsyn for den Synd, han har begået, så han finder Tilgivelse for den Synd, han har begået.
त्यो भेडालाई लिएर पुजारीले त्यसको निम्ति त्यसले गरेको पापका लागि याहवेहको सामु प्रायश्‍चित गरोस्; अनि त्यसको पाप क्षमा गरिनेछ।
23 Når I kommer ind i Landet og planter alskens Frugttræer, skal I lade deres Forhud, den første Frugt, urørt; i tre År skal de være eder uomskårne og må ikke spises;
“‘जब तिमीहरू त्यस देशमा प्रवेश गर्छौ, तब त्यहाँ कुनै किसिमका फलको रूख रोपेपछि त्यसको फललाई खान नहुने ठान्‍नू। तीन वर्षसम्म तिमीहरूले त्यसलाई खान नहुने ठान्‍नू; त्यो खानुहुँदैन।
24 det fjerde År skal al deres Frugt under Høstjubel helliges HERREN;
चौथो वर्षमा त्यसका सबै फलहरू पवित्र र याहवेहका निम्ति प्रशंसाको भेटी हुनेछ।
25 først det femte År må I spise deres Frugt, for at I kan få så meget større Udbytte deraf. Jeg er HERREN eders Gud!
तर पाँचौँ वर्षमा त्यसको फल खान सकिन्छ। यस प्रकार तिमीहरूका फसलको वृद्धि हुनेछ। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।
26 I må ikke spise noget med Blodet i. I må ikke give eder af med at tage Varsler og øve Trolddom.
“‘कुनै मासु रगत भएको अवस्थामा नखानू। “‘तिमीहरूले जोखना हेर्ने र साइत हेर्ने कामहरू नगर्नू।
27 I må ikke runde Håret på Tindingerne; og du må ikke studse dit Skæg;
“‘तिमीहरूले आफ्नो कन्चटको कपाल नकाट्नू, न त आफ्नो दाह्रीका किनारहरू छाँट्नू।
28 I må ikke gøre Indsnit i eders Legeme for de dødes Skyld eller indridse Tegn på eder. Jeg er HERREN!
“‘तिमीहरूले मरेकाहरूका निम्ति आफ्ना शरीरलाई नकाट्नू, अथवा आफूमाथि खोपेर छापहरू नबनाउनू। म नै याहवेह हुँ।
29 Du må ikke vanhellige din Datter ved at lade hende bedrive Hor, for at ikke Landet skal forfalde til Horeri og fyldes med Utugt.
“‘तिमीहरूले आफ्ना छोरीहरूलाई वेश्या बनाएर तिनीहरूको स्तर नघटाइदिनू; नत्रता देश नै वेश्यावृत्तिमा लागेर दुष्‍टताले भरिनेछ।
30 Mine Sabbater skal I bolde, og min Helligdom skal I frygte. Jeg er HERREN!
“‘मेरा शब्बाथहरू पालन गर्नू, र मेरो पवित्रस्थानलाई आदर गर्नू। म नै याहवेह हुँ।
31 Henvend eder ikke til Genfærd og Sandsigerånder; søg dem ikke, så I gør eder urene ved dem. Jeg er HERREN eders Gud!
“‘तन्त्रमन्त्र गर्नेहरूतिर ध्यान नदिनू, न त तिनीहरूलाई खोज्नू। किनकि तिनीहरूद्वारा तिमीहरू अपवित्र तुल्याइनेछौ। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।
32 Du skal rejse dig for de grå Hår og ære Oldingen, og du skal frygte din Gud. Jeg er HERREN!
“‘बुढापाकाहरूका सम्मानमा उठ्नू र वृद्धहरूप्रति आदर देखाउनू। अनि तिमीहरूका परमेश्‍वरको भय मान्‍नू। म नै याहवेह हुँ।
33 Når en fremmed bor hos dig i eders Land, må I ikke lade ham lide Overlast;
“‘जब कुनै परदेशी तिमीहरूको देशमा तिमीहरूसित बसोबास गर्छ, तब त्यससित नराम्रो व्यवहार नगर्नू।
34 som en af eders egne skal I regne den fremmede, der bor hos eder, og du1 skal elske ham som dig selv, thi I var selv fremmede i Ægypten. Jeg et HERREN eders Guld!
तिमीहरूसित बस्‍ने परदेशीलाई स्वदेशमा जन्मेकालाई झैँ व्यवहार गर्नुपर्छ। त्यसलाई आफूलाई झैँ प्रेम गर्नू। किनकि तिमीहरू पनि इजिप्टमा परदेशी थियौ। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।
35 Når I holder Rettergang, må I ikke øve Uret ved Længdemål, Vægt eller Rummål;
“‘तिमीहरूले नाप्दा, जोख्दा र भर्दा छल नगर्नू।
36 Vægtskåle, der vejer rigtigt, Lodder, der holder Vægt, Efa og Hin, der holder Mål, skal I have. Jeg er HERREN eders Gud, som førte eder ud af Ægypten!
ठिक तराजु, ठिक ढक, ठिक एपा र ठिक हिन चलाउनू। तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याउने म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।
37 Hold alle mine Anordninger og Lovbud og gør efter dem. Jeg er HERREN!
“‘तिमीहरूले मेरा सबै उर्दी र मेरा सबै व्यवस्थाहरू मान्‍नू; र ती पालन गर्नू। म नै याहवेह हुँ।’”

< 3 Mosebog 19 >