< Josua 7 >
1 Men Israeliterne forgreb sig på det bandlyste, idet Akan, en Søn af Karmi en Søn af Zabdi, en Søn af Zera, af Judas Stamme, tilvendte sig noget af det bandlyste. Da blussede HERRENs Vrede op mod Israeliterne.
तर अर्पण गरिएका चीजहरूको, विषयमा इस्राएलीहरू विश्वासयोग्य भएनन्। यहूदा कुलको जेरहको छोरा जब्दी जब्दीको छोरा कर्मी, कर्मीको छोरा आकानले ती अर्पण गरिएका चीजहरूबाट केही कुरा लियो। यसकारण याहवेहको क्रोध इस्राएलीहरूमाथि दन्कियो।
2 Derpå sendte Josua nogle Mænd fra Jeriko til Aj, som ligger ved Bet Aven, østen for Betel, og sagde til dem: "Drag op og udspejd Egnen!" Og Mændene drog op og udspejdede Aj.
यहोशूले बेथेलको पूर्वपट्टिको बेथ-आवेनको नजिक भएको ऐ सहरमा यरीहोबाट मानिसहरू पठाएर तिनीहरूलाई भने, “तिमीहरू माथि गएर त्यस इलाकाको भेद लेओ।” यसकारण ती मानिसहरू गए, र ऐ सहरको भेद लिए।
3 Da de kom tilbage til Josua, sagde de til ham: "Lad ikke hele Folket drage derop; lad en to-tre Tusind Mand drage op og indtage Aj; du behøver ikke at umage hele Folket med at drage derop, thi de er få!"
जब तिनीहरू यहोशूकहाँ फर्केर आए, तब तिनीहरूले भने, “ऐ सहरको विरुद्धमा सबै मानिसहरू नजाऊन्। त्यसलाई कब्जा गर्न दुई वा तीन हजार मानिसहरू पठाउनुहोस्। सबै मानिसहरू जाने कष्ट नदिनुहोस्; किनकि त्यहाँ थोरै मात्र मानिसहरू बस्दछन्।”
4 Så drog henved 3000 Mand af Folket derop; men de blev slået på Flugt af Ajjiterne,
यसकारण करिब तीन हजार मानिसहरू मात्र माथि गए; तर तिनीहरू ऐ सहरका मानिसहरूद्वारा पराजित भए।
5 og Ajjiterne dræbte seks og tredive Mand eller så af dem; de forfulgte dem uden for Porten indtil Stenbruddene og huggede dem ned på Skråningen. Da sank Folkets Mod og blev til Vand.
तिनीहरूले लगभग छत्तीस जना इस्राएलीहरूलाई मारे। तिनीहरूले इस्राएलीहरूलाई सहरको मूलढोकादेखि शबारीमसम्म लखेटे, र ओरालोमा तिनीहरूलाई हराए। यो देखेर मानिसहरूको हृदय डरले गलेर पानीजस्तै भयो।
6 Men Josua og Israels Ældste sønderrev deres Klæder og faldt på deres Ansigt på Jorden foran HERRENs Ark og blev liggende til Aften og kastede Støv på deres Hoveder.
तब यहोशूले आफ्नो वस्त्र च्याते। अनि याहवेहको सन्दुकको सामु भुइँमा घोप्टो परेर लडे। अनि साँझसम्म त्यहीँ रहिरहे। इस्राएलका प्रधानहरूले पनि त्यसै गरेर तिनीहरूका शिरहरूमा धुलो छर्के।
7 Og Josua sagde: "Ak, Herre, HERRE! Hvorfor lod du dette Folk gå over Jordan, når du vilde give os i Amoriternes Hånd og lade os gå til Grunde? Havde vi dog blot besluttet os til at blive hinsides Jordan!
अनि यहोशूले भने, “हाय, प्रभु याहवेह! तपाईंले यी मानिसहरूलाई एमोरीहरूको हातमा सुम्पिदिएर नष्ट पार्नलाई किन यर्दन पार गराएर ल्याउनुभयो? बरु हामी यर्दनको पारिपट्टि नै सन्तोष गरेर बसेको भए वेश हुनेथियो!
8 Ak, Herre! Hvad skal jeg sige, nu Israel har måttet tage Flugten for sine Fjender?
हे प्रभु, अब म के भनूँ, अहिले इस्राएल आफ्ना शत्रुहरूद्वारा पराजित भएको छ?
9 Når Kana'anæerne og alle Landets Indbyggere hører det, falder de over os fra alle Sider og udsletter vort Navn af Jorden; hvad vil du da gøre for dit store Navns Skyld?"
कनानी र यस देशका अरू मानिसहरूले यसबारे सुन्नेछन्, र तिनीहरूले हामीलाई चारैतिरबाट घेरेर पृथ्वीबाट हाम्रो नामनिशानै मेटिदिनेछन्। अनि त्यस बेला आफ्नो महान् नामको खातिर तपाईंले के गर्नुहुनेछ?”
10 Da sagde HERREN til Josua: "Stå op! Hvorfor ligger du på dit Ansigt?
याहवेहले यहोशूलाई भन्नुभयो, “उठ्! तँ किन यसरी घोप्टो परेर भुइँमा लडिरहेको छस्?”
11 Israel har syndet, thi de har forbrudt sig imod min Pagt, som jeg pålagde dem; de har tilvendt sig noget af det bandlyste, de har stjålet; de har skjult det, de har gemt det i deres Oppakning.
इस्राएलले पाप गरेको छ। मैले तिनीहरूलाई पालन गर्न दिएको करार भङ्ग गरेका छन्। तिनीहरूले अर्पण गरिएका चीजहरूबाट केही लिएका छन्। तिनीहरूले चोरेका छन्। तिनीहरूले झूट बोलेका छन्। तिनीहरूले ती चीजहरू आफ्नै मालसामानसँग राखेका छन्।
12 Derfor kan Israeliterne ikke holde Stand over for deres Fjender, men må flygte for dem; thi de er hjemfaldne til Band! Jeg vil ikke mere være med eder, hvis I ikke bortrydder Bandet af eders Midte.
त्यसैकारण इस्राएलीहरू आफ्ना शत्रुहरूको विरुद्धमा खडा रहन सक्दैनन्। तिनीहरू पिठिउँ फर्काएर भाग्छन्; किनकि तिनीहरूले आफूलाई सर्वनाशको योग्य बनाएका छन्। तिमीहरूले आफ्ना बीचबाट नष्ट हुनका निम्ति अर्पण गरिएका चीजहरूलाई नष्ट नगरेसम्म म अब उसो तिमीहरूसँग रहनेछैन।
13 Stå derfor op, lad Folket hellige sig og sig: Helliger eder til i Morgen, thi så siger HERREN, Israels Gud: Der er Band i din Midte, Israel; og du kan ikke holde Stand over for dine Fjender, før I skaffer Bandet bort fra eder!
“उठ्, गएर मानिसहरूलाई शुद्ध पार्! तिनीहरूलाई भन्, ‘भोलिको दिनको तयारीका निम्ति आफूलाई शुद्ध बनाओ’; किनकि याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: हे इस्राएल, तिमीहरूको बीचमा अर्पण गरिएको चीज छ। तिमीहरूले त्यसलाई नहटाएसम्म तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा खडा रहन सक्दैनौ।
14 I Morgen skal I træde frem Stamme for Stamme, og den Stamme, HERREN rammer, skal træde frem Slægt for Slægt, og den Slægt, HERREN rammer, skal træde frem Familie for Familie, og den Familie, HERREN rammer, skal træde frem Mand for Mand.
“‘यसकारण बिहानै तिमीहरूले कुल-कुलअनुसार आफूलाई प्रस्तुत गर। याहवेहले छान्नुभएको कुल वंश-वंश गरी अगाडि आओस्। याहवेहले छान्नुभएको वंश परिवार-परिवार गरी अगाडि आओस्; अनि याहवेहले छान्नुभएको परिवार एक-एक जना गरी अगाडि आओस्।
15 Den, som da rammes, fordi han har det bandlyste Gods, skal brændes tillige med alt, hvad der tilhører ham; thi han har brudt HERRENs Pagt og begået en Skændselsdåd i Israel!"
अर्पण गरिएका चीजहरूसँग पक्राउ पर्ने व्यक्ति, त्यससँग भएका सबै थोकसँगै आगोद्वारा नष्ट पारियोस्। त्यसले याहवेहको करार भङ्ग गरेको छ; र इस्राएलमा घृणित काम गरेको छ!’”
16 Tidligt næste Morgen lod Josua Israel træde frem Stamme for Stamme, og da blev Judas Stamme ramt.
भोलिपल्ट बिहानै यहोशूले इस्राएललाई कुलअनुसार अगाडि आउन लगाए; अनि यहूदा छानिए।
17 Derpå lod han Judas Slægter træde frem, og Zeraiternes Slægt blev ramt. Derpå lod han Zeraiternes Slægt træde frem Familie for Familie, og Zabdi blev ramt.
तब यहूदाका सबै कुलहरू अगाडि आए, र जेरहको वंशहरू छानिए। तिनले जेरहका वंशहरूलाई परिवार-परिवार गरी अगि आउन लगाए, र जब्दी छानिए।
18 Derpå lod han dennes Familie træde frem Mand for Mand, og da blev Akan ramt, en Søn af Harmi, en Søn af Zabdi, en Søn af Zera, af Judas Stamme.
यहोशूले त्यसको परिवारलाई एक-एक गरी अगि आउन लगाए। अनि यहूदाको कुलको जेरहका छोरा जब्दी, त्यसका छोरा कर्मी र कर्मीका छोरा आकान पक्राउ पर्यो।
19 Da sagde Josua til Akan: "Min Søn, giv HERREN, Israels Gud, Ære og Pris, og fortæl mig, hvad du har gjort, skjul ikke noget for mig!"
तब यहोशूले आकानलाई भने, “हे मेरो छोरा, याहवेह इस्राएलका परमेश्वरलाई महिमा दे, र उहाँको कदर गर्। तैँले जे गरिस्, त्यो मलाई भन्; मदेखि त्यो कुरा नलुका।”
20 Akan svarede Josua: "Ja, det er mig, som har syndet mod HERREN, Israels Gud. Således gjorde jeg:
आकानले जवाफ दियो, “यो कुरा सत्य हो! मैले याहवेह इस्राएलका परमेश्वरको विरुद्धमा पाप गरेको छु। मैले गरेको अपराध यही हो:
21 Jeg så imellem Byttet en prægtig babylonisk Kappe, 200 Sekel Sølv og en Guldtunge på halvtredsindstyve Sekel; det fik jeg Lyst til, og jeg tog det; se, det ligger nedgravet i Jorden midt i mit Telt, Sølvet nederst."
लुटको मालमा जब मैले बेबिलोनबाटको एउटा सुन्दर लवेदा, दुई सय सेकेलको चाँदी र पचास सेकेलको सुनको टुक्रा देखेँ, तब मलाई लोभ लाग्यो र मैले ती लिएँ। ती मेरो पालभित्र जमिनमुनि गाडिएका छन्। अनि चाँदीचाहिँ सबैभन्दा मुनि छ।”
22 Da sendte Josua nogle Folk hen, og de skyndte sig til Teltet, og se, det var gemt i hans Telt, Sølvet nederst;
यसकारण यहोशूले दूतहरू पठाए। अनि तिनीहरू दगुरेर पालमा गए। अनि त्यस पालभित्र ती लुकाइराखिएका थिए। चाँदीचाहिँ सबैभन्दा मुनि भेट्टाए।
23 og de tog det ud af Teltet og bragte det til Josua og alle Israeliterne og lagde det hen foran HERREN.
तिनीहरूले पालबाट ती चीजहरू लिएर यहोशू र सारा इस्राएलीहरूकहाँ ल्याए। अनि ती याहवेहको अगि राखिदिए।
24 Men Josua tog sammen med hele Israel Akan, Zeras Søn, og Sølvet, Kappen og Guldtungen og hans Sønner og Døtre, hans Hornkvæg, Æsler og Småkvæg, hans Telt og alt, hvad der tilhørte ham, og førte dem op i Akors dal.
तब यहोशू र सारा इस्राएलीहरू मिलेर जेरहको छोरा आकान, त्यससँग भएको चाँदी, लवेदा, सुनको टुक्रा, त्यसका छोराछोरीहरू, त्यसका गाईबस्तु, गधाहरू र भेडाहरू, त्यसका पाल र त्यसका सबै चीजहरूलाई आकोरको बेँसीमा ल्याए।
25 Og Josua sagde: "Hvorfor har du styrtet os i Ulykke? HERREN skal styrte dig i Ulykke på denne Dag!" Derpå stenede hele Israel ham, og de brændte eller stenede dem.
अनि यहोशूले भने, “तैँले यो विपत्ति हामीमाथि किन ल्याइस्? याहवेहले आज तँमाथि विपत्ति ल्याउनुहुनेछ।” त्यसपछि सारा इस्राएलीहरूले त्यसलाई ढुङ्गाले हाने। अनि तिनीहरूले अरू बाँकी रहेकाहरूलाई पनि ढुङ्गाले हानेर तिनीहरूलाई जलाइदिए।
26 Og de opkastede en stor Stendysse over ham, som står der den Dag i Dag. Da lagde HERRENs heftige Vrede sig. Derfor fik Stedet Navnet Akors Dal, som det hedder den Dag i Dag.
तिनीहरूले आकानमाथि पत्थरहरूको थुप्रो लगाए, जुन आजको दिनसम्मै छँदैछ। त्यसपछि याहवेहको भयानक क्रोध शान्त भयो। यसकारण त्यस दिनदेखि त्यस ठाउँलाई आकोरको बेँसी भनिन्छ।