< Job 9 >

1 Så tog Job til Orde og svarede:
तब अय्यूबले जवाफ दिए र भने,
2 "Jeg ved forvist, at således er det, hvad Ret har en dødelig over for Gud?
“यो यस्‍तै हो भनी म साँच्‍चै जान्दछु । तर एक व्यक्ति कसरी परमेश्‍वसित ठिक हुन सक्छ?
3 Vilde Gud gå i Rette med ham, kan han ikke svare på et af tusind!
उसले परमेश्‍वरसित तर्क गर्न चाह्यो भने, उसले हजारपल्टमा एकपल्ट पनि जवाफ दिन सक्दैन ।
4 Viis af Hjerte og vældig i Kraft hvo trodsede ham og slap vel derfra?
परमेश्‍वर हृदयमा बुद्धिमान् र बलमा शक्तिशाली हुनुहुन्छ । उहाँको विरुद्धमा कसले आफूलाई कहिलै कठोर पारेको अनि सफल भएको छ र?
5 Han flytter Bjerge så let som intet, vælter dem om i sin Vrede,
जब उहाँले आफ्नो क्रोधमा पर्वतहरूलाई पल्टाउनुहुन्‍छ, तब उहाँले कसैलाई चेताउनी नदिइएर ती हटाउनुहुन्छ ।
6 ryster Jorden ud af dens Fuger, så dens Grundstøtter bæver;
उहाँले पृथ्वीलाई यसको आफ्नो ठाउँबाट हल्लाउनुहुन्छ, र यसका टेकाहरूलाई कँपाउनुहुन्छ ।
7 han taler til solen, så skinner den ikke, for Stjernerne sætter han Segl,
उहाँ उही परमेश्‍वर हुनुहुन्छ जसले सूर्यलाई नउदाउन भन्‍नुहुन्‍छ, र त्‍यो उदाउँदैन, र जसले ताराहरूलाई ढाक्‍नुहुन्छ,
8 han udspænder Himlen ene, skrider hen over Havets Kamme,
जो आफैले आकाशलाई तन्‍काउनुहुन्छ, र समुद्रका छालहरूलाई कुल्चिनुहुन्छ,
9 han skabte Bjørnen, Orion, Syvstjernen og Sydens Kamre,
उहाँले सप्‍तर्षि, मृगशिरा र किरकिटी ताराहरू र दक्षिणका तारापुञ्जहरू बनाउनुहुन्छ ।
10 han øver ufattelig Vælde og Undere uden Tal!
उहाँले महान् र अगम्‍य कुराहरू, अनि अनगिन्ती उदेकका कामहरू गर्नुहुन्छ ।
11 Går han forbi mig, ser jeg ham ikke, farer han hen, jeg mærker ham ikke;
हेर, उहाँ मेरो छेउबाट जानुहुन्छ, र पनि म उहाँलाई देख्दिनँ । उहाँ आफ्नो बाटो हिंड्नुहुँदा मलाई पत्तै हुँदैन ।
12 røver han, hvem mon der hindrer ham i det? Hvo siger til ham: "Hvad gør du?"
उहाँले कुनै कुरो खोस्‍नुभयो भने कसले उहाँलाई रोक्‍न सक्छ? कसले उहाँलाई भन्‍न सक्छ, 'तपाईं के गर्दै हुनुहुन्छ?'
13 Gud lægger ikke Bånd på sin Vrede, Rahabs Hjælpere bøjed sig under ham;
परमेश्‍वरले आफ्नो रिस रोक्‍नुहुन्‍न । राहाबका सहयोगीहरू उहाँको मुनि झुक्छन् ।
14 hvor kan jeg da give ham Svar og rettelig føje min Tale for ham!
कति थोरै जवाफ मैले उहाँलाई दिन सक्छु, उहाँसित तर्क गर्न म शब्दहरू छान्‍न सक्छु र?
15 Har jeg end Ret, jeg kan dog ej svare, må bede min Dommer om Nåde!
म धर्मी भए तापनि मैले उहाँलाई जवाफ दिन सक्‍दिन । मेरा न्यायकर्तासँत मैले कृपाको लागि बिन्ती मात्र चढाउन सक्‍छु ।
16 Nævned jeg ham, han svared mig ikke, han hørte, tror jeg, ikke min Røst,
मैले उहाँलाई पुकारेँ, र उहाँले मलाई जवाफ दिनुभयो भने पनि, उहाँले मेरो आवाज सुन्‍नुभयो भनेर म विश्‍वास गर्दिनँ ।
17 han, som river mig bort i Stormen, giver mig - Sår på Sår uden Grund,
किनकि उहाँले मलाई आँधीले तोड्नुहुन्छ, र विनाकारण मेरा घाउहरू बढाउनुहुन्छ ।
18 ikke lader mig drage Ånde, men lader mig mættes med beskeing.
उहाँले मलाई फेरि सास फेर्ने दिनुहुन्‍न, तर उहाँले मलाई तिक्तताले भर्नुहुन्छ ।
19 Gælder det Kæmpekraft, melder han sig! Gælder det Ret, hvo stævner ham da!
ताकतको विषय हो भने, उहाँ शक्तिशाली हुनुहुन्छ । न्यायको विषय हो भने, कसले उहाँलाई बोलाउन सक्छ?
20 Har jeg end Ret, må min Mund dog fælde mig, er jeg end skyldfri, han gør mig dog vrang!
म ठिक भए पनि मेरो आफ्नै मुखले मलाई दोषी ठहराउँछ । र म दोषरहित भए पनि मेरा वचनले मलाई दोषी प्रमाणित गर्छन् ।
21 Skyldfri er jeg, ser bort fra min Sjæl og agter mit Liv for intet!
म दोषरहित छु, तर अब फेरि म आफ्‍नै बारेमा वास्ता गर्दिनँ । मेरो आफ्नै जीवनलाई म घृणा गर्छु ।
22 Lige meget; jeg påstår derfor: Skyldfri og skyldig gør han til intet!
यसले मलाई केही फरक पार्दैन । त्यसैले म भन्छु, उहाँले दोषरहित र दुष्‍ट मानिसलाई सँगसँगै नष्‍ट गर्नुहुन्छ ।
23 Når Svøben kommer med Død i et Nu, så spotter han skyldfries Hjertekval;
जब कोर्राले अकस्मात् मार्छ, तब उहाँले निर्दोषहरूको निराशाको उपहास गर्नुहुन्छ ।
24 Jorden gav han i gudløses Hånd, hylder dens Dommeres Øjne til, hvem ellers, om ikke han?
पृथ्वी दुष्‍ट मानिसको हातमा दिइएको छ । परमेश्‍वरले यसका न्यायकर्ताहरूका मुहार ढाक्‍नुहन्छ । यसो गर्ने उहाँ हुनुहुन्‍न भने त्‍यो को हो त?
25 Raskere end Løberen fløj mine Dage, de svandt og så ikke Lykke,
मेरा दिनहरू कुद्‍ने दूतभन्दा पनि द्रुत गतिमा दौडन्छन् । मेरा दिनहरू भाग्छन् । तिनले कतै पनि भलो देख्दैनन् ।
26 gled hen som Både af Si, som en Ørn, der slår ned på Bytte.
ती निगालोको डुङ्गाजस्तै चाँडो बगेर छन्, र आफ्नो सिकारलाई वेगसित झम्टने चीलझैं छन् ।
27 Dersom jeg siger: "Mit Suk vil jeg glemme, glatte mit Ansigt og være glad,"
आफ्‍ना गुनासाहरूको विषयमा म बिर्सन्छु, आफ्‍नो निराश अनुहार म हटाउँछु र खुसी हुन्छु भनें पनि,
28 må jeg dog grue for al min Smerte, jeg ved, du kender mig ikke fri.
आफ्‍ना सबै शोकदेखि म डराउँछु, किनकि तपाईंले मलाई निर्दोष ठहराउनुहुने छैन भनी म जान्‍दछु ।
29 Jeg skal nu engang være skyldig, hvorfor da slide til ingen Nytte?
म दोषी ठहराइने छु । तब मैले किन व्यर्थैमा कोसिस गर्ने?
30 Toed jeg mig i Sne og tvætted i Lud mine Hænder,
आफैलाई मैले हिउँको पानीले धोएँ, र आफ्‍ना हात अत्यन्तै सफा बनाए पनि,
31 du dypped mig dog i Pølen, så Klæderne væmmedes ved mig.
परमेश्‍वरले मलाई हिलैमा फाल्नुहुन्छ, र मेरा आफ्नै लुगाहरूले मलाई घृणा गर्छन् ।
32 Thi du er ikke en Mand som jeg, så jeg kunde svare, så vi kunde gå for Retten sammen;
किनकि परमेश्‍वर मजस्तै मानिस हुनुहुन्‍न, कि म उहाँलाई जवाफ दिन सकूँ, वा अदालतमा हामी सँगसँगै आउन सकौं ।
33 vi savner en Voldgiftsmand til at lægge sin Hånd på os begge!
हाम्रा बिचमा कुनै न्यायधीश छैन, जसले हामी दुवैमाथि आफ्‍ना हात पसार्न सक्छ ।
34 Fried han mig for sin Stok, og skræmmed hans Rædsler mig ikke,
अर्को कुनै न्यायाधीश छैन, जसले परमेश्‍वरको लौरो मबाट हटाउन सक्छ, जसले मलाई भयभीत पार्नबाट उहाँको त्रासलाई रोक्‍न सक्छ ।
35 da talte jeg uden at frygte ham, thi min Dom om mig selv er en anden!
तब म बोल्‍नेछु र उहाँदेखि डराउँदिनँ, तर अहिलेको जस्ता कुराहरू छन्, म त्यसो गर्न सक्दिनँ ।

< Job 9 >