< Job 6 >

1 Så tog Job til Orde og svarede:
तब अय्यूबले जवाफ दिए र भने,
2 "Gid man vejed min Harme og vejed min Ulykke mod den!
“हाय, मेरो वेदना जोखिएको भए, मेरा सबै विपत्ति तराजुमा राखिएको भए,
3 Thi tungere er den end Havets Sand, derfor talte jeg over mig!
किनकि अहिले त्‍यो समुद्रका बालुवाभन्दा पनि गह्रौं हुनेथियो, त्यसकारण मेरा वचन समझहीन छन् ।
4 Thi i mig sidder den Almægtiges Pile, min Ånd inddrikker deres Gift; Rædsler fra Gud forvirrer mig.
सर्वशक्तिमान्‌का काँडहरू ममा गाडिएका छन्, र मेरो आत्माले विष सेवन गर्छ । परमेश्‍वरको त्रास आफै मेरो विरुद्धमा तैनाथ छन् ।
5 Skriger et Vildæsel midt i Græsset, brøler en Okse ved sit Foder?
के वनको गधाले घाँस पाउँदा यो निराशमा कराउँछ र? वा के गोरुले कुँडो पाउँदा यो डुक्रन्छ र?
6 Spiser man ferskt uden Salt, smager mon Æggehvide godt?
के स्वाद नभएको खानेकुरालाई नुनविना खान सकिन्छ र? वा अण्डाको सेतो भागको कुनै स्वाद हुन्छ र?
7 Min Sjæl vil ej røre derved, de Ting er som Lugt af en Løve.
म तिनलाई छुन पनि इन्कार गर्छु । मेरा लागि ती घृणित खानेकुरा हुन् ।
8 Ak, blev mit Ønske dog opfyldt, Gud give mig det, som jeg håber
हाय! मैले बिन्ती गरेको कुरा मसित भए! हाय, मैले चिताएको कुरा परमेश्‍वरले दिनुभए!
9 vilde d dog knuse mig, række Hånden ud og skære mig fra,
मलाई एकैचोटी धुलो पार्न परमेश्‍वर खुसी हुनुपर्छ! उहाँले आफ्‍नो हात उठाउनुपर्छ र यो जीवनबाट मलाई खतम पार्नुपर्छ!
10 så vilde det være min Trøst - jeg hopped af Glæde trods skånselsløs Kval at jeg ikke har nægtet den Helliges Ord.
यो अझै पनि मेरो सान्त्वना होस्– म पीडामा उफ्रे पनि त्‍यो घट्‍दैन, मैले परमपवित्रको वचन इन्कार गरेको छैनँ ।
11 Hvad er min Kraft, at jeg skal holde ud, min Udgang, at jeg skal være tålmodig?
मैले पर्खन कोसिस गर्नुपर्ने मेरो बल के हो र? मैले आफ्‍नो जीवनलाई लम्‍ब्‍याउनुपर्ने मेरो अन्त्य के हो?
12 Er da min Kraft som Stenens, er da mit Legeme Kobber?
के मेरो बल ढुङ्गाहरूका बल हो र? अर्थात् मेरो मासु काँसाबाट बनेको छ?
13 Ak, for mig er der ingen Hjælp, hver Udvej lukker sig for mig.
म आफैलाई मदत गर्न सक्‍दिन भन्‍ने कुरा सत्‍य होइन र, अनि बुद्धिलाई मबाट खेदिएको छैन र?
14 Den, der nægter sin Næste Godhed, han bryder med den Almægtiges Frygt.
मूर्छा खानै लागेको व्यक्तिलाई, त्यसको साथीले विश्‍वसनीयता देखाउनु, उसलाई पनि जसले सर्वशक्तिमान्‌को भयलाई त्याग्‍छ ।
15 Mine Brødre sveg mig som en Bæk, som Strømme, hvis Vand svandt bort,
तर मरुभूमिको नहरझैं मेरा दाजुभाइ मसित विश्‍वासयोग्य भएका छन्, बगेर कतै पनि नपुग्‍ने पानीको नहरझैं,
16 de, der var grumset af os, og som Sneen gemte sig i,
तीमाथि बरफ जमेको हुनाले, र तिनमा लुकेर बस्‍ने हिउँको कारणले अँध्‍यारो भएका छन् ।
17 men som svandt ved Solens Glød, tørredes sporløst ud i Hede;
जब ती पग्लिन्छन्, ती बिलय हुन्छन् । तातो हुँदा ती आफ्नो ठाउँबाट पग्लेर जान्छन् ।
18 Karavaner bøjer af fra Vejen, drager op i Ørkenen og går til Grunde;
आफ्नो बाटोमा हिंड्ने यात्रु-दल पानी खोज्‍न पाखा लाग्‍छन् । तिनीहरू बाँझो भू-भागमा भौंतारिन्छन्, र नष्‍ट हुन्छन् ।
19 Temas Karavaner spejder, Sabas Rejsetog håber på dem,
तेमाबाट आएका यात्रु-दलले त्‍यहाँ हेरे, जबकि शेबाका सहयात्रीहरूले तिनमा आशा राखे ।
20 men de beskæmmes i deres Tillid, de kommer derhen og skuffes!
तिनमा पानी भेट्टाउने निश्‍चयता भएको हुनाले तिनीहरू निरुत्साही भए । तिनीहरू त्यहाँ गए, तर तिनीहरू धोकामा परे ।
21 Ja, slige Strømme er I mig nu, Rædselen så I og grebes af Skræk!
किनकि अब तपाईं मित्रहरू त मेरा लागि केही होइन । तपाईंहरू मेरो डरलाग्दो अवस्था देख्‍नुहुन्‍छ र डराउनुहुन्‍छ ।
22 Har jeg mon sagt: "Giv mig Gaver, løs mig med eders Velstand,
के मैले तपाईंलाई यसो भनें, 'मलाई केही कुरा दिनुहोस्?' अथवा ‘आफ्‍नो धन-सम्पत्तिबाट मलाई एउटा उपहार दिनुहोस्?’
23 red mig af Fjendens Hånd, køb mig fri fra Voldsmænds Hånd!"
अथवा ‘मलाई मेरा वैरीको हातबाट बचाउनुहोस्?' अथवा 'मेरो थिचोमिचो गर्नेहरूको हातबाट मलाई मोल तिरेर छुटाउनुहोस्?'
24 Lær mig, så vil jeg tie, vis mig, hvor jeg har fejlet!
मलाई सिकाउनुहोस्, र म आफू शान्‍त रहनेछु । मैले कहाँ गल्ती गरें, मलाई प्रष्‍ट पार्नुहोस् ।
25 Redelig Tale, se, den gør Indtryk; men eders Revselse, hvad er den værd?
इमानदार वचन कति पीडादयक हुन्छन्! तर तपाईंका तर्कहरू, कसरी तिनले मलाई साँच्‍चै हप्काउँछन् र?
26 Er det jer Hensigt at revse Ord? Den fortvivledes Ord er dog Mundsvejr!
मेरा वचनलाई बेवास्ता गर्ने योजना गर्नुहुन्‍छ, निराश मानिसका वचनलाई बतासझैं तपाईं गर्नुहुन्‍छ?
27 Selv om en faderløs kasted I Lod og købslog om eders Ven.
वास्तवमा, तपाईं अनाथको लागि चिट्ठा हाल्‍नुहुन्‍छ, र बेच्ने सामनझैं आफ्नो मित्रको मूल्‍य तोक्‍नुहुन्‍छ ।
28 Men vilde I nu dog se på mig! Mon jeg lyver jer op i Ansigtet?
त्यसकारण अब कृपया मलाई हेर्नुहोस्, किनकि म निश्‍चय नै तपाईंको सामु झुट बोल्दिनँ ।
29 Vend jer hid, lad der ikke ske Uret, vend jer, thi end har jeg Ret!
मेरो बिन्ती छ, कोमल हुनुहोस् । तपाईंसित कुनै अन्याय नहोस् । वास्तवमै कोमलो हुनुहोस्, किनकि मेरो समस्‍या न्‍यायोचित छ ।
30 Er der Uret på min Tunge, eller skelner min Gane ej, hvad der er ondt?
के मेरो जिब्रोमा खराबी छ र? के मेरा मुखले दूर्भावपूर्ण कुराहरू छुट्ट्याउन सक्दैन र?

< Job 6 >