< Job 30 >
1 Nu derimod ler de ad mig, Folk, der er yngre end jeg, hvis Fædre jeg fandt for ringe at sætte iblandt mine Hyrdehunde.
अब मभन्दा जवानहरूले मेरो ठट्टा गर्नुबाहेक अरू केही गर्दैनन् । यी जवान मानिसहरूका बुबाहरूलाई आफ्नो बगाल रुँग्ने कुकुरहरूको छेउमा काम गर्न पनि म इन्कार गर्थें ।
2 Og hvad skulde jeg med deres Hænders Kraft? Deres Ungdomskraft har de mistet,
वास्तवमा तिनीहरूका बाबुहरूका हातको ताकतले, अर्थात् तन्देरी उमेरको बल नष्ट भएका मानिसहरूका ताकतले मलाई कसरी मदत गर्न सक्थ्यो र?
3 tørrede hen af Trang og Sult. De afgnaver Ørk og Ødemark
गरिबी र भोकले तिनीहरू दुब्लो थिए । उजाडस्थान र मरुभूमीमा अँध्यारोमा सुक्खा भुइँमा तिनीहरू कुटुकुटु टोक्थे ।
4 og plukker Melde ved Krattet, Gyvelrødder er deres Brød.
तिनीहरूले नुनिलो झार र झाडीका पातहरू उखेल्थे । झ्याउका जराहरू तिनीहरूका खानेकुरा थिए ।
5 Fra Samfundet drives de bort, som ad Tyve råbes der efter dem.
तिनीहरू मानिसहरूका बिचबाट खेदिएका थिए, जो चिच्च्याउँदै चोरको पछि लागेझैं तिनीहरूको पछि लाग्थे ।
6 De bor i Kløfter, fulde af Rædsler, i Jordens og Klippernes Huler.
त्यसैले तिनीहरूले नदीका मैदानहरू, जमिन र चट्टानका गुफाहरूमा बस्नुपरेको थियो ।
7 De brøler imellem Buske, i Tornekrat kommer de sammen,
झाडीहरूका बिचमा तिनीहरू गधझैं कराउँथे, र तिनीहरू झाडीमुनि एकसाथ जम्मा हुन्थे ।
8 en dum og navnløs Æt, de joges med Hug af Lande.
तिनीहरू मूर्खहरूका छोराहरू थिए, वास्तवमा नाम नभएका मानिसहरूका छोराहरू थिए । कोर्रा लगाएर तिनीहरूलाई देशबाट लखेटियो ।
9 Men nu er jeg Hånsang for dem, jeg er dem et Samtaleemne;
तर अहिले म तिनीहरूको गिल्लाको गितको विषय बनेको छु । म तिनीहरूका लागि उखान भएको छु ।
10 de afskyr mig, holder sig fra mig, nægter sig ikke af spytte ad mig.
तिनीहरू मलाई घृणा गर्छन्, र मबाट टाढा रहन्छन् । मेरो मुखमा थुक्नबाट तिनीहरू रोकिंदैनन् ।
11 Thi han løste min Buestreng, ydmyged mig, og foran mig kasted de Tøjlerne af.
किनकि परमेश्वरले मेरो धनुको डोरी फुकाउनुभएको र मलाई कष्ट दिनुभएको छ, अनि मलाई गिल्ला गर्नेहरूले मेरो अनुहारकै सामु आफ्नो रिस पोखाउँछन् ।
12 Til højre rejser sig Ynglen, Fødderne slår de fra mig, bygger sig Ulykkesveje imod mig
मेरो दाहिने हातमा हुल्याहाहरू खडा हुन्छन् । तिनीहरूले मलाई टाढा लखेट्छन् र मेरो विरुद्धमा आफ्ना घेरा-मचान बनाउँछन् ।
13 min Sti har de opbrudt, de hjælper med til mit Fald, og ingen hindrer dem i det;
तिनीहरूले मेरो मार्ग नष्ट गर्छन् । तिनीहरूले ममाथि विपत्ति ल्याउँछन्, र ती मानिसहरूलाई रोक्ने कोही छैन ।
14 de kommer som gennem et gabende Murbrud, vælter sig frem under Ruiner,
सहरको पर्खालमा भएको ठुलो प्वालबाट आउने फौजझैं तिनीहरू मेरो विरुद्धमा आउँछन् । विनाशको बिचमा तिनीहरू ममाथि लडिबडि खेल्छन् ।
15 Rædsler har vendt sig imod mig; min Værdighed joges bort som af Storm, min Lykke svandt som en Sky.
त्रासहरू ममाथि परेका छन् । बतासले उडाएर लगेझैं मेरो आदरलाई लगिएको छ । मेरो समृद्धि बादलझैं बितेर जान्छ ।
16 Min Sjæl opløser sig i mig; Elendigheds Dage har ramt mig:
अब मेरो जीवन मभित्रै सकिंदैछ । कष्टका धेरै दिनहरूले मलाई समातेका छन् ।
17 Natten borer i mine Knogler, aldrig blunder de nagende Smerter.
रातमा मभित्र भएका हड्डीहरूले मलाई घोच्छन् । मलाई सताउने मेरा पीडाले आराम लिंदैनन् ।
18 Med vældig Kraft vanskabes mit Kød, det hænger om mig, som var det min Kjortel.
परमेश्वरको महान् शक्तिले मेरो वस्त्र समातेको छ । मेरो कमीजको कठालोझैं यसले मेरो चारैतिर बेर्छ ।
19 Han kasted mig ud i Dynd, jeg er blevet som Støv og Aske.
उहाँले मलाई हिलोमा फाल्नुभएको छ । म धूलो र खरानीझैं भएको छु ।
20 Jeg skriger til dig, du svarer mig ikke, du står der og ænser mig ikke;
हे परमेश्वर, म तपाईंमा पुकार्छु, तर तपाईंले मलाई जवाफ दिनुहुन्न । म खडा हुन्छु, तर तपाईंले हेर्नु मात्र हुन्छ ।
21 grum er du blevet imod mig, forfølger mig med din vældige Hånd.
तपाईं बद्लिनुभएको छ र मप्रति क्रुर बन्नुभएको छ । आफ्नो हातको ताकतले तपाईंले मलाई सताउनुहुन्छ ।
22 Du løfter og vejrer mig hen i Stormen, og dens Brusen gennemryster mig;
तपाईंले मलाई बतासमा उचाल्नुहुन्छ र त्यसले मलाई उडाउने बनाउनुहुन्छ । तपाईंले मलाई आँधीमा यताउता हुत्याउनुहुन्छ ।
23 thi jeg ved, du fører mig hjem til Døden, til det Hus, hvor alt levende samles.
किनकि म जान्दछु, कि तपाईंले मलाई मृत्युमा पुर्याउनुहुन्छ, सबै जीवितहरूका लागि नियुक्त गरिएको घरमा लानुहुन्छ ।
24 Dog, mon den druknende ej rækker Hånden ud og råber om Hjælp, når han går under?
तापनि जब कोही लड्छ, तब के त्यसले मदतको लागि आफ्नो हात उठाउँदैन र? के सङ्कष्टमा भएको कसैले पनि मदतको लागि पुकार्दैन र?
25 Mon ikke jeg græder over den, som havde det hårdt, sørgede ikke min Sjæl for den fattiges Skyld?
कष्टमा भएको व्यक्तिको लागि म रोइनँ र? खाँचोमा परेको मानिसको लागि मैले शोक गरिनँ र?
26 Jeg biede på Lykke, men Ulykke kom, jeg håbed på Lys, men Mørke kom;
जब मैले भलाइको आशा गरें, तब खराबी आयो । जब मैले ज्योतिको आशा गरें, त्यसको साटो अन्धकार आयो ।
27 ustandseligt koger det i mig, Elendigheds Dage traf mig;
मेरो हृदय कष्टमा छ र यसले विश्राम लिंदैन । कष्टका दिनहरू ममाथि आएका छन् ।
28 trøstesløs går jeg i Sorg, i Forsamlingen rejser jeg mig og råber;
अन्धकारमा बसिरहेको मानिसझैं म हिंडेको छ, तर सूर्यको कारणले होइन । म सभामा खडा हुन्छु र मदतको लागि पुकार्छु ।
29 Sjakalernes Broder blev jeg, Strudsenes Fælle.
म स्यालहरूको भाइ, अस्ट्रिचहरूको मित्र भएको छु ।
30 Min Hud er sort, falder af, mine Knogler brænder af Hede;
मेरो छाला कालो छ, र पत्रै-पत्र भएर झर्छ । मेरा हड्डीहरू रापले जलेका छन् ।
31 min Citer er blevet til Sorg, min Fløjte til hulkende Gråd!
त्यसकारण मेरो वीणाले शोकका गीतहरू गाउँछ, र मेरो बाँसुरीले रुनेहरूको निम्ति गाउँछ ।