< Jeremias 44 >

1 Det ord, som kom til Jeremias om alle de Judærere, der boede i Ægypten, i Migdol, Takpankes, Nof og Patros:
मिश्रदेश बसोबास गरेका, मिग्दोल, तहपनेस, नोप र माथिल्लो मिश्रमा बसिरहेका सबै यहूदीको विषयमा यो वचन यर्मियाकहाँ आयोः
2 Så siger Hærskarers HERRE, Israels Gud: I så selv al den Ulykke, jeg bragte over Jerusalem og alle Judas Byer; se, de ligger nu øde hen, og ingen bor i dem;
“सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘यरूशलेम र यहूदाका सबै सहरमाथि मैले ल्याएका विपत्तिहरू तिमीहरू आफैले देखेका छौ । हेर, आज ती भग्‍नावशेष भएका छन् । तिनमा बस्‍ने कोही छैन ।
3 det er Straf for det onde, de gjorde, idet det krænkede mig ved at gå hen og tænde Offerild for og dyrke andre Guder, som hverken de eller deres Fædre før kendte til.
धुप बाल्न र अरू देवताहरूको पुजा गर्न गएर तिनीहरूले मलाई चोट पुर्‍याउनलाई गरेका तिनीहरूका दुष्‍ट कुराहरूले गर्दा यसो भएको हो । यी देवताहरूलाई न तिनीहरूले चिन्दथे, न तिमीहरू चिन्छौ, न त तिमीहरूका पुर्खाहरूले चिन्दथे ।'
4 Jeg sendte årle og silde alle mine Tjenere Profeterne til dem, for at de skulde sige: "Gør dog ikke disse vederstyggelige Ting, som jeg hader!"
त्यसैले मैले बारम्‍बार मेरा दास अगमवक्ताहरूलाई तिनीहरूकहाँ पठाएँ । मैले तिनीहरूलाई यसो भन्‍न पठाएँ, 'मैले घृणा गर्ने यी घिनलाग्दा कुराहरू गर्न छोड ।’
5 Men de hørte ikke og bøjede ikke deres Øre dertil, så de omvendte sig fra deres Ondskab og hørte op med at tænde Offerild for andre Guder.
तर तिनीहरूले सुनेनन् । अरू देवताहरूलाई धुप बाल्ने तिनीहरूको दुष्‍टताबाट ध्‍यान हटाउने वा फर्कने कुरालाई तिनीहरूले इन्‍कार गरे ।
6 Derfor udgød min Vrede og Harme sig og luede op i Judas Byer og Jerusalems Gader, så de blev til Ødemark og Ørk, som de er den Dag i Dag.
त्यसैले यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा मेरो रिस र क्रोध खन्याइयो, र आगो लगाइयो । ती उजाड र सर्वनाश भए, जस्तो आजको दिनसम्‍म छ ।'
7 Og nu, så siger HERREN, Hærskarers Gud, Israels Gud: Hvorfor nedkalder I stor Ulykke over eder selv og udrydder Mænd og Kvinder, Børn og diende af Juda, så I ikke levner eder nogen Rest,
त्यसैले अब परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'आफ्नै विरुद्धमा तिमीहरू किन ठुला-ठुला दुष्‍ट काम गर्दैछौ? यहूदाका पुरुषहरू, स्‍त्रीहरू, बालबालिका तथा दूधे बालकहरूबाट किन आफै बहिष्कृत हुँदैछौ? तिमीहरूका कोही पनि बाँकी छाडिनेछैनौ ।
8 idet I krænker mig med eders Hænders Værker og tænder Offerild for andre Guder i Ægypten, hvor I kom hen for at bo som fremmede? Følgen bliver, at I udrydder eder selv og bliver et Forbandelsens og Spottens Tegn blandt alle Jordens Folk.
तिमीहरूका हातका कामहरूद्वारा, तिमीहरू बस्‍न गएका मिश्रदेशमा अरू देवताहरूलाई धुप बालेर तिमीहरूका हातले गरेका कामका दुष्‍टता तिमीहरूले मलाई चोट पुर्‍याएका छौ । तिमीहरू नष्‍ट गरिन र पृथ्वीका सबै जातिका बिचमा सराप र निन्दाको पात्र बन्‍न तिमीहरू त्यहाँ गएका छौ ।
9 Har I glemt de onde Gerninger, eders Fædre og Judas Konger og Fyrster og eders Kvinder gjorde i Judas Land og på Jerusalems Gader?
तिमीहरूका पुर्खाहरू अनि यहूदाका राजाहरू र तिनीहरूका पत्‍नीहरूले गरेका दुष्‍टतालाई के तिमीहरूले बिर्सेका छौ? यहूदा देशमा र यरूशलेमका सडकहरूमा तिमीहरू आफै र तिमीहरूका पत्‍नीहरूले गरेका दुष्‍ट कामलाई के तिमीहरूले बिर्सेका छौ?
10 Hidtil har de ikke ydmyget sig; de frygter ikke og vandrer ikke efter min Lov og mine Bud, som jeg forelagde eder og eders Fædre.
आजको दिनसम्म पनि तिनीहरू नम्र भएका छैनन् । मैले तिनीहरू र तिनीहरूका पुर्खाहरूका सामु राखेको मेरा व्यवस्था वा विधानहरूलाई तिनीहरूले आदर गर्दैनन्, न त तिनीहरू तीअनुसार हिंड्छन् ।'
11 Derfor, så siger Hærskarers HERRE, Israels Gud: Se, jeg har ondt i Sinde imod eder; jeg vil udrydde hele Juda.
त्यसकारण सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हेर, तिमीहरूमाथि विपत्ति ल्याउन र सारा यहूदालाई नष्‍ट गर्न मैले आफ्‍नो अनुहारलाई तिमीहरूबाट हटाउनै लागेको छु ।
12 Og jeg tager Judas Rest, dem, som fik i Sinde at drage til Ægypten og bo der som fremmede; de skal alle omkomme i Ægypten; de skal falde for Sværd og Hunger og omkomme, store og små; for Sværd og Hunger skal de dø og blive et Edens, Rædselens, Forbandelsens og Spottens Tegn.
किनकि मिश्रदेशमा बस्‍न जाने निधो गरेका यहूदाका बाँकी रहेकाहरूलाई म नष्‍ट पार्नेछु । तिनीहरू सबै मिश्रदेशमा नष्‍ट होऊन् भनेर म यसो गर्नेछु । तिनीहरू सबै तरवार र अनिकालले ढल्नेछन् । सानादेखि ठुलासम्म तिनीहरू तरवार र अनिकालले नष्‍ट हुनेछन् । तिनीहरू मर्नेछन्, अनि कसम, सराप, निन्दा र घृणाका पात्र बन्‍नेछन् ।
13 Og jeg hjemsøger dem, der bor i Ægypten, som jeg bjemsøgte Jerusalem, med Sværd, Hunger og Pest.
जसरी मैले यरूशलेमलाई तरवार, अनिकाल र विपत्तिले दण्ड दिएँ, त्यसै गरी मिश्रदेशमा बसेका मानिसहरूलाई दण्ड दिनेछु,
14 Og af Judas Rest, dem, der kom til Ægypten for at bo der som fremmede, skal ingen reddes eller undslippe, så han kan vende hjem til Judas Land, hvor de længes efter at bo igen; nej, ingen skal vende hjem undtagen enkelte, som reddes.
जसको कारणले मिश्रदेशमा बस्‍न गएका यहूदाका बाँकी रहेकाहरूमध्ये कोही पनि उम्कने वा बाँच्ने वा यहूदामा फर्कनेछैन, जहाँ फर्केर जाने र बस्‍ने तिनीहरूको इच्छा छ । अनि त्यहाँबाट भागेका थोरैबाहेक अरू कोही फर्कनेछैन' ।”
15 Men alle Mændene, der vel vidste, at deres Kvinder tændte Offerild for andre Guder, og alle Kvinderne, som stod der i en stor Klynge, og alt Folket, som boede i Ægypten, i Patros, svarede Jeremias:
तब आफ्‍ना पत्‍नीहरूले अरू देवताहरूलाई धुप बाल्दैथिए भनी थाहा पाएका त्यस ठुलो सभाका सबै मानिस र उक्‍त सभामा भएका सबै स्‍त्री अनि तल्लो र माथिल्लो मिश्रमा बस्‍ने सबै यहूदीले यर्मियालाई जवाफ दिए,
16 "Det Ord, du har talt til os i HERRENs Navn, vil vi ikke høre;
तिनीहरूले भने, “परमप्रभुको नाउँमा तिमीले हामीलाई भनेका वचनका तिम्रा कुरा हामी सुन्‍नेछैनौं ।
17 nej, vi vil opfylde hvert Løfte; som er udgået af vor Mund, og tænde Offerild for Himmelens Dronning og udgyde Drikofre for hende, som vi og vore Fædre, vore konger og Fyrster gjorde det i Judas Byer og på Jerusalems, Gader. Dengang havde vi Brød nok og var lykkelige og kendte ikke til Ulykke;
किनकि हामीले गर्नेछौं भनेका सबै कुरा हामी निश्‍चय नै गर्नेछौं, अर्थात् स्वर्गकी रानीलाई धुप बाल्नेछौं, अनि यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा हामी, हाम्रा पुर्खाहरू, हाम्रा राजाहरू र हाम्रा अगुवाहरूले गरेझैं हामी तिनको निम्‍ति अर्घबलिहरू खन्याउनेछौं । तब हामी भोजनले भिपूर्ण हुनेछौं, र कुनै विपत्तिविना हाम्रो उन्‍नति हुनेछ ।
18 men fra den Stund vi hørte op med at tænde Offerild for Himmelens Dronning og udgyde Drikofre for hende, led vi Mangel på alt og omkom ved Sværd og Hunger.
हामीले स्वर्गकी रानीलाई धुप बाल्न र उनलाई अर्घबलिहरू खन्याउन छोड्दा हामी सबै जनाले गरिबी भोग्दै थियौँ अनि हामी तरवार र अनिकालले मर्दै थियौँ ।”
19 Og når vi tænder Offerild for Himmelens Dronning og udgyder Drikofre for hende, mon det så er uden vore Mænds Vidende, at vi bager hende Offerkager, som afbilder hende, og udgyder Drikofre for hende?"
स्‍त्रीहरूले भने, “हामीले स्वर्गकी रानीको सामु धुप बाल्दा र उनलाई अर्घबलिहरू खन्याउँदा, उनको प्रतिरूपका फुरौलाहरू बनाउँदा र उनलाई अर्घबलिहरू चढाउँदा के हामीले आफ्ना पतिहरूले भनेको नमानेर यी कुराहरू गर्‍यौँ र?”
20 Jeremias sagde til alt Folket, Mændene, Kvinderne og alt Folket, som havde svaret ham således:
तब यर्मियाले सबै मानिस अर्थात् पुरुषहरू र स्‍त्रीहरू अनि तिनलाई जवाफ दिने सबै मानिसहरूलाई तिनले घोषणा गरे र भने,
21 "Mon ikke den offerild, som I, eders Fædre, eders Konger og Fyrster og Landets Befolkning tændte i Judas Byer og på Jerusalems Gader, randt HERREN i Hu og kom ham i Tanke?
“के तिमीहरू, तिमीहरूका पुर्खाहरू, तिमीहरूका राजाहरू, अगुवाहरू र देशका मानिसहरूले यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा चढाएका धुपलाई परमप्रभुले सम्झनुभएन र? किनकि परमप्रभुले यो सम्झनुहुन्छ । यो उहाँको विचारमा आउँछ ।
22 HERREN kunde ikke mere holde det ud for eders onde Gerninger og de vederstyggelige Ting, I gjorde; derfor blev eders Land til Ørk, til et Rædselens og Forbandelsens Tegn, som det er den Dag i Dag.
तब तिमीहरूका दुष्‍ट अभ्यासहरूका कारणले र तिमीहरूले गरेका घिनलाग्दा कुराहरूको कारणले उहाँले यसलाई सहन सक्‍नुभएन । तब तिमीहरूको देश उजाड, त्रास र सराप बन्यो, यसैले आजको दिनसम्म त्यहाँ एक जना बासिन्‍दा छैन ।
23 Fordi I tændte Offerild og syndede mod HERREN og ikke adlød HERRENs Røst eller fulgte hans Lov, Vedtægter og Vidnesbyrd, derfor ramtes I af denne Ulykke, som varer ved den Dag i Dag."
तिमीहरूले धुप बालेका र परमप्रभुको विरुद्धमा पाप गरेको कारणले अनि तिमीहरूले उहाँको स्‍वोर, उहाँको व्यवस्था, उहाँका विधानहरू वा उहाँका करारका आदेशहरू पालन नगरेको कारणले तिमीहरूको विरुद्धमा यो विपत्ति आएको हो, जस्तो आजको दिनसम्म छ ।”
24 Og Jeremias sagde til alt Folket og alle kvinderne: "Hør HERRENs Ord, hele Juda i Ægypten!
तब यर्मियाले सबै मानिस र सबै स्‍त्रीलाई भने, “हे मिश्रदेशमा भएका यहूदाका सबै मानिस हो, परमप्रभुको वचन सुन ।
25 Så siger Hærskarers HERRE, Israels Gud: I og eders Kvinder lover med eders Mund og opfylder det med eders Hænder! I siger: Vi vil opfylde de Løfter, vi har aflagt, og tænde Offerild for Himmelens Dronning og udgyde Drikofre for hende. Så hold da eders Løfter og indfri dem!
सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः 'स्वर्गकी रानीलाई पुजा गर्न र उनलाई अर्घबलिहरू चढाउन हामीले खाएका भाकलहरूलाई हामी निश्‍चय नै पुरा गर्नेछौं' भनी तिमीहरू र तिमीहरूका पत्‍नीहरू दुवैले तिमीहरूका मुखले भनेका थियौ र तिमीहरूले आफ्ना हातले पुरा गरेका छौ । अब तिमीहरूका भाकलहरू पुरा गर । तिनलाई निरन्‍तर गर ।’
26 Men hør da også HERRENs Ord, alle I Judæere, som bor i Ægypten: Se, jeg sværger ved mit store Navn, siger HERREN: Ikke skal mere nogensteds i Ægypten mit Navn nævnes i nogen judæisk Mands Mund, så han siger: Så sandt den Herre HERREN lever!
त्यसैले मिश्रदेशमा बस्‍ने सारा यहूदा हो, परमप्रभुको यो वचन सुन ‘हेर, मेरो महान् नाउँद्वारा मैले शपथ खाएको छु, परमप्रभु भन्‍नुहुन्‍छ । सारा मिश्र देशमा भएका यहूदाका मानिसको मुखले अहिले, 'जीवित परमप्रभुको नाउँमा' भनेरझैं फेरि मेरो नाउँ कहिलै पनि पुकार्नेछैनन् ।”
27 Se, jeg er årvågen over dem til Ulykke og ikke til Lykke, og hver judæisk Mand i Ægypten skal omkomme ved Sværd og Hunger, indtil de er udryddet.
हेर, मैले तिनीहरूलाई भलाइको निम्ति होइन, विपत्तिको निम्ति हेर्दैछु । मिश्रदेशमा भएको यहूदाको हरेक व्यक्ति सखाप नभएसम्म तिनीहरू तरवार र अनिकालले नष्‍ट हुनेछ ।
28 Kun de, der undslipper Sværdet, skal vende hjem fra Ægypten til Judas Land, et ringe Tal; og hele Judas Rest, der er kommet til Ægypten for at bo der som fremmede, skal kende, hvis Ord der står fast, mit eller deres.
तब तरवारबाट बाँचेकामध्‍येका थोरै सङ्ख्या मात्र तिनीहरू मिश्रदेशबाट यहूदाको देशमा फर्कनेछन् । तब तिनीहरूको कि मेरो कसको वचन सत्य ठहर्दोरहेछ भनी मिश्रदेशमा बस्‍न गएका यहूदाका बाँकी भएकाहरूले जान्‍नेछन् ।
29 Og dette, lyder det fra HERREN, skal være eder et Tegn på, at jeg hjemsøger eder på dette Sted, for at I skal kende, at mine Ord opfyldes på eder til eders Ulykke:
यो परमप्रभुको घोषणा हो, तिमीहरूका विरुद्धमा मैले तिमीहरूलाई यो ठाउँमा दिने चिन्‍हचाहिं यो हुनेछ, यसैले कि मेरो वचनले निश्‍चय पनि तिमीहरूलाई विपत्तिले आक्रमण गर्नेछ भनी तिमीहरूलाई थाहा होस् ।
30 Så siger HERREN: Se, jeg giver Ægypterkongen Farao Hofra i hans Fjenders Hånd og i deres Hånd, som står ham efter Livet, ligesom jeg gav Kong Zedekias af Juda i hans Fjende, Kong Nebukadrezar af Babels Hånd, som stod ham efter livet.
परमप्रभु यसो भन्‍नुहुन्छ, 'हेर, मिश्रको राजा फारो होप्रालाई त्यसका शत्रुहरू र त्यसको ज्यान लिन खोज्नेहरूको हातमा मैले सुम्पिदिनै लागेको छु । यहूदाका राजा सिदकियालाई मैले त्यसको ज्यान लिन खोज्ने शत्रु बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्पेको जस्‍तै त्‍यो हुनेछ ।’”

< Jeremias 44 >