< Esajas 59 >
1 Se, for kort til at frelse er ej HERRENs Arm, Hans Øre er ikke for sløvt til at høre.
हेर, याहवेहको हात बचाउन नसक्ने गरी छोटो भएको छैन, न त उहाँको कान सुन्न नसक्ने गरी बहिरो भएको छ।
2 Eders Brøde er det, der skiller mellem eder og eders Gud, eders Synder skjuler hans Åsyn for jer, så han ikke hører.
तर तिमीहरूका अपराधहरूले तिमीहरूलाई आफ्ना परमेश्वरबाट अलग गरेका छन्; तिमीहरूका पापहरूले गर्दा उहाँको अनुहार तिमीहरूबाट लुकाइएको छ, त्यसैकारण उहाँले सुन्नुहुन्न।
3 Eders Hænder er jo sølet at Blod, eders Fingre sølet af Brøde; Læberne farer med Løgn, Tungen taler, hvad ondt er.
किनकि तिमीहरूका हातहरू रगतले र तिमीहरूका औँलाहरू दोषले अशुद्ध भएका छन्। तिमीहरूका ओठहरूले झूट बोलेका छन्, र तिमीहरूका जिब्राले दुष्ट कुराहरू बोल्दछन्।
4 Med Ret stævner ingen til Doms eller fører ærligt sin Sag. Man stoler på tomt, taler falsk, man undfanger Kval, føder Uret.
कसैले पनि न्यायको माग गर्दैन; कसैले पनि मुद्दा न्यायपूर्वक लड्दैन। तिनीहरू व्यर्थका तर्कहरूमाथि भर पर्छन् र झूट बोल्छन्; तिनीहरूले समस्या गर्भधारण गर्छन् र दुष्टता जन्माउँछन्।
5 Slangeæg ruger de ud, og Spindelvæv er, hvad de væver. Man dør, hvis man spiser et Æg, en Øgle kommer frem, hvis det knuses.
तिनीहरू विषालु सर्पका अण्डा ओथ्राउँछन्, र माकुराको जाल बुन्छन्। तिनीहरूका अण्डा खाने जोसुकै पनि मर्छ, र अण्डा फुटायो भने विषालु सर्पको बच्चा निस्कन्छ।
6 Deres Spind kan ej bruges til Klæder, ingen hyller sig i, hvad de laver; deres Værk er Ulykkesværk, og i deres Hænder er Vold;
तिनीहरूका जालले कपडा बनाउन सकिँदैन; तिनीहरूले बनाएका थोकले मानिसहरूले आफूलाई ढाक्न सक्दैनन्। तिनीहरूका काम दुष्टतापूर्ण छन्, र तिनीहरूका हातमा हिंसाका कामहरू छन्।
7 deres Fødder haster til ondt, til at udgyde skyldfrit Blod; deres Tanker er Ulykkestanker; hvor de færdes, er Vold og Våde;
तिनीहरूका खुट्टा पाप गर्न दौडिन्छन्; तिनीहरू निर्दोष रगत बगाउन हतारिन्छन्। तिनीहरूका विचार दुष्ट विचार हुन्; तिनीहरूका मार्ग बरबादी र विनाशले भरिएका छन्।
8 de kender ej Fredens Veje, der er ingen Ret i deres Spor; de gør sig krogede Stier; Fred kender ingen, som træder dem.
तिनीहरू शान्तिको मार्ग जान्दैनन्; तिनीहरूका मार्गमा न्याय छैन। तिनीहरूले आफ्ना मार्ग बाङ्गो बनाएका छन्; त्यसमा हिँड्ने कसैले पनि शान्ति पाउनेछैन।
9 Derfor er Ret os fjern, og Retfærd når os ikke; vi bier på Lys se, Mørke, på Dagning, men vandrer i Mulm;
यसकारण न्याय हामीबाट टाढा छ, र धार्मिकता हामीकहाँ आइपुग्दैन। हामी ज्योतिको आशा गर्छौँ, तर अन्धकार छ; हामी उज्यालोको बाटो हेर्छौँ, तर घोर अन्धकारमा हिँड्छौँ।
10 vi famler langs Væggen som blinde, famler, som savnede vi Øjne, vi snubler ved Middag som i Skumring, er som døde i vor kraftigste Alder;
अन्धाले जस्तै हामी भित्ता छामछाम-छुमछुम गर्छौँ, आँखा नभएको मानिसजस्तै हामी आफ्नो बाटो छामिहिँड्छौँ। मध्यदिनमा पनि साँझमा जस्तै हामी ठक्कर खान्छौँ; बलियाहरूको बीचमा हामी मरेका मानिसहरूजस्ता छौँ।
11 vi brummer alle som Bjørne, kurrer vemodigt som Duer; vi bier forgæves på Ret, på Frelse, den er os fjern.
हामी भालुजस्तै कराउँछौँ; हामी ढुकुरजस्तै विलाप गर्छौँ, हामी न्याय खोज्छौँ, तर पाउँदैनौँ; हामी छुटकारा खोज्छौँ, तर त्यो हामीदेखि टाढा छ।
12 Thi du ser; vore Synder er mange, vor Brøde vidner imod os: ja, vi har vore Synder for Øje, vi kender såvel vor Skyld:
किनकि हाम्रा अपराधहरू तपाईंको दृष्टिमा धेरै छन्, र हाम्रा पापहरूले हाम्रै विरुद्धमा गवाही दिन्छन्। हाम्रा अपराधहरू सधैँ हामीसँग छन्, र हामी आफ्ना अपराधहरू स्वीकार गर्छौँ:
13 Vi faldt fra og fornægtede HERREN, veg langt bort fra vor Gud, vor Tale var Vold og Frafald, og vi fremførte Løgne fra Hjertet.
हामीले याहवेहको विरुद्ध विश्वासघात र विद्रोह गरेका छौँ; हाम्रा पिठिउँ परमेश्वरतिर फर्काएका छौँ; विद्रोह र अत्याचार गरेका छौँ, र हाम्रा हृदयभित्र सोचेका झूटहरू मुखले उच्चारण गरेका छौँ।
14 Retten trænges tilbage, Retfærd står i det fjerne, thi Sandhed snubler på Gaden, Ærlighed har ingen Gænge;
यसरी न्यायलाई पछिल्तिर पन्छाएका छौँ, र धार्मिकता टाढा भएको छ; सत्यताले चाहिँ बाटोमा ठक्कर खाएको छ, र इमानदारीताले प्रवेश गर्न सक्दैन।
15 Sandhedens Plads står tom, og skyr man det onde, flås man. Og HERREN så til med Harme, fordi der ikke var Ret;
सत्यता कहीँ पनि पाइँदैन, र दुष्टतादेखि अलग बस्ने जोसुकै पनि शिकार हुन्छन्। याहवेहले देख्नुभयो, र न्याय हुँदै नभएकोले उहाँलाई दुःख लाग्यो।
16 han så, at der ingen var, og det undrede ham, at ingen greb ind. Da kom hans Arm ham til Hjælp, hans Retfærd, den stod ham bi;
उहाँले कोही पनि नभएको देख्नुभयो; मध्यस्थ गर्ने कोही पनि नभएकोले उहाँले अचम्म मान्नुभयो; यसैले उहाँकै बाहुलीले उद्धारको काम गर्नुभयो, र उहाँकै धार्मिकताले सम्हाल्नुभयो।
17 han tog Retfærds Brynje på, satte Frelsens Hjelm på sit Hoved, tog Hævnens Kjortel på og hylled sig i Nidkærheds Kappe.
उहाँले आफ्नो धार्मिकताको छाती-पाता र आफ्नो शिरमाथि मुक्तिको टोप पहिरिनुभयो; उहाँले बदलाको वस्त्र लगाउनुभयो र जोशलाई पोशाकझैँ पहिरनुभयो।
18 Han gengælder efter Fortjeneste, Vrede mod Uvenner, Gengæld mod Fjender, mod fjerne Strande gør han Gengæld,
तिनीहरूले गरेअनुसार उहाँले बदला लिनुहुनेछ; उहाँका शत्रुहरूमाथि क्रोध र बैरीहरूलाई प्रतिशोध दिनुहुनेछ; उहाँले टापुहरूलाई तिनीहरूले पाउनुपर्ने दण्ड दिनुहुनेछ।
19 så HERRENs Navn frygtes i Vest, hans Herlighed, hvor Sol står op. Thi han kommer som en indestængt Flom, der drives af HERRENs Ånde.
पश्चिमबाट, विदेशीहरूले याहवेहको नामको डर मान्नेछन्, र सूर्योदयदेखि नै तिनीहरूले उहाँको महिमा गर्नेछन्। किनकि उहाँ याहवेहको सासले ठेल्दै ल्याएको उर्लंदो भेलजस्तै आउनुहुनेछ।
20 En Genløser kommer fra Zion og fjerner Frafald i Jakob, lyder det fra HERREN.
“आफ्ना पापको पश्चात्ताप गरी फर्कने याकोबका सन्तानहरूका निम्ति मुक्तिदाता सियोन पर्वतमा आउनुहुनेछ,” याहवेह घोषणा गर्नुहुन्छ।
21 Dette er min Pagt med dem, siger HERREN: Min Ånd, som er over dig, og mine Ord, som jeg har lagt i din Mund, skal ikke vige fra din eller dit Afkoms eller dit Afkoms Afkoms Mund, siger HERREN, fra nu og til evig Tid.
याहवेह भन्नुहुन्छ, “मेरो करार तिनीहरूसित चाहिँ यही नै हो। तँमाथि मेरो जुन आत्मा छ, त्यो तँबाट हट्नेछैन; अनि मैले तेरो मुखमा राखिदिएको मेरो वचन तेरो मुखबाट अथवा तेरा छोराछोरीहरूका मुखबाट, न त अब उसो तिनीहरूका सन्तानहरूका मुखबाट सदासर्वदाका निम्ति हट्नेछ,” याहवेह भन्नुहुन्छ।