< Esajas 21 >
1 Et Udsagn om Havørknen. Som hvirvlende Storme, der jager i Sydlandet, kommer det fra Ørkenen, det grufulde Land
समुद्र नजिकको मरुभूमिको बारेमा एउटा घोषणा । नेगेवमा चल्ने आँधीहुरी जस्तै मरुभूमि र डरलाग्दो देशबाट यो आउँछ ।
2 Så svart et Syn blev mig meldt: "Ransmænd raner, Hærmænd hærger! Frem, Elamiter! Til Belejring, Meder! Alle Suk gør jeg Ende på!"
मलाई एउटा कष्टप्रद दर्शन दिइएको छः “धोकेबाजले धोकापुर्ण किसिमले काम गर्छ र विनाश गर्नेले विनाश गर्छ । ए एलाम, माथि जा र आक्रमण गर् । ए मादी घेरा हाल् । त्यसको सबै शोकलाई म रोक्नेछु ।
3 Derfor fyldes mine Lænder af Skælven, jeg gribes af Veer som, fødende Kvinde, døv af Svimmelhed, blind af Skræk,
यसकारण मेरो कमर दुखेको छ । स्त्रीको प्रसव पीडाजस्तो पीडाले मलाई समातेको छ । मैले जे सुनेको छु त्यसद्वारा म झुकेको छु । मैले जे देखेको छु सोद्वारा म व्याकुल भएको छु ।
4 mit Hjerte forvirres, Gru falder på mig; Skumringen, jeg elsker, bliver mig til Angst.
मेरो मुटु धड्कन्छ । म डरले काँप्छु । मैले साँझको इच्छा गरें, तर त्यसले ममा त्रास ल्यायो ।
5 Bordet dækkes, Hynder bredes, man spiser og drikker, "Op I Fyrster, salv eders Skjolde!"
तिनीहरू टेबल तयार गर्छन्, तिनीहतरू राडी ओछ्याउँछन्, अनि खान्छन् र पिउँछन् । ए शासकहरू उठ, आफ्ना ढालहरूमा तेल लगाओ ।
6 Thi så sagde Herren til mig: "Gå hen og stil Vægteren ud! Hvad han får at se, skal han melde.
किनकि परमप्रभुले मलाई यसो भन्नुभयो, “जा, एक जना पहरेदार राख । उसले जे देख्छ सो बताउनुपर्छ ।
7 Og ser han Ryttere, et Par komme ridende, en Rytter på Æsel, en Rytter på Kamel, da skal han lytte, ja lytte spændt!"
जब उसले एउटा रथ, एक जोडी घोडचढी, गधामाथि चढ्नेहरू र उँटमाथि चढ्नेहरू देख्छ, तब उसले ध्यान दिनुपर्छ र निकै सजग हुनुपर्छ ।”
8 Og han råbte: "Se, o Herre, på Varden står jeg bestandig, Dagen lang, og på min Vagtpost står jeg trolig
पहरेदार कराउँछ, “हे परमप्रभु, म दिनभरि, हरेक दिन पहरा बस्ने धरहरमाथि बस्छु, अनि आफ्नो अखडामा म रातभरि खडा रहन्छु ।”
9 Nat efter Nat!" Men se, da kom der ridende Mænd, et Par kom ridende; de råbte: "Faldet, faldet er Babel, han knuste alle dets Guder i Støvet!"
यहाँ एक जना मानिस र एक जोडी घोडचढी लिएर एउटा रथ आउँछ । उसले भन्छ, “बेबिलोनको पतन भएको छ, पतन भएको छ र यसका कुँदेका सबै देवताहरूका मूर्तीहरू जमिनमा चकनाचूर भएका छन् ।”
10 Mit knuste, mit tærskede Folk! Hvad jeg, har hørt fra Hærskarers HERRE, fra Israels Gud, det melder jeg eder.
ए मेरा चुटिएका र निफनिएकाहरू हो, मेरा खलाका सन्तानहरू हो! सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वरबाट मैले जे सुनेको छु सो मैले तिमीहरूलाई घोषणा गरेको छु ।
11 Et Udsagn om Duma. Der råbes til mig fra Se'ir: "Vægter, hvordan skrider Natten, Vægter, hvordan skrider Natten?"
दुमाको बारेमा एउटा घोषणा । कसैले मलाई सेइरबाट बोलाउँछ, “ए पहरेदार, रात कति बाँकी छ? ए पहरेदार, रात कति बाँकी छ?”
12 Vægteren svarer: "Morgen kommer, men også Nat! Vil I spørge, så spørg! Kom kun igen!"
पहरेदारले भन्यो, “बिहान आउँछ र रात पनि आउँछ । तिमीलाई सोध्नुछ भने सोध । अनि फेरि फेर्केर आऊ ।”
13 Et Udsagn: "I Ødemarken". Søg Nattely i Ødemarkens Krat, I Dedans Karavaner!
अरब देशको बारेमा एउटा घोषणा । तिमीहरू ददानीहरूका यात्री दलहरूले अरबको मरुभूमिमा रात बिताओ ।
14 Bring de tørstige Vand i Møde, I, som bor i Temas Land, mød de flyende med Brød!
तिर्खाउनेहरूका निम्ति पानी ल्याओ । ए तेमा देशका बासिन्दाहरू, रोटी लिएर भगौडाहरूलाई भेट ।
15 Thi de er på Flugt for Sværd, på Flugt for det dragne Sværd, på Flugt for den spændte Bue, på Flugt for Krigens Tynge.
किनकि तिनीहरू तरवार, थुतेको तरवाट, ताँदो चढाएको धनुबाट र युद्धको भारबाट भागेका छन् ।
16 Thi så sagde Herren til mig:"Et År endnu, som Daglejeren regner Året, og det er ude med al Kedars Herlighed.
किनकि परमप्रभुले मलाई यसो भन्नुभयो, “एक वर्षभित्रमा नै ज्यालामा लिइएको श्रमिकले यो देख्नेछ, केदारको सारा गौरवको अन्त हुनेछ ।
17 Resten af Kedars Heltes Buer skal være ringe, så sandt HERREN, Israels Gud, har talet."
केदारका धनुर्धारी अर्थात् योद्धाहरूमध्ये केही मात्र रहेनेछन्,” किनकि परमप्रभु इस्राएलका परमेश्वरले यसो भन्नुभएको छ ।