< Hoseas 6 >

1 "Kom, vi vil tilbage til HERREN! Han sønderrev, han vil og læge, han slog os, vil også forbinde.
“आओ, हामी याहवेहतिर फर्कौँ। उहाँले हामीलाई टुक्रा-टुक्रा पार्नुभएको छ, तर उहाँले हामीलाई निको पार्नुहुनेछ; उहाँले हामीलाई चोट पार्नुभएको छ, तर उहाँले हाम्रा चोटहरूमा मलमपट्टी बाँध्नुहुनेछ।
2 Om to Dage gør han os levende, rejser os op den tredje; da lever vi for hans Åsyn.
दुई दिनपछि उहाँले हामीलाई पुनर्जीवित पार्नुहुनेछ; तेस्रो दिन उहाँले हामीलाई पुनर्स्थापित गर्नुहुनेछ, र हामी उहाँको उपस्थितिमा जीवित रहनेछौँ।
3 Så lad os da kende, jage efter at kende HERREN! Som Morgenrøden er hans Opgang vis. Da kommer han til os som Regn, som Vårregn, der væder Jorden."
हामी याहवेहलाई स्वीकार गरौँ; हामी दृढतासाथ उहाँलाई स्वीकार गरौँ। निश्‍चय नै सूर्य उदाएझैँ उहाँ देखा पर्नुहुनेछ; उहाँ हामीकहाँ हिउँदको झरीझैँ र पृथ्वीलाई भिजाउने बसन्तको वर्षाझैँ आउनुहुनेछ।”
4 Hvor kan jeg hjælpe dig, Efraim, hvor kan jeg hjælpe dig, Juda? Eders Kærlighed er Morgentåge, Dug, som årle svinder!
“हे एफ्राइम, म तँलाई के गरूँ? हे यहूदा, म तँलाई के गरूँ? तेरो प्रेम बिहानको कुइरोझैँ र मिरमिरे बिहानको शीतजस्तै बिलाएर जान्छ।
5 Thi hugged jeg løs ved Profeter, dræbte med Ord af min Mund, min Ret stråler frem som Lys:
यसकारण मैले तँलाई मेरा अगमवक्ताहरूसँग काटेर टुक्रा-टुक्रा पारेको छु; मैले तँलाई मेरो मुखका वचनहरूद्वारा मारेको छु; त्यसपछि मेरो न्याय सूर्यजस्तै अगाडि बढ्छ।
6 Ej Slagtoffer Kærlighed vil jeg, ej Brændofre Kendskab til Gud!
किनकि म बलिदान होइन, तर दया चाहन्छु, र होमबलिहरूभन्दा परमेश्‍वरलाई चिनेको म चाहन्छु।
7 De bryder Pagten i Adam er mig utro der;
आदमले जस्तै तिनीहरूले मेरो करार भङ्ग गरेका छन्; तिनीहरूले त्यहाँ मप्रति विश्‍वासघात गरेका छन्।
8 Gilead er Udådsmænds By, den er sølet i Blod.
गिलाद दुष्‍ट मानिसहरूको सहर हो, र त्यो सहर रगतका पाइलाहरूले भरिएको छ।
9 Som en Stimandsflok er Præsternes Flok, de myrder på Vejen til Sikem gør Niddingsværk.
जसरी लुटेराहरूले मानिसलाई ढुकिबस्छन्, त्यसरी नै पुजारीहरूको समूहले ढुकिबस्छन्; आफ्ना दुष्‍ट योजनाहरू पूरा गर्न तिनीहरूले शेकेमको पवित्रस्थानतिर जाने मानिसहरूलाई बाटोमा हत्या गर्छन्।
10 Grufulde Ting har jeg set i Israels Hus, der har Efraim bolet, Israel blev uren.
मैले इस्राएलको घरानामा एउटा भयानक कुरा देखेको छु: त्यहाँ एफ्राइमलाई वेश्यावृत्तिको लागि दिइएको छ, इस्राएल अपवित्र पारिएको छ।
11 Juda, også for dig er der fastsat en Høst, når jeg vender mit Folks Skæbne, når jeg læger Israel.
“मैले मेरा मानिसहरूको सुदिन पुनर्स्थापित गर्दा, हे यहूदा, तेरो निम्ति पनि कटनीको समय तोकिएको छ।

< Hoseas 6 >