< Hoseas 1 >

1 Herrens ord kom til Hoseas, Be'eris søn, i de dage da Uzzija, Jotam, Akaz og Ezekias var Konger i Juda, og Jeroboam, Joass Søn, var Konge i Israel.
यहूदाका राजाहरू उज्जियाह, योताम, आहाज, हिजकिया र इस्राएलका राजा योआशका छोरा यारोबामका शासनकालहरूमा याहवेहको वचन बेरीका छोरा होशेकहाँ आयो:
2 Dengang HERREN først talede ved Hoseas, sagde han til ham: "Gå hen og tag dig en Horkvinde og Horebørn; thi utro mod HERREN bedriver Landet Hor."
जब याहवेह होशेद्वारा पहिलो पटक बोल्न सुरु गर्नुभयो, तब याहवेहले तिनलाई भन्‍नुभयो, “जा, गएर एउटी वेश्यालाई विवाह गर्, र त्यसबाट सन्तान जन्मा; किनकि एक व्यभिचारिणी पत्नीजस्तै यस देशले याहवेहलाई त्यागेर विश्‍वासघात गरेर व्यभिचारको दोषी भएको छ।”
3 Så gik han hen og ægtede Gomer, Diblajims Datter, og hun blev frugtsommelig og fødte ham en Søn.
यसकारण होशेले दिब्लैमकी छोरी गोमेरसँग विवाह गरे; अनि गोमेर गर्भवती भएर होशेको निम्ति एउटा छोरा जन्माई।
4 Og HERREN sagde til ham: "Kald ham Jizreel; thi om en, liden Stund hjemsøger jeg Jizreels Blodskyld på Jehus Hus og gør Ende på Israels Huses Rige.
अनि याहवेहले होशेलाई भन्‍नुभयो, “त्यसको नाम यिजरेल राख्; किनकि यिजरेलमा भएको नरसंहारको निम्ति म येहूको घरानालाई चाँडै दण्ड दिनेछु, र म इस्राएलको राज्यको अन्त्य गरिदिनेछु।
5 På hin Dag sønderbryder jeg Israels Bue i Jizreels Dal."
त्यस दिन म यिजरेलको बेँसीमा इस्राएलका सैन्य शक्तिलाई नाश पारिदिनेछु।”
6 Atter blev hun frugtsommelig og fødte en Datter. Og HERREN sagde til ham: "Kald hende Nådeløs; thi jeg vil ikke længer være Israels Hus nådig og tilgive dem.
गोमेर फेरि गर्भवती भई, र एउटी छोरी जन्माई। तब याहवेहले होशेलाई भन्‍नुभयो, “त्यसलाई लो-रूहामा नाम राख्; किनकि तिनीहरूलाई क्षमा गरेर म फेरि इस्राएललाई दया देखाउनेछैनँ।
7 Men Judas Hus vil jeg være nådig og frelse ved HERREN deres Gud; dog frelser jeg dem ikke ved Bue, Sværd eller Stridsvåben, ved Heste eller Ryttere."
तर यहूदालाई भने म प्रेम देखाउँनेछु; अनि म तिनीहरूलाई धनु, तरवार अथवा लडाइँ, घोडाहरू र घोडसवारहरूद्वारा होइन, तर याहवेह तिनीहरूका परमेश्‍वरद्वारा बचाउनेछु।”
8 Så vænnede hun Nådeløs fra og blev atter frugtsommelig og fødte en Søn.
गोमेरले लो-रूहामालाई दूध छुटाएपछि उसले अर्को छोरा जन्माई।
9 Og HERREN sagde: "Kald ham Ikke-mit-Folk; thi I er ikke mit Folk, og jeg er ikke eders Gud."
तब याहवेहले भन्‍नुभयो, “त्यसलाई लो-अम्मी नाम राख्; किनकि तिमीहरू मेरा प्रजा होइनौ, र म पनि तिमीहरूका परमेश्‍वर होइनँ।
10 Men Israeliternes Tal skal blive som Sandet ved Havet, der ikke kan måles eller tælles. Og i Stedet for "I er ikke mit Folk" skal de kaldes "den levende Guds Børn".
“तर पनि इस्राएलीहरू समुद्रको किनारका बालुवाझैँ हुनेछन्, जसलाई नाप्‍न सकिँदैन, न त गन्‍न नै सकिन्छ। जहाँ तिनीहरूलाई, ‘तिमीहरू मेरा प्रजा होइनौ’ भनिएको ठाउँमा, ‘जीवित परमेश्‍वरका सन्तान’ भनिनेछ।
11 Judæerne og Israeliterne skal slå sig sammen og sætte en og samme Høvding over sig og drage op af Landet; thi stor er Jizreels Dag.
यहूदाका मानिसहरू र इस्राएलका मानिसहरू फेरि भेला हुनेछन्; तिनीहरूले एक जना अगुवा नियुक्त गर्नेछन् र निर्वासनबाट फर्किएर आउनेछन्; किनकि त्यो दिन यिजरेलको लागि महान् हुनेछ।

< Hoseas 1 >